गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

कयौं यात्रा हारमा छन् कदरको
बनाए दोषी म आफ्नै नजरको

बरू सजिलै मर्छु `डर लाग्छ डरको´
भरोसा होला नहोला सफरको

जलाऊ टुक्रा परेको छ आशा ,
तिमी आफ्न‍ो सोच्नु छानो छ खरको

 

Continue reading


सन्तोष पोखरेलका कविताहरू’

Mohan, Dahal, मोहन दाहाल, pallawa, पल्लव

मोहन दाहाल

कवि सन्तोष पोखरेलले ‘ई. सन्तोष पोखरेलका कविताहरू’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । पेशाले इन्जिनियर पोखरेलका ताराका पुच्छर (२०७०) पहिलो, सोक्रेमेन्टो (२०१४ सन्) दोस्रो र ‘ई. सन्तोष पोखरेलका कविताहरु’ तेस्रो कविता संग्रह हो । यस ‘ई. सन्तोष पोखरेलका कविताहरु’ सङ्ग्रहमा गीत र कविता गरी ४६ वटा सिर्जना सङ्कलित छन् ।

 

Continue reading


जिन्दगीको यात्रा

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

(रुपेशको डायरी बाट )
गल्फ मुलुकको बैदेशिक काम को अनुभव बोकेर युरोपको संसारमा हराउन चाहन्थें | एजेन्टको खोजीमा थिएं नभन्दै प्रेमजीको सम्पर्कले सिम्मा दिदीको कम्पनीबाट म युरोपको यात्राको भिषा पाएँ |
आखाभरि नेपालको सम्झना बोकेर म युरोप हानिएँ | जीवनका हरेक हण्डर र बबण्डरका सिमा नाग्दै आफ्नो मौलिकता बोकेर बाचेको छु | साच्ची निर्मलाको धोकाले मलाइ जीवन बुझ्ने बाटो बन्यो |

 

Continue reading


भुल्न सकेको छैन मैले

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

भुल्न सकेको छैन मैले मेरो अतीतलाई
मेरो सम्झनामा छ जन्मेको भुमि मलार्इ

कैयौ यात्रा देश घुमे पनि भुल्न सक्दिन
तिमीलाई पनि राखेको छु मुटुमा लुकाई
भुल्न सकेको छैन मैले मेरो अतीतलाई
मेरो सम्झनामा छ जन्मेको भुमि मलार्इ ।

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

उता आज दानव मदन भैसक्यो
यता बालुवा झैँ यि मन भैसक्यो ।

गयो निष्ठुरीले मुटु यो चुँडी
हिजो आज साथी कफन भैसक्यो ।

जहाँ बालुवाको महल भो किन
ति देखावटी सब चलन भैसक्यो ।

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

सबै छन् खुशी आज नौलो पनाले
खुशी शान्तिका साथमा दीप बाले ।

नयाँ बर्ष आयो सबैको खुशी भो
दिएका थिए साथ धेरै जनाले ।

चलेकै छ यो जिन्दगी आज सादा
सतायो मलाई यहाँ सम्झनाले ।

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

सधै त्यो चाँदनी हेर्दै बित्छ जीवन
यहाँ हाम्रो खुशी हेर्दै बित्छ जीवन

कतै रोए, कतै हाँसे, जिन्दगीमा
सुनौलो पीरती हेर्दै बित्छ जीवन

गुनासो थ्यो तिमीलाई भन्नु धेरै
उही तिम्रो घडी हेर्दै बित्छ जीवन

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

तिम्रो र मेरो सम्बन्ध हो त्यो एैना र छाँया जस्तो मिलेको
मान्छेहरूले भन्लान् छ राम्रो जोडी परेवा जस्तो मिलेको

लेख्छौँ सुनौलो हाम्रो कहानी यस्तो मसीले संसार झुक्छ
राम्रो छ फेवा त्यो तालमा झैँ पानी र ढुङ्गा जस्तो मिलेको

