गजल

Sita, Seeta, Pant, Kandel, सीता पन्त कँडेल , pallawa, पल्लव

सीता पन्त कँडेल

रूवाउन सक्नेले त‌ हँसाउन सक्नु पर्छ
होइन भने सँगै आँशु खसाउन सक्नु पर्छ।

पिरतीको ज्यादतिमा उजुर गर्ने ठाउँ छैन
बदलामा त्यसकै बाली मसाउन सक्नु पर्छ।

हितको परान साथ पाउँदा धक मान्ने किन
परि आए अंगालोमा कसाउन सक्नु पर्छ।

 

Continue reading


सीता पन्त कँडेल का केही मुक्तकहरूः

Sita, Seeta, Pant, Kandel, सीता पन्त कँडेल , pallawa, पल्लव

सीता पन्त कँडेल

बालुवालाई सिंचेर हराभराको आश नगर
छुटेका साथहरू बाट सहाराको आश नगर
टुक्रिएका काँच सम्हाल्दा खुन बग्छ साथी
चर्किएको दर्पणसँग चेहराको आश नगर ।

हो खादा थिएन गलाभरि सम्मानार्थ कुनै माला थिएन
महल थिएन किनकि छेपारो झैँ रंग फेर्ने चाला थिएन
आश्चर्य छैन तिमी नि:शब्द भएर फर्किनुमा पनि किनकि
तिम्रो स्वागतार्थ तिमीलाई लठ्याउने मेरो मधुशाला थिएन ।

 

Continue reading


गजल

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

होइन सपनिमा आउँनेहरू सित
खेद छ बुज पचाउँनेहरू सित

रुनुको आशय बुझेपछि फेरि
बिरहको धुन बजाउँनेहरू सित

हुन्छ त जीत साँचो प्रेमको ?
प्रश्न प्रेमगीत गाउँनेहरू सित

 

Continue reading


याद आयो,

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

आज किन अनायासै,अतितको याद आयो,
क,ख,ग,घ बार्ह्रखरी रटिराको याद आयो
खाना खाई हतार हतार कहिले पुगौ स्कुल भनि
गुरॉसको शितल खोज्दै हिडिराको याद आयो

चर्को घाम पानीको प्यास ऊकालोको थकान त्यस्तै
बज्नै लाग्यो १० भन्दै लम्किएको याद आयो
कॉहा पाऊनु खाजा खर्च रोटी मकै घरकै खाजा
कहिले होला हाफट्याम भन्दै पर्खि़एको याद आयो

 

Continue reading


सिता पन्त कँडेल का केही मुक्तकहरूः

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

नियती नै साँप बनी डसेपछि जीवन
हाँसी हाँसी तिखो छुरा धसेपछि जीवन
नफक्रिंदै झर्छ कठै बेमौसमी फूलसरी
आफ्नै अघि मजधारमा फसेपछि जीवन !

विवश छु म भनिसकें मेरा खातिर नरोउ अब
सपनीमा देखें भन्दैमा मेरै तस्विर नछोउ अब
धेरै बुज्ने मान्छे तिमी मलाई नै सम्झाउँथ्यौ
आज उल्टै अबुझ बनी आँसुले नैन नधोउ अब !

 

Continue reading


“स्वास्नीको जात”

Manoj, Pant, मनोज पन्त, pallawa, पल्लव

मनोज पन्त

घरि यो भएन भन्ने
घरि उ भएन भन्ने
बिना कारण,बिना अर्थ
बारम्बार गन गन गरिरहने
कस्तो रहेछ यो
स्वास्नीको जात ।
घरबाट निस्कन पाएको छैन
छिट्टै आउनुस है भन्ने
काम न बेकाम, बेला न कुबेला
फोन गरेर दिक्क पार्ने
साथीभाई संग
एकै छिन भूल्दा
छिन छिनमा मिस कल गरेर
हैरान गर्ने
कस्तो रहेछ यो
स्वास्नीको जात ।

 

Continue reading


गजल

Rekha, Pant, रेखा पन्त, pallawa , पल्लव

रेखा पन्त

बिना सित्तै पाउने न उपहार न मोल भो जिन्दगी
बदलिन्छ अनेक रुप न काचुली न खोल भो जिन्दगी

