गजल

 

Kamala, Pandey, Parajuli, कमला पान्डे पराजुली, , pallawa, पल्लव

कमला पान्डे पराजुली,

अबत बोल्न थालेछौ भनेर खुसिका लहर छाएको
खल्लो मुस्कान देखाउदै अहम को पहर लाएको ।

म देखी तिमीलाइ एति धेरै घिडा रएछ बल्ल बुज्दैछु
मेरो बोलिले गर्दा तिम्रो मुटुभरी धमिलो नहर आएको ।

भयो अब भुलेर पनि बोलाउदिन म तिमीलाइ
तिम्रो दुनियामा खुसीले म छुट्टै सहर धाएको ।

 

Continue reading


गोविन्द पराजुली का केही मुक्तकहरूः

Govinda, Gbinda, Parajuli, गोविन्द पराजुली, pallawa, पल्लव

गोविन्द पराजुली

सहयोगी हातहरू, छुटाउंदैछौ आजभोली ।
जहरीला मातहरू; जुटाउँदैछौ आजभोली ।।
भन के के पुगेन खै,जिन्दगीमा तिमीलाई ।
आफन्तका साथहरू,टुटाउँदैछौ आजभोली।।

दुःखका पहाड चढेर हेर,आत्मैदेखी गल्नेछौ तिमी।
विगतका गल्ति पढेर हेर,आफैदेखी जल्नेछौ तिमी ।
जब तिम्रा दोषी चरित्रहरू,छर्लङ्ग हुनेछन् ऐना सामु ।
नसाविनाको मात लागी,वेहोसी भई ढल्नेछौ तिमी ।

 

Continue reading


गजल

Govinda, Gbinda, Parajuli, गोविन्द पराजुली, pallawa, पल्लव

गोविन्द पराजुली

किन यहाँ अन्तर्आत्मा, जान्ने कोशिस गर्छन् ।
कोहि मुटु कोहि धड्कन, तान्ने कोशिस गर्छन् ।।

उनको मेरो गन्तव्यको, बाटो फरक हुँदापनि ।
डोरी लगाई बन्धनको, बान्ने कोशिस गर्छन् ।।

समान छैन धरातलनै, जिन्दगीको के कुरा ।
धनि गरिव रुपरङ्ग ,छान्ने कोशिस गर्छन् ।।

 

Continue reading


रवि र कवि’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

हे रवि!
तिमी,माथि आकाशमा छौ
म,तल पृथ्वीमा
तिमी जे देख्छौ
म देख्दिन
म जे देख्छु
तिमी देख्दैनौ
देख्नुपर्छ तिमीले
जे म देख्छु
देख्नुपर्छ मैले पनि
जे तिमी देख्छौ
रवि !

 

Continue reading


भुई मान्छे

Nirmal, Parajuli, निर्मल रमण पराजुली, pallawa. पल्लव

निर्मल रमण पराजुली

भुई मान्छे
यथार्थको धरातलमा
उभियर्
सत्यताको कर्मपथमा
चलायमान पाईला हरुले
देखेका, भोगेका
बिसङ्गती र बिकृतीहरु
बिबेकी आखाले
चिर फार गर्दै
गाउ ,समाज अनि रास्ट्रमा
उज्यालो छर्न्
दिन रात्
लडाई लडिरहेछ
भुई माछे–

 

Continue reading


निर्मल रमण पराजुलीका पाच मुक्तकः

Nirmal, Parajuli, निर्मल रमण पराजुली, pallawa. पल्लव

निर्मल रमण पराजुली

छोरी भनेर मलाई,रुवाउँछौ भने
हेला गरेर जहर, खुवाउँछौ भने
अब कहिल्यै आमा बन्दिन म
गर्भै जाँचेर छोरी, तुहाउँछौ भने ।

सारै मुटु दुख्यो आज, शायद चिरा परेको छ
जति रोक्न खोज्छु आँशु, उति उति झरेको छ
सन्तान ले फालेको बाबु, सडकमा देखेपछि
अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेको छ ।

 

Continue reading


गजल

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa. पल्लव

निर्मल पराजुली

सपना को सुन्दर, पंछी छोडेर गयो !
बाचा बन्धन हरु, सबै तोडेर गयो !!

नयनका मोतीका, दाना ती उपहार,
हृदयमा अचानक्, मेरो रोपेर गयो !!

साछी राखी ईश्वर, जीवन् अर्पण गरें,
तिरस्कार को छुरा, दिल्मा घोचेर गयो !!