छोपेर राखे त्यो जिन्दगीमा हाम्रो सुनौलो माया तिमीले
यो चन्द्रमा हो त्यो घाम हो है आकाश तारा जस्तो मिलेको

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

भएको छु बेहाल नजर ती जुधेर
बढेको छ धड्कन अधर ती जुधेर

जवानी थियो फूल ! सुनौलो बिहानी
लुछे देह मेरो शहर ती जुधेर ।

भयो दुःख माथी झनै दुःख पीडा
यहाँ अाज हाम्रो असर ती जुधेर

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

भएको छु बेहाल नजर ती जुधेर
बढेको छ धड्कन अधर ती जुधेर

जवानी थियो फूल ! सुनौलो बिहानी
लुछे देह मेरो शहर ती जुधेर ।

भयो दुःख माथी झनै दुःख पीडा
यहाँ आज हाम्रो असर ती जुधेर ।

 

Continue reading


बहरबद्ध गजल

छु लेख्दै बहरमा गजल यो
छ चर्चा सहरमा गजल यो

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

पुरानो नयाँ के फरक छ ?
छ लेख्ने रहरमा गजल यो

उज्यालो हुँने भो बिहानी
पिएको जहरमा गजल यो

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

रोएर आफ्नो जिन्दगी खोज्दै यहाँ बित्ने भयो
कालो छ मान्छे चाँदनी खोज्दै यहाँ बित्ने भयो

लेखे छ कस्तो भाग्य ती खोज्दै यहाँ बित्ने भयो
अन्धो छ मान्छे त्यो सखी खोज्दै यहाँ बित्ने भयो

आकाश हेरे माथि त्यो उस्तै निलो सारा छ ती
प्यासी भए त्यो गण्डकी खोज्दै यहाँ बित्ने भयो

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

यहाँ छैन केही पुरानो छ उस्तै
जहाँ जिन्दगी भो उ सानो छ उस्तै

घुमेको रमेको म मान्छे जगतमा
उज्यालो र नामी फलानो छ उस्तै

म देखेर रम्ने उता चाँदनी त्यो
यता सम्झनामा अचानो छ उस्तै

 

Continue reading


बहरबद्ध गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

संसार हाम्रो धेरै सुनौलो तिम्रो कहानी लाग्यौं पुरानो
प्यारा कहाँ छौँ? मान्छेहरूले यस्तो बनाए संसार सानो ।

माया बिरानो सम्झेर तिम्ले टाढा नराखे राखे मुटुमा
हाँसो खुसीमा यो जिन्दगीको सारा तिमी हो मेरो त छानो ।

आमा बुबाले पर्खेर बस्दै होलान् मलाई बाटोमा हेर्दै
कस्तो बिरानो यो गाउँमा पो ! बन्दै छ छाती आफैँ अचानो ।

 

Continue reading


गाम्लेहरुलाई भनेको छु मालिक भनेको छु

Mohan, Mani ,Dahal, मोहन लामा रूम्वा,  pallawa, पल्लव

मोहन लामा रूम्वा,

राष्ट्रियताको लागि भोकै मर्नु परे मरौला !
गाम्लेहरु पनि भोकभोकै बसेको छ मालिक !
बारीमा बाली छैन भकारीमा अन्नको दाना छैन
अस्पतालमा औसधि छैन हाहाकार छ मालिक।

राष्ट्रियताको लागि हो रे भन्दै बसेको छ मालिक।
गाम्ले हरुले शंका गर्न थालेको छ मालिक !
हामी मात्रै भोकभोकै होकी तेरो मालिक पनि ?
हाम्रो मात्रै अडान हो कि तेरो मालिकको पनि ?

 

Continue reading


कसोरी सम्झाउ ?

