गजल

Tika, Sapkota, Kawasoti, टीका सापकोटा, pallawa, पल्लव

टीका सापकोटा

आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा
धमनी र शिरा हुदै नशा नशा पसेकी छु ।

तिम्रो सुन्दर जिन्दगीको प्रेमील कहानी हुँ म
तिम्रै मनको मन्दिरमा प्रितिले सजेकी छु ।

 

Continue reading


“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

 

Continue reading


अनिता नेपाल अर्याल का केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

तिमी शिखर चढ्दा साथ दिन पाउँ
पाइला डगमगाउँदा हात दिन पाउँ
नबिराई बाटो अघि बढ्दै जाउ
सद्भावको मीठो बात दिन पाउँ ।

जीवनमा सुनामी चलेको बेलामा
दिलमा ज्वालामुखी बलेको बेलामा
आएनौ खै तिमी राहत बनेर
आँसुले सिरानी गलेको बेलामा ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

छ पीडा मनैमा दुखाई नदेऊ भो-
भिजेका परेली लुकाई नदेऊ भो ।

दिलाशा बटुल्दै यहाँसम्म आएँ तै-
तिनै आशलाई फुटाई नदेऊ भो ।

छुटे जिन्दगीका तराना अनौठा ती-
छु डुब्दो त्यसैमा झुलाई नदेऊ भो ।

 

Continue reading


भगवती खनालका चार गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
पैसालाई मान सम्मान वनाए दुनियाँले
मन मुटुलाई चिहान वनाए दुनियाँले ।

सत्यलाई त आगो लगाए खरानी वनाए
झुट अङगाली जिहान वनाए दुनियाँले ।

हो शान्ति ल्याउलान भन्ने आश कति रहेन
हिंसा हत्यालाई वगान वनाए दुनियाँले ।

 

Continue reading


परिश्रमीका परिचय सहित तीन गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

(एक)
सुनेका कुरा नै सुनायाे कसैले
नसुन्दा नसुन्दै सुनेँ अाज मैले ।

न छन् तर्क बलिया न राम्रा प्रमाण
कुरैटेहरू जित्न खाेज्छन् कुरैले ।

फुपूकाे थियो धन, गरेँ दान भन्दै
दिए सूचना यो मलाई उनैले ।

Continue reading


गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल,

यो मनको पीडा बुझिदिने कोही छैन सारा
तिमीपनि टाढा भयौ आजबाट हैन? प्यारा !

दुनियाँलाई भुलेको थिए तिमी नै मनको राजा
दुख सुखमा ठानेको थिए जीवनकैचैन सहारा ।

सर्बेसर्बा ठानेको छु माया तिम्रै मानेको छु
अन्तै दिल सरेको छ देख्दैछु यो बेचैन पारा ।

 

Continue reading


इच्छा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

‎यै माटोमा नव रहरका भावना पोख्न देऊ-
सारड्’गीका सुर-लहरका तारमा बज्न देऊ,
मीठा भाकासित मृदुमयी कोइलीमा म बोलूँ-
पाँजी पृथ्वी भर नव-सुधा सिर्जनामा म बोलूँ ।

यै प्यालामा मधु-रस भरी प्यूँन देऊ मलाई-
यै हाँगामा क्षणभर रमी ज्यून देऊ मलाई ,
यै भाषामा क़सम दिलको गाँस्न देऊ मलाई-
यै धर्तीमा युगयुग भरी हाँस्न देऊ मलाई ।

 

Continue reading


बैंसमा उक्लेपछिः केही विम्ब

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

यौटा जोश उठ्यो, नयाँपन जुट्यो, उच्चाभिलाषा छुट्यो
अल्छीको सपना टुट्यो, कुलकुले संगीत भाषा फुट्यो
तृष्णाको लहरी खुल्यो, हृदयको गट्टा फुल्यो कोमल
तन्नेरी दिलमा खिल्यो शरदको सौन्दर्यको कुड्मल ।

आऊ खुस्स बताइदिन्छु उनको मुस्कानको अर्थ म
अर्धोन्मीलित नेत्रको भनिदिऊँ मीठो कुनै शर्त म
राम्रो गुच्छ छ हातमा कुन त्यहाँ भाषा छ उद्भाषित ?
मान्छेको मनको तरङ्ग कसरी बन्दैछ उद्गारित ?

