गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

प्रशंग “शहिद दिवस”कोः
किन हो किन मलाई शहीद दीवस आउँदा दु:ख लाग्छ !
शहीदकै अगाडि उन्कै सपना भने जलाउँदा दु:ख लाग्छ !!

स्वार्थ भन्दा माथी उठेर देशकै लागि मरे ति शहीद !!
उनिहरूका पनि थिए जहान कलकलाउँदा दु:ख लाग्छ !!

गर्ने आखिर एऊटै ले हो साथ दिने हामी छदै थियौ नि !
अधिकार मुठ्याऊनेहरूको मन नपलाउँदा दु:ख लाग्छ!

 

Continue reading


म असभ्य हुँ

Priyambada, Panta, प्रियमवडा पन्त, pallawa, पल्लव

प्रियमवडा पन्त

लोग्ने मान्छे सरी चर्को, तिम्ले कैल्यै नहाँस्नु है
गाली को जे चलोस् बर्षा, तिम्ले चर्को नबाँच्नु है
लिई आधार अर्काको बाँचनू है तिमी सदा
तिमी अधीन हौ नारी, तिम्रो छैन स्वतन्त्रता

यी तिम्रा परिभाषा मा बाझिने म असभ्य हुँ ।
तिम्रा नजर मा साँच्चै, उत्ताउली, खराब हुँ ।
तिम्रो सिद्धान्त मा जस्तो म पर्दा गर्न जान्दिनँ ।
पक्षपात जहाँ देख्छु, तेस्तो शास्त्र म मान्दिनँ ।

 

Continue reading


गजल

Saru, Neupane, Panta,सरू न्याैपाने (पन्त), pallawa, पल्लव

सरू न्याैपाने (पन्त)

सबै नेपालीको निधार खाली नहोस यो दशैँमा ।
अक्षता नै नमुछिएको थाली नहोस यो दशैँमा

घरखेत बन्धकमा राख्दा अझै बढीरा’छ ऋण
मिठोखान खोज्दा चुहिने पाली नहोस यो दशैँमा।।

चहाड आए पछि यहाँ देखासिखि साह्रै नै हुन्छ
अभावको गिर्दो आसु, क्वैको ताली नहोस यो दशैँमा

 

Continue reading


१६ अक्षरीय गजल

Saru, Neupane, Panta,सरू न्याैपाने (पन्त), pallawa, पल्लव

सरू न्याैपाने (पन्त)

यसपाली नि गरिब रुवाउन आयो दशैं
ऋणकाढी मासुभात खुवाउन आयो दशैं ।

राम्रालुगा लगाएर टिका थाप्न हिँड्दा सबै
गरिबलाई फाटेको नै सुहाउन आयो दशैं ।

घरमा खाने गासछैन, न त मनमा खुसि नै छ
सामन्तीले जुवा तासमा भुलाउन आयो दशैं ।

 

Continue reading


“१७ अक्षेरीय गजल”

Saru, Neupane, Panta,सरू न्याैपाने (पन्त),  pallawa, पल्लव

सरू न्याैपाने (पन्त)

दुइ चार वर्ष पालेको गुन फिर्ता मागिस छोरा।
जन्म दिने आमा संग खुन फिर्ता मागिस छोरा ।।

मेरी आमा आफैं पाल्छु भन्थिस सानो छँदा बाबु ।
ठुलो भैछस मैले खाको नुन फिर्ता मागिस छोरा ।।

जन्माएको हुर्काएको दुधको हिसाब गरिन खै ।
आजतेरो सानो कमाई सुन फिर्ता मागिस छोरा ।।

 

Continue reading