मीत घाम हो

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

राप बर्सिए शीतले मजा
शीत आउँदा घामले मजा
छन्द आउने सुन्दरी भयो
शीत यामको मीत घाम हो।।१

छैन हातमा दूर हुन्छ झन्
शारदी छटा मग्न पर्छ झन्
चस्स देहमा घोच्छ यो चिसो
शीत यामको मीत घाम हो।।२

 

Continue reading


पारसनाथ आचार्य का तीन कविता

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

१) सम्झना आइदिन्छ
हाँस्दै खेल्थ्यौ रमझम सधैं गाँउमा प्रेम बोकी
मीठो माया हृदयतलमा भावना माझ छोपी।
मेरै भाका कुहुकुहु गरी कोइली गाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।१

हाम्रो जस्तो मधुर रसिलो साथ कस्को रहन्छ
चोखो प्यारो मृदुल मननै चाहनामा बहन्छ।
नौलानौला रहर मनले भावना छाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।२

 

Continue reading


रारा सधैं सुन्दर

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

यौटा दृश्य हिमालको नजिकमा हाँस्दै छ रारासित
सेता चन्द्रअमूर्त रूप छ सुधा वात्सल्य भो मूर्छित ।
आफ्नै लोचन माझ तस्बिर बनी नेपथ्यमा रङ्गिदै
नाच्दै छिन् सरिता निकुञ्ज वनमा संसारमा चम्किदै ।।

फेवा ताल अहा! मनोरम छ यो रारा छ झन् सुन्दर
साँच्चै स्वर्ग समान हो विकटको छाँया परेको तर ।
हेर्दै छक्क अनेक दृश्यहरूले पार्ने छ लालायित
आफ्नै भाव सुरम्य बन्छ रमिता लालित्यले सज्जित ।।

 

Continue reading


पारसनाथ आचार्य का जोर कविता

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

१) सधैँ रम्न पाऊँ
गुनासो र चिन्ता हटाऊँ मबाट
रमाएर सारा बसूँ स्वच्छ फाँट
सबै जात भाषा मिलाई सजाऊँ
म आफ्नै कलामा सधैँ रम्न पाऊँ ।१।

बुझौँ आज हाम्रो कलाको बयान
अनेकौँ कथा छन् यसै भित्र मान
बनाएर बाटो खुशीसाथ जाऊँ
म आफ्नै कलामा सधैँ रम्न पाऊँ ।२।

 

Continue reading


काव्य लेखूँ म कैले

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

वरिपरि बनपाखा काव्यको नै छ फेरो
प्रियजनसित राम्रो काव्य आभा छ घेरो
किनकिन मन मेरो भन्छ जाऊँ यसैमा
पढ बुझ बन दानी छन्दका लेखनीमा।।१

कविवर कविता हून् ज्ञान धान्ने सबैका
सरल सरस पारे दोष हुन्नन् कसैका।
मुदित मन छ हाम्रो रम्य होस् साधना यो
छलफल शुभ पारौं काव्यआराधनाको।।२

 

Continue reading