वयं पार्षदा धन्यनेपालजन्याः

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(रामचन्द्रभक्तिकाव्यस्य कतिपयानि पद्यानि)
गजारिप्रियश्चारुकण्ठाग्रजारि—
मुर्रारिर्हरिः पङ्क्तिकण्ठप्रहारी
खरारिर्वनप्रान्तचारी मृगारि—
वर्सेन्मानसे शाङ्र्गकोदण्डधारी ।।

अहो राम ! बाल्यादहं भक्तिभावाद्
भवत्पादपद्मेऽभवं राजहंसः
सुकालोऽयमुत्साहपूर्णोऽनुयातो
यतः प्राप्यते शाश्वती काव्यधारा ।।

 

Continue reading


भ्रूणको चेतावनी-भ्रूणहत्यारालाई

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

तँमा छ जो जिजीविषा ममा उही जिजीविषा
हरेकमा त्यही तडित् तरङ्ग झैं जिजीविषा
विनाविचारले नआ, प्रवाहले समाउला
अटूट धार जान दे अवश्य ज्योति आउला

छ गर्भभित्र कन्यका कि पुत्र या त बीचको
नमार् नमार् अबध्य—घातकी अवश्य नीच हो
बनिस् तँ व्यर्थ पापको निमित्त कारणी किन
कठोर कुम्भिपाकमा हजार जन्म मुन्टिन ?

 

Continue reading


किन भार हुने कविजी !

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(प्रसङ्ग छर्लङ्गै छ)
छरपस्ट छ देश, हुँडार हटून्
अब एक भएर सिकार जुटून् ।
शठको पथमा अब बार बनौँ
जति गर्नु गरे अधिकार छिनौँ ।।

हिँउका चुचुरा पनि ढाल्न हिँडे
तल सम्म गरा पनि फाल्न हिँडे ।
सुरसज्जनमा पनि फूट गरे
उनकै ढुकुटी पनि लूट गरे ।।

 

Continue reading


नीतिविचार

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

धनीलाई कुनै मर्म थाह हुन्न गरीवको
जुत्ता लगाउनेलाई चिसो के होस् जमीनको ?

झिँगा फोहोर—टट्टीमा, माहुरी वन बागमा
जँड्याहा घुम्छ भट्टीमा साधु विद्वत् समाजमा

कोही सुतिरहेकै छन् कोही जागिरहे पनि
व्याधा शिकार छोड्दैन मृग भागिरहे पनि

 

Continue reading


सरस्वती वन्दना

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

 (सरस्वती जयन्ती)
सरस्वती ! सुन्दर कर्मवाली !
म शुक्लकर्मा हुन तम्तयार
पाई तिमीबाट सहर्ष ताली
समृद्धिमा जान गरूँ हतार ।

साहित्य हौ, शिल्पकला तिमी हौ
नवैलिने साधुपदाधिकार
सङ्गीत हौ, मिष्ट गला तिमी हौ
नयाँ नयाँ सिर्जनकी जुहार ।

 

Continue reading


मेरो प्यारो घरतिरको यात्रामा

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

चढ्यौँ हामी आफ्नो जनमघरमा जान बसमा
सबै यात्री झुम्थे झुपुझुपु निदाई स्वरसमा
थियो रात्रीसेवा, सललल बगेको बस पनि
न देखिन्थ्यो धर्ती, अविचल थियो गाढ रजनी ।

थियो चङ्गा जस्तै दिल तुलबुलाएर किन हो ?
हिँडेजस्तै लाग्थ्यो छिन पनि ढिलाएर किन हो ?
उठे धेरै प्रश्नावलि तर थिएँ उत्तर स्वयम्
म जानै लागेको अति रहरलाग्दो घर स्वयम् ।

 

Continue reading


रामचन्द्रभक्तिकाव्यस्य कतिपया: श्लोकाः

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

मनसि सञ्चर सञ्चर सञ्चर
उपवनोपमचारुचराचरे
जगति मे जनिरुत्कलिता यदि
हृदयपङ्कजकेशरनिःसृतः
परिमलो भव हे परमेश्वर ! ।।

नगरवीथिषु दण्डकभूमिषु
तपनपुत्र ! समव्यवहार ! हे
विषमजीवनविक्लवितस्य मे
मनसि सञ्चर सञ्चर सञ्चर ।।

