गजल

Niru, Neeru, Koirala, निरू कोइराला, pallawa,पल्लव

निरू कोइराला

परिवर्तन चोक चोकमा आगो बालेर हुन्न
हे नेपाली जनता ति भ्रष्टचारी पालेर हुन्न

बिकास कहाँ कति भयो ख्याल गर्ने गर
महिना र बर्षै पिच्छे भोट मात्रै हालेर हुन्न

अझै सेलाएन खै निर्मला बलात्कार घटना
सजाय देउ पोलपोलमा पोस्टर फालेर हुन्न

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

मिलनको धरोहर नै बेइमानी भो
छुट्यो साथ रह्यो याद यही निशानी भो

गर्यो घात यसरी, झोस्यो आगो मुटुमा
बल्यो जिन्दगानी,जल्यो सारा, खरानी भो ।

दिँदै दिएन कसैले, जोडी सँगै हुन
भत्काइ तोड्यो साइनो सबै कहानी भो ।

 

Continue reading


नीरूका नानूका केही मुक्तकीय टुक्रहरूः

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

यो मन देखि त्यो मन एउटै हुने भए
ढुकढुक गर्ने धड्कन एउटै हुने भए
किन सताउथ्यो र हजुर पिरतीले सधै
बिछोडमा पनि जीवन एउटै हुने भए ।

सताउँछौ सधै रुवाउछौ मलाई
पठाएर याद तड्पाउँछौ मलाई
म खरानी भइसके प्यारमा तिम्रो
अझै पनि कति जलाउँछौ मलाई ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

म देख्छु सधैँ–सधैँ सपनामा हजुर
कति आउनु हुन्छ सम्झनामा हजुर ।

मन त्यसै–त्यसै पागल भएर उड्छ
के गरी बस्नु भो चाहनामा हजुर ।

हुँदैन कसै गरी ध्यान एकाग्र मेरो
पाउँछु उसै गरि साधनामा हजुर ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

छोइ मुटु मेरो हिँड्यौ धड्काएर
बित्यो दिन सारा तिम्ले पर्खाएर

सर्यौ समिपै, हेर्यौ घुम्टो फर्काइ
छेकेर परेला मैले, हेरे सर्माएर

मुट्ठी भरको माया जो साँची राखी
आयो सुमसुम्यायौ फूल् बर्षाएर

 

Continue reading


बहरबद्ध गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

न रोजेर पाएँ न खोजेर पाएँ
दुखी जिन्दगानी दुखेरै बिताएँ ।

सही कष्टका ती कडा चाप साथी
खुशी खोज्न सारा सितारा चिहाएँ ।

नफुल्दै नफल्दै झरे स्वप्न मेरा
लुकाएर यी नैन धेरै बगाएँ ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

भूमी सम्मै छ हजुर, देउखुरीमा यहाँ
बज्छ रापती कलकल, बाँसुरीमा यहाँ ।

दङ्गालीकी छोरी म त, दाङ मेरो घर
फूलाउँछु खुशि कति, चुरे चुचुरीमा यहाँ ।

आउनुहोस न हजुर पनि, रम्नुहोस यतै
पाउनु हुन्छ आनन्द, ताल टाकुरीमा यहाँ ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

छोइ मुटु मेरो हिँड्यौ धड्काएर
बित्यो दिन सारा तिम्ले पर्खाएर

सर्यौ समिपै, हेर्यौ घुम्टो फर्काइ
छेकेर परेला मैले, हेरे सर्माएर

मुट्ठी भरको माया जो साँची राखी
आयो सुमसुम्यायौ फूल् बर्षाएर

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

यो कस्तो पाठशाला जहाँ अहंकार भेटिन्छन्
कलम होइन हातमा तरवार भेटिन्छन् ।

छात्रा लुटिएको खवर मात्र लेख्छौ सधैँ तिमी
शिक्षिका लुट्ने शिक्षक पनि हजार भेटिन्छन् ।

हेर ज्ञान हासिल गर्ने त्यो पवित्र वागमा
रगतसंग जहर साट्ने व्यापार भेटिन्छन् ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

अधुरा ती सपना त आज पूरा होलान्
हात्मा चुरा बजाउँदै केही कुरा होलान् ।

मेटाउन मन्को तृष्णा पसे बन्द कक्ष
शिथिल यी अंग पनि खुदै शुरा होलान् ।

निकै प्यार पोखिएला शुष्क बतासमा
वही सिन्धु अधर काट्ने छुरा होलान् ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

हिँडेका थियौ परदेश माटो लिर्इ हातमा
बिर्सियौ मातृभूमी के थियो र माथमा ?

