‘त्यसैले सानु’

Teelakram, Ko, Hein, Pokhrel, तिलकराम पोख्रेल, oallawa, पल्लव

तिलकराम पोख्रेल

उठेको विहानबाट
मर्दालाने चिहानसम्म
तिमीलाई सम्झने गरेको छु

जून उदाउने रातबाट
मूर्दा जलाउने घाटसम्ममा
तिमीलाई सम्झने गरेको छु

कहिलेकाहीं व्यस्तताले
च्याप्छ…. थेचार्छ ……
पसिनाको गन्धमाझ
प्रतक्ष नसके पनि
अप्रतक्षरूपमा भने
तिमीलाई सम्झने गरेको छु

 

Continue reading


तिलकराम पोख्रेल का जोर कविता

Teelakram, Ko, Hein, Pokhrel, तिलकराम पोख्रेल, oallawa, पल्लव

तिलकराम पोख्रेल

१) कालो प्रकाश
चाहनाहरू पुरा गर्न
आकाशलाई खनेर हेरें
कोपारेर हेरें
च्यातेर हेरें
टुक्राएर
कतै मेरो इच्छा पुरा गर्ने तारा भेटीएला भन्दै
तर आकाशलाई चोट बाहेक
मेरो कुनै रहर पुरा भएन……..

वायुको काखमा
केही क्षण निदाएर हेरें
कतै मैंले देखेको सपनाले
मलाई फेरी देख्छकी–

 

Continue reading


गजल

Khatiwada, Sanu, सानु खतिवडा, oallawa, पल्लव

सानु खतिवडा

रिसाएर बोल्ने बानी खाली हजुरको
मिठा अर्ति जस्तै लाग्छ गाली हजुरको

असल खराब छुट्याउने नजर बढेछन,
अलि बढि चर्चा छ यसपाली हजुरको

बिहानीमा पंधेरो र दिउसो चौतारीमा
सबैमिली बजाउदै’थे ताली हजुरको

 

Continue reading


गजल

Khatiwada, Sanu, सानु खतिवडा, oallawa, पल्लव

सानु खतिवडा

कोमल मुटु छातीबाटै खस्ला भन्ने डर छ
हिजोआज मनमा माया बस्ला भन्ने डर छ ।

चुमूँ चुमूँ लाग्छ अचेल अधरको हाँसो
चुमीहालूँ भने पनि डस्ला भन्ने डर छ

देख्नै हुन्न हानी हाल्छ नजरले तिर
सँगै बसे अँगालोमा कस्ला भन्ने डर छ।

 

Continue reading


गजल

Shishir, Kc, Anurag, शिशिर अनुराग, oallawa, पल्लव

शिशिर अनुराग

तिम्रो माया यसैगरि सधै पाए हुन्छ
अलि रिस अनि माया मिसाए हुन्छ

भन्दिन म मेरो लागि सबथोक गर
हाम्रो माया यसरी सधै बचाए हुन्छ

अरुको हुन पर्यो भने मरिदिउला म
दिल मेरै नाउमा सपना सजाए हुन्छ

 

Continue reading


गजल

Shishir, Kc, Anurag, शिशिर अनुराग, oallawa, पल्लव

शिशिर अनुराग

म बिना ओठमा मुस्कान थपिएछ
गल्ती हुँदा कहाँको मान थपिएछ

लागेछ झुटो माया मेरै जस्तो है
मेरो हुँदा तिमिलाई लगान थपिएछ

जीवन जिउन सिकाउने म थिए
बिच बाटोमा कुन भगवान थपिएछ

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

म तिमीलाई संझेर बसीरहे
दुस्मन सारालाई डसिरहे ।
तेम्ले त अर्कैलाई टिपेर गयौ
झुटो तिम्रो कसममा फसिरहे ।।

परिस्थितिले बाध्य बनाछ मलाई यस्तो सोच्न।
नखाएको बिस लाछ कति ब्यथा नसकेर पोख्न।
यसकारण सकिन म बिश्वासमा पर्न हजुरको
खाटा बस्दै थियो घाउ लाग्यौ कि भनि घोच्न।

 

Continue reading


गीता सापकोटाका केही मुक्तक

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

के छ र दिउँ हजुरलाई मायाको कोसेली।
जति भरेनि माया हजुर हुदो रैछ खाली ।
के देखेर मन परे खै हजुरलाई म कुन्नि
बरुहाँडी श्वैतहोला म त्योभन्दा नि कालि ।

फूल फुल्यो भमरालाई जोवन फुल्यो कल्लाई।
नभन्दिदै हुन्छ हामी 2को सम्बन्धमा भलाई।
लुकाउन गाह्रो हुन्छ फेरी लाग्छ बैरी आँखा
त्यही आँखाको ईसारामा फाल्छन् कोरी सलाई।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

अधरका कुरा ओठमा ल्यार्इ बोलिदेउ भन्यौ।
जति छन् ब्यथा मनमा ती सबै खोलिदेउ भन्यौ।

दुख पछि सुखका दिन त आउछन् पक्कै साथी
यो धर्तीलाई रगत पसिना मलिदेउ भन्यौ ।

जो होचो छ उसैको मुखमा पर्छ ठुलो बज्रपात
हुदैन क्रान्तिले शान्ति बर्तामा गलिदेउ भन्यौ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

मेरा यी खुला नयनले तिम्रै बाटो हेरी रहेछन्
सहजताले हिड भन्दै फूल दिनै फेरी रहेछन् ।

