“रमाइदिन्छु”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

सङ्कष्ट छाऊन् अति नै म माथि ।
तूफान आऊन् जति नै म माथि ।।
आनन्द – मस्ती म जमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।

अज्ञान उस्तै छ अभाव उस्तै ।
बानी छ उस्तै र स्वभाव उस्तै ।।
जाडो बढेमा म घमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता:

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “कपिमञ्च नहोस्”
कवि बन्धन को अवरोधक हो
कवि नै गुण-गौरव बोधक हो
कवि पुग्छ त्यहाँ रवि हुन्न जहाँ
कवि को गति सीमित हुन्छ कहाँ ?

कवि बोल्दछ ज्ञान-मुहान दिन
कवि खोल्दछ दृष्टि बिहान दिन
कवि को कति शब्द बुझिन्न किन ?
कवि लेख्दछ किन्तु पुजिन्न किन ?

 

Continue reading


कृष्ण शरण उपाध्यायका आठ कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “बुट्टा कोर्नु छ रङ्ग भर्नु छ”
किन्दा गोरु किसान ले पुछर मा, छोएर जाँच्छन् खुबै
सञ्चो मान्छ कि चम्किइन्छ,उसको त्यो छाँट हेर्छन् सधैं
ती किन्छन् जुन गोरु हुन्छ तगडा, टाठो र बाठो त्यहाँ
छाड्छन् ती जुन हुन्छ मन्द र ढिलो, सोझो र लाटो त्यहाँ

भेट्ने हो यदि साँच्चिकै सफलता, टाठो हुने हो यहाँ
लग्ने हो यदि जिन्दगी शिखर मा, बाठो हुने हो यहाँ
आँधी छैन भने प्रचण्ड मुटु मा, त्यो व्यक्ति ले गर्छ के ?
आगो छैन भने ज्वलन्त दिलमा, त्यो व्यक्ति ले गर्छ के ?

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “जिन्दगी”
न यो “जिन्दगी” दाउ थाप्ने जुवा हो
न यो गन्दगी मात्र फाल्ने कुवा हो
बरु प्रेम को भव्य सौन्दर्य छर्न,
फुलेको कुनै फूल को पालुवा हो

छ यो “जिन्दगी” व्यक्ति को हात भित्र
बनायो भने बन्छ रङ्गीन चित्र
सिँगार्‍यो भने फूल को कुञ्ज बन्छ
बिगार्‍यो भने शूल को पुञ्ज बन्छ

 

Continue reading


कृष्ण शरण उपाध्याय को सुन्दर कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

तिम्रा कारण ले पिता र जननी, रुन्छन् भने बाँच्नु के ?
तिम्रा कर्तुत ले निरन्तर दुखी,हुन्छन् भने बाँच्नु के ?
देख्दैनौ पसिना र त्याग तिनका,आत्मीय संवेदना ?
तिम्रा शाब्दिक झीर ले मुटु सधैं,उन्छन् भने बाँच्नु के ?

तिम्रा निम्ति सिँढी बनेर रहँदा,माता – पिता कुप्रिए
कामै मा दिनरात जोतिरहँदा,माटो बनी थुप्रिए
तिम्रै चाह निमित्त मा हृदय का,आशाहरू मक्किए
तिम्रै भोक र प्यास मेट्न मुटु का ,इच्छाहरू सक्किए

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) उड् उड् उड् अब उड्
ए पन्छी ! उडिदे न त्यो गगनमा, हेरून् तँलाई सब
छत्री झैँ खुलिदे न त्यो पवनमा, छाया लिऊन् है सब
इच्छाशक्ति लगान एक गरिदे, उद्देश्य भेट्ने भए
सारा सास उडान बीच भरिदे, त्यो प्यास मेट्ने भए

छाती भित्र विशाल चिन्तन सँगै, आकाश बोकी तँ उड्
आँखा भित्र अनन्त जीवन सँगै, विश्वास बोकी तँ उड्
निल्ने हो हर धूमकेतु खतरा, सङ्घर्षशाली हुँदै
ए पन्छी ! यमराज जित्नुछ भने, नि:श्वास रोकी तँ उड्

 

Continue reading


“भो लेखनी फालिदे”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

पापी भ्रष्ट विरुद्ध गर्जन सके, ए कृष्ण ! लेख् काव्य तँ
घाती दुश्मन माथि वज्रन सके,ए कृष्ण ! लेख् काव्य तँ
गिट्टी – पत्थर फालिदे अनि त्यहाँ, माटो नयाँ हालिदे
लेख्दैनस् यदि धारिला तँ कविता, भो लेखनी फालिदे