 

Continue reading


गीता तिमल्सिना का जोर गजल

Gita, Geeta, timalsina, गीता तिमल्सिना, pallawa, पल्लव

गीता तिमल्सिना

गजल– १,
दिन फिरेन दीन लायो झन राती बनाएर
कहिले सम्म लुक्ला पीडा ताती बनाएर ।

फूलभन्दा धेरै सुन्दर हुन्छ काडा भनी
पेश्छु सबुत इस्पातको छाती बनाएर ।

तिमी छौ र बाचेकोछु भन्थ्यौ हैन प्रिय
खै कसरी रम्यौ उसलाई साथी बनाएर ।

 

Continue reading


हुन् काव्यसौदामिनी….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

बारी खेत र टार भीर खहरे खोलाहरूमा पनि
अग्ला स्वच्छ हिमाल शैल चुचुरा पाखाहरूमा पनि।
टिस्टामा सुनकोशको बगरमा रावी नदीमा पनि,
नेपाली अधिकारका कलम नै हुन् काव्यसौदामिनी।।०१।।

भोका पेट अघाउने विषयको चर्चा गरे तापनि,
निर्धाले पनि बाँच्न पाउँछ भनी बोल्नेगरे तापनि।
लिस्नो मानिस हैन मानिस चढी हिँड्ने भनून् लेखनी,
झुप्राको अधिकारका कलम नै हुन् काव्यसौदामिनी।।०२।।

 

Continue reading


रिता खतिवडा का केही मुक्तकहरूः

Rita, Khatiwada, रिता खतिवडा, pallawa, पल्लव

रिता खतिवडा

गन्तब्यमा कहाँ पुग्ला पाइला अन्तै मोडेपछि
अबिस्वासले कहाँ छोड्ला इमान्दारी तोडेपछि
अग्लिएर सगरमाथा जत्रै जत्रै भए पनि
येस्को अर्थ कहाँ बँच्ला टेक्ने धरा छोडेपछि ।

जिन्दगिका अन गिन्ति भन्ज्याङ्ग र मोडहरू
दुख–सुख आँसु हाँसो घटाउ र जोडहरू
कुन मोडमा कता लाग्छन् कस्का पाइला कतिखेर
भाग दउड कता पुग्न बाजि सँङ्गै होडहरू ।

 

Continue reading


गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

दुख केहो हुम्ला अनि कर्णालीको गामलाई हेर।
बिजुली र मोटर समेत नपुगेको ठामलाई हेर।।

रेमिट्यान्स भित्रीएको देख्छ मात्र सरकार सधै,
यरपोर्टमा उत्रीएको बन्द लासको लामलाई हेर।

खा को छ कि भोको छ खै छोरो परदेश मा,
पीरलेज्यान सुकाऊनेको बिवशता हामलाई हेर।

 

Continue reading


रमेश संयोग श्रेष्ठ का जोर गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

गजल– १,
आज फेरि दर्जन यात्री मरेका छन् त्रिशुलीमा
एउटा घरका सबै परिवार परेका छन् त्रिशुलीमा

सोच नेपाल सरकार बारम्बार दुर्घटना हुन्छकिन
दिनहुँ भल्का रगत तरंगी झरेका छन् त्रिशुलीमा

अब छोराछोरीका आँखा फुलेनन् खुशीले कहिले
ससाना नाबालककोआमा हरेका छन् त्रिशुलीमा

 

