समय

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

बुन्थेँ स्वप्नहरू यिनै नयनमा ताँती लगाईकन
भन्थेँ यी करमै छ यो समय ता राखे समाईकन
डुल्थेँ साँझबिहान नै शहरमा भट्केर चारैतिर
खोज्थेँ मेट्न म तिर्सना कुन यहाँ हेरेर चारैतिर ।।

झार्थिन् आँसु मुमा सधैँ बरबरी सन्तान जागोस् भनी
सोच्थे होस् शुभ नै भनेर सबले जस्तै भए तापनि
राम्रो खातिर जे भने नि मनले ठानेन आफ्ना भनी
ढोका बन्द विवेकको किन थियो सोच्दैछु आजै अनि ।।

 

Continue reading


‘तिलहरी’

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

तीजको लहर छाएको थियो।विभिन्न समूह र संस्थामा आबद्ध महिलाहरूको दिनहुॅ दर खाने क्रम जारी थियो।तीजको व्रत बस्ने दिन आउन अझै तीन साता बाॅकी थियो।
महिलाहरू महङ्गा पहिरन र गहनामा सजिएर निस्कन्थे।
जमुना सधैॅ त्यो दृश्य हेर्थी अनि मनमनै सोच्थी ‘विहेकै रातो सारी छॅदैछ।हरियो पोतेमा एउटा तिलहरी बनाएर हाल्न पाए- -।’
“सुरुदेखि नै घर खर्चबाट जोगाएर जम्मा गरेको केही पैसा मसॅग छ यसपालि एउटा तिलहरी लाउने रहर छ बनाऊॅ ?” आज उसले लोग्नेसॅग सोधी।

 

Continue reading


मञ्जु श्रेष्ठका छन्दोबद्ध मुक्तकहरूः

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

कहीँ जिन्दगीदेखि भागी नजाऊँ
सबै कष्ट बिर्सी यहाँ मुस्कुराऊँ
मरी जानु पर्ने छ चोला सबैको
रहुन्जेल हाँसीखुशी नै सजाऊँ ।।

नियति(छन्दोबद्ध मुक्तक)
किन जीवन दुख्छ यहाँ यसरी ?
नफुलीकन झर्छ मुना कसरी ??
बिपना किन बन्छ चिहान यहाँ?
सपना किन उड्छ धुँवा जसरी ??

 

Continue reading


म आवाज लिएर आउँदैछु

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

(महिलाहिँसाविरुद्ध दिवस विशेष)
ए मनुका अन्धभक्तहरू हो !
हटाओ अब
आँखामा बाँधिएका
काला पट्टीहरू
म खोल्दैछु अब
मेरो मुखमा मारिएको
भोटे ताल्चा
र, अब
नयाँ बिहानीको
आवाज लिएर आउँदैछु।

धेरै बेर बसेँ
आवाजविहीन भएर
सक्तिनँ अब
दासताको
विष पिएर बाँच्न
अब दैला दैलामा
म आवाज लिएर आउँदैछु।

 

Continue reading


मञ्जुका केही टुक्राहरूः

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

दुई दिनको घामछायाॅ जिन्दगानी
बाॅचुन्जेल चल्छ व्यर्थै खिचातानी
‘बाॅच र बाॅच्न देऊ’ मूल मन्त्र भुलेपछि
बिना याम सिद्धिॅदो रहेछ रामकहानी।

रोगी ज्यान हुँदैछ है दिनदिनै टाढा छु हेर्दै घर
कस्तो हुन्छ बसाइ त्यो घर भनी आफै बसेको तर
यौटा थ्यो सपना यहाँ हरघडी बस्ने सबै साथमा
लेखेनन् कि बसे भनेर घरमा ती दैवले माथमा।।

-शार्दूलवीक्रिडीत

 

Continue reading


‘कथा जिन्दगीको’

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

थिएँ नेत्रनानी
हुँदामा जवानी।।
छुट्यो साथ चाँडै
नमिल्दा कहानी।।

थियो पुत्र जाती
पुकारेँ भवानी।।
जसै देश छोड्यो
भयो बेइमानी।।

 

Continue reading


बालापना

श्रेष्ठ मञ्जुश्री

श्रेष्ठ मञ्जुश्री

राम्रा प्यारा सब दिन थिए दीन कोही थिएन
आफ्ना सारा जगतभरका क्वै पराई थिएन
आमाको त्यो हरपल थियो काख न्यानो मलाई
केले छोड्यौ जगतभरमै रिक्त पारी मलाई।।

के हो काॅडा पगपग पसी घोच्छ सारै यहाॅ है
पाएॅ थाहा जब पर उड्यौ पङ्ख हाली कहाॅ है
मेरो चाहा मनमन भुली साथ छोड्यौ कसोरी
खोजे सारा तनमन डुली हात छोड्यौ कसोरी।।

 

Continue reading


श्रेष्ठका छन्दात्मक मुक्तकहरूः

श्रेष्ठ मञ्जुश्री

श्रेष्ठ मञ्जुश्री

छ हालीमुहाली उसैको जमेको
उही भन्छ पाएन केही भनेको
जलाएर राॅको पराई हॅसायो
उजारेर बस्ती कसोरी रमेको।।

उडेको छ पैसो चियापान भन्दै
महङ्गो छ मालाँत सम्मान भन्दै
गरी खर्च व्यर्थै भयो देश रित्तो
अझै लाउॅछन् फूर्ति लौ शान भन्दै।।

 

Continue reading


मञ्जु श्री का केही छन्दात्मक टुक्राहरूः

श्रेष्ठ मञ्जुश्री

श्रेष्ठ मञ्जुश्री

छन्दः मन्दाक्रान्ता
डाँडाकाँडा वनवन डुली खेलियो यी धरामा
पुग्यौँ चुम्नै शिखर पनि पो त्यो छ यी नै धरामा।
नामी हामी जगतभर नै मित्रतामाँत थ्यौँ है
बोकी भालाँसबतिर धसी साथ रेटी दियौ है।।

संसारैमा कवि रवि बनी देखिए जो मनैले
यो माथैको नमन छ भनी सुन्दिए है सबैले।
तेसै राम्रा कविजन अझै छन्दमा ढल्छ ज्यान
देहै सारा फुरुफुरु हुने दङ्ग भो यो परान।।

 

Continue reading


मञ्जु श्रेष्ठका केही टुक्राहरू

श्रेष्ठ मञ्जुश्री

श्रेष्ठ मञ्जुश्री

एक टुक्रा
कतै आॅसुधारा कतै हर्ष ज्यादा
नबुझ्दै जुनी यो बित्यो हेर आधा
कहाॅ रैछ चोला सुगन्धी बगैॅचा
छ काॅडा यहाॅ फूल भन्दा नि ज्यादा।।

मुक्तक

न बाटो छ सोझो न यात्रा सुनौलो
व्यथा जिन्दगी भो चुनौती छ नौलो
म सोच्थेॅ जुनी यो चमेली र बेली
भयो आज काॅडा मलाई त नौलो।।

 

Continue reading