सहनको पराकाष्ठा

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

उभन्दा म सानो त्यसैले म प्यारो
परन्तु उसैले सधैँ ताक्छ घारो
उही जन्मभूमि दुवैको भए नि
म आउँदा थुन्छ उस्ले तगारो।

हमेशा रमाई उसैसंग खेल्थेँ
म उस्ले दिएका ख़ुराफ़ात झेल्थैँ
सहन्थेँ सहन्थेँ उ साथी भनेर
भएमा अचाक्ली म उस्लाइ पेल्थेँ।

 

Continue reading


मोहन चतुर्वेदी का केही मुक्तकहरूः

Chaturvedi, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

मन हो शान्ति मन हो कान्ति मन नै सुन्दर
मन हो क्षान्ति मन हो भ्रान्ति मन नै सुन्दर
समुद्र मथे जे पनि मिल्छ दानव देवता
मन हो क्लान्ति मन हो क्रान्ति मन नै सुन्दर ।

मनको कुरा मनमै जम्छ आतुर सम्ममा
मनको छुरा मनमै गड्छ आतुर सम्ममा
आत्मवत् भन्ने उक्ति पुस्तकमा मात्र पढ्ने?
मनको धुरा मनमै घुम्छ आतुर सम्ममा ।

 

Continue reading


हे पृथ्वी !!

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

हे पृथ्वी
तिमी शान्त र मौन पनि छौ।
तिमी आनन्द र उमङ्गमै रहेकी छौ ।
तर तिमीमा म भन्ने शब्द निस्कन सकेन
तिमी उदारताकी खानी
तिम्रो आधारमा उभिने हरू
यहाँ राजा बनेकाछन्
कैयौं उपद्रो मच्याए पनि तिमी हेरि राछौ ।
आतङ्गका मैला सन्तान हरू जन्मेकाछन्
तर पनि तिमी शान्तिकी खानी बनेकी छौ ।

 

Continue reading


मोहन राज खनाल का केही मुक्तकहरूः

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

हाम्रो गौरव नेपाल जस्तै बर्मेलीको आगनमा
हाम्रो सौरव हिमाल जस्तै बर्मेलीको आगनमा
स्वच्छ शान्त बुद्ध भूमी स्वयंभूको दर्शन
हाम्रो गौरव श्री नाथ जस्तै बर्मेलीको आगनमा ।

हाँसे पनि हामीनैंहौं रोए पनि हामी
नाचे पनि हामीनैंहौं गाए पनि हामी
सुख दुख तातो छारो जीवनी माया
लाए पनि हामीनैंहौं छाए पनि हामी ।

 

Continue reading


गजल

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

कस्का लागि मर्नु छ र आतुरमा दौडनु !
कस्का लागि लड्नु छ र आतुरमा दौडनु !

रूने हाँस्ने संसार हो यस्तै छ लौ महाशय !
कस्का लागि बस्नु छ र आतुरमा दौडनु !

अन्धो भई सन्सारसंगै निहुँ खोज्ने किन ?
कस्का लागि सड्नु छ र आतुरमा दौडनु !

 

Continue reading


गजल

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

आफू आफू ठटाए ‘सि संस्था बन्छ क्यार!
ताउर माउर देखाए ‘सि संस्था बन्छ क्यार!

कसलाई के भन्नु खै आज सबै गुरु गुरु
आफ्नै बखान गाए ‘सि संस्था बन्छ क्यार!

कहाँसम्मको यात्रा हो लक्ष्य कुन दिशातिर
अत्तो पत्तो नपाए ‘सि संस्था बन्छ क्यार!

 

Continue reading


मोहन राज खनाल का ताङ्काहरू

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

विह्वल मन
आततायी चक्कर
टाउको माथी
सपना फल्न दिन्न
विपना चल्न दिन्न ।

आघात मन
जीवन अत्याचार
रावण जन्मो
घर घर समस्या
मठ सम्म हमला।

 

Continue reading


मोहन राज खनाल ‘चतुर्वेदी’का केही मुक्तक

Chaturvedi, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

मायाँ लाए मन पनि छुने जीवनी चित्त भित्र
दायाँ बायाँ मन गरिदिने जीन्दगी रै’छ मित्र
सारा मान्छे जुटिकन त्यतै लोभिने माहुरीझैँ
छायाँले नै मन जलिदिने मेदिनी यो विचित्र।
छन्दः मन्दाक्रान्ता

यै धारामा मन बगिदिने मौन मायाँ नराम्रो
त्यै काया हो मन लुटिलिने उष्ण छायाँ नराम्रो
सारा काया चुसिकन लिने यौन चाला छ साला
माया भन्दै मतलब खिँची चल्नु बायाँ नराम्रो।
छन्दः मन्दाक्रान्ता

 

Continue reading


चतुर्वेदी का केही ताङ्का

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

प्रमुख शेर
भद्र वातावरण
शिखर चुम्ने
संसार आश्चर्यछ
गोर्खा भरिगाटछ।

शिखर वार्ता
दुई शेर प्रभावी
उत्कण्ठ गैह्रो
मानव समुदाय
मिलन मनोभाव ।

 

Continue reading


मोहन राज खनाल ‘चतुर्वेदी’ का केही ताङ्काहरूः

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

समय सिङ्गो
आधार नयनमा
सब्य योजना
यथार्थमा जीवन
पदार्थमा जीवन ।।

सत्यार्थ बाटो
हिंड्न कष्ट मानब
लाज घुमौरी
अर्थ बिना गोविन्द
कष्ट बिना योगेन्द्र ।।

 

Continue reading