राष्ट्र–चीत्कार

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मसी छर्कीछर्की लघु कलम तन्द्रातिर पस्यो
मसीभन्दा ज्यादा नयन-जलको निर्झर खस्यो
कठै ! रोइन् दुब्ली चिर विरहकी एक जननी
“म नै तिम्री आमा क्षत विकल नेपाल हुँ” भनी !!

“म साह्रा ढुङ्गाका बिच तरुल झैं चेपिन गएँ
म टाढाको माग्ने अभर जन झैं हेपिन गएँ
हिजो-जस्तो खुल्ला परिधि अहिले छैन मसित
हिजोको झैं सङ्लो मसित मन नै छैन मुदित !!

 

Continue reading


जयदेव गोविन्दका एकजोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्दमोह
रोऊँ आँसु झरेन छन्द नभए सुक्खा भए लोचन
खाऊँ गाँस उठेन छन्द नमुछे खल्लो बन्यो भोजन
हो यो भ्रान्ति कि छन्द नामक नशा या व्यर्थ बेकाम हो ?
बौलाहा-पन हो कि अन्धपन हो या रोग हो राम यो ?

हावाले तृण हल्लिए पनि उतै तानिन्छ लोभी मन
धारामा जल खोलिँदा पनि उतै देखिन्छ छन्दाऽनन
या मण्डूक टरर्र कूप जलमा गाऊन् सँगै पौडिई
“जन्म्यो नूतन छन्द” ठान्छ मनले ! दौडिन्छ भाषा लिई ।

 

Continue reading


हिमाल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हिमाल ! तिम्रो म उचाइ नापूँ
यी काँधमा ती हिमपात थापूँ
दिन्छौ कि तिम्रो शिरको उचाइ ?
विशाल संसार नियाल्नलाई !!

तिम्रो हिरा झैं सुकिलो मुहार
सौन्दर्यले तान्दछ बारबार
त्यो शृङ्ग अग्लो दरबार-जस्तै
जिती मिलेको उपहार-जस्तै !!

Continue reading


‘कात्रो’

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

आफ्नो होइन देह यो ! वृषभ झैं कुर्लेर डुल्ने किन ?
जाँदा लान सकिन्न दौलत बिटा ज्यादा बटुल्ने किन ?
चाहे इन्द्र कि चन्द्र हून् ! नगदको कालै छ चल्ती यहाँ
कात्रो मात्र रहेछ शुद्ध कपडा ! राखिन्न खल्ती त्यहाँ !!

बन्छन् मोहित चक्षु आवरणमा, देखावटी ढङ्गमा
लत्याई मकरन्द फूल-नजिकै आसक्त छन् रङ्गमा
चाहे पार्थिव वस्तु होस् ! भडकमै फड्कार्छ खुट्टा यहाँ
कात्रो एक रहेछ शुद्ध कपडा ! चाहिन्न बुट्टा त्यहाँ !!

 

Continue reading


प्रकृति र कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

प्यारा पन्छी हिमशिखरका वायुमा नाच्न खोज्छन्
नौला जोडी हरिणहरिणी शैलकै काख रोज्छन्
झुल्को टिप्दै मनलहरकी शारदा दीप्ति छर्छिन्
घुम्टो खोली मधुर कविता बैंसको चाह गर्छिन् !!

क्वैली काली कुहुकुहु गरी डाक्न थाल्छे वसन्त
शोभा बाँडी कुसुम वनमा हाँस्तछन् मन्दमन्द
गाला चुम्छन् मधुर रसमा भृङ्गका प्रेमजोडी
ढल्कीढल्की ललित कविता हेर्दछिन् लाखचोटि !!

 

Continue reading


आत्मालाप

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

अति निम्न नहोस् अतिसार नहोस्
ठिक जीवन होस् तर हार नहोस्
तन सक्षम होस् मन निर्मल होस्
शिर उच्च गरी उभिने बल होस् !!

ठिक साधन वा धन-तागत हून्
नति, चैन, खुसी, सुख औसत हून्
व्यवहार चलोस् भरजन्म ठिकै
भुज माथि परून् दुखिया नजिकै !!

