सबै बसाई सरिगए शहर तिर ।
कसले दिन्छ र ध्यान गाउघरतिर ।।
तिम्रा यादहरू पहिल्यै अघि लाग्छन् ।
यसो कहीँ निस्कनै हुन्न सफरतिर ।।
अलि अप्ठ्यारो प्रश्न आउनै हुन्न यार ।
विद्यार्थीको नजर जान्छ गेस पेपरतिर ।।
सबै बसाई सरिगए शहर तिर ।
कसले दिन्छ र ध्यान गाउघरतिर ।।
तिम्रा यादहरू पहिल्यै अघि लाग्छन् ।
यसो कहीँ निस्कनै हुन्न सफरतिर ।।
अलि अप्ठ्यारो प्रश्न आउनै हुन्न यार ।
विद्यार्थीको नजर जान्छ गेस पेपरतिर ।।
१) टन्नै खाको मान्छे साच्चै भोकोपनि हुनसक्छ
खान बाकी अरुथोकको धोकोपनि हुनसक्छ
होसियार भइ हिंड्नु नारी!पुरुष जुनसुकै बेला –
धोको पूरा गरिछाड्ने बोकोपनि हुनसक्छ ।
२) कहिल्यै खान नपाएको भोकोजस्तै हुँदारैछन
बम बेरेरै राखिएको पोकोजस्तै हुँदारैछन
मानवरुपी दानवझैँ बुद्धि विवेक गुमाएर,
खसी पार्या मान्छेपनि बोकोजस्तै हुँदारैछन ।
१
ईश्वरनै भक्तहरुसङ्ग पराजित भएपछि कसको के लाग्छ र?
सरकार नै अपराधीहरुमा आश्रीत भएपछि कसको के लाग्छ र?
यी मुला नेताहरु कहिल्यै सुध्रिदैनन मैले भनेकै त थिए ,
एक्लो बृहस्पति झुटो प्रमाणित भएपछि कसको के लाग्छ र?
२
माफिया र डनहरु सरकारसङ्ग हर्षित छन्
विवेकहीन नेताहरु अल्जाइमरले ग्रसित छन्
पुलिस हाम्रो साथी होइन दुश्मनजस्तै भएपछि ,
फुलजस्ता नानीहरू पाइलैपिच्छे त्रसित छन् ।
आँखा नदेख्ने
कान नसुन्ने
अल्जाइमरले ग्रस्तै भएको
हाम्रो देशको विवेकहीन बुढो शासकले
वर्षौंदेखि हामीलाई
सुख,शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा सपना
दिनुसम्म दुख दिएको छ।
दिग्भ्रमित विचारको
विष पिलाइदिएर हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एकापसमा
र त फसिरहेका छौं हामी अहिलेसम्म
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर।
घुम्न जाउ घुम्न आउ, नुवाकोट देबिघाट
प्राकृतिक सौन्दर्यता, हेर्न पाउछौँ सब ।
प्रख्यात छ जता ततै, त्रिशुलीको माछा
गुन्द्रुक ढिडोमात्र हैन, कल्कलाउँदो साग छ ।।
घुम्दै घुम्दै आराम गर्ने, बट्टार हावा घर
गर्मीयाममा भेट घाट गर्ने, हुन्छ यसकै भर ।
हेरी बस्छन सबै जना, त्रिशुली त्यो नदि
बर्षायाममा झनै बढ्छ, नदीको यो गति ।।
घुम्न जाउ घुम्न साथी हो, नुवाकोट ककनी
हिमाल पहाड हेर्नलाई, आउछु है मै पनि ।
इस्टेवेरी, काफल गेडी, ऐसेलुको छ खानी
