मोती प्रकाश शर्माका जोर गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

गजल– १,
कस्को लागी मध्य रात जागी रह्यौ।
निभ्दै थियो दियो तेल हाली रह्यौ।

बाहिर जादाँ ती ढोका खुल्लै थिए
सोध्न खोज्दा अलमल पारी रह्यौ।

सायद वैंसको मात बढ्दै थियो
पिउदा प्याला हात समाती रह्यौ।

 

Continue reading


मोतीप्रकाशका जोर गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

गजल– १,
फेरी फर्की आउँदिन माया गर्न छोड्यौ भने।
सँगै यात्रा गर्छु भनी ध्यान अन्तै मोड्यौ भने।

ठान्छु धेरै भाग्यमानी भुल्न पनि गाह्रो हुन्छ
बीष छरी जिन्दगीमा मृगतृष्णा जोड्यौ भने।

सम्बन्धमा फाँटो पर्छ कोही हुन्न साथ दिने
दिनदिनै खस्छ मुटु टुक्रा टुक्रा फोड्यौ भने।

 

Continue reading


गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

दिल जलेर यो खरानी हुदैछ।
जती बाँधु म तानातानी हुदैछ।

सुने हल्ला धेरै त्यो पारी गाँउमा
देह त्याग्नेको ठुलै खानी हुदैछ।

सपना साच्यो उतै मुगलानमा
गाउँ घर छोडी बैमानी हुदैछ ।

 

Continue reading


गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

मृत्युसंग लड्दा लड्दै मरे भने प्रिया।
सहर छोडी बसाई सरे भने प्रिया।

जिवन सम्झौता गर्न गाह्रो हुन्छ होला
मुटु चुडी तिम्रो खोली तरे भने प्रिया।

भावीको लेखा यो दोष कसलाइ दिनु
तिमी भन्दा पहिले मै झरे भने प्रिया।

 

Continue reading


गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

माया लाउँछु भन्दै ढाँटेर गई
कसरी हेर्नु मनै छाँटेर गई ।

दुखिरह्यो मुटु हरेक साँझमा
सम्झनाका ती पल काटेर गई ।

जिवन वगर झैँ उराठ पार्न
सारा खुशी जलार्इ फाटेर गई ।

 

Continue reading


गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

नसाँच तिमी दिल जलेका कुरा।
शहर भित्र हल्ला चलेका कुरा।

बेईमानी भै एउटा स्वार्थ लुट्न
कसम तोडी बाटो छलेका कुरा।

पँधेरी जाँदा मिर्मिरे बिहानीमा
बोलाई उतै पाँउ मलेका कुरा।

 

Continue reading


गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

उता तिमी यता म गले जस्तो छ।
छाती भित्र ऐजेरूँ फले जस्तो छ।

एक पल टाढा हुदा कस्तो हल्ला
सलाइ कोरी आगो बले जस्तो छ।

फुल जस्तो माया पथ्थर बन्यो की
बाटो मोडी हावामा चले जस्तो छ।

 

Continue reading


मोतिप्रकाश शर्मा का एकजोर गजल

Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

गजल– १,
माया लाउछु भनि ढाटेर गई
कसरी हेर्नु मन छाटेर गई ।

दुखिरह्यो मुटु हरेक साँझमा
सम्झनाका ती पल काटेर गई ।

जिवन वगर झै उराठ पार्न
सारा खुशी जलाइ फाटेर गई ।

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

थाङ्ने कान्छा

आँखाबाट आँशु खस्दा सब्को मन छोको जस्तै।
रङ्याएर खाली पन्ना कवी मन रोको जस्तै।।

जती लायो नभरिने जिन्दगीको पेट हेर।
थोत्रिएर चुहिएको मलिबाँसको डोको जस्तै।।

 

Continue reading


“नकुईएको चट्टान”

 

