प्रेममा काँडा.

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

मैले त लगाएको थिएँ
चोखो र न्यानो माया तिमीलाई
तर त्यो मायालाई तिमीले
बुझ्ने प्रयास गरिनौ कवै
कस्तो सोच राखि छौ तिमीले
फुललाई काँडाँ सम्झि यौ
अबुझ रहेछ तिम्रो भावना नै
चोखो माया तिमीलाई काँडा भो
रहि नौ तिमी पहिले जस्ती
बद्लिए छ तिम्रो चालडाल नै
एकलाई छाडि हजार हजारमा
बाँडिएर घुम्फिर गर्न लागि छौ
के कम थियोर त्यो चोखो प्रेममा ?

 

Continue reading


“जिन्दगी”

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

पानिको खोला जसरी बगेको छ
जिन्दगीको यात्रा तेसै चलेखो छ
मेटाइ पाइला कवै नफर्कने गरि
दिलाइ सम्झना कवै नसकिने गरि।

रहेन छ कसैको पनि ठेगान यहाँ
विचित्र रहेछ भाग्यको लेखान यहाँ
नियतिको खेल नि रहेछ अपार यहाँ
कदम पिछै रहेछ तलवारको धार यहाँ।

 

Continue reading


१७ अक्षेरीय गजल

Kunti, Sapkota, Myanma, कुन्ती सापकोटा , pallawa, पल्लव

कुन्ती सापकोटा

तिमीलाई याद नआएको कुनै पल हुँदैन
धेरै भिजे नयनहरु कुनै सजल हँदैन ।

दुःखपर्यो भन्दैकिन आत्महत्या गर्नु कसैले
मृत्युले नै मानिस समस्याको हल हुँदैन ।

दन्दनी जलेको मनलाई कसरी शान्त पारुँ
आत्माविश्वास नै जीवन हो कुनै फल हुँदैन ।

 

Continue reading


आँसु लकाएर हाँस्नु . . . . .

Kunti, Sapkota, Myanma, कुन्ती सापकोटा , pallawa, पल्लव

कुन्ती सापकोटा

म त एउटी
कट्पुतली मात्र रहेछु
अरुको ईशारामा नाच्छु
अरुको ईशारामा खान्छु, खेल्छु
जान्छु, बोल्छु
मेरो अस्तित्व नै के छ र ?
धिक्कार छ मेरो जिवनलाई
चिसो हावाले छुदापनि
भतभति पोलेसरि हुन्छ
मगमग बासनापनि
नि: गन्धमा पुर्याई दिन्छ .

 

Continue reading


गजल

Kunti, Sapkota, Myanma, कुन्ती सापकोटा , pallawa, पल्लव

कुन्ती सापकोटा

तिमि सँग कुरा गर्दा हर्षाइलो लाग्छ मलाई
बिछोडले तड्पाउँछ सर्माइलो लाग्छ मलाई ।

जात भातको भेदभावले सताएको समाजमा
अँध्यारोमा भाग्नपनि झर्काइलो लाग्छ मलाई ।

नेपलको रक्तकणा हुँ यो समुन्द्र पारी पारी
पुर्ख्यौलीका सबैकुरा फर्साइलो लाग्छ मलार्इ ।

 

Continue reading


१६ अक्षेरिय गजल

Kunti, Sapkota, Myanma, कुन्ती सापकोटा , pallawa, पल्लव

कुन्ती सापकोटा

हरेक ठाउँमा घातै घात भयो जिन्दगीमा
अनौठो हरेस खाने जात भयो जिन्दगीमा ।

अरुको ओठमा थोरै मुस्कान ल्याउन खोज्दा
आफ्नै हाँसो मेटाउने हात भयो जिन्दगीमा ।

म अब कसरि बाँचौ? बाच्नेकुनै आधार छैन
निरासै निरासका मात भयो जिन्दगीमा ।

 

Continue reading


आँसु लकाएर हाँस्नु पर्ने

Kunti, Sapkota, Myanma, कुन्ती सापकोटा , pallawa, पल्लव

कुन्ती सापकोटा

म त एउटी
कट्पुतली मात्र रहेछुु
अरुको ईशारामा नाच्छुु
अरुको ईशारामा खान्छु, खेल्छु
जान्छु ,,बोल्छु
मेरो अस्तित्व नै के छ र?
धिक्कार छ मेरो जिवनलाई
चिसो हावाले छुदापनि
भतभति पोलेसरि हुन्छ
मगमग बासनापनि
नि: गन्धमा पुर्याई दिन्छ

Continue reading