नानु गौतम रेग्मीका केही मुक्तकहरूः

Nanu, Gautam, Regmi, नानु गौतम रेग्मी, pallawa, पल्लव

नानु गौतम रेग्मी

जिन्दगीमा तिम्राे कहिलै हार हुनेछैन ।।
तिम्रो जीवन कहिल्यै बेकार हुने छैन।।
तिमीलाई एक दिन दुनियाँले चिन्नेछ।।
तिम्राे जस्ताे उच्च कसैकाे बिचार हुनेछैन ।।

हाँसो र खुसीहरू ओठमा सधै छाइरहोस्।
तिम्रो जीवनमा उमंग र उत्साह आइरहोस्।।
प्रगतिको पथमा तिमी अगाडी बढ्दै जानु।
तिम्रा पाईलाले सदैव सफलता पाइरहोस्।।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

मिलनको धरोहर नै बेइमानी भो
छुट्यो साथ रह्यो याद यही निशानी भो

गर्यो घात यसरी, झोस्यो आगो मुटुमा
बल्यो जिन्दगानी,जल्यो सारा, खरानी भो ।

दिँदै दिएन कसैले, जोडी सँगै हुन
भत्काइ तोड्यो साइनो सबै कहानी भो ।

 

Continue reading


नीरूका नानूका केही मुक्तकीय टुक्रहरूः

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

यो मन देखि त्यो मन एउटै हुने भए
ढुकढुक गर्ने धड्कन एउटै हुने भए
किन सताउथ्यो र हजुर पिरतीले सधै
बिछोडमा पनि जीवन एउटै हुने भए ।

सताउँछौ सधै रुवाउछौ मलाई
पठाएर याद तड्पाउँछौ मलाई
म खरानी भइसके प्यारमा तिम्रो
अझै पनि कति जलाउँछौ मलाई ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

म देख्छु सधैँ–सधैँ सपनामा हजुर
कति आउनु हुन्छ सम्झनामा हजुर ।

मन त्यसै–त्यसै पागल भएर उड्छ
के गरी बस्नु भो चाहनामा हजुर ।

हुँदैन कसै गरी ध्यान एकाग्र मेरो
पाउँछु उसै गरि साधनामा हजुर ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

छोइ मुटु मेरो हिँड्यौ धड्काएर
बित्यो दिन सारा तिम्ले पर्खाएर

सर्यौ समिपै, हेर्यौ घुम्टो फर्काइ
छेकेर परेला मैले, हेरे सर्माएर

मुट्ठी भरको माया जो साँची राखी
आयो सुमसुम्यायौ फूल् बर्षाएर

 

Continue reading


बहरबद्ध गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

न रोजेर पाएँ न खोजेर पाएँ
दुखी जिन्दगानी दुखेरै बिताएँ ।

सही कष्टका ती कडा चाप साथी
खुशी खोज्न सारा सितारा चिहाएँ ।

नफुल्दै नफल्दै झरे स्वप्न मेरा
लुकाएर यी नैन धेरै बगाएँ ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

भूमी सम्मै छ हजुर, देउखुरीमा यहाँ
बज्छ रापती कलकल, बाँसुरीमा यहाँ ।

दङ्गालीकी छोरी म त, दाङ मेरो घर
फूलाउँछु खुशि कति, चुरे चुचुरीमा यहाँ ।

आउनुहोस न हजुर पनि, रम्नुहोस यतै
पाउनु हुन्छ आनन्द, ताल टाकुरीमा यहाँ ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

छोइ मुटु मेरो हिँड्यौ धड्काएर
बित्यो दिन सारा तिम्ले पर्खाएर

सर्यौ समिपै, हेर्यौ घुम्टो फर्काइ
छेकेर परेला मैले, हेरे सर्माएर

मुट्ठी भरको माया जो साँची राखी
आयो सुमसुम्यायौ फूल् बर्षाएर

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

यो कस्तो पाठशाला जहाँ अहंकार भेटिन्छन्
कलम होइन हातमा तरवार भेटिन्छन् ।

छात्रा लुटिएको खवर मात्र लेख्छौ सधैँ तिमी
शिक्षिका लुट्ने शिक्षक पनि हजार भेटिन्छन् ।

हेर ज्ञान हासिल गर्ने त्यो पवित्र वागमा
रगतसंग जहर साट्ने व्यापार भेटिन्छन् ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

अधुरा ती सपना त आज पूरा होलान्
हात्मा चुरा बजाउँदै केही कुरा होलान् ।

मेटाउन मन्को तृष्णा पसे बन्द कक्ष
शिथिल यी अंग पनि खुदै शुरा होलान् ।

निकै प्यार पोखिएला शुष्क बतासमा
वही सिन्धु अधर काट्ने छुरा होलान् ।

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

हिँडेका थियौ परदेश माटो लिर्इ हातमा
बिर्सियौ मातृभूमी के थियो र माथमा ?