कुरी बस्दा यता बित्यो जवानी प्रियाको
तिमी भने घर–बारै बोकेछौ साथमा ।

बजारिया भए तिम्रा ति सम्बन्धहरू
बेलुकी जोडी साइनो तोडेछौ प्रातमा ।

 

Continue reading


बहरबद्ध गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

न रोजेर पाएँ न खोजेर पाएँ
दुखी जिन्दगानी दुखेरै बिताएँ ।

सही कष्टका ती कडा चाप साथी
खुशी खोज्न सारा सितारा चिहाएँ ।

नफुल्दै नफल्दै झरे स्वप्न मेरा
लुकाएर यी नैन धेरै बगाएँ ।

 

Continue reading


नीरूका केही मुक्तकः

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

अभाब र गरिबी नै लेखेपछि निधारमा
दुखिरह्यो मन मेरो सधै जसो तिहारमा
बसे कुना सप्तरङ्गी हजुर बिना ए दाज्यु
सकिन रम्न म देउसी भैलोको झङ्कारमा

बदलिएछ मुटु भल्ब शिरा उही छन्
रक्त केशिका धमनीको पीडा उहीँ छन्
चुँडिएर गए देखि यो मुटुको तार
जिन्दगी भरिका सबै घिड्घिडा उही छन्

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa  , पल्लव

नीरू नानु

नचार्इ रह्यो, नाँचिरहेँ तिम्रो इशरामा
त्यहीँ चुमिरह्यो तिमीले लाखौ सितारामा ।

मनमा काँडा भरेर त्यो गुलाब पठायौ
मैले स्विकारेँ बिझायो ज्यानैलिने पारामा ।

ताकेर गुलेली शिरमा हान्यौ माउ चरी
देखेनौ जिन्दगी उस्का बचेराका चारामा ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

खुशी कहाँ हुन्छ भनुँ भाग्यले नै ठगे पछि
कति यो मन रुन्छ भनुँ भाग्यले नै ठगे पछि

पीडा माथि पीडा बढी जिन्दगी यो चिच्याए नि
कसले चित्कार सुन्छ भनुँ भाग्यले नै ठगे पछि

हाँस्ने रहर हुँदा हुँदै नियती नै दुश्मन बन्दा
कस्तो जाल बुन्छ भनुँ भाग्यले नै ठगे पछि

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

पिरतीको खोली तरौँ न ए हजुर
संगै बाँचौँ संगै मरौँ न ए हजुर

खाई बाचा कसम संगै जिउँने मर्ने
दुई मुटु एक गरौँ न ए हजुर

पिरतीको फूल फुलाई सुबास लिन
दुवै मिलि मलजल छरौँ न ए हजुर

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

सत्य बोल्छु रामराम लगन जुर्दैछ
हुने हो कि बदनाम लगन जुर्दैछ

यसो भन्दै छ है ऊ मेरो छेउ आई
लौन हिँड आजै जाम लगन जुर्दैछ

दुई मुटु एक धड्कन युगौं युग बनि
सुख दुख खाउँला माम लगन जुर्दैछ

 

Continue reading


नीरुका केही मुक्तकहरूः

Neeru, Nanu, नीरू नानु, pallawa  , पल्लव

नीरू नानु

म रोएको छु जब देश रोएको छ
हो जब यहाँ भूकम्पले छोएको छ
कसरी म देखाउँ नेपालआमाले नि
त्यो आँशुले पीडा आज धोएको छ

दिएर मायाको सौगात तिमीलाई
कसम बनाउँदैछ बर्बाद तिमीलाई
उस्को भागमा हाँसो खुशी सबै हुनेछ
हेरी राख दिन्छ त्यो घात तिमीलाई

 

Continue reading