गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

तिम्रो जवानीको रस रसाउन थाले!
कोही कसैको आँखा बिझाउन थाले!!

राम्रो फूल फुलेको छ भन्छन् मान्छेहरू!
चर्चा सङ्गै हल्का मग मगाउन थाले !!

अरुको के कुरा म आफै पागल भाछु !
कोमल नयन म माथी सन्काउन थाले !!

 

Continue reading


दुर्गाप्रसाद भण्डारीको एकजोर गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

गजल– १,

हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !
थोरै माया सम्झी देउ हजारौ चोट गन्दिन म !

हिजो जो थियो बिर्सी देउ त्यसलाई हेर्नु हुन्न !
मन्दिरको अटल मुर्त्ती झै कठोर बन्दिन म !

दुनियाँ के भन्छ भन्न देउ कसैको भर हुन्न !
अरौटे भरौटे कुरा मा पुरानो कुरा खन्दिन म !

 

Continue reading


” गजल “

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

कैयौँ रात नसूते र कोल्टे फेरी फेरी बित्यो
आधै दिन जिनदगी फोटो हेरी हेरी बित्यो ।

अंगालो मा बाधिएर मिठा कूरा गर्न मन छ
कलम लिदै कपिभरी तिम्रो नाऊ केरी बित्यो ।

भाग्य यस्तै हामी दूईको छूट्टिएर बस्नू रैछ
आखा भरी थोपा थोपा आसूहरू घेरी बित्यो ।

 

Continue reading


गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

दिल मेरो यो घायल जानाजानी गर्यौ
समीप म आए फेरि आनाकानी गर्यौ

तोड्यौ कतै स्वप्न कतै आशा अनी मन
प्रहार नै तिम्ले यहाँ छानी छानी गर्यौ

ब्यापार पो ठान्या रै’छौ मेरो मायालाई
भन प्रिय तिमीले कती आम्दानी गर्यौ ?

 

Continue reading


गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

शब्दहिन शुन्यतामा; सिमित छु हिजोआज
स्वतन्त्रता हरण भा छ; दुखित छु हिजोआज

स्तब्ध छन सन्त्रासले; परमार्थी खोज्नेहरू
शोकमग्न यी प्रहर संगै; चिन्तित छु हिजोआज

अधिकारको कुरै छोडौ; अस्तित्वकै ठेगान छैन
कति खेर के हुने हो; भयभित छु हिजोआज

 

Continue reading


गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

कसरी भन्नू बारम्बार जून झरेको कथा।
हुन त मेरो’नि त्यहीँ हो मन परेको कथा।

गयो चरो उतै बस्यो,बिहे नि उतै गर्‍यो।
रुदै-रुदै भनी भंगेरीले गुड, सरेको कथा।

हातैभरी मेहन्दीले,रङ्गाईदिएको थिए।
सुनाई उस्ले,सुनिरहेँ रङ्ग भरेको कथा।

 

Continue reading


१६ अक्षरीय गजल

durga, prasad, bhandar,  दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

आज साह्रै सम्झनाको हुरि बतास चलेको छ !
बिरहको आगो सल्कि मुटु आफैँ जलेको छ !!

उधारो भो जिन्दगानी लिलामी पो हुने होकि ?
मिलनको आशाहरू सुस्त बनी गलेको छ !!

हुने भए भाग्यरेखा मेटी–मेटी लेख्न हुन्थ्यो !
सिरेटोमा एक्ला एक्लै हाम्रो प्रहर ढलेको छ !!

 

Continue reading