मनोज अन्जान का केही मुक्तकहरू

Manoj, Anjan, मनोज अन्जान, pallawa, पल्लव

मनोज अन्जान

एक ताल भेट्दैमा मान्छे चिन्छु नभन ।
माया लाई पैसा लगायर किन्छु नभन ।
प्रेम भन्दै मा सबै थोक त्यानु उचित हैन
एउटा मुटु छ बाच्नु पर्छ दिन्छु नभन ।

सफलता हासिल गर्नु छ एक दिन मैले ।
अनि बिसाउन पाउनेछु एक छिन मैले ।
अरे आउछ काडाँ बनि गोरेटो हरूमा
पन्छाई काडाँ .पार गर्नु छ कठिन मैले ।

 

Continue reading


मनोजकुमार भट्टरार्इका जोर गजल

Manoj, K. , Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गजल– २,
हजार रोपेर लाखौलाख फलाउन मिल्ने भए
हिरा नि चाँदिकै भाउमा चलाउन मिल्ने भए

लगाउने थिए होला ढुङ्गाकै हार मानीसहरूले
सुन जसतै ढुङ्गालाइ पनि गलाउन मिल्ने भए

छुवाछुत र जातभात सबै अन्त्य हुन्थ्यो होला
धनी गरिब बिचको पर्खाल जलाउन मिल्ने भए

 

Continue reading


गजल

Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

रातो सारी परैबाट ढल्काउदै आर्इ
ओठको लाली नी टल्काउदै आर्इ

एकै नजरले घायल बनायो मलार्इ
हेरौ हेरौ लाग्ने गरी पल्काउदै आर्इ

खै के ले लगायो यति सारो मोहनी
आफ्नै जवानी छछल्काउदै आर्इ

 

Continue reading


मनोज अन्जान का केही मुक्तकहरूः

Manoj, Anjan, मनोज अन्जान, pallawa, पल्लव

मनोज अन्जान

तिमीले चोट दियौ मैले सहन सिकेँ ।
आफ्नै सामिप्यमा मैले रहन सिकेँ ।
भाग्य रेखा कोर्दा पिडानै लेखिएछ
पिडा नै पिडामा भयर बहन सिकेँ ।

आज तराई अनि हिमाल रोएको छ ।
पानि को ताल अनि छाल रोएको छ ।
अाधा शरिर डुबेको छ नेपाल आमाको
अनि त आज सबै नेपाल रोएको छ ।

 

Continue reading


गजल

Manoj, K. , Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गाउँको सोझो केटो म गार्इ पाल्दै बस्छु
टन्न दूध खान्छु अनि गोबर फाल्दै बस्छु

कमी छैन मलार्इ गाँस, बास र कपासको
खाना बनाउन चुलोमा आगो बाल्दै बस्छु

चाहिदैन मलार्इ ठुला सुख दिने महलहरू
भत्किदा मेरो महल माटोले टाल्दै बस्छु

 

Continue reading


मनोजकुमार भट्टरार्इ का जोर गजल

Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गजल– १,
तिहार लाग्यो एक प्याक खाए है बुढी
तिम्रो सम्झनामा अर्को नी लगाए है बुढी

के गर्नु बिदेशमा पैसा टिप्न भनी आइयो
तिहार राम्रो मनाउन पैसा पठाए है बुढी

अर्को साल म पनि आउछु होला सानी
यो तिहारमा फोटाहरु हेर्दै मनाए है बुढी

 

Continue reading


गजल

Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

शरीरबाट मेरो आत्मा उडेपछी हाँसिदिनु
चिहानमा यो सरिर गाडेपछी हाँसिदिनु

सन्सारको नियमै यस्तै छ मेरि मायालु
सानुभन्दै बोलाउन छाडेपछी हाँसिदिनु

म बिना कहिल्यै तिमी अभाभमा नबाँच्नु
मलामिसङै मेरो शरीर गुडेपछी हाँसिदिनु

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

खोजेन बुझ्न घातक अन्तिम निजामलाई
हान्यो खुँडा निकाली मार्यो तमाम लाई ।

जुन खेल जित्नुपर्थ्यो त्यै खेल हारिने भो !
चिन्दैछु बल्ल मैले धनको लगामलाई

हिड्नेछु मार्ग खोज्दै नौलो कदम लिएर
जब सम्म साथ दिन्छन् यी पाइला मलाई ।

 

Continue reading


मनोज का तीन गजल

Manoj, मनोज, pallawa, पल्लव

मनोज

गजल– १,
ओठहरु काँप्छन अनि लेखिन्छ माया
आँखाहरु रसाउछन अनि देखिन्छ माया

दुइ मनको मेल हो रे अचम्मको यो नाता
मुटुहरु धड्कन्छन अनि भेटिन्छ माया

बुझ्नेले त कहाँ गर्दा रछन र यो गन्दे प्रेम
दिमगको बत्ती बल्छ अनि रेटिन्छ माया

 

Continue reading


गजल

Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

एकै नजरले मायामा पर्या देखेकोछु
प्रेममा पागल भएर मर्या देखेकोछु ।

खै कसले सच्चा माया बुझ्छ होला र
फेरि अर्कोलाइ माया गर्या देखेकोछु ।

सारै सस्तो रैछ यो सन्सारमा माया
खै के नपुगेर भिरबाट झर्या देखेकोछु ।

 