तेरा लेख पढी सुनी डमरु झैँ, जागून् युवा देश का
धर्ती खन्न निफन्न दोष र कमी, लागून् युवा देश का
हीरा लेख् अनि स्वर्ण लेख् सृजनमा, माटो ढुटो चालिदे
लेख्दैनस् यदि धारिला तँ कविता, भो लेखनी फालिदे

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “कलम लाई आह्वान”
ए सम्पन्न मसी हुने कलम हो ! देशै जगाओ न है
निद्रा मूर्च्छित चेतना मुलुक का, टाढा भगाओ न है
भोका पेट निमित्त अन्न – धन को, जोहो गरोस् शासन
नाङ्गा आङ हुने गरीब जन को, चिन्ता हरोस् शासन

लेखिन्नन् युग का जरूरत भने,के लेख्नुको सार छ ?
सोचिन्नन् युग निम्ति उन्नत भने, के सोच्नुको सार छ ?
तिम्रा घातक बाण रोपिन पुगून्, सत्तामुखी चाल मा
तिम्रा शाब्दिक व्यङ्ग्य वज्रन पुगून्, काला अरिङ्गाल मा

 

Continue reading


कृष्ण शरण उपाध्यायका जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “प्राण जल्दोछ है दन्दनी”
ती मेरा सपनाहरू क्षितिज मा, अड्की बसेका कति ?
ई मेरा जपनाहरू हृदय मा, धड्की बसेका कति ?
वर्षौं देखि अभुक्त गुप्त सपना, उस्तै त छन् चोटिला !
बन्दैनन् किन रूपयुक्त कहिल्यै, अग्ला घना पोटिला ?

आँखा सामु नआउनू अब तिमी, चाहन्न है देख्न म ।
तिम्रा स्वर्ण गजूर माथि कविता, चाहन्न है लेख्न म ।।
हावा बाट निकालिँदैछ बिजुली, चारै दिशा हेर त !
ऊर्जाशील विकास को प्रगति को, लाली उषा हेर त !!

 

Continue reading


“आदर्श बनेर आउनू”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

मेरो महान् अंश र रूप हौ तिमी !
सत् चित् र आनन्द-स्वरूप हौ तिमी !!
जन्मी धरामा महझैं रसाउनू !
मसामु आदर्श बनेर आउनू !!

जे कामका लागि तिमी झरेथ्यौ !
त्यो पूर्ण गर्ने प्रण जो गरेथ्यौ !!
सम्झेर दायित्व सबै निभाउनू !
मसामु आदर्श बनेर आउनू !!

 

Continue reading


“प्रेम भन्दा धर्म ठूलो”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

थियो दिव्य – सौन्दर्य वृन्दावनै मा ।
थियो प्रेम – माधुर्य सारा मनै मा ।।
यसै बीच मा कंस का दूत आए ।
उहीँ लग्न का लागि सन्देश ल्याए ।।

लगे क्रूर अक्रूर ले श्याम लाई ।
सबै गोपि को नर्म छाती जलाई ।।
रुँदै रोक्न खोजे मिली गोपिका ले ।
कहाँ रोकिइन्थे र ती कृष्ण काले ?

 

Continue reading


“साला ! तँ धिक्कार होस् !”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

हाम्रो देश सिँगारिँदो छ हिउँ ले , झर्ना नदी ताल ले ।
टल्केको छ महेश का नयन ले ,कैलाश को भाल ले ।।
पानी पेय छ बेच्न सन्धि गरिए , के हुन्नथ्यो देश मा ?
ढुङ्गा पेल्न र बेच्न सन्धि गरिए , के हुन्नथ्यो देश मा ?

ए गद्दार ! कपूत ! तस्करहरू ! के सन्धि गर्छौ भन ?
ए घाती जन ! देश का खलहरू ! के सन्धि गर्छौ भन ?
सत्ता भित्र बसेर काम अधुरा , के निम्ति छाड्छौ भन ?
कुर्सी माथि चढेर मात्र जनता , के निम्ति ढाँट्छौ भन ?

 

Continue reading


“प्रणय – प्रसङ्ग”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

यो मेरो मुटु भित्र एक मधुरो, पीडा दिने को भन ?
पीडा मा अझ व्यङ्ग्य मिश्रित कडा, क्रीडा दिने को भन ?
को हो ऊ दिनरात यी नयन मा, झल्झल् गरी झल्कने ?
को हो ऊ झरना बनी हृदय मा, छल्छल् गरी छल्कने ?

यौटै मात्र छ आश ती नयन को, सौन्दर्य हेरी बसूँ !
यौटै मात्र छ प्यास ती अधर को, माधुर्य हेरी बसूँ !!
गर्जी खस्छ सदैव बादल – झरी, यो चित्त मा को भन ?
ठट्टा गर्छ सदैव ऊ छल गरी, यो चित्त मा को भन ?

