नारायण सिल्वाल ‘विन्दास’ का केही मुक्तकहरूः

Narayan, Silwal, bindash, नारायण सिल्वाल ‘विन्दास’, pallawa, पल्लव

नारायण सिल्वाल ‘विन्दास’

बिना अपराध नसेरियोस कोही
निर्दोष कात्रोमा नवेरियोस कोही
धन दौलतको बलबुत्ताले यो शहरमा
दिन दाहाडै अपराधि नफेरियोस कोही

सोझो औँलालाई घिउले पनि हेप्छ
बुढेशकालमा आफ्नै बिउले पनि हेप्छ
आफ्नै घरको आँगन हुन्छ परदेश जस्तै
रोगि भएपछि आफ्नै जिउले पनि हेप्छ ।

 

Continue reading


टेकनारायण रिमाल”कौशिक” का पाँच मुक्तक

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल ”कौशिक”, pallawa, पल्लव

टेकनारायण रिमाल ”कौशिक”

खस्नै पर्ने रहेछ
हिते बिरामी छ भन्ने भाइ पनि खसे
केही दिनपछि हिते दाइ पनि खसे
खस्नै-पर्ने-रहेछ साथी हो!संसारमा
खसेको खबर भन्ने भन्ने राई पनि खसे।।१।।

विज्ञानको हार
शेरेले चित्त बुझाउने ठाउँ पाउन सकेन
आफ्नो तस्बिर कसैलाई देखाउन सकेन
यतिसम्म बूढो भएर चाउरिइसकेछ कि
B612ले धरि जवान बनाउन सकेन।२।।

 

Continue reading


नारायण गोदारे का केही रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

कविसंग सकिंदैन भाई ऊ जेमा पनि आइ दिन्छ।
मिठो संरचना मन छुने ऊ जेमा पनि लाइ दिन्छ।

ऊ प्रकृतिकै उपज हो मिठो मसिनो प्रस्तुति हुन्छ।
भए जति पाठकलाई हो ऊ जेमा पनि छाइ दिन्छ।

लोभ ईर्ष्या छैन ऊसमा हृदय खोली विच्छाईएकोछ।
आहा मिठा शव्द पस्केर ऊ जेमा पनि धाइ दिन्छ।

 

Continue reading


कान्छी, साउने संक्रान्ति र बैंक ।।

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

स्याखु ओडेर कान्छाले, हल गोरु धपाउदै ।
हलो, जुवा र कोदालो, बिउ मुठो समाउँदै ।।१।।

पुगेछ खेतमा कान्छो, खेत जोत्न शुरु ग¥यो ।
सकेर जोतने काम, लिड्को ऊ लाउँदै थियो ।।२।।

कान्छाकी श्रीमती रातो, पिरो मुख बनाउँदै ।
पुगिछे खेतमा छिट्टै, अखबार समाउदै ।।३।।

 

Continue reading


नारायण गोदारेका केही रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

जहाँ राम छैन।
त्यहाँ धाम छैन।

भनु कसोरी म।
लौ हराम छैन।

भक्ति संग भाव।
जोडि काम छैन।

 

Continue reading


ओ भानु!..

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

आज भानुले मुख देखाएनन् घुम्टो ओढी वसे।
मोति विलखवन्दै बाढी पैह्रोका घुम्टो ओइरी फसे।

शिरो मणि गौंथली चिरविरमा ओत लागि हाँसे।
देवकोटा चूरोट ठुटा यता उता पुन्टो सोरी वसे।

यस्तैछ हेर प्रकृतिमा सवका सव कविको व्यवहार।
यता उता कति मरे कति वाँचे सुम्ठो ओढी खसे।

 

Continue reading


नारायण गोदारे का केही मिक्स रचनाहरू

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

गजल
औंशी न पूर्णिमा तिमीलाई कुन धाम लैजाऊँ म ?
मायाँ त लाग्छनै तिमीलाई कुन काम लैजाऊँ म ?

ए! हाम्रो धर्म र संस्कृतिमा किन आयो विक्रिति ?
पर्व न एकादशी तिमीलाई कुन साम लैजाऊँ म ?

परा पूर्व कालदेखि आयो चलन सवै भङ्ग भयो
पितृ न तर्पण तिमीलाई कुन याम लैजाऊँ म ?

 

Continue reading


महोत्सव

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

आज आनन्दको वृष्टिमा दृष्टि छ
तृप्तिको दीप्तिमा चम्किँदो सृष्टि छ ।
छन् हिलोमा फुलेका हली, सुन्दरी
वाह रे ! क्या मजाको असारे झरी ।।

धोइए वृक्षका पात – हाँगाहरू
वेगमा ओर्लिए शैल छाँगाहरू ।
फुक्न थाले सबै खुम्चिएका मन
अग्लिए व्योम – पातालमा वामन ।।

 

Continue reading


नारायण गोदारेका विविध रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

ख्याली:
कोही छलका कुरा गर्छन्र
कोई भलका कुरा गर्छन्।
कोही हलका कुरा गर्छन्।
कोही जलका कुरागर्छन्।..
#
छियाली:
जता हेर वलका कुरा।
यता हेर दलका कुरा।

लौन हेर मलका कुरा।
सवै हेर मनका कुरा।

 

Continue reading


नारायण गोदारेका विविध किसिमका रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

पुगियो पाख्रीन वास।
छैन है वाख्रीन साथ।

पिर त पर्ने नै भयो।
मधुको लाङ्ग्रन मात।

भान्से त उही थियो।
लौ आङ्क्रीन भात।

 

Continue reading


नारायण गोदारे का विविध रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

‘आजको नेपाल’

हेर उच्चछ हाम्रो विचार,

सगरमाथा भन्दा माथि हो!