भनिन्छ अमुल्य मानब जिबन किनबेच हुदैन यहा
तिलाञ्जली दिँदा खुशीको न मोल न तोल भो जिन्दगी

घर नभए माइती हुन्छ भन्छन जिबन काट्नलाई
दुखियाको कर्मै खराब न गाउ न टोल भो जिन्दगी

 

Continue reading


भानुभक्तको रामायणमा वेदान्त दर्शन

dr. Jaya, Raj, Pant, डा. जय राज पन्त, pallawa, पल्लव

डा. जय राज पन्त

अादिकवि भानुभक्त अाचार्य

अादिकवि भानुभक्त अाचार्य

रजस्थलका सम्पादक अधिकारी महोदयले आदिकवि भानुभक्त आचार्यको दुइ सयौँ जन्म जयन्तीको कार्यक्रम अर्न्तर्गत विशेषाङ्क प्रकाशित गरिन लागेकोले एउटा लेख पर्ठाई दिन स्याङ्जाबाट केही दिन पहिले फोन गर्नु भयो । आदिकवि भानुभक्तको प्रशंसक भएकोले उनका योगदानमाथि चर्चा गर्ने कामप्रति जिम्मेवारी बोध गरी यो लेख तयार पारिएको हो । यो लेख भानुभक्तले रामायणमा प्रयोग गरेको वेदान्त दर्शनको चर्चामा आधारित छ । भानुभक्तीय रामायण अध्यात्म रामायणको प्रभावबाट रचना गरिएको कृति हो । अध्यात्म रामायणमा वेदान्त दर्शनको विस्तारपूर्वक व्याख्या गरिएको छ तर भानुभक्तले भने राम कथालाई नेपाली लोकले रुचाउने शैलीमा आफ्नो रामायण प्रस्तुत गरेकाले त्यस्तो दार्शनिक चिन्तन भएको प्रसङ्गलाई ज्यादा महत्व दिएका छैनन् । त्यसो हुँदाहुँदै पनि कतिपय सर्न्दर्भमा वेदान्त दर्शनका मर्मलाई सुहाउँदो र सजिलो तरिकाले यिनले प्रस्तुत गरेका छन् ।

 

Continue reading



हिन्दी कविताः ‘हवस’

Dr., Prabha, Pant, India, डा. प्रभा पंत, pallawa,पल्लव

डा. प्रभा पंत

दोश्रो पटक प्रकाशन

होती नहीं भूख एक सी सभी की
किसीको, कम किसीको ज्यादा-
होती है भूख खानेकी पानेकी ।
इसको काम की, उसको नाम की ।
मकान की किसी को दुकान की
इल्म की मुझको जिस्म की तुझको ।
दौलत की, शौहरत की किसी को ।

किन्तु, भूख पेट की नहीं देखती
नेता-अभिनेता, औरत-आदमी-
विद्वान-मूर्ख, बादशाह-फकीर ।

 

Continue reading


हिन्दी कविता ‘हवस’

Dr., Prabha, Pant, India, डा. प्रभा पंत, pallawa,पल्लव

डा. प्रभा पंत

होती नहीं भूख एक सी सभी की

किसीको, कम किसीको ज्यादा-
होती है भूख खानेकी पानेकी ।
इसको काम की, उसको नाम की ।
मकान की किसी को दुकान की
इल्म की मुझको जिस्म की तुझको ।
दौलत की, शौहरत की किसी को ।

 

Continue reading


“किनकि तिमी नारी हौ ” ???

Manoj, Pant, मनोज पन्त, pallawa, पल्लव

मनोज पन्त

कोमल हुन्छ भन्थे
नारीको मुटु
तर,
तिम्रो मुटु त
ढुंगा भन्दा पनि साह्रो रहेछ

मायालु हुन्छ भन्थे
नारीको ब्यवहार
तर,
तिम्रो ब्यवहार त
दोहोरो चरित्रको रहेछ

 

Continue reading


हिन्दी कविताः ‘‘माँ’’

Dr., Prabha, Pant, India, डा. प्रभा पंत, pallawa,पल्लव

डा. प्रभा पंत

क्योंकि, एक औरत हूँ मैँ
इसिलिए मुझे –
घर-बच्चे, खेत-खलिहान
चूल्हा-चक्की, बुनना-सिलना
उत्सव-त्योहार ही नहीं,
आना ही चाहिए-
हिसाब-किताब का ब्यौरा भी !
किन्तु,
अपेक्षा आत्मसम्मान की
स्वप्न देखने और निर्णय लेने का
अधिकार नहीं है अब भी मुझको ;
क्यौंकि एक औरत हूँ मैँ !

