नेपालीको चाड तिहार

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चारबर्ष भो भाइ मैले , लाईन टीका पनि
धेरै साल बिते हेर्दै , भाइ आउला भनी ।
बाबुआमा तिम्रो बाटो , हेरि रुन्छन घर
देख्नै तिम्ले पाउन्नौ कि , के छ कालको भर ।।

चारबर्षमा एक बर्ष त , छुट्टी मिल्नु पर्ने
हाँसी खुशी रमाएर , खाना निल्नु पर्ने ।
आशा अनि भरोसा लि , तिम्लाई हुर्कायको
मेरो छोरो जन्म्यो भन्दै , गाउँले घुर्क्यायको ।।

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चुनाव आयो जनताका पाउ, छुन लाए नेता
आशिष् दिनोस जितुँ भन्दै रुँन लाए नेता

अघि जे भो अब त्यस्तो, हुंनेछैन भन्दै
गाउँ शहरमा जन्ताका पाउ, धुँन लाए नेता

सधैं यस्तै हुनेभए, नेपाल कहाँ पुग्थ्यो
ब्रह्मा, बिष्णु, राम्चन्द्र जी, हुंन लाए नेता

 

Continue reading


गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

आठ बर्षभो कमाई गर्न धाएको दुबैतिर
चार बर्षहो राम्रो तलब, पाएको दुबैतिर

एक बर्षत मलाई याहाँ, काँजाउँ-काँजाउँ भयो
कमाई भन्ने खाएको अनि, लाएको दुबैतिर

अर्को साल मलाई याहाँ, राम्रो लाप्पा मिल्यो
जग्गा बेची मगाई पैसा, खाएको दुबैतिर

 

Continue reading


सहयोग गर्नु हेरी कोरो कुनु

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

नांफा धन कमाई पाए, सब आँफ्ना हुने
आपद, शंकट, बिष्मात पर्दा हुदैन कोहि रुने ।
कमाई, अनि शक्ति हुंदा, सबै लाईन बस्छन
सहयोग गर्न प-यो भनें सबै गुन्टा कस्छन ।।

हिक्मत अनि पौरख छंदा, सबै मेरा थिए
बुढेशकालमा सहयोग माग्दा, ऐले घेरा दिए ।
बाउआमालाई सहयोग गर्न, मुखामुख गरि
बुढाबुढी बाउआमालाई, बँचाई देउ न हरि ।।

 

Continue reading


‘खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे’

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु साहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेकोछ, घोच्दछ काँडाले त्यतै।
छैन फुर्सद चौबीस घन्टै, कमाउँने धन्दामा अती
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था सुरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो गरे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु सहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेको छ, घोच्दछ काँडालेत्यतै।
छैन फुर्सद चौबीस घण्टै, कमाउँने धन्दामा अति
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था-सरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो रे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


नन्दलाल बराल का तीन गजल

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

गजल– १,
निर्धा, गरीव, निमुखालाई, अठ्ठ्याउँछ मान्छे
गरीवलाई निचोरी धन, गठठ्या्याउँछ मान्छे

लाउन, खान नपाएर, दु:ख पाएका छन
आँङ ढाक्ने टालो छैन, कठ्ठ्याउँछन मान्छे

चाहिदो मात्र अड्कलेर, बोले पनि हुन्छ
अनाहक्मा नचाहिदो, भट्ट्याउँछ मन्छे

 

Continue reading


नन्दलाल बराल का जोर कविताः

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

१) पिरतिको खेल
तिम्रो मेरो सल्लाह थियो
मुस्ताङ चोकमा भेटहुंने
चोक-चोकमा खोजें मैले
भित्रीमन्को माला उँने।

बैदाम तालमा पुगें खोज्न
खोल्सा-खाल्सी किनार डुलें
पसिनाले शरीर भिज्यो
माया,पृती सबै भुलें।

 

Continue reading


देउता

nanda, lal , acharya, नन्दलाल आचार्य, pallawa

नन्दलाल आचार्य

म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्‍यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त न्रि्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ ।

 

Continue reading


‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’द्वारा रचित शोककाव्य ‘आमाको स्मृतिमा’

सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’

nanda, lal , acharya, नन्दलाल आचार्य, pallawa

नन्दलाल आचार्य

-गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी आमाको शोकमा मनका व्यथाहरूलाई मार्मिक ढङ्गमा प्रकट गर्न खोजिएको छ । जुन काव्य कृति यही २०६९ भाद्र १० गते लायन्स चौक चितवमा ‘पल्लव साहित्य प्रतिष्ठानले आयोजना राष्ट्रिरय स्तरको एउटा भव्य र उत्कृष्ठ कार्यक्रममा लोकार्पण गरिएको थियो ।
उनी मनको पीडालाई सम्बोधन गर्न शक्ति चाहिएको महसुस गर्दछन् । आमाको शक्तिबाट साहित्यमा सबैका नेत्र भिजाउने गरी काव्य रचना गर्ने धोको संगाल्दछन्-
देऊ शक्ति मलाइ यो जनममा साहित्यको क्षेत्रमा ।
थालेँ लेख्न यो वियोग मनको आओस् सधैँ नेत्रमा ।। -पृ. १)
संसार दैवको कठोर लीलामा चलिरहेको महसुस कविको छ । आमाको वियोग सहनु परेपछि दूर्भाग्यका घडी आएको महसुस कविले गरेका छन् । आमालाई आफूबाट छुर्टाई लग्ने रिपुलाई उनी सजिलै नछाड्ने मनस्थितिमा थिए । तर, कसरी र कुन बाटो भएर त्यो आयो र लग्यो भन्ने कुरामा द्विविधामा परेका छन्-
के आयो कुन खै यता रिपु सरी आमा छुटाई लग्यो ।
सारा यी सपना टुटे जनमका, दूर्भाग्य मेरो भयो ।। -पृ.४)

 

Continue reading