साथमा ट्राउट माछा पनि, ढिँडो सँग खाने ।।
काले खैरे गोरे सबै, मिलेर आउनु होला
कति सस्तो कति मिठो, रानिपौवाको मुला ।
बाह्रै महिना फुली रहन्छ, बाह्र मासे फूल
पानी मिठो कलकल बग्ने, सफा स्वच्छ मूल ।।
मलाई
स्वार्थको सप्तरङ्गी इन्द्रेणी शीरमा सिउरिएर
बरालिनु छैन दासताको फुलबारीमा
दन्किएको आगोमाथी
अविरल अग्रगामी पाइलाहरु चाल्दै
सुनिश्चित गन्तव्यलाई पछ्याएर
अगाडि बढ्नुछ – आजीवन
र निर्धक्क भएरै लेख्नुछ – निरन्तर
म र मजस्तै असङ्ख्य भुइँमान्छेहरुको
जीवनजस्तै कविता ।
गजल: डोटेली भाषामी– १
रौं फूल्या छन् गालाइना रेखडा पड्या छन्,
नाक सिकान आंखाइना गिदडा पड्या छन्।
अंश बण्डा अर्यो रे चेलाले छुटो बनायो,
बुढा इजाबाका भाग थांकडा पड्या छन् ।
माणुं हडबुडा भर्गरै रहडका पख्यार लाग्याथे,
अगासै अगास उड्डे चडा पिँजडा पड्या छन् ।
छोरो भोक लाग्यो होला तँलाई
सानो नानी कुदेर आयो
आमाको काखमा बसेर खान थाल्यो
मीठो मानेर
आमा पनि भोकाएकी थिइन
तर छोराले खाएको देखेर
उनको पेट भरियो खुसीले
बा खेत बाट घर फर्कदै थिए
फाटेको दौरासुरुवाल लगाएर
जसले उनको अलिकती लाज मात्र छोपिएको थियो ।
जोतेर हलो खेतको आलीमा बिताउनु भयो
बाले पुरै जीवन कुटो कोदालीमा बिताउनु भयो
माझी दाईले दिनहूँ डुङ्गा चलाउँदै माछा मार्दै
आफ्नो पुरै जीवन कर्णालीमा बिताउनु भयो
मेरी आमाले सँधै घाँस दाउरा मेलापात गर्दै
जिन्दगी उकाली र ओरालीमा बिताउनु भयो
Dear पराइ सरकार,
जब आमाको गर्भबाट
नेपाल आमाको काखमा जन्म लिए
सरकार ! तिमिसँग साइनो गाँसियो
अग्ला हिमाल र बेँसिका फाटसँग खेल्दै
खोला नाला र छ्हरा सँग मित्रता गाँस्दै
म मख्ख थिए
नेपाल आमाको काखमा खेल्न
तर थाहा थिएन सरकार
तिमी को हौ ? के गर्छौ ?
१) “गरिबीले लेखेको किताब”
पहिलो पानादेखि अन्तिम पानासम्म
दुख र पीडा लेखिएको किताब
गरिबीले लेखेको किताब
पहिलो पानामा जब एक गरिबको जन्म हुन्छ
च्यातिएको मैलो पुरानो थाङ्नोमा सुतिरहदा
दुलै दुलो परेको छानोबाट
गर्मीमा घामका किरणले गिज्याउछ्न्
जाडोमा सितका थोपाले गिज्याउछन्
अनि बर्षातमा पानीले
दोस्रो पाना बाल्यकाल बडो कठोर छ
धनिका छोराछोरीले
फेरि फेरि जुत्ता लगाउदा
ऊ चुडिएको हात्तीछाप चप्पलमा
प्याट प्याट आवाज निकाल्न प्रयास गर्छ ।
गजल– १.
