गजल

Sahityik, Anurag, Ram, ji, साहित्यिक अनुराग राम जी  pallawa, पल्लव

साहित्यिक अनुराग राम जी

म सबै कुरामा परिपक्काछु भनेर जानी आए पछी
फेरी पनी डर लाग्दो रहेछ नी राजधानी आए पछी

यो सहरको भिड भाड देख्दा म त झट्पटिन थाले
बोल्नै नजान्ने गाउँको लाटो जस्तो बानी आए पछी

क्या बोलि चाली क्या रूप रंग छ यहा की केटीको
हेरेको हेरै भए यार राम्री राम्री सान्नानी आए पछी

 

Continue reading


गजल

Pratikshya, Sharma, Subedi, Poudel, प्रतीक्षा सुबेदी पौडेल शर्मा, pallawa.पल्लव

प्रतिक्षा शर्मा

कहिले यतो कहिले उतोतिर गर्दै बित्छ जिन्दगी
कहिले उकाली कहिले ओराली झर्दै बित्छ जिन्दगी

जन्मदा कति निश्चल थिए यि आँखामानिसको हेर
समय संगै यहि आँखोमो के के भर्दै बित्छ जिन्दगी

भोविको लेखनी कसले देखेको छ र के के पर्छ पर्छ
कहिले आँशु कहिले फेरी खुसी छर्दै बित्छ जिन्दगी

 

Continue reading


गजेन्द्रप्रसाद अवस्थी गौरवका केही मुक्तकहरूः

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

माछो छैन तलाउमा यदि भने के जाल थाप्नु त्यहाँ
माग्नेले जसरी बसेर पथमा के थाल थाप्नु त्यहाँ ।
आफ्नै देश विकासले पिछडियो नेपाल नेपाल नै
नेताकै घर भो रजाइँ गरने के काल थाप्नु त्यहाँ ।।
#शार्दूलविक्रीडित_छ्न्द

आएर कैल्यै ॠतु सिद्धीदैन
लाएर माया मुटु रित्तिदैन।।
स्वीकार मात्रै गर एकबार।
संसार तिम्रै अनि बारबार।।

 

Continue reading


गजल

Hemraj, Dhungana, हेमराज ढुङ्गाना, pallawa. पल्लव

हेमराज ढुङ्गाना

बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन,
चौतारीमा एक्लिएको बर रै छ जीवन ।।

कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो,
यस्तै यस्तै नियती को भर रै छ जीवन ।।

जस्तो परे पनि आखिर हाँस्नु पर्छ भने,
भोगाईमा मलाई लाग्यो कर रै छ जीवन ।।

 

Continue reading


गजल

Pratikshya, Sharma, Subedi, Poudel, प्रतीक्षा सुबेदी पौडेल शर्मा, pallawa.पल्लव

प्रतिक्षा शर्मा

पुरुष भए रुन्नथें होला नारी भएर रोएँ
नारिमा पनि अझ धेरै बुहारी भएर रोएँ ।

सुनाउँ कसलाई बेदना यो बुझ्दैन कसैले
गुम्साएर राख्दा यो मन भारी भएर रोएँ ।

दुखमा साथ मागुँ झनै कुम ठोक्छन सबैले
भरोसा दिने माईती गाउँ पारी भएर रोएँ ।

 

Continue reading


बहरबद्ध गजल

Bhupee, Bhupi, Sarowar, भुपी सरोवर, pallawa. पल्लव

भुपी सरोवर

सारै रुवायो,जिन्दगीले,
बैरी हसायो,जिन्दगीले।

एक्लै म यसै,बेसहारा ,
खै के गरायो,जिन्दगीले।

वारी न पारी,बीचमा नै,
सारा कुरायो,जिन्दगीले।

 

Continue reading


भुई मान्छे

Nirmal, Parajuli, निर्मल रमण पराजुली, pallawa. पल्लव

निर्मल रमण पराजुली

भुई मान्छे
यथार्थको धरातलमा
उभियर्
सत्यताको कर्मपथमा
चलायमान पाईला हरुले
देखेका, भोगेका
बिसङ्गती र बिकृतीहरु
बिबेकी आखाले
चिर फार गर्दै
गाउ ,समाज अनि रास्ट्रमा
उज्यालो छर्न्
दिन रात्
लडाई लडिरहेछ
भुई माछे–

 

Continue reading


गजल

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa. पल्लव

निर्मल पराजुली

सपना को सुन्दर, पंछी छोडेर गयो !
बाचा बन्धन हरु, सबै तोडेर गयो !!

