स्मरण

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

फुल्थे बेली कुसुमित जुही लोभलाग्दा चमेली
पर्ने गर्थे विविध ढपले खेतमा झन् तरेली ।
बग्थे खोला कलकल गरी पर्दथ्यो नागबेली
चुच्चो जोडी तरुबिच बसी प्रीत गाँस्थे जुरेली ।।

हावा चल्दा फिरफिर गरी पात नाच्थे रमेर
हुन्थ्यो गाना कलरव चरा गर्दथे जो जमेर ।
हेर्थ्यो शोभा गगन जगको ध्यानले एकनाश
पुग्थेँ हेर्दै प्रकृति सुषमा कुञ्जका आसपास ।।

 

Continue reading


विनाशकाले विपरीत बुद्धि

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

छ धूर्त मान्छे जब मिल्छ मौका
हेरी मजाले तब हान्छ चौका
अभ्यासले जो पनि पोख्त हुन्छ
इच्छा भए ‘चन्द्र’ उडेर छुन्छ ।।

पाषाण भिज्दा पनि हुन्छ साह्रो
आफन्त को हो पहिचान्न गाह्रो ।
व्यापार चल्ला नभएर क्रेता
भागी हिँडे बन्दछ को विजेता ?

 

Continue reading


गुरु महात्म्य

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

झिल्को अग्नि मनग्य हुन्छ जगका वृक्षादि सल्काउन
एकै दीप प्रशस्त हुन्छ तममा आलोक झल्काउन ।
छेकोस् बादल सूर्य-रश्मि त्यसले आउन्न कालो निशा
पक्कै हो घनघोर रात नबिती आउन्न नौलो उषा ।।

यौटा मार्ग र ध्येय लक्ष्य नभई बग्दैन खोला पनि
पैले बादलभित्र द्वन्द नभए चम्किन्न सौदामिनी ।
मान्छेमा पनि ज्ञानचक्षु नभए ठानिन्छ लाटो यहाँ
यात्रामा गुरुज्ञान साथ नभए देखिन्छ बाटो कहाँ ?

 

Continue reading


प्रणय निवेदन

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

झिकी मेरो आफ्नो मन मुटु पठाएँ तर पनि
तिमी बस्छ्यौ साँच्चै हृदय नहुने पत्थर बनी ।
छु कैदी ती तिम्रा नयनबिचमा रात र दिन
म उस्तै ठान्थेँ है मन, वचन थाल्यो बदलिन ।।

सधैँ एक्लो बस्दा विगत दिनमा हर्षित थिएँ
तिमी मेरी भन्ने महसुस हुँदा पो नजिकिएँ ।
झुकेँ,आज्ञा मानेँ, सब चिज दिएँ,लोभ नगरी
बनाएको हो है हृदय बिचमा प्रेम नगरी ।।

 

Continue reading


भोलाराज पाण्डेका एकजोर गजल

Bholaraj, Pandey, भोलाराज पाण्डेय, pallawa, पल्लव

भोलाराज पाण्डेय

गजल– १,
कहिले काहि आफै हारेर रोए
कुनै दिन मनलाई मारेर रोए

अतितका दिन सम्झेर कहिले
कयौ गाठो मनमा पारेर रोए

दुखका पर्खाल‌ भत्काउदा पनि
मनका चाहानालाई टारेर रोए

 

Continue reading


भिलाराज पाण्डेका एकजोर गजल

Bholaraj, Pandey, भोलाराज पाण्डेय, pallawa, पल्लव

भोलाराज पाण्डेय

गजल– १,
देश चलाउनेको दिमाख भित्र खास हुनुपर्यो
गाँउ सहर कुनामा कुनामा बिकास हुनुपर्यो ।

मेट्रो रेल र ग्यासका पाईप भबिस्यमा सोचौ
सर्ब-प्रथम राजनितिको निकास हुनुपर्यो ।

कयौ ठाउँमा भोकमरीले जनता मर्दैछन
पेट भरीने सबको मुखमा गाँस हुनुपर्यो ।

 

Continue reading


अज्ञान

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

ज्ञानी बुझ्दछ सत्य के गलत के झन् दूरदर्शी बनी
अज्ञानी रनभुल्ल पर्छ उसकै देखेर छाया पनि ।
झुक्ने वृक्ष पछारिँदैन कहिले आए हुरी, हुण्डरी
कालो रै छ ‘मुहार’मा तर सधैॅ ‘ऐना’ पुछेॅ बेसरी ।।

