कोही फूल कोही माला लिएर आउनु
कोहि अबिर कोही खादा लिएर आउनु
सरकार कर असुलगर्न आउँदै छ आज
मर्नेहरूको घरबाट बाजा लिएर आउनु
मलाई तिम्रा यादहरूले पोलिरहे भनेँ ?
के गर्नु फेरि हरप्रहर बिथोलि रहे भने ?
मौनतामा हज्जारौं प्रश्न पनि हुनसक्छन्
जवाफ के पठाउँ तस्बिर ले सोधिरहे भनेँ ?