बग्रेल्ती छ छरिएको सम्झना समेटेर कहाँ समेटुँ
चहकिलो छ उस्तै तस्बिर, चाहेरै पनि कसरी मेटुँ
हज्जार पटक सिलाएनि उध्रिरहने यो मन कस्तो
वक्र रेखा रहेछ जिन्दगी, सरल खोजेर कहाँ भेटुँ ?
हरेक मान्छेसँग गन्तव्य, बाटैभरि चोक देखेँ
तटस्थतामा आनन्द, पक्ष विपक्षमा शोक देखेँ
तिमी खुसी होलाउ सोचेथेँ म मुस्कुराएको देखेर
मेरा वेदनाहरु खुद्रा, तिम्रा वेदना पो थोक देखेँ ।