 

Continue reading


यादें माजी की . . . . .

Dr., Prabha, Pant, India, डा. प्रभा पंत, pallawa,पल्लव

डा. प्रभा पंत

जबसे सीखा है अश्कों को पीना–
रूह की प्यास यारों बुझ्ने लगी है ।

जब से सीखा ह लब अजने सीना–
तन्हार्इ मिलन–गीत गाने लगी है ।।

खामोशी भी अब तो करती हर् बातें–
यादें माजी की झूला झुलाने लगी है ।

 

Continue reading


हत्या, आत्महत्या र महिला

 

Rameshowry, pant, रामेश्वरी पन्त, pallawaपल्लव

रामेश्वरी पन्त

बिहेमा लानका लागि कानको झुम्का र औँठी बहिनीलाई दिएको निहुँमा श्रीमानले थप्पड लगाएपछि गैँडाकोटकी सुष्मा खत्रीले गत फागुन १६ गते राति काखको छोरालाई छाडेर आत्महत्या गर्नकै लागि नारायणी नदीमा हामफालिन् । सँयोगले बाँचेर रातभर नदीको चिसोले कठ्याङगि्रँदै बिहान उद्धार गरिएकी उनले भनिन्, ‘घर झगडाबाट मुक्ति पाउन हामफालेकी थिएँ, तर मर्न निकै गाह्रो हुँदोरहेछ ।’ मृत्युको अनुभव एकदम नजिकबाट गरेकी सुष्माले जस्तै आत्महत्या गरेर जीवनलाई सिध्याउन खोज्ने अरुहरूले पनि यदि मृत्युको मुखबाट बाँचेर फर्केको भए यसै भन्थे होलान् । तर पनि यतिबेला समाजमा आत्महत्या गर्ने महिलाको सँख्या बढ्दो छ । सुष्माजस्तै घरेलु हिँसा सहन नसकी वा अन्य विविध समस्याको सामना गर्न नसकेर निराश भै आवेशमा आत्महत्या गर्ने महिलाको सँख्या फागुन र चैतमा उल्लेख्य रह्यो ।

 

Continue reading


आत्मरक्षाको बाटो

Rame, showry, pant, रामेश्वरी पन्त, pallawa, पल्लव

रामेश्वरी पन्त

झापाका दुई महिलाले आफ्नो अस्मिता जोगाउन यौनपिपासु पुरुषको हत्या गर्नुलाई आम महिला र समाजले गतिलो पाठको रूपमा लिनुपर्छ । पछिल्लो समयमा हिंसा सहन नसकेर महिलाहरूद्वारा पतिको हत्या गरिएका खबर आउन थालेका छन् । युगौंदेखि ‘सहनशीला सुशीला’ नामले पुकारिंदै आएकी नारी पुरुषबाट हुने अत्याचार सहन नसकेर मर्ने मार्ने खेलमा उत्रिनुलाई कुनै एउटा दृष्टिकोणबाट मात्र विश्लेषण गरिनु जायज हुने छैन । त यसले एउटा सन्देश दिएको छ, जब अत्याचारले सीमा नाघ्छ, तब दुष्टहरूको विनाश अवश्यम्भावी हुन्छ । पुरुषहरूबाट हुने अनेक प्रकारका हिंसाविरुद्ध प्रतिकारमा उत्रने जमर्को गर्नुलाई सकारात्मक पाटोकै रूपमा लिनुपर्ने हुन्छ, यद्यपि हत्या नै गर्नुपर्छ भन्नेमा चाहिं पंक्तिकार पूर्णतः असहमत छ । आत्मरक्षाको लागि हतियार उठाउन महिलाहरू बाध्य हुनु पनि हिंसाकै अर्को रूप हो ।

 

Continue reading