 

Continue reading


कर्तव्य हो ईश्वर

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

पृथ्वीले “म त घुम्न सक्तिनँ” भने फेरिन्छ के मौसम ?
सूर्यै झ्याप्प निभेर अल्पिन गए को चिर्न सक्ला तम ?
लज्जा के रहला र चीरक झरी बाँकी रहे कन्धनी ।
छाडी कर्म कुतर्कमा बहकिई चल्दैन दैनन्दिनी !!

पानीको शुभ कर्म हो बगिदिई वृक्षादिमा सिञ्चिने
हावाको पहिचान दैनिक चली खुल्लातिरै लम्किने
थुप्रिन्छन् जलवायु नित्य नचले फोहोरका डङ्गुर
लाग्छन् कर्मविहीन शासन गरे देवेन्द्र नै “बेसुर” !!

 

Continue reading


त्यो हुन्छ मुर्दा सरि

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

चाहे लाख-करोड, अर्ब बटुलोस् खर्बै कमाओस् धन
चाहे वेद कुरान मुन्धुम पढोस् चाहे रचोस् दर्शन
ठूलो सन्त-महन्त वा नृप बनोस् चाहे बनोस् पादरी
आत्माभित्र मनुष्य भाव नरहे त्यो हुन्छ मुर्दासरि !!

विद्या, ज्ञान र सीप उच्च धन हुन् आजन्मका वैभव
बन्छन् शून्य बिगार्न-मास्नतिर नै ती खर्च हुन्छन् जब
विद्यावारिधिको प्रमाण बटुलोस् हून् हार घाँटीभरि
विद्या केवल ठान्छ अस्त्र जसले त्यो हुन्छ मुर्दासरि !!

 

Continue reading


मातृवियोग

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

आमा जीवनदायिनी भगवती देवी उमा अम्विका
छातीमा महकुण्ड काख दरिलो मातृत्वको वाटिका
भुल्नै मुस्किल पर्छ ती सरसिला मातृत्व वर्षा घना
अल्प्यौ हाय मिलिक्क यो हृदयमा बाँकी रहे सम्झना

ब्याधा झैं यमराजको वश परी हार्दै बन्यौ बन्धक
पासोभित्र परेर माउ ! टुहुरो एक्लो भयो शावक
चारो छैन सुगन्ध छैन ! मुखमा घेर्दै छ कालो निशा
वर्षातुल्य बरर्र आँसु गुँडमा बग्दै छ चारै दिशा !!

 

Continue reading


छन्दमोह

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

रोऊँ आँसु झरेन छन्द नभए सुक्खा भए लोचन
खाऊँ गाँस उठेन छन्द नमुछे खल्लो बन्यो भोजन
हो यो भ्रान्ति कि छन्द नामक नशा या व्यर्थ बेकाम हो ?
बौलाहा-पन हो कि अन्धपन हो या रोग हो राम यो ?

हावाले तृण हल्लिए पनि उतै तानिन्छ लोभी मन
धारामा जल खोलिँदा पनि उतै देखिन्छ छन्दाऽनन
या मण्डूक टरर्र कूप जलमा गाऊन् सँगै पौडिई
“जन्म्यो नूतन छन्द” ठान्छ मनले ! दौडिन्छ भाषा लिई

 

Continue reading


केही दृष्टान्त

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

अहङ्कार बढे मान्छे आफैं खाडल पर्दछ
बढी पाके कुही दानो फ्यात्त फत्केर झर्दछ !!

मोह बोकी गरे यात्रा चितामाथि चढाउँछ
बत्तीमा पुतली हेर फस्दै पङ्ख डढाउँछ !!

नहेरे गुरुले गल्ती शिष्य सत्यार्थ छल्दछ
ठ्वास्स ठोसे अगुल्टामा आगो दन्केर बल्दछ !!

 

Continue reading


दम्भ

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मगमग धरतीमा बाँड्दछन् पुष्प गन्ध
पवन दस दिशामा चल्दछन् मन्दमन्द
न कुसुम अनि हावा भन्दछन् “श्रेष्ठ हामी”
किन मनुज वितण्डा, दम्भका छन् सुनामी ?

नद कलकल गर्दै गीत गाएर जान्छन्
मधुकर रस चुस्तै प्रीत लाएर जान्छन्
कणसित कण मिल्दै बन्दछन् “बज्र” ढुङ्गा
तर किन जन गिर्दै नित्य बन्छन् लफुङ्गा ?

