गजल

Tika, Bhattarai, Nepal, टीका भट्टराई नेपाल, pallawa, पल्लव

टीका भट्टराई नेपाल

तिमी सङ्ग रहन सहन थला मिल्यो भने
हामी बिच बिचारको तला मिल्यो भने।।

रहरहरू कल्पनाको महल चुम्न थाले
मिठोप्रेमको हृदयमा खला मिल्योभने ।।

ती नयनको चौतारीमा बिसाउँकि बास
तिमीसङ्ग मायाँसाट्ने कला मिल्यो भने ।।

 

Continue reading


अनिता अर्याल नेपालका मुक्तकहरूः

Anita, Aryal, Nepal, Hetauda, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

हजूर आमा गाँउनु हुन्थ्यो विरह तीजका गीतमा
स्वतन्त्रता खोज्नु हुन्थ्यो आमा गाँउदै सबका हीतमा
हामीले पनि जनताका आवाज मिसाइ गीत गायौं
संस्कृति जोगाउ है छोरी नभुल्नु नि पश्चिमा रीतमा ।

मेरो माया तिमीलाई बोझ लाग्न थाले देखि
तिम्रो मनमा नयाँ चाह जाग्न थाले देखि
मोडेकी हूँ मैले यात्रा एक्लो गोरेटोमा
विश्वास तोडी तिम्रा पाइला भाग्न थाले देखि ।

 

Continue reading


गजल

Tika, Bhattarai, Nepal, टीका भट्टराई नेपाल, pallawa, पल्लव

टीका भट्टराई नेपाल

मुटुभित्र पिरै पिर छ के दिउँ म तिमीलाइ
अाँखाभरी झिरै झिर छ के दिउँ म तिमीलाइ।।

मेरै आसमा जिन्दगीलाई भरपार्न नखोज है
पाइलै पिछे तिरै तिर छ के दिउँ म तिमीलाई ।।

जता फर्कि दियोबाल्छु उतै चल्छ अाँधीहुरी
मेरो यात्रा भिरै भिर छ के दिउँ म तिमीलाई ।।

 

Continue reading


गजल

Prabeen, Prabin, Nepal, प्रवीण नेपाल, pallawa, पल्लव

प्रवीण नेपाल

अरुको पानी आफ्नोलाई खुन भन्नु भो ।
निर्धा पिसिए बिस्कुन को घुन भन्नु भो ।

आँगन चेपिएर पिंढी मात्र बाँकिरहदा ।
अँगालो हाल्नु भो आफ्नै हुन भन्नु भो ।

हिड्ने पाइलालाई आकाशे सपना बाँडी ।
सलाई कोर्नु भो यही हो जून भन्नु भो ।

 

Continue reading


राधा नेपालका केही मुक्तकहरूः

Radha,, Nepal, राधा नेपाल, pallawa, पल्लव

राधा नेपाल

हिजोआज मुस्कान को पनि दाम लिन्छौ अरे
सुन्दर्यता बेची बेची आफ्नो काम लिन्छौ अरे
पैसालिइ पस्किन्छेउ रे आफ्नो शरीर प्यासि लाई
दिनको मूल्य छैन भन्छेउ ढल्के साम लिन्छौ अरे ।

म मरेको खबर पाउँदा एकछिन पक्कै रुन्छौ तिमी
छेउमा आइ एक पटक लासलाइ पक्कै छुन्छौ तिमी
त्यतिखेर चालपाउनेछौ मेरो मूल्य कति भनी
पुर्पुरो मा हात राखी बिबस पक्कै हुन्छौ तिमी ।

 

Continue reading


महोत्सव

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

आज आनन्दको वृष्टिमा दृष्टि छ
तृप्तिको दीप्तिमा चम्किँदो सृष्टि छ ।
छन् हिलोमा फुलेका हली, सुन्दरी
वाह रे ! क्या मजाको असारे झरी ।।

धोइए वृक्षका पात – हाँगाहरू
वेगमा ओर्लिए शैल छाँगाहरू ।
फुक्न थाले सबै खुम्चिएका मन
अग्लिए व्योम – पातालमा वामन ।।

 

Continue reading


विनयकुमार शर्मा नेपाल का केही मुक्तकहरूः

vinaya, Binay, kumar, sharma, nepal, , विनयकुमार शर्मा नेपाल, pallawa, पल्वव

विनयकुमार शर्मा नेपाल

अर्काको सीप बारबार देखाई मन रमाउनेहरू धेरै आए
त्यही सीपमा बारबार रमाउँदै तन तताउनेहरू धेरै आए
अर्काको सुन गू र आफ्नो गू सुन ठान्ने बानी छाड्छौ भने
मानौँला आफ्नै श्रम-सीपले सु-धन कमाउनेहरू पनि आए ।