 

Continue reading


सूर्यदेवलाई अभिनन्दन

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

बोलेरै पछि काम के छ र, तिमी आदर्शमा आउँछौ
प्यारा घाम ! खटेर कर्मपथमा सुस्पर्श फैलाउँछौ
धेरै व्यक्ति यहाँ त्यसै मरिगए छेस्को नसारीकन
तिम्रो स्थान त्यहाँ सुरक्षित रहोस् आभा फिँजारीकन

बर्खामा बहुतै कडा हुन गयौ पानी उँभो ल्याउन
फर्काएर किसानका जमिनमा पर्जन्य बर्साउन
हाम्रो सिर्जनबीज नत्र कसरी धानिन्छ होला भनी
मैले कोरिरहेछु अक्षर यिनै ऐले विचारी बनी

Continue reading


ऋग्वेदमा वागाम्भृणीद्वारा गाइएको देवीसूक्तको नेपाली भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(मेरो विपुल महिमा नै परिचय)
म वाग्देवी, मेरा सँग अनल, रुद्रेश, पवन
हिँडून् विश्वेदेवा, अमरपति साथै वसुगण
यता बाँकी मित्रावरुण, रवि, अश्विद्वय पनि
विराट् बोधद्वारा सब भुवन मेरो वशमुनि ।१

निचोरेको सोमद्रव सब म नै तन्न पिउँछु
म नै त्वष्टा, पूषा, भग पनि उठाएर जिउँछु
मलाई जो दिन्छन् विधिसहित नैवेद्य मखमा
तिनैलाई पैसा दिइकन सदा राख्छु सुखमा ।२।

 

Continue reading


वर्तमानलाई चेतावनी !

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

फिंजेर सर्वत्र घमन्ड धाक
खाएर विद्वज्जनका दिमाक
हे धूर्त निष्टाच्युत वर्तमान
तं मानिइस् शापित वेइमान

तं भ्रष्टमा स्थापित एक जस्तो
समाजमा शून्यविवेक जस्तो
कुमार्गगामीसित शान मान
तं मानिइस् गर्हित वेइमान

 

Continue reading


विघ्नहर्ता कल्याणकर्ता गणेश आराधना

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa , पल्लव

मुकुन्द शर्मा

गणेश, विघ्नेश्वर पुज्न पाऊँ
असाध्य राम्रा कविता बनाऊँ
ननाशिने ठाउँ सुरम्य कस्तो
पहाड पाखा पनि सम्म जस्तो,

हिमालथुम्कामुनि देवदारु
त्यहीँ उमा बस्न निकुञ्ज चारु
भुँडी ठुलो सूँड घुमी लरक्क
किशोर आमासित बस्छ ढुक्क

 

Continue reading


‘शक्ति दिन्छु भक्ति दिन्छु’

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

काल हुन्छ सृष्टिमाथि
कालमाथि कालिका उ
कालिकाविरुद्ध चल्नु
मूर्खदासको छ दाउ ।

के समाज चल्न सक्छ
खालि दम्भ, वेषबाट ?
ईंटमाथि फल्न सक्छ
अन्न, के निदेशबाट ?

 

Continue reading


नेपालकै आँगनमा रमाऊँ

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

अष्टक
हिमाल गाऊँ कि मधेश गाऊँ
पहाड गाऊँ म स्वदेश पाऊँ
मिलीजुलीको बिपना समाऊँ
नेपालकै आँगनमा रमाऊँ ।

कोशी नुहाऊँ कमला कि काली
कि गण्डकीमा कटुता पखाली
सदा श्रमोपार्जित अन्न खाऊँ
नेपालकै आँगनमा रमाऊँ ।

 

Continue reading


विश्वरूप÷मङ्गलोन्मेष

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

प्रथम सर्ग
हिमाल सुन्न पाउँला हिमाल देख्न पाउँला
हिमाल भन्न पाउँला हिमाल लेख्न पाउँला
हिमाल गुन्न पाउँला हिमाल टेक्क पाउँला
जसै म बारबार यै नजीक जन्म पाउँला ।१।

म जान सक्छु अन्त अन्त जन्त झैं कुनै घरी
स्वतन्त्र दिग्दिगन्तमा स्वगर्व साँचिने गरी
परन्तु पाइला यतै परन्तुमा फिराउँला
जसै गुराँस—कुञ्जमा म जन्म जन्म आउँला ।२।

