भरत न्यौपाने का केही मुक्तकहरूः

Bharat, Neupaney,भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

सम्झाउनु पनि बेकार हो अहं व्यक्तिलाई
न बुझ्नु पनि दुर्बलता हो अपार शक्तिलाई
मुर्खाइ पन किन हटाउदैनस् हे मानव तँ
अझै खेलौना सम्झिन्छस् श्रदेय भक्तिलाई ?

औँशीको रात नि लाग्छ स्यानदार, प्यार सामु हुँदा
अरे जितजस्तो लाग्दो रहेछ हार, प्यार सामु हुँदा
कैछिनको प्रेममा रमाउने मित्र जनहरू सुन्नुहोस्
धोका पाएसि रुनु पर्ला लगातार, प्यार सामु हुँदा ।।

 

Continue reading


प्रेममा काँडा.

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

मैले त लगाएको थिएँ
चोखो र न्यानो माया तिमीलाई
तर त्यो मायालाई तिमीले
बुझ्ने प्रयास गरिनौ कवै
कस्तो सोच राखि छौ तिमीले
फुललाई काँडाँ सम्झि यौ
अबुझ रहेछ तिम्रो भावना नै
चोखो माया तिमीलाई काँडा भो
रहि नौ तिमी पहिले जस्ती
बद्लिए छ तिम्रो चालडाल नै
एकलाई छाडि हजार हजारमा
बाँडिएर घुम्फिर गर्न लागि छौ
के कम थियोर त्यो चोखो प्रेममा ?

 

Continue reading


“जिन्दगी”

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

पानिको खोला जसरी बगेको छ
जिन्दगीको यात्रा तेसै चलेखो छ
मेटाइ पाइला कवै नफर्कने गरि
दिलाइ सम्झना कवै नसकिने गरि।

रहेन छ कसैको पनि ठेगान यहाँ
विचित्र रहेछ भाग्यको लेखान यहाँ
नियतिको खेल नि रहेछ अपार यहाँ
कदम पिछै रहेछ तलवारको धार यहाँ।

 

Continue reading