मीत घाम हो

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

राप बर्सिए शीतले मजा
शीत आउँदा घामले मजा
छन्द आउने सुन्दरी भयो
शीत यामको मीत घाम हो।।१

छैन हातमा दूर हुन्छ झन्
शारदी छटा मग्न पर्छ झन्
चस्स देहमा घोच्छ यो चिसो
शीत यामको मीत घाम हो।।२

 

Continue reading


पारसनाथ आचार्य का तीन कविता

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

१) सम्झना आइदिन्छ
हाँस्दै खेल्थ्यौ रमझम सधैं गाँउमा प्रेम बोकी
मीठो माया हृदयतलमा भावना माझ छोपी।
मेरै भाका कुहुकुहु गरी कोइली गाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।१

हाम्रो जस्तो मधुर रसिलो साथ कस्को रहन्छ
चोखो प्यारो मृदुल मननै चाहनामा बहन्छ।
नौलानौला रहर मनले भावना छाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।२

 

Continue reading


रारा सधैं सुन्दर

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

यौटा दृश्य हिमालको नजिकमा हाँस्दै छ रारासित
सेता चन्द्रअमूर्त रूप छ सुधा वात्सल्य भो मूर्छित ।
आफ्नै लोचन माझ तस्बिर बनी नेपथ्यमा रङ्गिदै
नाच्दै छिन् सरिता निकुञ्ज वनमा संसारमा चम्किदै ।।

फेवा ताल अहा! मनोरम छ यो रारा छ झन् सुन्दर
साँच्चै स्वर्ग समान हो विकटको छाँया परेको तर ।
हेर्दै छक्क अनेक दृश्यहरूले पार्ने छ लालायित
आफ्नै भाव सुरम्य बन्छ रमिता लालित्यले सज्जित ।।

 

Continue reading


पारसनाथ आचार्य का जोर कविता

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

१) सधैँ रम्न पाऊँ
गुनासो र चिन्ता हटाऊँ मबाट
रमाएर सारा बसूँ स्वच्छ फाँट
सबै जात भाषा मिलाई सजाऊँ
म आफ्नै कलामा सधैँ रम्न पाऊँ ।१।

बुझौँ आज हाम्रो कलाको बयान
अनेकौँ कथा छन् यसै भित्र मान
बनाएर बाटो खुशीसाथ जाऊँ
म आफ्नै कलामा सधैँ रम्न पाऊँ ।२।

 

Continue reading


काव्य लेखूँ म कैले

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

वरिपरि बनपाखा काव्यको नै छ फेरो
प्रियजनसित राम्रो काव्य आभा छ घेरो
किनकिन मन मेरो भन्छ जाऊँ यसैमा
पढ बुझ बन दानी छन्दका लेखनीमा।।१

कविवर कविता हून् ज्ञान धान्ने सबैका
सरल सरस पारे दोष हुन्नन् कसैका।
मुदित मन छ हाम्रो रम्य होस् साधना यो
छलफल शुभ पारौं काव्यआराधनाको।।२

 

Continue reading


लेखना खनालका केही मुक्तकहरू

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

बिश्वासले बनेको बलियो घर चाहिएको छ
आफ्नै एउटा मेरो नाम थर चाहिएको छ
ठुलो महलमा रमाउने चाहना छैन् मलाई ,
मायाको झुपडी सजाउने भर चाहिएको छ ।।

तिमिलाई अंङ्गालोम कसौ झै लाग्छ
तिम्रो दिल भित्र वास बसौ झै लाग्छ
मिठा मिठा कुरा गदै संगै तिम्रो साथ
पिरतिको जालमा म फसौ झै लाग्छ !!

 

Continue reading


गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

ढुङ्गाको मूर्ति पुजेर धार्मिक हुन खोज्छु म
गङ्गाको फोहोर पानीले पाप धुन खोज्छु म

अस्तब्यस्त छु आफैँ,भ्याउदिन स्याहार गर्न
आश्रममा बाउआमाको पाउ छुन खोज्छु म

आफैँ दुखी छु, नानाथरी ब्यथा छन मनमा
तैपनि ती दुखी मान्छे देखेर रून खोज्छु म

 

Continue reading


बन्दी प्रमाणपत्र !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

कलेज जाँदा एकदिन “तिर्सना” को नजर “मनोज” को नजर संङ ठोकिन पुगे। खै किन हो दुबै ले अलि लामो समय नजर जुधाए । केहीछिन पछि “तिर्सना” का आँखामा केही लाजको लाली झल्कियो उनले नयनहरु झुकाइन् ।
अर्को दिन दुबैजना का आखाहरुले एकाअर्कालाई खोजेको आभास भयो । क्लास मा जाने बेलामा अचानक एक अर्को लाई देखे ! दुबै जना ले हल्का मुस्कान साथ फेरि फेरि भेट्ने अनौपचारिक निमन्त्रणा दिदै क्लास भित्र गए ।
क्लास सकिए पछि बाहिर निस्के र दुबै जना खाजा खान चमेना घरतिर गए !