सक्दैन कोही चुडाउँन हाम्रो मायाको बन्धन
सफल प्रेम लिला हेर्न जोरिपारी घेरी रहेछन ।

जो खोज्छ नजिक जान गिद्धे नजर लिएर हाम्रो
तिनैलाई काली नागले हात पाउ मै बेरी रहेछन ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्रो जस्तो स्वतन्त्रता मैले पनि पाउन पाए
पूर्ण हुन्थ्यो जीवन यो संसारमा छाउन पाए ।

सक्थे होला फुलेको बाटो मैले पनि ठम्याउन
द्विबिधामा नपरी एउटै बाटो धाउन पाए ।

तिमी ले बस्दा देउरालीमा मेरो बाटो हेरी हेरी
खुसी लाग्थ्यो बन्धन त्यो तोडेर आउन पाए ।

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

प्रकृतिले नै ठगिदियो जन्मेँ नारी भुरा
आफ्नाले नै हाने हजुर पछि बाट छुरा ।
मुटु भरी बेथा कहाँ पोख्ने जिन्दगीले
त्यसैले त हुँदैन आटेको कुनै काम पुरा ।।

जो नर गर्छ निन्दा सृष्टिकी रचयिताको
नमूल्य हुन्छ त्यसको नभाउ अस्मिताको ।
नरहरू गर्छ बेइमानी पैसाले इमान बेचेर
फेरी झुटो बोलेर कसम के खान्छौ गीताको ?

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

लाउँदा लाँउदै फुट्न सक्छ लगाएका चुरा पनि
झुटो हुन्छ कहिले काहीं सामुन्नेका कुरा पनि ।

सजक भर्इ हिड्नु साथी केही हुन्नन आफ्नो यहाँ
आफन्तले नै हान्ने गर्छन टाढै बाट छुरा पनि ।

जिब्रोलाई दोस दिन्छन् आफू मनलाग्दि बोले पछि
माफि माग्दै भन्छन् फेरी प्यारी नमान न वुरा पनि

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरू

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिमी गयदेखी गाऊँ मा छलफल हुन थाल्यो
यो मुटुले छोड्यो ठाउँ र हलचल हुन थाल्यो ।
चाडै फर्की आउ है कान्छा आफ्नो काम सकाएर
तिम्रो मेरो माया को घर ढलपल हुन थाल्यो ।।

यी नयनले कुन्नि के खोजिरहेछन्
यो लिउँ कि उँ लिउ त्यै रोजिरहेछन् ।
सञ्चै छु के हाल छ त्यतातिर हजुर?
निस्ठुरी किन हो भएको सोधिरहेछन् ।।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्ले पराई ठान्यौ र त छोडे मैले नि
जीन्दगीको सफर अन्तै मोडे मैले नि ।

अनाबश्यक बस्तु झैं फ्याक्यौ कुना कुना
त्यही कारण अन्तै नाता जोडे मैले नि ।

एकै छिन त यो मुटु भयो छिया छिया
संझाई मन मायाको फूल गोडे मैले नि ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

आशमा होइन हामी प्रयासमा बाँच्नु पर्छ
आफ्नो हित गर्नलाई नारीआफै तात्नु पर्छ ।

भाग्यलाई दोष दिँदै नवसौं दिदी बहिनी
कर्म गरौ जीन्दगीको खूसीलाई साँच्नु पर्छ ।

आफ्नो हकको निम्ति लडार्इ लडौं नडराईं
जाई लोग्ने मित्रहरू आफैँ भित्र थाक्नु पर्छ ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

था भो आज त्यो शीर किन झुकाएर गयौ।
गॉठी कुरा तिमीले नि त लुकाएर गयौ।

भन्थ्यौ सधै तिमी मलाई झुटो बोल्नु हुन्न
आफैँले झुटो बोल्यौ सत्य छुपाएर गयौ।

तिमीसँगै बॉधिएको मेरो मनको डोरी
जबरजस्ती तन्काउँदै टुटाएर गयौ।

 

Continue reading


१३ हक्षरीय गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

त्यो आँखाको नानी भैं बस्ने रहर भो
दिनै उस्को बानी भैं बस्ने रहर भो ।

दाग ळागेलाग्छ उस्को त्यो जीवनमा
पखालिने पानी भैं बस्ने रहर भो ।

गर्छ रे दुनियाले घ्रिणा उसलाई
मायाँकी म खानी भैं बस्ने रहर भो ।

 

Continue reading


१२ अक्षरीय गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिमीले बोलायौ र आएँ म सानु।
शरीर लोलायौ र आएँ म सानु ।

कति हास्थ्यौ खेल्थ्यौ हामीसँगै हुँदा
एकलै टोलायौ र आएँ म सानु ।

हेरेकै छन् आँखा निन्द्रामा नि छैनौ
ईन्द्रिय खोलायौ र आएँ म सानु ।

 

Continue reading


१६ अक्षरीय गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

गरिब हुँ तर पनि भिख मागि खाको छैन
संयोगले डोर्याएछ त्यसै त म आको छैन।

परिचय दियो होला लगाएको यो पोसाकले
नभन्नु है खाते हजुर टालेको त लाको छैन

स्वरको धनि नभएनि मनको ब्यथा पोखिदिए
मुटुमा नै गड्यो दुख गीत त्यसै गाको छैन

 

Continue reading