Continue reading


गजल

Govinda, Gbinda, Parajuli, गोविन्द पराजुली, pallawa, पल्लव

गोविन्द पराजुली

किन यहाँ अन्तर्आत्मा, जान्ने कोशिस गर्छन् ।
कोहि मुटु कोहि धड्कन, तान्ने कोशिस गर्छन् ।।

उनको मेरो गन्तव्यको, बाटो फरक हुँदापनि ।
डोरी लगाई बन्धनको, बान्ने कोशिस गर्छन् ।।

समान छैन धरातलनै, जिन्दगीको के कुरा ।
धनि गरिव रुपरङ्ग ,छान्ने कोशिस गर्छन् ।।

 

Continue reading


घोषणापत्र

Chintu,Giri, चिन्तु गिरी, pallawa , पल्लव

चिन्तु गिरी

धारा कुवा बाँध बनाइ दिन्छु
खोजी युवा काम लगाइ दिन्छु
बाटा सबै पीच बनाइ छोड्छु
अमेरिका भारत चीन जोड्छु ।

पहाडका खोच भरी विशाल
खोला नदी थुन्छु र पार्छु ताल
तराइका फाँट सिंचाइ गर्छु
बढी भएको म विदेश बेच्छु ।

 

Continue reading


जीवन कुँवर का केही मुक्तकहरूः

M, Eunko, Best, Fren, Jeevan, जीवन कुँवर , pallawa, पल्लव

जीवन कुँवर

बारम्बार मुटु दुख्ने ब्यथा किन लाग्छ मलाई ?
मैले बनाको बन्चरो ले नै किन ताग्छ मलाई ?
भर्खर २१/२२ बर्षको लाग्दै गर्दा यमराजले
भगवानसँग मार्न अनुरोध किन माग्छ मलाई ?

अलिअलि गर्दागर्दै उसलाई माया गर्ने बानी पयो
बानि हुदै गएपछि जीन्दगी आशुझरी पानी भयो
माया भन्दा धेरै मेरो प्रयोगहुन थालेपछि आखिर
मेरो जिन्दगी प्रयोगसगै खिइदै जाने खानी भयो

 

Continue reading


गजल

Yogendra, Dhakal, योगेन्द्र ढकाल, pallawa, पल्लव

योगेन्द्र ढकाल

तिम्रै निम्ति कालो कोट ढल्कएर आउला …
त्यसैमाथी जुत्ता पनि ट्ल्काएर आउला … ।

मृग नयनी अँखा तिम्रा अप्सरा पछि पर्ने जस्तो …
तिम्रै निम्ति खुसी सारा झल्काएर आउला … ।

यस्तो लाग्यो तिमी बिना छैन मेरो कोहि यहाँ …
आस पासका मित्र सबै हल्काएर आउला … ।

 

Continue reading


गजल

Anuj, Ashok, Thagunna, अनुज अशोक ठगुन्ना, pallawa, पल्लव

अनुज अशोक ठगुन्ना

सजायको महल भत्काउने पापनी तिमी
मलाई छोडि अन्तै धाउने पापनी तिमी।

आधा जिबन उज्यालो आधा अधेरीमा
न त घर न घाटको बनाउने पापनी तिमी

यो दुखीको माया लुटि गाउँ घर सहरमा
बिहानीको सुर्य झैँ उदाउने पापनी तिमी

 

Continue reading


गजल

Uma, Karki, Belchouk, उमा कार्की, pallawa, पल्लव

उमा कार्की

मिठा मिठा सपनीमा तिमी आउनु है !
रहस्य छ मेरो मनमा पत्ता लाउनु है !!

थाक्दैनन् यी नयनहरू जति हेरे पनि !
मेरो निम्तो नजरबाटै थाहा पाउनु है !!

कस्तो बानी बसाइदियौ आजभोलि तिमीले !
आँखाभरि प्रतिबिम्ब बनी छाउनु है !!

 

Continue reading