टाल्ने होस भएन प्वाल पिॅधको धेरै पुरानो थियो
गाग्री भर्न गरेर कोसिस भुलेॅ पानी चुही सिद्धियो ।
अज्ञानी मन डग्मगाउँछ सधैॅ घोरिन्छु एकै छिन
डोरी मात्र रहेछ सर्प छ भनी तर्सेॅ म धेरै दिन ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

न छन् पुष्प वा बोट हो बाग भन्छौ
कडा हुन्छ धम्की तिमी माग भन्छौ ।

सुतेका कहाँ छन् र यी सर्वहारा
सधैॅ आउँछौॅ गर्जँदै जाग भन्छौ ।

निषेधी ‘मनोभावना’ दृष्टि दोषी
यहाँ कोइली छन् तिमी काग भन्छौँ ।

 

Continue reading


तीर्थराज पाण्डेयका मुक्तकहरूः

Tirtha, Raj, Pandey, तिर्थराज पाण्डेय. pallawa, पल्लव

तीर्थराज पाण्डेय

भगवानको उपहार हो जीवन हात जोडेर आउनुपर्छ।
संघर्ष पनि हो जीवन कयौं पत्थर फोडेर आउनुपर्छ ।
हिलोमै भएपनि कमलझैं एकपटक फूल्नु नै पर्ने हुन्छ
मृत्यु नै अन्तिम गन्तव्य हो, सबथोक छोडेर जानुपर्छ !!

गहुँ वा चामल जे पिसे पनि आटो नै हुन्छ
घट्ट होस वा चक्की जेमा पिसेपनि जातो नै हुन्छ
जीवन एक अविरल यात्रा हो निरन्तर घुमीरहनुपर्छ
अर्थ नबुझी अनर्थका काम गर्दा सधैं घाटो नै हुन्छ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

सबैको देहको रक्षा गरेको हुन्छ टालोले
‘फलेको झुक्छ है’ भन्ने चिनारी दिन्छ बालोले

भए आडम्बरी मान्छे बढाई भन्दथ्यो होला
म साँच्चै बाघको बच्चा कहाँ भन्थ्यो बिरालोले

पुगे गिर्दो अवस्थामा धकेल्छन् मित्र नै धेरै
परीक्षा लिन्छ फोक्सोको सधैॅ ठाडो उकालोले

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

हिजो बन्धु आफ्ना बनायौ सखाप
गरी धर्म ऐले पखालिन्न पाप ।

भनेथ्यौ नयाँ राष्ट्र निर्माण गर्छौँ
भयो युद्धमात्रै कहाँ भो मिलाप ।

छली भ्रष्ट नेता विलासी हुनाले
युवामा त्यसैको परेको छ छाप ।

 

Continue reading


मातृमहिमा

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

धर्तीझै भरिपूर्ण, छ्यौ गगनझैँ छ्यौ स्थूल आमा तिमी
माया,धैर्य,सुसिर्जना र करुणाकी मूल आमा तिमी ।
उस्तै जाँगर, कर्मशील, ममता छ्यौ दक्ष आमा तिमी
तिम्रा लागि समान सन्तति सबै निष्पक्ष आमा तिमी ।।

आमा छिन् घर स्वर्गतुल्य रसिलो चम्की सिताराहरू
आमा व्योम समान स्वच्छ र सफा सन्तान ताराहरू ।
आमा छैन भने त जीवन हुने निष्प्राण संसारका
आमाभित्र पगाल्न शक्ति छ कडा पाषाण संसारका ।।

 

Continue reading


मातृत्व

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

यहाँ खोजे मिल्छन् धन, मणि तथा भव्य महल
पढे विद्या, पैसा, पद, यश तथा मिल्छ सयल ।
किनौँला हामीले घर, जमिन वा वस्तु सहजै
किने आमा मिल्ने पसल जगमा भेटिनँ अझै ।।

सधैँ दिन्छन् चारो विहग गण ल्याएर ठुँडमा
बचेरा हुर्कन्छन् सुखसित यहाँ मातृगुँडमा ।
मिले पाडी भैँसी प्रणयसित चाट्छन् हरदिन
र झम्टिन्छिन् आमा वरपर भए सन्तति किन ?

