‘चोट’

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

तिम्रो मुहारमा मैले
आमाको छायाँ देखेकी थिएँ,
तिम्रो गाली र रिसमा
आमाले दिने कर्तव्य बोधको कथा भेटेकी थिएँ ।
विडम्बना !
थाहा भएर पनि बिर्सेछु
सँगै जन्मेको छायाँले त बेलाबखत धोका दिन्छ
तिमी अनि म,
केवल एकै कोखका बासिन्दा
के नै सामिप्यता थियो र ?

 

Continue reading


मिरा तिमिल्सिना का केही मुक्तकहरूः

Mira, Meera, Timilsina, मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

जन भावना र सरकारको व्यवहार फरक भयो
मलहम हौँ भन्थेमात्र रेट्ने हतियार फरक भयो
हिजोको द्वन्दकाल र आजको गणतन्त्र हेर्दैछौँ सबै
राजतन्त्र जित्ने नकचरो मात्र सरकार फरक भयो ।।

पीडामा डुबेको छ कठै! कन्चनपुर बलात्कार भएपछि
दोषीलाई त हाई मस्ती निर्दोषलाई कारागार भएपछि
बलात्कार भयो,न्याय माग्दा हत्याभयो खै केभयो भयो
अन्धो लाटो बहिरो अलि कस्तो कस्तो सरकार भयो ।।

 

Continue reading


मीरा पुरीका केही मुक्तकहरूः

meera, puri, मीरा पुरी, pallawa , पल्लव

मीरा पुरी

खुसी दिन सकेकोमा परिराछु दङ्ग,
टाढा–टाढा रहेकाछौं छैनौँ आफैँ सङ्ग।
मित्रताको डोरी सधैँ सम्भालेर राखौं,
कल्पना मैँ फलाएको हाम्रो यो उमङ्ग ।।

तिमी मेरो जिवनको, अजिज मित्र थियौ
नसोचेको खुशी मलाइ, तिमीले नै दियौ।
तिमीभित्र मित्रता र, प्रीत नै प्रीत रै’छ
अनायसै यो जीवन पो उपहारमा लियौ ।।

 

Continue reading


मिरा तिमिल्सिना “धरा”का मुक्तकहरूः

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

जूनको ज्योति अँध्यारामा धरतीमा शीत
मेचीकाली दुई तिर गाउँछन् एकै गीत
कसैलाई दलदलमा फसाउन हुन्न
नेपाली हौँ नेपालसँग गाँसी राखौँ प्रीत।।

नदी बनी तल झर्यौ सागर भेटाइदिएँ
तिम्रो मनको तिर्सना क्षणमै मेटाइदिएँ
ऊ हिमाली म मधेसी रङ्ग भिन्न थियो र नि
सुन्दर मनको माला उनी उतै पठाइदिएँ।।

 

Continue reading


मिर तिमिल्सिनाका कही मुक्तकहरूः

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

चाहिँदैन दराज पलङ् मात्र इज्जत राख भन्नेहरू हो
विवाहमा आफ्नो प्रतिष्ठा खाली सुन चाँदीमा गन्नेहरू हो
कसरी इज्जत दिनसक्लान ?घरमा लगि बुहारीलाई
नचलेमा मनमौजी घर भित्रै चिहान खन्नेहरू हो।।

निसासिएँ निदरीमा सम्झनाले तान्यौ
एक्लै थिएँ मुस्काउँदैअँगालोमा बान्यौ
पलभर दुबै मिल्दा बन्यो सानो घर
खुसी छु दिलको राजा प्रेमलाई धान्यौ।।

 

Continue reading


मिरा तिमिल्सिना ‘धरा‘का केही हाइकु

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

शिक्षाको खेती
गर्छ अमरज्योति
गाउँमा बसी ।

साथीका हात
अप्ठ्यारोमा समाउ
बाटो काट्नु छ ।

काँडाको बिच
फक्रदो छ गुलाफ
निर्भय साथ ।

 

Continue reading


मीरा तिमिल्सिनाका केही मुक्तकः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

तिम्रो यादले तड्पाएर आँसु झरेको छ
त्यही आँसुमा मौलाएर फूल सरेको छ
फर्की कहिले मन्जरीको दिल छुन्छौ तिमी
मेरो भागमा बहाना त्यै जिउने परेको छ।।

प्यारा आफ्नो अंगालोमा सझाउँछु भन्थ्यौ
सामुन्यमा तिमी पर्दा लजाउँछु भन्थ्यौ
कुरा के भो क्षणमा नै बिलाएर गयौ
राखी समाज तिम्रो हात समाउँछु भन्थ्यौ।।

 

Continue reading


मिरा तिमिल्सिना धराका मुक्तकहरू

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।

मेरो छायाँ हौ तिमी बोलेर गयौ
मुखले माया दिल पोलेर गयौ
भ्रम पालेर बसेँ बुझिन धोका
बुझ्दैछु आज विष धोलेर गयौ।।

