धर्मराज उपाध्याय ‘पराशर’का मुक्तकहरूः

Dharma, Raj, Upadhyaya, Parashar, धर्मराज उपाध्याय 'पराशर' , pallawa, पल्लव

धर्मराज उपाध्याय ‘पराशर’

घर आउँदै छु भनी खबर को संग पठाउने होला,
बुवा-आमालाई यो साल पनि कसरी मनाउने होला,।
अर्को वर्ष त अवश्य जोडी बनी आउनु भनेका थिए,,
जादै छु एक्लै बायाँ काखमा कसलाई सजाउने होला,,।।

हेर मेरै खेदो खन्छौ त म के गरौँ,,
कति पाए भनी गन्छौ त म के गरौँ,।
ज्ञान दिई अघि बढाउने थिए,,,
आफैं भगवान् बन्छौ त म के गरौँ,,।।

 

Continue reading


‘पल्लव’ पत्रिका गजलका विद्यार्थीलाई अमृतको पोको

परशुराम पराजुली ‘पराशर’

चितवनको नारायणगढबाट प्रकाशित ‘पल्लव’ साहित्यिक पत्रिककाको वर्ष ४, पूर्णाङ्क १३, ०६४ ढिलै भए पनि प्राप्त भयो । आवरण जिल्लाबाहेक २०० पृष्ठको साहित्यिक पत्रिककाहरूमध्येकै ठूलो आकारको पत्रिका त्यो पनि गजल विशेष, उपलव्ध गराउनुहुने प्रधान सम्पादक एवम् व्यवस्थापक तथा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’लाई मुरीमुरी धन्यवाद ! किनभने मजस्तो सामान्य गजलमा बामे सर्दै गरेको गजलको विद्यार्थीलाई । वास्तवमा यो पत्रिका गजलको रचना गर्ने स्रष्टा, गजल अध्ययन गर्ने विद्यार्थी र नेपाली गजलको अनुसन्धान गर्ने अनुसन्धाताका लागि एक खुराक मात्र होइन अमृतको पोको नै सावित भएको छ ।

Continue reading