गजल

Menuka, Khatiwada, Bhattarai‎, मेनुका खतिवडा भट्टराई, pallawa, पल्लव

मेनुका खतिवडा भट्टराई

‎जिन्दगी छ जसोतसो निर्वाह भएको छ।
बास झुपडीमा मन बादसाह भएको छ।

कसरी गर्नु बिश्वास आफन्तलाई पनि।
औंलो दिँदा डुडुल्नोको चाह भएको छ।

पीडा हुन्छ देख्दा बृद्धाश्रमको अवस्था।
दैब!सन्तान किन लापरबाह भएको छ।

Continue reading

मेनुका खतिवडा भट्टराई का तीन गजल

Menuka, Khatiwada, Bhattarai, मेनुका खतिवडा भट्टराई, pallawa, पल्लव

मेनुका खतिवडा भट्टराई

गजल– १,
साच्चै देखाउँछ हर पल देखाउँछ
चाप्लुसी गर्नेले नक्कल देखाउँछ

सोचेथे मनको पिर ब्यथा सुनाउँछु
साथीले त रमका बोतल देखाउँछ

बाचुञ्जेल पानी नसोध्ने त्यो छोरो
मृत्युका मुखमा गंगाजल देखाउँछ .

Continue reading

गजल

Menuka, Khatiwada, Bhattarai, मेनुका खतिवडा भट्टराई, pallawa, पल्लव

मेनुका खतिवडा भट्टराई

साच्चै देखाउँछ हर पल देखाउँछ
चाप्लुसी गर्नेले नक्कल देखाउँछ ।

सोचेथे मनको पिर ब्यथा सुनाउँछु
साथीले त रमका बोतल देखाउँछ ।

बाचुञ्जेल पानी नसोध्ने त्यो छोरो
मृत्युका मुखमा गंगाजल देखाउँछ ।

Continue reading

युद्ध किन … ???

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

चौरीका जहिले बथान सँग लौ शेर्पा छ टापू तिर
राडी पो उसले बुनेर जहिले जाँदो छ लौ बाहिर
संसारै भरका मुहार उसले तान्या छ टापू तिर
कामैको कहिले भयो र गणना जातीय हेला पर।
। १।
शेर्पेनी दिदिले बुनेर कपडा ओछयाउँदो बाहुन
नेवारी घरमा बनेर करुवा बोक्दो जलै बाहुन
नेवारी घरमा चुटेर नबने भाँडो कहाँ तात्छ र
आरन् नै दलितै फुकेर नबसे खाडो कहाँ जाग्छ र।
।२।

Continue reading

मेरा उनी ..

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

न बोल्दा छन् झुट्टो न त छ अरु केही छ्लपन
छ मीठो उस्तै नै सुनु सुनु हुने मोह वचन ।
सधैँ ख्यालै राख्ने हरपल ममा चिन्त्तन कन
सफा सेतो गंङा जलसरह नै निर्मल मन ।।

कहाँ पाऊँ त्यस्तो सब चिज छ मेरो उनसँगै
अटेको आत्मामा उनसँग छ मेरो रस रङै ।
छ बानी झन् उस्तै घर वन सदा तन्मय हुने
कुचोसम्मै टिप्ने कर कर न `कैले ´भय हुने ।।

Continue reading

दुखेसो

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

नानी र बाबा अति ढोंग पारेँ
हेक्का नराख्दा बचरो बिगारेँ
देख्दो छ आत्मा कलिलो बिरूवा
हेर्दा छ मान्छे मलिलो जरूवा ।१।

लाग्यो कुबाटो छ निकै अटेरी
गाँजा र रक्सी पिउँदो नटेरी
ठस्सै छ कोठा मदगन्ध भारी
स्याहार्न आफैँ छु सधैँ तयारी।२।

Continue reading

भूकम्प रोकिन्न रे

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

बासै सम्म लिई गयो प्रकृतिले छोडेन है दैबले
गासै सम्म दरिद्रको लुछि गयो छोडेन है धूर्तले
आएकै छ हुरी दरिद्र शिरमा हान्दैछ लातै हरे
पेटी कस्न तयार हौ गरिबहो भूकम्प रोकिन्न रे

भाला रोप्न तयार हुन्छ सजिलै बुझ्दैन है मूर्खले
ज्वाला उच्च उठे मनुस्य रिसको निभ्दैन है दण्डले
रोप्दैछ्न् सुइरा अझै गरिबमा के हाल होला भरे
छाप्रामा पनि हुन्छ कम्पन अहो !भूकम्प रोकिन्न रे