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

“लोग्ने मानिस आजको”
लोग्ने मानिस मा कलङ्क गहिरो, बढ्दैछ बढ्दैछ झन् ।
लोग्ने मानिस आज दानव बनी, सड्दैछ सड्दैछ झन् ।।
पीडा हुन्छ कताकता हृदय मा, लोग्ने हुँ भन्दा पनि ।
लाजै हुन्छ यदाकदा नयन मा, लोग्ने म बन्दा पनि ।।

लोग्ने मानिस अङ्ग को कडकले, साह्रै घमण्डी भयो ।
ऊ आगो सरि काम को भडकले, साह्रै वितण्डी भयो ।।
बिर्सेको छ विवेकहीन मति ले, कर्तव्य ऊ सुस्तरी ।
भट्केको छ पशुत्व को प्रगतिले, गन्तव्य ऊ सुस्तरी ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “जस्तो त्याग गरिन्छ………”
जित्ने हो यदि युद्ध भीषण भने,धाकीपना हो लिने ।
चुम्ने हो यदि लक्ष्य उत्तम भने,त्यागीपना हो लिने ।।
धाकी आँत हुनेहरू समर का,हुन्छन् विजेता महान् ।
त्यागीभाव हुनेहरू मुलुक का,बन्छन् सुनेता महान् ।।

जस्तो त्याग गरिन्छ त्यै किसिम का,उत्पन्न हुन्छन् फल ।
त्यागैले उपलब्ध हुन्छ जन मा,आनन्ददायी पल ।।
त्याग्छन् जो सुख भोज मोज सुबिधा,ती बन्दछन् अब्बल ।
तेस्ता सन्त मनुष्य ले भुवन मा , गर्छन् सदा मङ्गल ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन रचना

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शान्ति दिवस का अवसर मा….”
माटो मा विष हाल्न बन्द गरियोस्, माटो भरी शान्ति होस् !
पानी मा बिख घोल्न अन्त्य गरियोस्, पानी भरी शान्ति होस् !!
बाँकी रम्य निकुञ्ज मा र वन मा, आकाश मा शान्ति होस् !
सारा जीवन मा तथा पवन मा, आवास मा शान्ति होस् !!

एकार्का बिच को अखण्ड प्रभुता, सम्मान होस् आपसी !
अर्को देश विरुद्ध आक्रमण मा, कोही न जाओस् रती !!
हस्तक्षेप नहोस् निजी विषय मा, भ्रातृत्व को रीति होस् !
एकार्का बिच लाभ को र सम को, शान्तित्व को नीति होस् !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “बाल कविता”
भयो बिहानी र चरी कराए ।
मनै छुने सुन्दर गीत गाए ।।
जागे सबै ठाउँ छिमेक – टोल ।
घण्टा बजे शङ्ख-मृदङ्ग-ढोल ।।

भयो अबेला उठ बाबु ! नानी !
चाँडै धुनू `ज्यान´ लिएर पानी ।।
हिजो पढेको सब पढ्नुपर्छ ।
हरेक कक्षा पनि चढ्नुपर्छ ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) आज नैराश्य छायो !!
गतिविधि छ तुहेको, त्यो कतै फालिंदैन ।
सब तिर छ चुहेको, त्यो कुनै टालिंदैन ।।
हर नयन विदेशै, ताक्नुपर्ने बनायो ।
किनकिन जनता मा, आज नैराश्य छायो ।।

शरदृतु छ दियालो, छैन यो चाँदनी मा ।
दिन छ तर उज्यालो, छैन यो आँगनी मा ।।
प्रमुख पदहरू मा, दासता खास आयो ।
किनकिन जनता मा, आज नैराश्य छायो ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शरण शीघ्र पर्दछु”
प्रभु त विश्व पालक !
म हुँ अबोध बालक!!
भजन गर्न जान्दिन !
मधुर बोल्न मान्दिन!!

प्रभु! तिमी झरीकन !
अलि छिटो गरीकन !!
बस न जिन्दगी भरि !
कस न बाहु बेसरी !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “धर्म आफ्नो नबिर्सूं”
आफ्नो सच्चा, परिचय दिऊँ, शिल्पले या कलाले ।
आँफैलाई, विजय म गरूँ, साधना-शृङ्खला ले ।।
मेरा पुर्खा, विकसित थिए, झन् म होऊँ विशेष !
मेरो ऊर्जा, कणकण बलोस्, त्यो नहोस् कत्ति शेष !!

चाहे आगो, किन म ननिलूँ, धर्म आफ्नो नबिर्सूं !
चाहे माटै, सँगसँग मिलूँ, कर्म आफ्नो नबिर्सूँ !!
साधी साधी, यम-नियमले, चित्त आकाश पारूँ !
मैले फेर्ने, मधु – पवनमा, वीर को सास हालूँ !!

 

Continue reading