गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

तिमी चोर थियौ कि सज्जन थाहै भएन ,
मेरो तन लियौ या त मन थाहै भएन ।

मन र मुटु थर्किर्यो समिपमा आउँदा
भूँइचालो या तिम्रो कम्पन थाहै भएन ।

सोचेँ केवल म तिम्रो तिमी मेरो नै हुन्छौ
खै कसरी हल्लीयो यो वदन थाहै भएन ।

 

Continue reading


गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

कहाँ बाच्न सक्छन् माछा? पोखरीमा पानी बिना ।
त्यसै कहाँ चल्छ जीवन कथा अनि कहानी बिना ।

तिम्रो साथको अपेक्षा छ सधैं यस्तै मिलोस् कालु,
निद्रा हराउँछ अचेल तिम्रो हातको सिरानी बिना ।

सयपत्री ,मखमली ,लालीगुराँस मुस्कुराउदाँ
कोपिलामै झर्नु जाती जसोतसो जवानी बिना ।।

 

Continue reading


गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

चिनी पाए पछि नून भुल्नेहरू
सुख पाए पछि गुन भुल्नेहरू

सुन–सानमा प्यारो थियो मुरली
ड्रमसेट पाए पछि धून भुल्ने हरू

कति स्वार्थी छ हजुर यो दुनिया
डन्लप पाएपछि उन भुल्नेहरू

 

Continue reading


गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

हामी नेपाली को घरघर दशैँ बनेर आयो !
मिठो खाने उमङ्ग रहर दशैँ बनेर आयो !!

भए खाने ‘मोज गर्ने नहुनेलार्इ फसाद छ
गरिव जनलार्इ कहर दशैँ बनेर आयो !!

खै कति मानौँ खुसी अनि कति बाँडौँ र उमङ्ग
धनीको छिमेकमा जहर दशैँ बनेर आयो !!

 

Continue reading


गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

नेपालमा कोलाहल र निकै चमत्कार भयो
बृध्दा अनि बालिका नभनी बलत्कार भयो ।

भत्ता जोगाउने खेलमै छ संषद भवन
जनताको पिडा नै नदेख्ने सरकार भयो ।

असुरक्षित कञ्चनपुर घोषणा हुदै गर्दा
पोखरामा पनि सुरक्षा कै हा–हाकार भयो ।

 

Continue reading


पार्वती खनाल अर्यालका केही मुक्तकहरूः

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

सामन्तको निर्मूल पार्न हामी उठ्नु पर्छ ,
गाउँ, बस्ती तराई, पहाड सबै जुट्नु पर्छ
दाईजो प्रथा छाउपडी पुरै अन्त्य गर्न
स्वफूर्त चेतना सागरको मूल फूट्नु पर्छ ।।

संविधानका बूँदाहरू राम्रोसँग संसोधनमा आ छ र ?
बलत्कारी, हत्यारालाई फाँसी दिने उल्लेख भा छ र ?
सत्ताधारी ठूलावडाकै हाली – मुहाली हुने कानुनमा
भ्रष्टलार्इ सजार्इं र बफादरीलार्इ उपहार लेखा छ र ?

 

Continue reading