Continue reading

मृत्युको चोटमा

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

लैजा काल सँगै सबै हृदयका माया निसानाहरु
आत्माबाट रसाइ लौ भलभलै छाँगा नझार्दे अरु
साम्ने आँगनमा लडाइ शव यो छोडिस् तँ खित्का ठुलो
सारा दौलत नै चुडी कन लगिस् बल्दैन मेरो चुलो।
।१।
माटोमा मुटु नै मिली कन गए को पस्छ झुप्रो तिर
आँखाबाट बगून् रसाइ छ्हरा देख्दैन काल्ले तर
कस्तो यो थिति होअचम्म दुनिँया रच्ने बिगार्ने उ नै
लागेको चिचिलो टपक्क चुँडने माया दया छैन क्यै।
।२।

Continue reading

प्रकृति रस

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

लह लह लतिका नाच्दा हवाको धुनैमा
कुहुकुहु पिर पोख्दो कोइली तीँ बहैमा
थिरथिर रुखका हाँगा विगा ती उचाली
चिरचिर चर गर्दा मोह साट्दै उजेली ।
।१।
हर हर पतका खस्दा ति सर्बत्र ढाकी
सर सर त किसानै सोर्छ बाँकी नराखी
थप थप पतकाको टम्म थुप्रो बनाइ
सर सर गुँड हाल्दो पक्छिले तीँ रमाइ।

लक्ष्मी तिमीलाई बिन्ती

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

बर्षौ बर्ष बितेर ´गो´ तर अहो! खै दाजु काँ फर्कियो
होला शान्ति रआउला कुरिरहे द्वन्दै अझै चर्कियो
बारीमा पनि लौ नफूल् मखमली ऐले कतै बोटमा
आमाको हृदये चरक्क चिरिदा सोभिन्न मै चोटमा।

झाडीमा बिमिरो फलिस् त किन को ?पुज्ला र तेरो शिर
सोकै मग्न समस्त छ्न् जनहरु ती पालको मुन्तिर
झुप्रा सम्म लडे `अकाश´ शिरमा कौवा नसोध् हाल यो
नेपाली मनमा रहेन ममता नेपाल बेहाल `भो´।

Continue reading

मेरो जन्मभुमिको सेरोफेरो

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

बग्छन् मेरा सलसल सभा लंखुवा ती सुसार्इ
सेराका ती हलचल गरा फाँट बेसी भिझार्इ
टुप्पामा त्यो टलल गिरि प्यारो मलाई मकालु
पुच्छारैमा अरुण सललै उठ्छ हेर्दै थकालु।

बग्ने आफ्नै गति अरुणको शब्द हल्का फिँजार्इ
भन्ज्याङैमा झटपट सभा मिल्छ उस्मै सजार्इ
बेसीका ती हलहल गरा मस्त खेल्दा बयेली
लेकैमा त्यो हिम गिरि सदा नाच्छ पंखा उचाली।

Continue reading

मेरा उनी

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

न बोल्दा छन् झुट्टो न त छ अरु केही छ्लपन
छ उन्को उस्तै नै सुनु सुनु हुने मोह बचन ।
सधैँ ख्यालै राख्ने हरपल म मा चिन्त्तन कन
सफा सेतो गंङा जल सरह नै निर्मल मन ।।
।१।
कहाँ पाऊँ त्यस्तो सब चिज छ मेरो उन सँगै
अटेको आत्मामा उन सँग छ मेरो रस रङै ।
छ बानी नी उस्तै घर बन सदा तन्मय हुने
कुचो सम्मै टिप्ने कर कर न कै´ले भय हुने ।।
।२।

Continue reading

मेरो गाउँ

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

झुल्के घाम् झलमल् पिढीँ तिर झरी साँझै महाँ निस्कने
खोल्सीमा जलको मुहान कलकल् खेतै छताछुल् हुने
चौकोमा सुकिला सजाइ रहँदा गाग्री र घैटोहरु
साबुन् को चलनै रहेन चलदो माटो खरानी बरु ।
। १।
बास्नाआउँछ मग् मगै दहि घिऊ चल्ती छ ठेकीहरु
हाम्रा गाउँ तिरै अझै छ जिउँदै नेती मदानीहरु
राम्रा ती कति पो चटक्क जहिले चूली अगेँनीहरु
माटोले घरका सनक्क लिपिने भित्ता र आँटीहरु।
।२।