Continue reading


गजल

Manoj, K. ,  Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

माया गर्छु पहिला भनी पछि लुटेर गै
तिमी र म एउटै हौ भन्थी फुटेर गै ।

कलियुगे नूतन माया यस्तै हो कि कुन्नी
के कमी थियो कुन्नी अर्कै साथ जुटेर गै ।

न घरको न घाटको बन्छ यस्तो प्रेमी
धोका दिँदै भएको सम्पती पो धुतेर गै ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

जीवन नितान्त एक्लो यात्रा रहेछ आखिर ।
हरपल समीप रहने छाँया रहेछ आखिर ।

धनकै निमित्त आफ्ना त्याग्नेले यत्ति बुझ्नु
यो जिन्दगी त रित्तो भाँडा रहेछ आखिर ।

कोर्दै थिएँ म आफ्नै जो भाग्यको निशाना
भगवान संग बेग्लै खाका रहेछ आखिर ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, kafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन

खोला र नाला यी भीर पाखा कस्ले बनायो ?
मानवहरूमा गोरा र काला कस्ले बनायो ?

जन्मिन्छ मान्छे एक्लै र मर्दा एक्लै हुने छ
मन्दिर र मस्जिद यो धर्म, नाता कस्ले बनायो ?

यो रात यो दिन आकाश, धर्ती मान्छे र पंछी
त्यैं भित्र बादल, घनघोर मेघा कस्ले बनायो ?

 

Continue reading


“स्वास्नीको जात”

Manoj, Pant, मनोज पन्त, pallawa, पल्लव

मनोज पन्त

घरि यो भएन भन्ने
घरि उ भएन भन्ने
बिना कारण,बिना अर्थ
बारम्बार गन गन गरिरहने
कस्तो रहेछ यो
स्वास्नीको जात ।
घरबाट निस्कन पाएको छैन
छिट्टै आउनुस है भन्ने
काम न बेकाम, बेला न कुबेला
फोन गरेर दिक्क पार्ने
साथीभाई संग
एकै छिन भूल्दा
छिन छिनमा मिस कल गरेर
हैरान गर्ने
कस्तो रहेछ यो
स्वास्नीको जात ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

म हर्षले अधर चुमौं नजर लजाउनू तिमी
हिडौं मिलेर पासमा म संग आउनू तिमी ।

म झर्किए नि, प्यारले नयन जुधाउँला प्रिय
समीपमा बसी कुनै कथा सुनाउनू तिमी ।

नजिक भएर बस्न मन छ हरघडी हरेक पल
म दु:खमा हुँदा सधैं सधैं हँसाउनू तिमी ।

 

Continue reading


सुदामासित . . . . .

Manoj, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

न्यानो आगो रुइमा सल्किएझैँ
पानी थोपा मरुमा टल्किएझैँ
त्यो धर्तीको रजको याद आयो
मेरो प्यारो व्रजको याद आयो ।

आयो भन्दा त्रुटि होलान् अनेक
फिर्थ्यो होला गइजाने भए त ।
सम्झूँ सम्झूँ अझ बल्झन्छ याद
क्यै बिर्सेको छु र बिर्सन्छु आज?२

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

लाग्दैन जिन्दगी यो प्यारो हजुर बिनाको
बसमा रहेन मेरो मन यो हजुर बिनाको ।

फर्केर आए प्यारा छिट्टै स्वदेश फिर्ता
होला र भन्नु आफ्नो को पो हजुर बिनाको ।

सम्झेर आँसु झर्छन् मनमा उमंग छैन
लाग्दैछ शून्य बाटोघाटो हजुर बिनाको ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

भविष्य मुग्लानमा पुर्याई लुटे कसैले
सयौं चुनौती बनेर आई लुटे कसैले ।

जुनी जुनी सम्म साथ हिड्ने गरेर बाचा
क्षणिक खुसीको सयर गराई लुटे कसैले ।

गरे कसैले अपार माया रहेर टाढा
करीब आई नजर लगाई लुटे कसैले ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

रिस राग गर्छ जस्ले एक्लो सदा रहन्छ
सबको बनेर बाँचौं त्यसमै मजा रहन्छ ।

बन्छन् सदैव प्यारा मान्छेहरू उसैका
जो संग ज्ञान बाँढ्ने त्यो दक्षता रहन्छ ।

साथी हुँदैन साथी बद्लिन्छ मार्ग सायद
हामी छुटेर जान्छौं कुन को कता रहन्छ ।

 

Continue reading


बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

बिहान हुन्छ, चाँदनी डुबेर गइसकेपछी
हिसाब माग्छ जिन्दगी लुटेर गइसकेपछी ।

रुझाउछौ फगत नयन विगत जगाउछौ किन ?
हजार पाइला तिमी हिँडेर गइसकेपछी ।

हुँदैन गर्न छल कपट घमण्ड भाइ भाइमा
हुनेछ साथमा खुसी झुकेर गइसकेपछी ।

 

Continue reading