नयनका मोतीका, दाना ती उपहार,
हृदयमा अचानक्, मेरो रोपेर गयो !!

साछी राखी ईश्वर, जीवन् अर्पण गरें,
तिरस्कार को छुरा, दिल्मा घोचेर गयो !!

 

Continue reading


‘‘म मूला हूँ’’

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल, pallawa. पल्लव

दुर्गाप्रसाद पोख्रेल

म मूला हूँ
बारीबाट उखालिएको
पानीले पखालिएको
अनि कराहीमा हालिएको ।

म कुनै समाजमा छैन
म कुनै कामकाजमा छैन
म कुनै लोकलाजमा छैन
म मूला
बारीबाट उखालिएको
पधेरानेर ढालिएको
अनि गुन्द्रुकसँग गालिएको ।

 

Continue reading


गजल

USha, Kiran, Thapa , उषाकिरण थापा, pallawa. पल्लव

उषाकिरण थापा

हाम्रो प्रेमको दियोमा विश्वासको ज्योती बाले कै त थिएँ
मायामा कमी नहोस भन्दै दियोमा तेल हाले कै त थिएँ !

सुख र दुख जिवन चर्या सम्झिएर मन सम्हाल्दै रहेँ
तिमीले देको मायाका चोटहरू, जोगार्इ टालेकै त थिएँ !

किन बिचलित भयौ ? दुबै मिलेर मायाको जङ्घार तर्दा,
कठोर तिम्रो दिललाई मुटुको मायाले गाले कै त थिएँ !!

 

Continue reading


मासेर आफ्नो बबुरा रमाए……

Kanakdhara, Swami, Swadeshan, कनकधारा स्वामी स्वदेशानन्द, pallawa पल्लव

कनकधारा स्वामी स्वदेशानन्द

हल्ला छ संशोधन हुन्छ भन्ने,
सुन्दैछु केही जन बिक्नसक्ने,
पैसा छिमेकी घरबाट ल्याए
मासेर आफ्नो बबुरा रमाए।

मारेर आमा पनि हाँस्नसक्ने,
यी हुन् फिजी मार्ग सदैव हिँड्ने,
चोक्टा चुसी रात बिरात आए
मासेर आफ्नो बबुरा रमाए।

 

Continue reading


‘कसको कन्था, कसको सिरानी’

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कुनै भन्छ मेरो पुरानो सिरानी
कुनै भन्छ मेरो यही पाउदानी
बडो जोडले चल्छ यो तानतानी
म मागूँ कहाँ के छ कस्को निसानी ।।

म ता जन्मिएको यही जीर्ण कन्था
यही हो शरत्वा कि मेरो वसन्त
म आफ्नै त हो यो भनी ठानिठानी
बिताएँ यसैमा सयौं घामपानी ।।

 

Continue reading


व्यर्थ हो काव्यकर्म ?

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कवि हुनु उति राम्रो काम ता हैन किन्तु
किन किन म यसैमा नित्य लागी रहन्छु
यसपछि अब लेख्नेछैन ता नित्य भन्छु
तर पछि सब बिर्सी लेखनी हात लिन्छु ।।

जब वरपर केही चीज उल्लेख्य देख्छु
झटपट लय हाली त्यै कुरा गीत लेख्छु
गुनगुन अनि आफै गुन्गुनाएर बस्छु
अतुलित सुख मान्दै मै स्वयं दङ्ग पर्छु ।।

 

Continue reading


शुभवर्ष बनोस्

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

नववर्ष भलो शुभमङ्गल होस्
जति आश गर्‍यो थप पूर्ण बनोस्
दिनरात सुखै सुखसाथ चलोस्
जुन काम गरे पनि भाग्य बलोस् ।।

