“भोलिको सपना”

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

बिहानी पख बाबु भनी, नबोलाउनु अब
मीठोमीठो खाना छानी, नबोलाउनु अब

दुःख सुःख स्वर्गमा बिसाउने भए
साथीभाइ आफन्तजन छाडी गए
हृदयमा कञ्चन भई बस्न नसक्ने भएछु
दुनियाँमा सज्जन भई बस्न नसकी गएछु

रोलान् मेरो घरमा सबै, नबोलाउनु अब
गर्लान् तीता वाचन जसै, नबोलाउनु अब ।

 

Continue reading


गजल

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

हर अभावको अघि जित शान भैदियो
मायाको अघि समय बलवान् भैदियो

रहर दुबैको हुदा हुदै पनि घरमा
भाग्य फुटी उसको मेरो चिहान भैदियो

हृद् टुट्नु विवश बनायो हामीलाई
दोधार विवश शत्रु लाई बान भैदियो

 

Continue reading


“बटुवा”

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

कसैले ख्याल गर्दैन ढलेको बिरुवा यहाँ
कसैले हाल सोध्दैन गलेको बटुवा जहाँ
एक्लै कछुवा सरि लक्ष्य अगाल्दै छु
निडर सपुतको भावना सगाल्दै छु
कसैले ख्याल गर्दैन ढलेको बिरुवा यहाँ
कसैले हाल सोध्दैन गलेको बटुवा जहाँ

मरुभूमि मा तिर्खाउदै प्यास खोजिरहेछु
मानवता उल्झाउने सास सोधिरहेछु
एक्लै कछुवा सरि ………..
खालि पाउ यहीँ रगत बगाउदै छु
वीर गोर्खालिको इज्जत बचाउदै छु
कसैले ख्याल गर्दैन …….
कसैले हाल सोध्दैन …….

 

Continue reading