कुरी बस्दा यता बित्यो जवानी प्रियाको
तिमी भने घर–बारै बोकेछौ साथमा ।

बजारिया भए तिम्रा ति सम्बन्धहरू
बेलुकी जोडी साइनो तोडेछौ प्रातमा ।

 

Continue reading


बहरबद्ध गजल

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

न रोजेर पाएँ न खोजेर पाएँ
दुखी जिन्दगानी दुखेरै बिताएँ ।

सही कष्टका ती कडा चाप साथी
खुशी खोज्न सारा सितारा चिहाएँ ।

नफुल्दै नफल्दै झरे स्वप्न मेरा
लुकाएर यी नैन धेरै बगाएँ ।

 

Continue reading


बहरबद्ध गजल

Nanu, Magar, नानू मगर अतृप्त , pallawa, पल्लव

नानू मगर अतृप्त

के गरेँ गल्ती र मैले दोष लायौ तिम्ले
तिर्सना के मेटियो घैला फुटायौ तिम्ले !!

पल्किएछौ चाहना जो मनको पूरा गर्न
मध्य रातीमा उठाई खुब सतायौ तिम्ले !!

गाउँ बस्ती हल्लिएको,,,,सुन्छु हल्ला मेरै
के बिगारेँको थिएँ दुष्मन हसायौ तिम्ले !!

 

Continue reading


बहरबद्ध गजल

Nanu, Magar, नानू मगर अतृप्त , pallawa, पल्लव

नानू मगर अतृप्त

बिर्सिहाल्यौ क्यारे नसम्झे हुने हो
सम्झिहालेको खण्डमा के हुने हो!!

प्यार मैले साचो गरेको त हो नि
पर्खिदा के हुन्थ्यो र पर्खे हुने हो!!

भित्र भित्रै आफू सुकै जल्नु भन्दा
के छ मनमा लागेको सोधे हुने हो!!

 

Continue reading


नीरूका केही मुक्तकः

Neeru, Nanu, नीरू नानु, pallawa , पल्लव

नीरू नानु

अभाब र गरिबी नै लेखेपछि निधारमा
दुखिरह्यो मन मेरो सधै जसो तिहारमा
बसे कुना सप्तरङ्गी हजुर बिना ए दाज्यु
सकिन रम्न म देउसी भैलोको झङ्कारमा

बदलिएछ मुटु भल्ब शिरा उही छन्
रक्त केशिका धमनीको पीडा उहीँ छन्
चुँडिएर गए देखि यो मुटुको तार
जिन्दगी भरिका सबै घिड्घिडा उही छन्

 

Continue reading


गजल

Neeru, Nanu, नीरू नानु, pallawa  , पल्लव

नीरू नानु

नचार्इ रह्यो, नाँचिरहेँ तिम्रो इशरामा
त्यहीँ चुमिरह्यो तिमीले लाखौ सितारामा ।

मनमा काँडा भरेर त्यो गुलाब पठायौ
मैले स्विकारेँ बिझायो ज्यानैलिने पारामा ।

ताकेर गुलेली शिरमा हान्यौ माउ चरी
देखेनौ जिन्दगी उस्का बचेराका चारामा ।

 

Continue reading


गजल

niru, nanu, deukhuri, dang, निरू नानु, pallawa, पल्लव

निरू नानु

पिइन मदिरा पानी उसैको सम्झनामा
रत बिग्रिइन नानी उसैको सम्झनामा ।

प्यार यस्तै हो यार मोजमस्ती गरौँ भनि
अर्पिदिन् सारा जवानी उसैको सम्झनामा ।

फूल दिए झैँ गरी दिनेले काँडा दिएर
बनिन रातकी रानी उसैको सम्झनामा ।

 

Continue reading


बहरबद्ध गजल

Nanu, Magar, नानू मगर अतृप्त , pallawa, पल्लव

नानू मगर अतृप्त

हैन धर्ती स्वयं बन्जर कुरा छोड
मै हुँ भन्ने भए पतझर कुरा छोड!!

को छ मेरो तिमी बाहेक र के हुन्छु
त्यो सडकको फुट्कर कुरा छोड!!

ठान्छु आफ्नो जजस्लाई सबै दुश्मन
जिन्दगी नै लुटे सकभर कुरा छोड!!

 

Continue reading


बहरबद्ध गजल

Nanu, Magar, नानू मगर अतृप्त , pallawa, पल्लव

नानू मगर अतृप्त

प्यार उन्को थियो कञ्चन कुरा बुझ्नुस्
बाध्यतामा टुट्यो बन्धन कुरा बुझ्नुस्

मुस्कुराई खुशी बाड्ने थियो चाहा
ओठ खोल्दा भयो रोदन कुरा बुझ्नुस्!!

आँसु बग्ने त्यसै पक्कै हुँदै हैन
भत्भती पोल्छ पापी मन कुरा बुझ्नुस्!!

 

Continue reading


बहरबद्ध गजल

Nanu, Magar, नानू मगर अतृप्त , pallawa, पल्लव

नानू मगर अतृप्त

हरपल खेल्न नारीहरू, खेलौना बनायो यहाँ
जस्तो मिल्छ उस्तै गरी,पैसामा चलायो यहाँ !!

ईज्जत् राख्नु पर्ने झनै, पीडा चोट मात्रै दियो
कंसाकार जन्मे पुरुष, कोहीले सतायो यहाँ !!

चल्नै दिन्न आफू खुशी, नारी नै अचानो बने
टुक्रा पार्छ खूँडा बनी, खै कस्ले बचायो यहाँ !!

 

Continue reading