अब तहल्का मच्चाउनु पर्छ गजल लेखेर
देशमा विधान ल्याउनु पर्छ गजल लेखेर
कुम्भकर्ण झैँ सुतेको निकम्मा सरकारलाई
कलमले प्रहार गरि उठाउनु पर्छ गजल लेखेर
अन्यायमा परेका जनतालाई सरकार द्वारा
छिट्टै न्याय दिलाउनु पर्छ गजल लेखेर ।।
गजल– १,
कयौं जलेका छन् मेरो प्रगति देखेर
मेरो साथमा छोराछोरी श्रीमति देखेर
प्रिय मैले जहर पिउने योजना बनाएँ
तिमीसँग निको पार्ने ओखती देखेर
गाँजा भांगको जरूरत पर्दैन अचेल
कयौँ शिब लठ्ठै पर्छन् पार्वति देखेर
तार्से भीर माथि
मगमग बासना र्छर्दै फुलेका छन्
मिठो सपनाका
अनगिन्ती लालीगुराँसहरू
जसरी भए पनि टिप्नु छ हामीले
अनि सिउरिदिनु छ आजैर्
वर्तमान समयको सल्लेरी चुल्ठोभित्र
जतनपूर्वक सजाएर ।
आँधीखोलासँगै
अविरल बगेका छन्
आधुनिक श्रवणकुमारहरूको
असामयिक, अकल्पनीय
एवं पीडादायी मृत्युपश्चात्
अन्धाअन्धी वृद्ध बाबुआमाको–
मेनकामा के छ त्यस्तो उर्वसीमा के छ?
जे तिमीमा छैन प्यारी सुन्दरीमा के छ??
चाहनाको पङ्ख काटे कैदमा छन् हाँसो,
सोध्न थाल्यौ व्यर्थ प्यारी बन्धकीमा के छ??
दिल चोरेका चोरलाई छैन कानुन् केही,
सोध्छ यो मन् भित्र भित्रै हत्कडीमा के छ??
सुनाउ गीत कोइली र नाच कस्तुरीहरू।
बजाउँला म बाँसुरी सप्रेम बाँड डम्मरू।।
म देश राख्छु काँधमा र माथ बन्नु शैलले
कतै दुखे स्वदेश यो म दिन्छु प्राण नै बरू।।
जहाँ हिमाल हाँस्दछन् गुराँस चाँप फुल्दछन्,
म भन्छु स्वर्ग हो यही कहाँ छ स्वर्ग कुन् अरू।।
लेखी पत्र पठाउँला खबरमा सन्चो बिसन्चो सबै।
आमा जान्छु विदेशमा अब भने चिन्ता नमाने कुनै।।
यो रित्तो घरको अभाव कसरी हेर्दै बसूँ देशमा।।
ल्याई आउँछु धेरथोर धन क्यै फर्केर यै देशमा।।
बूढा बा दिन रात खेत पसिना छर्दै खनी जोत्दछन्।
बाँझो खेत भरी अहो! रहरको लाखौं मुना रोप्दछन्।।
बा तिम्रो सब जीवनै बितिगयो यै भीर यै लेकमा।।
नाङ्गो ज्यान छ पेट भर्नु छ म के खोज्दै बँसू देशमा।।
हरेस खाय जिबन देखी कात्रै प्यारो लाग्न थाल्यो
मृत्युको दिन लेखियको पात्रै प्यारो लाग्न थाल्यो
सफलताको सिढी चढ्न सुत्र खोज्ने साथी भन्दा
बिफलताका जमात को जात्रै प्यारो लाग्न थाल्यो
संघर्ष सिल यी पाइलाहरू गति शुन्य हुन थाल्दा
मशानघाट सम्ममा पुग्ने यात्रै प्यारो लाग्न थाल्यो
बढ्दै गाछ मनको भारी,झन् गरुँङ्गो हुँदा पनि।
नहट्ने भो दुःख पीर ,झम्टी झम्टी रूँदा पनि ।
ललाटमा जे लेखियो,भोग्नै पर्ने कस्तो?नीति।
हृदयको खाटो मैलो ,जान्न रैछ धुँदा पनि ।
झम्के साँझमा तिम्रो बाटो,हेर्दै रोएँ सानु।
मध्य रातमा सधैँ कोल्टे ,फेर्दै रोएँ सानु।
महिनौ बित्यो बर्षौ बित्यो,फर्किएनौ अझै!
पर्खाइमा मन् भित्र याद ,बेर्दै रोएँ सानु।