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

थाङ्ने कान्छा

म चट्टान हुँ
आफ्नै स्वरुप थाहा नपाएर
डुबाईएको छु दबाईेएको छु
मलाई नडुबाउ भन्दै छु
म डुब्न चाहन्न
म अझै डुब्न चाहन्न
अझै डुबायौ भने
संसार छेडिने छ ।

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

अशान्तिको राँको बल्दैछ दिनदिनै।
शान्तिको धरोहर ढल्दैछ दिनदिनै।

फल्छ कि भनि अमृत रोपेको ठाउँमा।
बीष मात्रै यहाँ फल्दैछ दिनदिनै।

 

Continue reading


‎”गजल” ज्याउरे लयमा

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

पथ्थर जस्तै रुखेर जाने रैछ यो जीवन!
खटिरा भई दुखेर जाने रैछ यो जीवन!!

हाँगामा हुँदा हरियो हुन्छ पात त्यो रुखको!
झरेसी उस्तै सुकेर जाने रैछ यो जीवन!!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

दुई आत्मा एकै जोड्ने झुन्डिएको पुल हुँम!
डुल्दै आउने भमराको प्यास मेट्ने फुल हुँम!!

नम्र सँग नम्रै बन्छु उग्र बनी कोही आए!
दबाएर छाती फोर्ने धारिलो त्यो शुल हुँम!!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

कन्चनजंगा चेप हुँदै तल बग्ने पानी राम्रो
राता गाला हाँस्दै बोल्ने शेर्पेनीको बानी राम्रो !!

शिरबन्दी र बालाहरु सजाएर शिरै भरी
लिम्बुनिले धान नाच्दै बुन्ने त्यो कहानी राम्रो !!

 

Continue reading


मलाई दुख्दा उनिलाई दुख्ने भए!

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

पर्खि सधैं सम्झी बस्दा मेरा आँशु सुक्ने भए!
मेरी हुन्थिन् मलाई दुख्दा उनिलाई दुख्ने भए!!

… विश्वास गरी माया दिए बदलामा घाऊ दियौ!
आधा जीवन त्यसै बित्यो बदनामी नाँउ दियौ!!
निको हुन्थ्यो मेरो घाऊ जादुगरले फुक्ने भए!
मेरी हुन्थिन् मलाई दुख्दा उनिलाई दुख्ने भए!!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

कहाँ फूल्छन् खुशीहरु, मनमा चोट परेपछि
रुदो रै’छ डाली पनि, फूल ओइली झरेपछि !!

कसरी म बाँचु यहाँ, सुख पाउँने आशा बोकी,
आफ्नाले’नै जिन्दगीमा,विश्वास् घात गरेपछि !!

 

Continue reading


गजल

Show Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

तिमीलाई भेट्न भनी पारी आए!
सारा दु:ख पिडा सबै तारी आए!!

माया गर्ने थिए कोही मलाई पनि!
सदा सदा तिन्को आशु झारी आए!!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

अधेँरी त्यो पन्छाई दिने जून किन टाढा भयो
आपत्तिमा मैले गर्या गुन किन टाढा भयो !!

डांडा पाखा देउराली सँग सँगै हामी डुल्दा
बजाएको बासुरिको धुन किन टाढा भयो !!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

उज्यालो मा झुल्किएको तारा हुँ म!
फुल झरी बच्या बोट्को काँडा हुँ म!!

अब तिमी के आशा राख्छौ म बाट!
चैते खरेडिले पिएको धारा हुँ म!!

 

Continue reading


गजल

Kiran, Moti, Meyongba, "थाङ्ने कान्छा", pallawa

किरण "थाङ्ने कान्छा"

पन्द्र सोह्र हुँदा पनि यो मन उस्ता उस्तै !
चारै बिश छुँदा पनि यो मन उस्ता उस्तै !

धर्ती फोरी आकाश छुन निस्क्ने बास त्यो !
फेरी उदै नुँदा पनि यो मन उस्ता उस्तै !

Continue reading