Continue reading

सम्पति मोह छोडौँ मन जोडौँ

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

डाही भो’ धनमा गडेर नयनै बन्धूहरु च्यात्तिए
एकै कोख महा घुमेर रहने सन्तान नी छुट्टिए
जो रासै धनको लगाउँछ लुटी ठूलो उही ठानियो
जो बाँच्नै पसिना बगाउँछ सदा नामर्द ऊ मानियो।
।१।
चेलीझन् उसरी दुखाइ मन ती टाढा हुँदा दिन् दिन
आफ्नै बालक भन्दछ्न् कहिँ कतै आमा पनी चिन्दिन
बा -आमा पनि पो कनिस्ठ मनले सन्तान च्याप्दा अनी
फाटो ल्याइ सहोदरै बिच महा बोल्चाल बन्दै अनी।
।२।

Continue reading

संबिधानले सुमार्ग जुरोस्

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

हाम्रा वीर सपूतका रगतले कानून याँ” लेखियो
दस्ताबेज यिनै जलाउन अहो द्रोही यहीँ देखियो
एकै कंश भए यहाँ छ सकने संसार सल्काउँन
जागौँ सज्जन हो कता तिर ति छन् लागौँ नफुल्याउँन।
।१।
आयो चाह जसै बिधान जगमा बाठा कडाई गर
दीपै शान्ति यहाँ जलाउँन सबै बाचा कठोरै गर
बाँझा फाँटहरु बनेर हरिया भाँडो सबैका भरुन्
आत्मा हाँस्न सकोस दीन हरुको प्यासी गला ती भिजुन्।
।२

Continue reading

तिज

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

धायो तिज् रुपियाँ लिने छ घरमा हाँसो लिइ साथमा .
आयो तिज् गरिबै बसेछ रसिला आँखा लिई प्रातमा
निन्द्रामा जननी उठेर उहिले पाक्थ्यो दरै गाँउमा
डाक्थिन् नित्य उनी पुगेर गरिबै नारी चुलो हो जहाँ।
। १।
करेली भुटदी टिपेर जहिले फल्थ्यो करेसा महाँ
राखेको तिजमा खुवाउन हुने खल्पी बईमै महाँ
आयो लौ नियमै चलेर महिना दिन् भोजमा टाँसिने
आमा गाउँ महाँ रुवाइ शहरै चेली बसी ठाँटिने
।२।

Continue reading

पहिचान गुम्ने चिन्ता

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

क्रान्तीका निहुँमा उठेर हतियार् कैले नरोक्ने भयो
आफ्नोज्यान बचाउँ नै त खुकुरीआफै उठाए भयो
अर्काको मुटु नै चुडाइ फगतै आफ्नो इरादा पुरा
सोझाले सजिलै खुलेर हिँडने बाटो यहाँ खै छ र?
। १।
माटोमा अहिले उदार मनले सेवा दिने को कमी
खाल्डो खन्छ सबै पराय पुरिने साथै दिने को छ नी?
जे नै तन्त्र खसे गरीब तन यी भोको त बस्ने न हो
जो नै बस्न पुगे उँचा कुरसिमा धोक्रो त कस्ने न हो ।
। २।

Continue reading

युद्ध किन?

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

चौरीका जहिले बथान सँग लौ शेर्पा छ टापू तिर
राडी पो उसले बुनेर जहिले जाँदो छ लौ बाहिर
संसारै भरका मुहार उसले तान्या छ टापू तिर
कामैको कहिले भयो र गणना जातीय हेला पर।
। १।
शेर्पेनी दिदिले बुनेर कपडा ओछयाउँदो बाहुन
नेवारी घरमा बनेर करुवा बोक्दो जलै बाहुन
नेवारी घरमा चुटेर नबने भाँडो कहाँ तात्छ र
आरन् नै दलितै फुकेर नबसे खाडो कहाँ जाग्छ र।
।२।

Continue reading

बिधान आउँदै छ रे. . . . .

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

बाटोमा सकसै खपेर जसरी लौ आउँदै पो छ रे
भट्टीमा पिउँदै झुले नि उसले ऊ ल्याउँदै पो छ रे
साप्राका सुकुटी चुसेर अहिले केर् कार गर्दै छ रे
रक्सीमै ढुकुटी सकेर पनि लौ पक्का दिने चैँ अरे।
।१।
च्यात्दो लौ कहिले लुटेर बृफकेस् मौनै रहे बेस रे
भाँच्दो लौ कहिले बसेर कुरसी सारा सहे बेस रे
साधु नै जहिले बनेर पनि लौ झोला भरी पार्छ रे
बाटोका जति जे जनावर थिए मिच्दै उ हाँक्दैछ रे ।
। २।

Continue reading