 

Continue reading


‘तिम्रो सम्झनामा यो शिर सधैं झुकिरहन्छ’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

मस्तिस्कमा चेतना
सल्बलाउन थाले पछी
उम्लिन्छ मन
तैरिन्छ चेतना
पोखिन्छ बिचार
अनी
सुर्यको लालीसङ्गै
परिवर्तनको सन्देश बोकेर
पल्लवित हुन थाल्छ
स्वतन्त्रता र अधिकारका
आकुरा हरु
झ्याङगिन थाल्छन् ति
मन मस्तिस्कमा
एउटा आकृति
अध्यारो कोठामा
चलायमान हुन्छ

 

Continue reading


‘म भगवान खोजिरहेछु’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

आस्था श्रद्धाको
एक थुङ्गा फुल
बोकेर
विश्वाशका पाईलाहरु
जब मन्दिरको सिढी चडन थाले
दुई चार सिढी
उक्लिय पछी
श्रद्धा आस्थामा
पहिरो जान थाल्यो
मनले पहिरो रोक्न
ईन्द्रियहरु लाई
आदेश नदियको होइन –

 

Continue reading


अहमको जाँँतोमा पिसिएको एउटा भविश्य

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

पञ्चे बाजाको
सुमधुर सङ्गितसँगै
जब
खुशी उमङ्गका गीतहरू
जिबनका गोरेटोमा
बज्न थाले
जिबन जिउनुको
सुखानुभुतीले
उत्सर्गता चुम्न
थाल्यो
आत्मियताले
सम्बन्धलाई
माधुर्यता प्रदान गर्‍यो –

 

Continue reading


तिलस्मी प्रवाशका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

भोज, भतेर र रमाइलो, क्षणिक वा रातको रैला हो
धन, सम्पत्ति र जायजेथाहरु, सबै हातको मैला हो
जति कमायो, उति चाहाना बढ्छ, अतृप्त प्यास झैँ
कुकर्म गरी कमाएर थुपारेको धन,पापको घैला हो ।

तथाकथित समाजसेवा गर्न, बैंकमा खाता चाहिन्छ
प्रचार प्रसार गर्नलाई संचारमा , कुनै नाता चाहिन्छ
समाजसेवा र नैतिकताको, परिभाषा बदलिएको छ
टिकीरहन धन भएका, बुद्धि नभएका दाता चाहिन्छ ।

 

Continue reading


‘सगोत्रीय प्रेम’

Puja, Parajuli, पुजा पराजुली, pallawa, पल्लव

पुजा पराजुली

म : ओई नरोऊ..कस्तो के तिमी त ? केटा भएर पनि रुने हो ?
उ : केटाको चाहीं मन नै हुँदैन र ?
म : केटाहरू Strong हुन्छन् । केटाहरूको मुटु केटीहरूको भन्दा ५० ग्राम बढी हुन्छ रे !
उ : तेसो त म हरेक दिन ५० ग्राम बढी रोइरहेको छु ।
उसले Massanger मा Sad इमोहरू पठाउँदै भन्दै थियो, ‘सन्चो छैन, टाउको एकदम दुखेको छ ।’
उसको बिसन्चोको कारण र रुनुको कारण धेरै दिन अघिबाट ‘पछि भन्छु’ भन्दै त्यही दिन भनेको थियो ।
हुन त म ‘फिल्म’ हेर्दा त रुने मान्छ ! उसले पठाएका हरेक म्यासेज पढिरहँदा मेरा आँखाहरू कहिल्यै ओभानो रहँदैनन् ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

होस हुनुपर्छ आफैलाई आफ्नै प्रत्येक बसाइहरुको
लेखाजोखा त गर्नैपर्छ आफैले प्रत्येक फसाइहरुको
अनुभवहरु उत्तम गुरु हुन्, उत्तम चेला हुनको लागि
छेक्नुपर्छ अनेक प्रहार आफैले प्रत्येक कसाइहरुको ।

राम्रा काममा त नराम्रा सबै छाडी लाग्नुपर्छ सधैं
बाधक तत्त्वहरुसँग बाह्र हात परै भाग्नुपर्छ सधैँ
सफलताको शिखर त्यसै चुम्न कहाँ सकिन्छ र ?
ऋषितुल्य बनी सत्कर्ममा हरपल जाग्नुपर्छ सधैँ ।

 

Continue reading


तिलस्मीका केही मुक्तकहरू 

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

तिमी कस्ता घरानाका हौ,तिमीले खाने कबाफबाटै थाहा हुन्छ
तिमी कति विद्वन् छौ, त्यो तिमीले दिने जबाफबाटै थाहा हुन्छ
ढोललाई पिटेर त्यसको गुण थाहा हुन्छ, मान्छेलाई प्रश्न सोधेर
तिमी को हौ ? त्यो त तिमीले नै देखाउने रबाफबाटै थाहा हुन्छ ।

तिमी हास्छौ खै कसरी हो तर देश रोई रहेछ
आफ्नै आँसुले आफ्नै मैलो मुहार धोई रहेछ
बिलौना गर्दैछ देश मलाई नै खाईरहेछौ किन
सबै ठान्छन् तिमीहरुको नियतमै गोही रहेछ ।

 