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

यो नितान्त मेरो जीवनको काहानी हो सुनिल बाबु /आज यो डायरी पनि म हजुरलाई सुम्पेर जादैछु म यो गाउँमा आउछु आउदिन थाहा छैन तर यो कुरा हजुरलाई भन्दा मेरो मन ज्यादै हल्का बनेको छ / जीवनका तिता मिठा कुरा हरेक मानिससँग हुन्छन नै , मेरो जीवनमा घटेका यी कुराले अरुको जीवनमा पनि असर पर्ला नपर्ला उनैले जानुन / मैले जानी नजानी ज्योति र रजनीसंग बिताएका कारुणिक कुरा छन मिल्यो भने आफ्नो पुस्तकमा छपाई दिनुहोला मेरो आत्माले मुक्ति पाउनेछ /

 

Continue reading


नारी बेदनाका ढुकढुकीहरु

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

मेरो सुन्दर संसार थियो
इज्जत प्रतिष्ठा र सम्मान थियो
मानिसहरु श्रदाले नतमस्तक हुन्थे
लोग्नेलाइ चिन्ने सकिन
श्रीमानलाइ बुझ्न सकिन
पतिलाई समाल्न सकिन
खसम जान्न सकिन
पोइलाइ कजाउन सकिन ।

 

Continue reading


२० अक्षेरीय गजल

Mohan, Rawal, Anamol, 'astu', मोहन रावल अनमोल 'अस्तु', pallawa, पल्लव

मोहन रावल अनमोल ‘अस्तु’

फूल फुल्नु पर्ने, डाली नुग्नु पर्ने, नियम् पनि कस्तो-कस्तो…!!
फुले झर्नु पर्ने, झरे सुक्नु पर्ने, नियम् पनि कस्तो-कस्तो…!!

यात्रा सँगै थियो, धड्कन यौटै थियो, छाड्यौ टाढा-टाढा भयौ…
तिम्ले हाँस्नु पर्ने, मैले दुख्नु पर्ने, नियम् पनि कस्तो-कस्तो…!!

तारा हेरी रोएँ, जून हेरी रोएँ, तिम्रो झल्को मेटाउन…
एक् पल् मिल्नु पर्ने, सदा छुट्नु पर्ने, नियम् पनि कस्तो-कस्तो…!!

 

Continue reading


बलिदान छ हाम्रो गणतन्त्रमा . . . . .

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

बलिदान छ हाम्रो गणतन्त्रमा इतिहास मरेको छैन २
…. एम .ए . सृजनाहरु (गितहरु )
अधेरा गल्लीहरुमा हराउने मुग्लानीलाई त सोध
मेरो देश नेपालको मायाले धेरै नै होला अनुरोध
………………….बलिदान छ हाम्रो गणतन्त्रमा इतिहास मरेको छैन २
हामी जन्मेको जन्म भूमिको माया हामीलाई छ
श्राप लाग्छ हाम्रो ति खुनी सम्झिदा यो दुखाइ छ
………………….बलिदान छ हाम्रो गणतन्त्रमा इतिहास मरेको छैन २
बोलाबाल छ कंसको रावण सीताको खोजीमा छ
प्रशासन राजनीतिमा होइन अदालत गोजीमा छ

 

Continue reading


बिहोशिको भुल हो कि ? ममताको दरारमा . . . . .

Mohan, Acharya, Jalad, मोहन आचार्य ‘जलद’, pallawa, पल्लव

मोहन आचार्य ‘जलद’

मेरो जिन्दगीको कुरा सुनाउछु तिमि सुन्छ्यौ भने
दुख लाग्छ यदि कतै छोड अब तिमि त्याग्छ्यौ भने ।
बिहोशिको भुल हो कि ? ममताको दरारमा पुगेर
तिमि भित्र खोज मलाई यदि मलाइ बुझ्छ्यौ भने ।।

ए हजुर ! ए हजुर !!नेपालीको माया ,
बाग बनाइ साहित्यको नेपालीको माया
सुन्दर फुल्छन काब्यफूल चेतनाको छाया ।
प्रसाईं ज्युको आगनमा गर्ग पुत्र आउदा
मिठो बोलि अमृत सरि जलद यो याया ।।

 

Continue reading