 

Continue reading


अरुणोदय

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

गाढा निशा भै कमजोर, क्लान्त
छायो उज्यालो सब दिग्दिगन्त ।
पूर्वी दिशामा नव कान्ति छायो
मुस्कान छर्दै रवि रश्मि आयो ।।

देखे खुलेको जब सूर्यलाई
पन्छी रमाए तब गीत गाई ।
मान्छे बिछ्यौनासित प्रीत छाडी
छन् जोशिला बढ्न भनी अगाडि ।।

 

Continue reading


तिर्थ।ाज पाण्डेयका केही मुक्तक

Tirtha, Raj, Pandey, तिर्थराज पाण्डेय. pallawa, पल्लव

तिर्थराज पाण्डेय

मान्छे, मान्छे नभएर भगवान हुन खोज्छ।
आफू वसेको धर्ति भन्दा स्वर्गलाई नै रोज्छ।
वचुन्जेल स्वर्गकै तयारीमा हतार हतार गर्दै
मान्छे सुखैसुखको आशामा दुःख मात्र भोग्छ।।

एउटीले छोडेर गइन तर अर्की आईन
जेठी भन्दा कान्छी नै राम्री सुहार्इन ।
भुपु मायालुको यादमा नयाँको स्वादमा
२०७४ को नयाँ मायालुले झण्डा फहराईन !!

 

Continue reading


छन्दको सुगन्ध

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

(छन्द दिवसको शुभकामना)
हाम्रा वैदिक संहिता सकलमा मन्त्रादिमा छन्द छ
हाम्रा लोक कला गला बगलका यन्त्रादिमा छन्द छ ।
तारा, जून र सूर्य झैँ गगनको त्यो व्याप्तिमा छन्द छ
खोलामा जलमा विशाल थलमा हे-यौँ भने छन्द छ ।।

पन्छी मुक्त उडान, बाल मनको चाञ्चल्यमा छन्द छ
उफ्रिन्छन् मृगका बथान तिनको उफ्राइमा छन्द छ ।
हावाले तरुपात हल्लिन गए त्यो नृत्यमा छन्द छ
साना बालकका अनेकथरिका ती कृत्यमा छन्द छ ।।

 

Continue reading


वाशुदेव पाण्डेयका एकजोर गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

बहरबद्ध गजल– १,
हिजो बन्धु आफ्ना बनायौ सखाप
गरी धर्म ऐले पखालिन्न पाप

भनेथ्यौ नयाँ राष्ट्रनिर्माण गर्छौ
भयो युद्धमात्रै कहाॅ भो मिलाप

छली भ्रष्ट नेता विलासी हुनाले
युवामा त्यसैको परेको छ छाप

 

Continue reading


भूस्वर्ग

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

पानी सङ्लो अविरल जहाँ झर्छ हालेर फाल
सेतो अग्लो हिमगिरि त्यहाँ गर्छ है देखभाल ।
बग्ने गर्छन् जब हिमनदी दृश्य त्यो खास हुन्छ
मेरो प्यारो मुलुक तब पो स्वर्ग आभास हुन्छ ।।

फेवा,रारा,विमल,तिलिचो,जाजुरा वेगनास
घोडाघोडी दह,झिलमिला हेर्दछौॅ एकनास ।
फोक्सुन्डोझैॅ जलमय रुपा,छल्किने त्यो कुभिन्डे
सुर्मा सोध्ला प्रिय बुलबुले स्वर्ग कस्तो छ भन्दे ।।

 

Continue reading


आभास

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

बढी लामो लाग्ने समयरथको जो गति थियो
चढी गर्मी ऐले प्रखर रविमा ताप थपियो ।
सबै सुख्खा रित्ता महसुस हुने खेत र गरा
मकै भुट्ने तावासरि गरम यो शीतल धरा ।।

लुगा नौला फे-यो सरस ऋतुले वृक्ष दलका
सुकेजम्मै ऐले विगत दिनका मूल जलका ।
तुवाँलो लागेको जग छ मधुरो खिन्न जसले
रिसाएझैँ लाग्ने क्षितिज नभ यो बुझ्छ कसले ?

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

कुनै पाठ बुझ्छन् कुनै सार बुझ्छन्
कुनै ‘आँ गरेमा अलङ्कार’ बुझ्छन्

भएमा विवेकी समीक्षा गरेर
सदाचार बुझ्छन्,दुराचार बुझ्छन्

बुबामा ठुलो ज्ञान भण्डार भेटेँ
भई भुक्तभोगी सबै भार बुझ्छन्

 

Continue reading