 

Continue reading


गजल,

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

जानाजान हाम्रो माया छुटाउछौ भने
तिमिले कोमल यो दिल टुटाउछौ भने

दिल भित्रैबाट मेटाउछु सबै ती यादहरु
तिमीले जवानी अर्कैलाई लुटाउछौ भने

मेरो पबित्र मायाको नाता तोडेर तिमी
अर्कै अपवित्र सम्बन्ध खुटाउछौ भने

 

Continue reading


सम्पत्ति !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

नेपाल सरकारको अधिकृतमा नियुक्ति भएका कृष्णराज मन्त्रालयको सचिव भएका थिए ।
सेवा अवधी भर राम्रो कमाइ हुने कार्यलय, बिभाग मा काम गरेका उनको अकुत सम्पत्ति रहेछ । काठमाडौं मा मात्र दुई तीनवटा घर त्यतिनै घडेरी ! देशका प्रमुख सहरमा, तराईमा उनले प्रसस्त जग्गा जमिन जोडेका रहेछन् ।
म पनि त्यही मन्त्रालय अन्तर्गत को एउटा बिभागमा प्राबिधिक सहायकको रुपमा नियुक्त भै काम गर्दै आएको थिए। हाम्रो बिभागमा चरम भ्रष्टाचार र अनियमितता थियो।

 

Continue reading


गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

यहाँ मन्त्री प्रधानमन्त्री पड्काउनु छ जसरी पनि
झुठा भाषणले जनता भड्काउनु छ जसरी पनि

सरकारी कार्यलयमा पनि राजनीति गरे हुन्छ
घुस बिनाका फाइल अड्काउनु छ जसरी पनि

बिकासमा पनि हस्तक्षेप,ठेक्कामा घोटाला गरेर
दुईतिहाई धन आफैले चट्काउनु छ जसरी पनि

 

Continue reading


गजल,

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

मुटु दिउँ भन्छु म,धेरै नदेउ भाउ भन्छिन उनी
ऋणी छन रे,अझै हुन दिन्न साउ भन्छिन उनी

मायाको एउटा चिनो राख्ने आग्रह थियो मेरो
उपहार पर्दैन चोखो माया लाउ भन्छिन उनी

बर्षौ भयो बिछोडको वेदनाले थिल्थिलिएको
छाती भित्र बल्झिएका छन घाउ भन्छिन उनी

 

Continue reading


गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

जब उनको नजर संग, मेरो नजर ठोकियो
मेरो धड्कनको गति बढ्यो ओठ टोकियो

कुराहरू को भागदौड मच्चियो भित्र भित्र
त्यसपछि त कयौं रहरहरू, मनमा बोकियो

बोलाउन खोजेँ उनलाई आँखाको इसाराले
फर्केर हेरिनन मतिर अनि दिमाख झोकियो

 

Continue reading


लेखनाथ खनाल “अंकुर”का जोर गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

गजल– १,
जीवनमा सबैलाई हुन्छन,लक्ष्य चुम्ने रहरहरू
मनमा अठोट बोक्नैपर्छ, बिचार गर्दै लहरहरू ।

खुशिहरू खोज्दै हामी भौतारिन्छौ गाउँशहर
खाली हात छन जताततै, बितिसके प्रहरहरू ।

मुस्कान छर्ने बाचा गर्छन् सपनाको महलमा
भावनाका ती मुहानमा, मिसाइन्छ जहरहरू ।

 

Continue reading


गजल !

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

लुट है, पालैपालो देशलाई लुट, नेता ज्यू
मरुन्जेल सम्म कुर्सी बाट न-टुट, नेता ज्यू

जसरी पनि पदमा टाँसिनु पर्छ आफू मात्र
बनाउ पार्टी भित्र नै गुट, उप-गुट,नेता ज्यू

भक्तीभजन गर बिदेशी शक्ति केन्द्रहरुको
बिकास,परिवर्तनको भाषण चुट, नेता ज्यू

 

Continue reading


लेखनाथ खनाल “अंकुर”का एकजोर गजल

Lekha, Nath, Khanal, लेखनाथ खनाल "अंकुर", pallawa, पल्लव

लेखनाथ खनाल “अंकुर”

गजल– १,
एक्लै यात्रा गोरेटोमा, सुनसान रात थियो
ताराहरुको पिल्पिल दीप मेरो साथ थियो

पुग्नु पर्ने लक्ष्यमा म,अठोट थियो मनमा
उकालीमा केही बिशेष, मेरो बात थियो

चुम्ने रहर भञ्ज्याङ्को त्यो चिसो बतास
हतार हतार थिए म, भित्र छुट्टै मात थियो

 

Continue reading


वीर्यदान (वीर्य-प्रक्षेपण)

mukti, nath, ghimire, pathik, कल्पना पौडेल 'जिज्ञासु' , pallawa, पल्लव

मुक्तिनाथ घिमिरे “पथिक”

आगो छैन कतै धुवाँ छ फिजिँदो पोल्दैछ आँखाहरू
जोगाऔँ कसरी छ चिन्तन सधैँ ‘स्वाधीनता आबरू’
न्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने जन
देऊ वीर्य मलाइ कान्तपनको छोरा हुने सज्जन ।

मेचीमा जलको प्रवाह धमिलो काली उही बाग्मती
बस्तीमा रणअन्ध बन्धुहरूकै के हेर्नु त्यो दुर्गति
बल्दो चेतनदीप बल्छ जहिले आलोक आलोडन
देऊ वीर्य मलाइ बुद्धपनको छोरा हुने सज्जन ।

 

Continue reading