Continue reading


तिलसमी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

तिमीसित नाता जोडेर आएँ
आफन्तको साथ छोडेर आएँ
तिम्रा खुसी नै मेरा खुसी हुन्
पूर्व इतिहासलाई गोडेर आएँ ।

हिमालयको काखमा फलेको पवित्र फल हुँ म
हिमनदीबाटै आएको पवित्र जलको भल हुँ म
कसैलाई बगाउँला त कसैलाई अघाउँला यसले
पवित्र आत्माको लागि त सधैँ पवित्र जल हुँ म ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

कर्मको मसीले आफ्नो भाग्य आफै लेख्नुपर्छ
भविश्य वर्तमानमा ज्ञान चक्षुले आफैँ देख्नुपर्छ
भाग्य त भगवानले हैन आफैले पो बनाउने हो
सुमार्गमा आउने वाधा अड्चन आफै छेक्नुपर्छ ।

सुख, दु:ख अनि राम्रा, नराम्रा सबै नै क्षण भङ्गुर हुन्छन्
सोचे चेतनशील हुन्छन् नत्र मांसपिण्डका डङ्गुर हुन्छन्
आँखाका चौघेरा मात्र संसार ठाँनी त्यसैमा भुल्नु व्यर्थ छ
अल्छिहरुलाई आफ्नै सपनाहरु अमिलो अङ्गुर हुन्छन् ।

 

Continue reading


तिलस्मी प्रभाषका केही मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

विचारशून्य भएर अरुको विचार बोक्नेहरुको के कुरा गर्नू
निशानै नलगाई अँध्यारोमै गोली ठोक्नेहरुको के कुरा गर्नू
सँस्कार र सँकृतिको भारीले थिचिएर हिँड्न नसकेकाहरु
अाफू हिँड्न नसक्ने अरुलाई नि रोक्नेहरुको के कुरा गर्नू ।

तिमीलाई भेट्दिनँ म भन्छु नभेटूँ भन्यो झनै भेटूँ भेटूँ लाग्छ
ऋदमको जल पिएर प्यास नमेटूँ भन्यो झनै मेटूँ मेटूँ लाग्छ
तरङ् तैरिदै सयर गर्छन् मनको शान्त सामुद्रिक सरोवरमा
यी अधरले नजर तिम्रा नछेकूँ भन्यो झनै छेकूँ छेकूँ लाग्छ ।

 

Continue reading


तिलस्मी प्रभाषका मुक्तकहरूः

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

के देऊँ तिमीलाई म ग्राह्य वस्तु नभेटेर रिक्त छु
के खुवाऊँ म तिमीलाई मधुरस नभेटेर तिक्त छु
म बेग्लै छु त्यसैले त एक्लै छु भीडभाडमा पनि
लाैकिक हैन निर्वाणकाे अभिषेकबाट सिक्त छु ।

निस्वार्थीले सच्चा प्रेम पाऊँ भनी भगवानसँग कहिल्यै भाक्दैन
हजारौँलाई निशाना बनाई ती स्वार्थी नजरहरू कहिल्यै ताक्दैन
ऊ दिन मात्र चाहन्छ लिन कहिल्यै केही चाहदैन यसमै रमाउँछ
यदि उसले प्रेममा धोकै पायो भने पनि वैरभाव कहिल्यै राख्दैन ।

 

Continue reading


तिलस्मी प्रभाषका मुक्तक

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

यी आँखा किन खोज्छन् भिडभाडमा पनि तिनै आँखाहरु
यी कान किन अघाउँदैनन् सुनेर तिम्रै मधुर तिनै भाकाहरु
भिडभाडमा भौँतारिनु पर्ने बाध्यताको बाबजुद पनि मनले
खोज्छ सधैँ आँखामै बसेका सुन्दर सुनसान तिनै पाखाहरु।

जति आधुनिक विदेशी भोजन गरे पनि आफ्नो सीता भुल्नुहुन्न
जति वद्वान् भए पनि आफ्नो दर्शन ,त्रिपिटक र गीता भुल्नुहुन्न
एउटाको दर्शन र स्वाभिमानलाई अर्काले ससम्मान स्वीकार्नुपर्छ
चक्रवर्ति सम्राट नै भए पनि आफूलाई जलाउने चीता भुल्नुहुन्न ।

 

Continue reading


‘कहाँ छ स्वतन्त्रता ?’

Tilasmi, Pravas, Kalpana, Parajuli, तिलस्मी प्रभास, pallawa, पल्लव

तिलस्मी प्रभास

कहाँ कहाँ खोज्दैनन्
मान्छेहरु यसलाई ?
प्रजातन्त्र दिवसमा ?
सहिद दिवसमा ?
नारी दिवसमा ?
बाल दिवसमा ?
मजदुर दिवसमा ?
आदि आदि दिवसहरुमा ?
अनि
रङ्गहरुको दिवस होलीमा ?
नेताजीहरुको बोलीमा ?
सेनाहरुको गोलीमा ?
म्यान पावरको झोलीमा ?

 

Continue reading