गिँड्न ढालेको लाठोको कर्म साँच्नु बेर्थ छ
भिड्न जानेको नातोको धर्म भाक्नु बेर्थ छ
दात्री-विचारको सम्मान वा कदर नगर्नेले
हिँड्न छाडेको बाटोको गर्व झार्नु बेर्थ छ ।

 

Continue reading


‘हरियो कविता नलेख्दाको बकपत्र’

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

श्रीमान् , क्षमा पाऊँ
म स्वीकार गर्छु
अचेल म हरिया कविता लेख्न सक्दिनँ,
मैले आफ्ना कवितामा
वसन्तलाई सम्मान गर्नै सकिनँ ।

कलमहरू ओथारो बस्नै मान्दैनन् अचेल
न त मस्तिष्क नै गैरी खेत बनेको छ
विचारहरूका गालामा
शिशिरको शुष्क हावाले पटक पटक थप्पड हानिरहेको छ
न त जाँगरमा लटरम्म फल लागेको छ .

 

Continue reading


गजल

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

तिमी भूकम्प भै आयौ ढलेँ धरहरा भई
फेरि राहत ली आयौ ठडिएँ टहरा भई

अनादिदेखि छौँ हामी जोडिएका यसैगरी
तिमी वृक्ष भई फल्दा म जिएँ लहरा भई

अविच्छिन्न छ यो यात्रा सिन्धुमा हिमतालमा
फाँटमा यो नदी बन्छ लेकमा छहरा भई ।

 

Continue reading


अनिता नेपाल का केही मुक्तकीय टुक्राहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

दुबै मुटु बराबरी धड्किए पो मजा
एकअर्का बीच नजर अड्किए पो मजा
त्यो मन कतै बहकिएर सयर गर्न खोज्दा
संझी मलाई चस्स छाती चर्किए पो मजा ।।

मनको यो तार छिने देखि मौन छु
र स्वार्थी दुनिया चिने देखि मौन छु
नसम्झनु शान्ति मेरो मौनतालाई
तिमी सँग आसु किने देखि मौन छु ।।

 

Continue reading


नारायण नेपालका केही टुक्राहरूः

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

चमेलीसित मागेथेँ सुगन्ध यसरी दिइन् ।
ममा सुगन्ध छर्केर मलाई तन्तनी पिइन् ।।
अबदेखि चमेली र म दुवै एउटै भयौँ ।
सामान्य जीव हौँ हामी प्रेमले देउतै भयौँ ।।

यी कोइलीस्वर उनै हरिबाँसुरी हुन्
यी कोपिला कुसुमका मनमाधुरी हुन् ।
लीला अखण्ड छ उही नव दृष्टिमात्रै
सौन्दर्य सङ्गति उही नव सृष्टिमात्रै ।।

 

Continue reading


अनिता नेपाल अर्याल का केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

तिमी शिखर चढ्दा साथ दिन पाउँ
पाइला डगमगाउँदा हात दिन पाउँ
नबिराई बाटो अघि बढ्दै जाउ
सद्भावको मीठो बात दिन पाउँ ।

जीवनमा सुनामी चलेको बेलामा
दिलमा ज्वालामुखी बलेको बेलामा
आएनौ खै तिमी राहत बनेर
आँसुले सिरानी गलेको बेलामा ।

 

Continue reading


म आँखो दिन सक्छु तारो दिन सक्तिनँ

vinaya, Binay, kumar, sharma, nepal, , विनयकुमार शर्मा नेपाल, pallawa, पल्वव

विनयकुमार शर्मा नेपाल

म दृष्टि दिन सक्छु दृश्य दिन सक्तिनँ
म आँखो दिन सक्छु तारो दिन सक्तिनँ
देख्नु नदेख्नु तिम्रै गति
सुन्नु नसुन्नु तिम्रै मति
म विचार दिन सक्छु दिमाग दिन सक्तिनँ
म मञ्च दिन सक्छु हाउभाउ दिन सक्तिनँ
सोच्न सक्नु नसक्नु तिम्रै क्षमता
नाच्न जान्नु नजान्नु तिम्रै दक्षता
हो मेरो मार्गमा तिमीजस्ता
तोरीलाहुरे, सुनकाँठे र गुहुकाँठे,
लङ्गडा, काना र देखौवा
अनगिन्ती पथिक आए र गए
सबै सबैमा मेरो सद्भावको परीक्षा एकै रहे
कता अलमलिएँ र म ?
कता अलमलियौ तिमी ?