गत वर्ष जसो जति जे गरियो
जति खेप्नु र भर्नु थियो भरियो
कहिले त भयो मरियो मरियो
कति मुश्किलले यसरी बचियो ।।

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

मन रोएर कम्जोर पार्न चाहन्न
चुनौती सकेसम्म हार्न चाहन्न।।

जिउनु छ कतिदिन अझै ए जीन्दगी
तिल तिल गरेर मार्न चाहन्न ।।

अधर काे मुस्कान खाेसिएपछी म
गहना ले बेर्थै सिँगार्न चाहन्न ।।

 

Continue reading


खुशी यत्तिमै

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

मकै या कि कोदो पिठाको ढिंडो होस्
सँगै साग वा सिस्नुको लत्पते होस्
अमीलो कि वा गुन्द्रुकै झोल पाउँ
अरू होस् नहोस् यत्ति नै नित्य पाऊँ ।।

मलाई कुनै केक रोटी नदेऊ
न ता पाउमा ढोग भेटी नदेऊ
न चम्चा न काँटा छुरी चाहिंदैन
मलाई जिलेबी पुरी चाहिंदैन ।।

 

Continue reading


मेरो नायक तिमी

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

जहाँ अर्थको शास्त्र बेकार हुन्छ
सधैं शस्त्रको धारकै मार हुन्छ
गनी हैन जोखेर पैसा लिइन्छ
बुटी मात्र घोटेर सेवा दिइन्छ ।।

जहाँ तष्करी लष्करीसाथ चल्छ
जहाँ नोकरी खान नाता कसिन्छ
दलाली गरे झन् बढी माल मिल्छ
दली लाल लाली ठिटी बेचिइन्छ ।।

 

Continue reading


भरतकुमार भट्टरार्इका केही मुक्तकीय टुक्राहरू

Bharat, Kumar, Bhattarai, भरतकुमार भट्टरार्इ, pallawa.पल्लव

भरतकुमार भट्टरार्इ

आँसु-खोली बग्दा
आँसु-खोली बग्दा रैछन् आमा छुटेपछि
मुटुभन्दा प्यारी आमा कालले लुटेपछि
दिनभन्दा रातले बढी रुवाउँदो रहेछ
सृष्टिको त्यो न्यानो काख पूरै रित्तेपछि ।

बिहानीसँगै
बिहानीको स्वच्छ हावा सास फेर्छ मैसँग
चरीहरू गीत गाउँछन् मन साट्न मैसँग
बाटाहरू बोलाउँछन् साथसाथै हिँडूँ रे म
दिनभरिको स्वस्थ आशा शुभ बोल्छ मैसँग ।

 

Continue reading


जुठो हाड खाऊ

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

भनूँ खास इच्छा त केही थिएन
यसै बस्नलाई मनैले दिएन
बसे मौन आफै म पापी हुनेछु
भनेदेखि विश्वासघाती हिुनेछु ।।

म पापी बनूँ वा कि विश्वासघाती
दुवै हालमा दोष होला ममाथि
सहूँ के गरी पोल्न थाल्दैछ छाति
गरें फैसला बन्न विश्वासघाती ।।

 

Continue reading


फोहरै फोहर

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

के भनूँ आज खै सिर्जनाका कुरा,बिर्सनै मात्र इच्छा छ सारा कुरा
जिन्दगीमा निकै देखिए टाकुरा, हुन्छ आस्था स्वयं एक झुट्टा कुरा ।
आ भनी भन्नुभो स्नेहले आइयो, किन्तु रुन्चे तितो गीत यो गाइयो
हुन्छ जे साथमा त्यै कुरा हो दिने, वेदना मात्र मेरा यहाँ छन् दिने ।

पाउमा ठोकिई चोट लाग्दा यता, अश्रुधारा भरी रुन्छ आँखा उता
सम्झँदा ता दुवै बेगलै बेगलै, भोग्नु पर्ने थियो वेदना एकलै ।
हुन्छ जस्तो गरी देह यो एउटै, ठीक उस्तै गरी देश हो एउटै
खै त सुस्ता रुँदा मौन कोशी किन, भोकमा बाजुरा डम्म बाँके किन ।

 

Continue reading