निलकण्ठ सुबेदी का केही मुक्तकहरूः

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

मेरो ब्यथा मैले भन्छु तिम्रो ब्यथा तिमी भन
जिन्दगीको दु:ख सुख एउटै मुटु एउटै मन
माया भन्दा ठुलो कुरा छैन भन्छन् सबै जना
नचाहेको हुँदै हुन्न खुसी मात्र रैछ धन ।।

पीडा भुल्ने बानी हाम्रो उस्कै भर गरिरह्यौं
छिमेकीकै शरणमा सधैं हामी परिरह्यौं
सिध्याउँछ कुनै दिन होस गरौं समयमै
आफ्नै खुबी हुँदा हुँदै उतै किन मरिरह्यौं ?

Continue reading

गजल

Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

ग्लानमा दाजुभाइले कति दु:ख गरे होलान्
कमाउने आशै आशमा धेरै ठाउँमा सरे होलान्

आफ्नो स्वर्ग देश छोडी परिवार पाल्न भन्दै
अनाहकमा हण्डर खॉदै कति जेल परे होलान्

कुट्ने पिट्ने गर्दा साहुले कति आपत पर्यो होला
बिना कसुर पिटाई खाई धेरै युवा मरे होलान्

Continue reading

गजल

Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

तिम्रै बारे सोची बसें आधा उमेर ढलिसक्यो
केश पाक्यो अनायासै रहरहरू फलिसक्यो

कल्पनामा रमाउन खोज्दा पनि कॉप्छ शरिर
सेलाएछन् साहसहरू भित्र मुटु जलिसक्यो

कहिले सम्म तड्पाउँछ्यौ तड्पाएरै बस तिमी
अन्तरमनमा गढी बस्यौ उपहार बलिसक्यो

Continue reading

गजल

Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

आमालाई भन्न लागाऊ कुरा खान्छन् तिम्रा बा
ज्योतिषकहॉ पठाई देउ हेर्न जान्छन् तिम्रा बा ।

दाइजो पनि माग्या छैन छोरी मलाई दिनु भनें
उल्झनमा पारी कुरा अन्तै लान्छन् तिम्रा बा ।

एक्काइसौं शताब्दीमा रूढीबादी कुरा गर्छन्
गाउँघरमा आफुलाई ठुलै ठान्छन् तिम्रा बा ।

निलकण्ठ सुबेदीका जोर गजल

Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

गजल– १,
अबदेखि नअाऊ भने तिम्रो हात माग्न जॉदा
तिम्रो बाको भाषण सुने मैले साथ माग्न जॉदा ।

प्रवचन नि रूखा थिए चस्स भयो चित्त दुख्यो
पाना पल्टाई पुस्तौंदेखि गरे बात माग्न जॉदा ।

हाम्रा खान्दान यस्ता उस्ता के सोचेर आयौ भने
मायॉ बस्यो आएँ भनें सोधे जात माग्न जॉदा ।

Continue reading