 

Continue reading


‘‘जीवन ’’

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

प्रभु ! जीवन फूल कि पत्थर हो ?
कि त यो “जिउँदो” चिनिने भर हो ?
नमिठो सपना कि त ठक्कर हो ?
कि त यो भ्रमको विषसागर हो ?

यदि जीवनको विधि हुन्छ भने
किन जीवन उच्च र निम्न बने ?
जब जन्म हुँदा सम हुन्छ कला
तर भिन्न बने किन भूमि-तला ?

 

Continue reading


वियोग

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छ आत्मा नेपाली रगत छ विदेशी बगरमा
प्रिया खोज्छिन् तातो प्रियतम फस्यो खण्डहरमा
अँगालाको न्यानो रहर नपुगी जर्जर भयो
चखेबी छे एक्ली फिटफिट चखेबा पर भयो !!

किनाराले थापे सलिलसित बग्थें म सलल
ममा बाढी आए बगरसित गर्थेँ खलबल
म आँधीका धक्का पनि सहन गर्थें शिखर झैं
बगैंचाले डाके भुनुभुनु चहार्थें भ्रमर झैं !!

 

Continue reading


सोध्दै छ नेपालले, भाग: दुई

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

“चर्का भाषणबाट नीड चिरिए” भन्दै उडे गौंथली
“नाराले भरिएन रामझुपडी” भन्छन् कमैया-हली
बाटामै छरिएर गुन्द्रुक-ढिँडो मागे दुना-थालले
“मेरो बालक लोकतन्त्र छ कता ?” सोध्दै छ नेपालले !

“पृथ्वी”, कालु र भीमसेन बलियो झन्डा उचाली मरे
सुस्ताई इतिहास सोध्छ जगमा खै शेषले के गरे ?”
ढाली स्तम्भ अँचेटिए दस दिशा टोकी अरिङ्गालले
“टोक्छौ वक्ष, जरायुमा किन सदा” सोध्दै छ नेपालले !

 

Continue reading


युग र नैराश्य

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हे हे जीवन चोटिला कुदिन दे चीत्कार दे दर्द दे
धोका दे प्रतिघात दे विलय दे संहारको कर्द दे
काला रात कराल तुच्छ पल दे “सेता” कुरा छोपिदे
हात्तीका कद झैं भयानक बनी यो वक्षमा टेकिदे !!

सिङ्गो देश रुँदै छ याचक बनी बाढी र भूकम्पले
झन्डा ध्यार्र हुँदै छ गाँस छुटिई दुष्पात्रका डङ्कले
मेरो देह बिसाइदे बगरमा ढुङ्गा लडाए-सरि
पूरै रक्त मिसाइदे उदकमा हल्लाउँदै बेसरी !!

 

Continue reading


श्रीराम श्रेष्ठका केही हाइकुहरूः

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सबैको प्रेम
अन्धविश्वास हुँदा
जोडिन कष्ट ।

लपक्कै टास्यो
छुट्याउन नसक्ने
चुम्बन जस्तै ।

जुन रोय झैं
अनुहार देखेको
कालो पोतेछ ।

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

तन चस्स छुँदा पनि काव्य बनोस्
मन धर्र रुँदा पनि काव्य बनोस् ।।

“भ्रमरा-रस”को मृदु चुम्बनमा
मनमोद हुँदा पनि काव्य बनोस् ।।

नव यौवनको रसपूर्ण सुधा
पिउँदा पिउँदा पनि काव्य बनोस् ।।

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

अघि निर्झर झैं अति जोश भयो
पछि मूल सुक्यो अनि होस भयो ।।

जलहीन तलाउ थियो पहिले
क्षणमै हिमपात र ओस भयो ।।

अझ भोक थियो प्रतिपक्ष-तिर
मृदु गाँस छुट्यो र त रोष भयो ।।

 

Continue reading


बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

रुँदै बाबु सोध्छन् “उज्यालो कहाँ छ ?”
मुमा सोध्दछिन् “रक्त टालो कहाँ छ ?”

विदेसिन्छ छोरो लिई दाग-बत्ती
पुकार्छिन् बुहारी “अँगालो कहाँ छ ?”

भने मूर्तिले भक्तका पाउ छोई
“वियोगी बन्यो घण्ट रालो कहाँ छ ?”

 

Continue reading