 

Continue reading


नवरात्रमा शुभकामनासाथ भगवतीको प्रार्थना

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

न मन्त्रं नो यन्त्रम् को नेपाली भावानुवाद
न मुद्रा पैल्याएँ, स्तवन न गरेँ, मन्त्र न सुनेँ
कथावार्ता, आवाहन न त सिकेँ, यन्त्र न चिनेँ
अहो आमा रोएँ न त चरणमा, ध्यान न भयो
फगत् जानेँ तिम्रो पछिपछि हिडे सङ्कट गयो ।

नजान्नाले केही, नियम नलिनाले पनि कति
स्वयं अल्छी बन्दा पनि, धन नपाएपछि कति
भयो गल्ती, सच्याउन अघि सर्यौ हत्पत यतै
कुमाता के होलिन् कुतनय भए तापनि कतै ?

 

Continue reading


कवि मित्रलाई पत्र

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

प्यारा मित्र ! पवित्र यो हृदयको स्वीकार्नुहोस् सम्झना
हामीले भुलियो प्रियस्मरणमा, हाँसेर बोल्नोस् क्षमा
मान्छे भुल्दछ स्वार्थमा तर सखे ! साहित्यमा भुल्नुहोस्
हाम्रा छन् शुभकामना सयमुरी—सौहार्दमा डुल्नुहोस् ।१

भोको पेट छ तैपनि प्रिय ! मिठो साहित्यको व्यञ्जन
हामीलाई दिने लिने रस उसै कस्तो सफा त्यो मन
हामी विस्मित बन्दथ्यौं तर ढिलो मात्रै बुझ्यौं मित्रता
एकाएक उठी उता गइदिँदा निःस्तब्धता भो यता ।२

 

Continue reading


कवितालाई सम्बोधन

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

अप्ठ्यारो शब्दयात्रामा व्यर्थै बहकिने किन
अनौठा विपरीतार्थी बिम्बमा छकिने किन
बेकार गफका ढर्रा सबै छोडेर आइद्यौ
बाटोबाटै हराएको माटो खोजेर ल्याइद्यौ

शून्य छन् ओठका भित्ता दिलमा छ दवानल
फाँट—गोठ सबै रित्ता हावामा छ हलाहल
डुल्छन् आँगनमा काल—स्याल, टाढा भगाइद्यौ
बस्तीबाटै हराएको स्वस्ति खोजेर ल्याइद्यौ

 

Continue reading


बचाऊँ कसोरी म नेपाललाई ?

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

यताबाट ठेल्ने उताबाट तान्ने
नजान्नेहरू बन्दछन् खूब जान्ने
म रङ्गी बिरङ्गी कुरा मात्र बाँडी
बचाऊँ कसोरी नि नेपाल गाडी ?

सिटै खोज्नका लागि यो लम्किझम्की
खलासी सबै बोल्दछन् गम्किगम्की
अँध्यारो दिशामा गएको छ गाडी
अहो ! दीर्घयात्रा उकालो पहाडी

 

Continue reading


जहाँ भानु त्यहीँ रस

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

कैल्यै नसकिने स्वाद, रामायण पिई बस
जहाँ भानु त्यहीं राम, जहाँ राम त्यहीं रस
भिनाजु हुन् राम हाम्रा सीता हाम्री दिदी भइन्
दिदी कठै ! लुटेराको बगैंचामा रुँदी भइन् ।

उनैको आँसुले हाम्रो बग्यो नयनको कस
जहाँ पीडा त्यहीं भानु, जहाँ भानु त्यहीं रस
चाँदी टलक्क टल्कन्छ धारामा धोइएपछि
हाम्रो भाषा भयो खासा भानुमा छोइएपछि ।

 

Continue reading


हामी मिले……….

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

हामी मिले तीजदशैं तिहार
हामी मिले रङ्ग खुसी विहार
हामी मिले चाड र वर्त—मेला
हामी मिले बैठक भोज भेला ।

हामी मिले पर्वविशेष यौटै
हामी मिले भोटमधेश यौटै
हामी मिले जात अशेष यौटै
हामी मिले यो परिवेष यौटै ।

 

Continue reading