अन्जु पण्डित का जोर गजल

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

गजल– १,
निस्वार्थ पन छरेर पो के फाइदा ?
डोकोमा दूध भरेर पो के फाइदा ?

कसै गरी आउदैन जस यदि भने,
समाज सेवा गरेर पो के फाइदा ?

ग्राग्रीमा अनगिन्ती फोहोर छ भने,
सङ्लो पानी भरेर पो के फाइदा ?

 

Continue reading


अन्जु पण्डित का केही मुक्तकहरूः

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

तिम्रो मनको पाठशालामा के के पढाउँछौ?
कहाँ कहाँ जोड्छौ अनि कहाँ नेर घटाउँछौ?
हृदयमा अनगिन्ती आकृतिहरु होलान् नि पक्कै,
भन त मुटुको भित्तामा कस्ता चित्र सजाउँछौ?

बर्खा लाग्यो धेरै नेपालीले सुर्का गरा रोप्झन् ।
सहानुभूति देखाउनेहरू धान गमलामा रोप्छन् ।
फुस्रो आडम्बर देखाउनेहरू बिउको माला पहिरिएर,
जनताको चह्राइरहेको घाउमा पीडा दिदै घोप्छ्न् ।

 

Continue reading


पूनम पंडित की हिन्दी कविताएँ

Poonam, Pandit, Meeruth, पूनम पंडित, pallawa, पल्लव

पूनम पंडित

कभी याद में, कभी इंतज़ार में ,
जिंदगी यूँ ही तमाम कटती रही।

मन मचलता रहा मै मनाती रही,
इंतजार की घड़ियाँ गिनती रही।
बस याद तुम्हें मै करती रही ,
जिंदगी यूं ही तमाम कटती रही।

 

Continue reading


गजल

Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

दुःख गर्नेलाई सधै दिन र रात एउटै हुन्छ।
भोकालाई सधै ढिडो र भात एउटै हुन्छ।

यो ठुलो अनि यो सानो भनेर नतर्किनु है,
हामी नेपाली हौं सबैको जात एउटै हुन्छ।

भन्छन कोहि सराबको अनि प्रेमको नशा,
असर फरक भए पनि मात एउटै हुन्छ।

 

Continue reading


नारी दिवस

Ramkumar, Pandit,रामकुमार पंडित,pallawa, पल्लव

रामकुमार पंडित

“महिलाको हकहित सुरक्षित गर ! अहिले तेत्तीस प्रतिशत मात्रै आरक्षण भइ आएकोमा, अब पचास प्रतिशत गर ! लैङ्गिक समताको ग्यारेन्टी गर ! महिलाको लागि अरबौको बजेट निकासा गर !” यस्तैयस्तै चर्का नारा र भाषण उनीहरुले विभिन्न गोष्ठी र सेमिनारमा खुब घन्काए । अन्र्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर यस्ता गोष्ठी र सेमिनारहरू स्तरीय होटेलहरूमा हुन्थे । हिसाब गर्दाखेरी ; यस्ता होटेल खर्च र बैठक भत्ता गरेर झण्डै करोडौ बजेट सकिएछ । उता दुर्गम भेगतिर चन्द्रकला बस्दछे । उसमा सचेतनाको कमीले महिला हकहितका कुरा ऊ बुझ्दिन । अज्ञानताको कारणले महिला दिवस भनेको के हो भन्ने नै थाहा छैन । छाउपडीको कारण ऊ हरेक महिना केही दिन जङ्गल नजिकको खुला छाप्रोमा बस्न बाध्य छे ।

 

Continue reading


गजल

Ram, kumar, Pandit, chhetri, रामकुमार पण्डित क्षेत्री, pallawa,पल्लव

रामकुमार पण्डित क्षेत्री

निधार मेरो भयो खाली कहाँ गयौ दिदी तिमी
तिहार फिक्का यसै पाली कहाँ गयौ दिदी तिमी ।१।

फक्रिए ढकमक्कै पारी सयपत्री गोदावरी
लच्किए मख्मलीको डाली कहाँ गयौ दिदी तिमी ।२।

चण्डिका भई लड्ने गर्थ्यौ सत्य धर्म रक्षा गर्न
डर् लाग्दो रुप पार्थ्यौ काली कहाँ गयौ दिदी तिमी ।३।

 

Continue reading


मेरो नजरमा पल्लव

Prabhakar,Pandit, प्रभाकर पण्डित, pallawa, पल्लव

प्रभाकर पण्डित

‘पल्लव’ झैँ रसिलो साहित्य जगमा कुन संस्था अर्को छ र !
ऊ जस्तो मलिलो र उर्वर भूमि देखिन्न वरपर
सम्झन्छ समभावले सब जना गर्दैन कुनै कर
आउँछन् स्रष्टाहरू रमाउँदै यहाँ सम्झेर आफ्नै घर ।

न दम्भ तनमा न स्वार्थ मनमा सफा छ हिउँसरी
बनी घाम र जूनझैँ हर घडी चम्कन्छ देशैभरि
नभनी दिनरात खट्दछ सधैँ लानु त के नै छ र
ठेली कुम सधैँ बग्छ नदीसरी मान्दैन कुनै डर

 

Continue reading


बाल गजल

Ramkumar, Pandit, पण्डित , pallawa

रामकुमार पण्डित

झिलिमिली झिलिमिली चम्केका तारा
एकचोटि भेटघाट गरौँ न यारा

तिम्रो रुप हेरी- हेरी हुन्छु म दङ्ग
नालीबेली आफ्नो लौन लगाउ सारा

Continue reading