 

Continue reading


गजल

Gita. Subedi, Nepal, गीता सुवेदी नेपाल, pallawa, पल्लव

गीता सुवेदी नेपाल

रुखो बोली टप्प टिपी नबोलेकै राम्रो
बोली भित्र काँडो खिपी नबोलेकै राम्रो ।।

नौनी मह जस्तै मीठो बोल्ने भए बोल
तितो पीरो टर्रो लिपी नबोलेकै राम्रो ।।

स्वच्छ मन भए बोल कपट राखी दूर
हैनभने लुकि छिपी नबोलेकै राम्रो ।।

 

Continue reading


अनिता अर्याल नेपालका केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

रोपेको छु खाडीमा पैसा फल्ने एउटा बूटो
तेसैले त मेरी आमा ज्यान डडेर भाछ ठूटो
बुहारीलाई भन्दिनु है जति मोज गरे नि हुन्छ
झारिराछु अनगिन्ती पठाउँने छु मूठो मूठो ।

हजूर आमा गाँउनु हुन्थ्यो विरह तीजका गीतमा
स्वतन्त्रता खोज्नु हुन्थ्यो आमा गाँउदै सबका हीतमा
हामीले पनि जनताका आवाज मिसार्इ गीत गायौं
संस्कृति जोगाउ है छोरी नभुल्नु नि पश्चिमा रीतमा ।

 

Continue reading


गजल

Gita. Subedi, Nepal, गीता सुवेदी नेपाल, pallawa, पल्लव

गीता सुवेदी नेपाल

आकाश बाट अलिकति अमृत झरे के हुन्थ्यो र
भाग्य माथि कहिलेकाहीँ चिठ्ठा परे के हुन्थ्यो र ?

पस्छ रे त खुसी पनि कहिले कहिले छानो फार्दै
झुक्याएर भए पनि त्यसो गरे के हुन्थ्यो र ??

सुख माग्न देवी देउता ब्यर्थै किन भाक्नु पर्यो
उसले आफैँ यो मनमा डेरा सरे के हुन्थ्यो र ?

 

Continue reading


के सिंहदरबार मेटर्निटी अस्पताल हो?

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

फेरि आयो !
दरबारले रछ्यानमा मिल्काएझैँ गरेको
पुरानो कोट टक्टक्याउँदै आयो
उही असक्षम ज्वाइँ
जसले गणतन्त्रको टाउकाको मूल्य तोक्दा
भुटेको मकै खुवाएर
ओढारमा लुकाएका थियौँ गणतन्त्रलाई
र,
प्रजातन्त्रलाई राजतन्त्रको टाट्नामा मिल्काउँदा
टाउको फुटाउँदै,
रत्नपार्कमा खोजेका थियौँ – प्रजातन्त्र
थाहा छैन, अब यो अवैध सन्तानले
कहाँ मिल्काउने हो गणतन्त्र ।

 

Continue reading


गजल

Gita. Subedi, Nepal, गीता सुवेदी नेपाल, pallawa, पल्लव

गीता सुवेदी नेपाल

मैले माग्न पाए देखि तिम्रो न्यानो काख माग्थेँ
भने जति दिए देखि तिम्रो माया नौलाख माग्थेँ ।।

कुकाठको रुखको ओत हुँदैन रे जिन्दगी भर
भर पर्दो ओतको लागि तिमी जस्तो साख माग्थेँ ।।

मन परेको फल आफै रोजी लिन पाउने भए
सबै छोडी गुणकारी तिमी जस्तो दाख माग्थेँ ।।

 

Continue reading


गजल

Gita. Subedi, Nepal, गीता सुवेदी नेपाल, pallawa, पल्लव

गीता सुवेदी नेपाल

झुक्किएर यो नजरले एउटा तस्बिर देख्यो आज ।
पन्साउन खोज्दा खोज्दै हृदयमा टेक्यो आज ।

उसले हिड्ने मैले हिड्ने बाटो बेग्लाबेग्लै थियो ,
के सम्झेर बेइमानीले मेरो पाइला छेक्यो आज ।

मेरो घाउमा मलम पट्टी लगाए झैं गरीगरी ,
कोट्याएर त्यसै माथि नुन्चुकले सेक्यो आज ।

 

Continue reading


गजल

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

जसरी सुक्छ चैतमा मूल बिस्तारै बिस्तारै !
त्यसरी हुन्छ बैंसमा भूल बिस्तारै बिस्तारै !!

सायद मेरो तक्दिर यस्तो लेख्योकि भाविले !
हेरेर झर्यौ फुलेको फूल बिस्तारै बिस्तारै !!

पुलमा बसी बगर हेर्दै टिप्पणी गरियो !
सपना थियो भाँचियो पुल बिस्तारै बिस्तारै !!

 

Continue reading