गर्नु पर्दछ हामीले पुरुसार्थ।

विश्व भन्दा अब अगि हो।

भन्दछन् सुन गाइने कान्छा!

सारङ्गिका धुनमा सुनौं लौ?

सिरसिरे वह्यो वतास पो।

आनन्दित भयो यो मन हो।

 

Continue reading


गजल

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

तिमी भूकम्प भै आयौ ढलेँ धरहरा भई
फेरि राहत ली आयौ ठडिएँ टहरा भई

अनादिदेखि छौँ हामी जोडिएका यसैगरी
तिमी वृक्ष भई फल्दा म जिएँ लहरा भई

अविच्छिन्न छ यो यात्रा सिन्धुमा हिमतालमा
फाँटमा यो नदी बन्छ लेकमा छहरा भई ।

 

Continue reading


नारायण गोदारे केही रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

तिमीसंग प्रेम गाँजिंदैछ पियारी!
साथीसंग प्रेम राखिंदैछ पियारी!

स्नेहको वन्धुत्व तगारो नलागोस?
आपसमा प्रेम हाँसिंदैछ पियारी!

गाढा त गाढा भो टाढा नहोस है!
हमीसंग प्रेम टाँसींदैछ पियारी!

 

Continue reading


टेकनारायण रिमाल ‘कौशिक’ का जोर कविता

Tek, Narayan, Rimal, Kaushik, टेकनारायण रिमाल ‘कौशिक’, pallawa, पल्लव Manma,

टेकनारायण रिमाल ‘कौशिक’

(१) अनमोल निधि
साहित्यकारहरूको
भूगोलमा
ठाडा तेर्सा
समानान्तर
रेखा
हुँदैनन्
साहित्यकार
कलाकार
वा
कविहरू त
विश्वकै
निधि हुन्

 

Continue reading


‘नव लोककि वधु !’

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

हेर देखेऊ तिमीले,
हिमालले घुम्टी ओढेको ।
त्यसमाथि उसले;
सितारा अहो जडेको ।
नेत्र छन् उसका दुई,
रवि शशी जडिएको ।
परेला ओझेली,
हेर सितारा चम्केको ।
चकमन्न भए लोक,
विहानी अरुणिमाको झुल्को ।

 

Continue reading


नारायण नेपालका केही टुक्राहरूः

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

चमेलीसित मागेथेँ सुगन्ध यसरी दिइन् ।
ममा सुगन्ध छर्केर मलाई तन्तनी पिइन् ।।
अबदेखि चमेली र म दुवै एउटै भयौँ ।
सामान्य जीव हौँ हामी प्रेमले देउतै भयौँ ।।

यी कोइलीस्वर उनै हरिबाँसुरी हुन्
यी कोपिला कुसुमका मनमाधुरी हुन् ।
लीला अखण्ड छ उही नव दृष्टिमात्रै
सौन्दर्य सङ्गति उही नव सृष्टिमात्रै ।।

 

Continue reading


टेकनारायण रिमाल”कौशिक”का मुक्तकहरूः

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल ”कौशिक”, pallawa, पल्लव

टेकनार्रायण रिमाल ”कौशिक”

विवशताका क्षणहरू
मौनतामा नयन र मुस्कानले काम गऱ्यो
चञ्चलतामा एकछिन ध्यानले काम गऱ्यो
जब छट्पटीले गाह्रो बनायो सामना गर्न
तब मान्छेहरूको व्यवधानले काम गऱ्यो ।।

सपनाजस्तो विपना
कतै देखे देखे जस्तो
कतै भेटे भेटे जस्तो
कल्पना गगनमा उडेर
कविता लेखे लेखे जस्तो.. ।।

 

Continue reading


गजल

Narayan, Adhikari, Aaditya  नारायण अधिकारी ‘आदित्य’, pallawa, पल्लव,

नारायण अधिकारी ‘आदित्य’

जिन्दगी जीउने खै कुनै पनि आधार थिएन ।।
घातै घात भो जीवन भरि कतै प्यार थिएन ।।

हिजो सम्म सबथोक आफ्नै जस्तो लाग्थ्यो मलाई ।
आज उनीलाई नै आफ्नो भन्ने अधिकार थिएन ।।

आँशुलाई जब देखि शब्दमा लेख्न सिकेको थिए ।
यस्तो लाग्थ्यो कलम भन्दा ठुलो तरबार थिएन ।।

 

Continue reading


गजल

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

हाम्रो साहित्यको दियो निभ्ला बन्धू तेल थपौँ।
नत्र हाम्रो जिन्दगी यो निभ्ला बन्धू तेल थपौँ।

ती पूर्खाले आफू बली बाल्दै बाल्दै ल्याइदिए
र पो राम्रो रूप लियो निभ्ला बन्धू तेल थपौँ।

यै दियाको उज्यालोले, विश्वसँग दाँजिएर
अघि बढ्न बाटो दियो निभ्ला बन्धू तेल थपौँ।

 

Continue reading


गजल

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

तिमीले दिएका ती वाचाहरूलाई।
सम्हालेर राख्या’छु आशाहरूलाई।

तिमी आऊ नआऊ त्यो तिम्रो खुशी हो
दिने छैन उठ्नै निराशाहरूलाई।

म बिर्सिदिउँला नि! सपना भनेर
पिरतीका झुटा तमाशाहरूलाई।

 

Continue reading