मिना चौलागाईं का केही मुक्तकहरूः

Mina, Chaulagain, मुना चौलागाईं, pallawa, पल्लव

मुना चौलागाईं

जिन्दगी जिवीत राख्न झस्काउनेहरू पनि भेटिन्छन्
दिक्क पार्न विनाकाम जिस्काउनेहरु पनि भेटिन्छन्
भेटिन्छन् यहाँ अनेक प्रकारका मान्छेहरू पाइलैपिच्छे,
रुख चढाएर फेद काट्न उक्साउनेहरू पनि भेटिन्छन् ।

सकारात्मक सोचको बास छ मनमा
त्यसैले होला सधै उल्लास छ मनमा
शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर,
आफ्नो त सधै मधुमास छ मनमा !

 

Continue reading


मिना चौलागाईं का केह मुक्तकहरूः

Mina, Chaulagain, मिना चौलागाईं, pallawa, पल्लव

मिना चौलागाईं

भएका यी दुई कान तितामिठा सुन्न रै’छ
किन बन्यो मन भन्थेँ अनेक कुरा गुन्न रै’छ
जब दुख्छ चसक्क मान्छे भित्र कता कता ,
धामीझाँक्री या औषधी केहिले पनि छुन्न रै’छ !

तिमीलाई माया गर्ने मुटु चुकाएर के पायौ
अबिरल बग्ने प्यारको नदी सुकाएर के पायौ
जिन्दगी भिखमाग्दै दु:खी सागरमा पौडिदै छु
तिम्रै लागि अर्पेको मन दुखाएर के पो पायौ ?

 

Continue reading


मिना चौलागाईंको एकजोर गीतः

Mina, Chaulagain, मिना चौलागाईं, pallawa, पल्लव

मिना चौलागाईं

गीत– १,
कसैलाई छैन दोष आफ्नै तक्दीर फुटेको छ
निर्दयी भई नियतिले बिच बाटोमा लुटेको छ

उही बाटो उही गल्ली हिँडेको नि वर्षौं भयो
सपना टुट्यो बाटोबिच जिन्दगी अधुरो रह्यो
बल्ल्तल्ल बाँकी जीवन जिउने साहस जुटेको छ
कसैलाई छैन दोष आफ्नै तक्दीर फुटेको छ ।

 

Continue reading


मिना श्रेष्ठ ‘सबिना’ का केही मुक्तकहरूः

Sabina, Mina, Meena, Shrestha, मिना श्रेष्ठ ‘सबिना’, pallawa, पल्लव

मिना श्रेष्ठ ‘सबिना’

म तिम्रो मन मा बस्न सकिन भने हटाउदा हुन्छ
फेसबुकमा पनि बस्न लाइक नहुदा घटाउदा हुन्छ
जति बेला मेरो खाचो पर्छ सम्झनु तिमिले मलाइ
फ्रेनलिस्ट मा राख्न योग्य छुइन डाडै कटाउदा हुन्छ ।

गन्तव्य को यात्रामा तिम्रो मन बाट घटेको छु
तिमी जस्तै निसठुरि यो ठाउमा भेटेको छु
अटाउन सकिन आज तिम्रो मुटु सानो रैछ
हजारौं खुसी लाई आज मैले रेटेको छु ।।

 

Continue reading


‘अझै अभिसाप बन्दैछ नारी’

Sabina, Mina, Meena, Shrestha, मिना श्रेष्ठ "सविना", pallawa, पल्लव

मिना श्रेष्ठ “सविना”

साँझपख क्षितिजपारी घाम डुब्नै
लाग्दा नीलो गगनले आफ्नो रंग
परिवर्तन गरिरहेको थियो।

वर्षा मासको त्यो अद्भुत दृश्य
म आफैं नियाल्दै थिएँ
नजिकैको मेरो फूलबारीका
अनगिन्ती फूलहरू कुनै मस्त
जवानी भर्दै थिए कुनै फक्रेर
झर्दै थिए ।।

 

Continue reading


हार्दिक मंगलमय शुभकामना !!!

Meen, Mina, Lamichhane, मिना लामिछाने, pallawa, पल्लव

मिना लामिछाने

आज परेको १०७ अन्तराष्ट्रिय श्रमिक नारी दिवशको पावन अवसरले नैसर्गिक अधिकारका साथै सुख– सन्तोष, शान्ति, समृध्दी उत्तरोतर बाैद्धिक प्रगति, ऐश्वर्यमय लाभ प्राप्तीका साथै आरोग्य सु-स्वास्थ्यमयीक दीर्घ जीवनकालागि हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँछु ।

शुभेच्छूकः

मिना लामिछाने

कोषाध्यक्षः पल्लव साहित्य प्रतिष्ठान–चितवन ।

Continue reading