 

Continue reading


मीरा तिमल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

जब प्यारमा प्रेमको मीरा परी
तब सृजना भो गजल घरीघरी
प्रकृति साथमा बसी रमाउँदै
प्रशंसाले रङ्गभरी थरी थरी ।

मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।

 

Continue reading


बहरबद्ध गजल

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

साँधमा बस्ने भाइ सार दे
दु:खमा सँगै मीलि प्यार दे ।

बादलू उँडी नील ब्योममा
ढाकनी शशी भो इन्कार दे ।

आलस्या छिटो मेट लौन हो
कामको नदी भेल तार दे ।

 

Continue reading


मिरा तिमिल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

पपी, टमी, किङकङ, खैरे रमाउँदै होलान्
समाई तिनका घाँटी माला पैर्याउँदै होलान्
सम्झदै होलान् आज ईश्वर नै हौँ कि त हामी
भोलि एक गास कुर्नु बिर्सी रमाउँदै होलान।।

फर्म मै जानु पर्ने भो गाई पुज्न पनि अब
गाउँ पस्नु पर्ने भो महत्व बुझ्न पनि अब
आमा त फाल्न खोज्दै छन् यहाँ गाई कस्ले पाल्ने
अभियानै चाल्नु पर्ने भो सुज्न पनि अब।।

 

Continue reading


बहरबद्ध गजल

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

उदायो जून त्यो
सुनायो धून त्यो

लजाई साथमा
रमाई मून त्यो

उठेरे बादलू
कुलेसो थून त्यो

 

Continue reading


गजल

Mira, Meera, Timilsins, Dhara, मीरा तिमिल्सिना ‘धरा’, Pallawa, पल्लव

मीरा तिमिल्सिना ‘धरा’

आफ्नैले धातगर्दा भित्रभित्रै म दुःखेकी छु
स्वागत् गर्न भेटमा नि मनरुँदै जुटेकी छु ।

हातहरु कर्मवीर मल जल गर्न सधैं
लतिका नै काँडा बन्दै घोचेपछि चुकेकी छु ।

देउता सम्झी पुजेकी थेँ पत्थर् पत्थरै बन्यो
देवल देख्दा त्यसैले त मुख छोपी लुकेकी छु ।

 

Continue reading


सु–स्वागतम्

Mira, Meera, Timilsins, Dhara, मीरा तिमिल्सिना ‘धरा’, Pallawa, पल्लव

मीरा तिमिल्सिना ‘धरा’

कहीँ दूर बाटै भएको सवारी
गरेँ स्वागतै, स्वागतै प्रेमधारी ।
गरेँ वन्दना यो सवारी सबैमा
झुकाएर माथा सबैका पदैमा ।।

छ बर्षा र खोला लडेको छ पैह्रो
नमानेर कष्टै सबै पूर्ण भैगो ।
छबाटो नराम्रो सही दुख्ख धन्य
छ सम्मान मेरो सबै मान्य मान्य ।।

 

Continue reading


मेरो जीवन भरी !!

meera, puri, मीरा पुरी, pallawa , पल्लव

मीरा पुरी

जुन दिन मैले उनलाइ भेटे, सारा दु:ख भुलें!
सारा खुशी बन्द थिए, उनकै साथले खुले !!

माया गर्यौ छोडी गयौ, सम्झनामै रह्यौ !
प्रिय ! भन मलाई किन, एक्लो पारी गयौ !!

संगै जिउने संगै मर्ने ,कसम हामीले खायौ !
धोको पूरा हुन नपाइ, हामी अलग भयौं !!

 

Continue reading


”तिमी र म ”

Meera, man, Thapa, मीरा मन थापा, pallawa, पल्लव

मीरा मन थापा

प्रातकालको पुष्प लतिका बनेर ,

म एक आकाश शीत पिउँछु र
चाँदी टल्किन्छु,
यो हिमाल बिहिन देशमा
एक झोंका बयली बतास
मलाई स्पर्श गर्दै
तिम्रो आभास दिएर जान्छन् .!

 

Continue reading


सपनाहरू

Meera, man, Thapa, मीरा मन थापा, pallawa, पल्लव

मीरा मन थापा

एकहुल आशातित मानव झुण्डहरू
सुनसान रातमा शुन्दर सपना खोज्न निस्केकाछन् ,
रात आफैं अँध्यारो बाँचेको छ
खै के बाटो देखाउला …
उज्यालो दिन आफैंमा शुन्दर सपना हो ,
तर लम्पट सुतेर भर्यांगमुनि
मुहारमा घामको आभा छेक्छ मान्छे ,
अनि जूनकिरीको सहारामा
अन्धकारमा घाम खोज्छ ,
यी दुर्घटनाहरू दोहोरिउँन्जेल
सपनाहरू मरिरहन्छन्,

Continue reading