गजल

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

कुल देवता भाकेर, जन्माएको छोरोले
स्वस्थानी व्रत राखेर, जन्माएको छोरोले ।

बोका भाकल गरी, मुली थानीलार्इ,
लाख बत्ती बालेर, जन्माएको छोरोले ।

सप्त क्न्या छोरी पछि, छोराको रहरमा,
ज्यानको आशै मारेर, जन्माएको छोरोले ।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’ का मुक्तक

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

लुकिलुकी चोरिचोरी, कर्के नजर ला’उनेलाई
मोहनीले बाधमकी, पछिपछी धाउनेलाई ।
लैजा चरी खबर छोड, मै पनि मन पराउँछु,
गोरो गोरो गालामा, चट्ट दाह्री सजाउनेलाई ।।

ख्याल ख्याल गर्दागर्दै, उतै मन सर्या थ्यो
मैले जस्तै उस्लेपनि, धेरै माया गर्या थ्यो ।
बाबाको इज्जतलाई, दिए प्रेमको बलिदान,
आफुलाई त! उहीँ, दाह्रीवाला मन पर्या थ्यो ।।

 

Continue reading


मन्जु सिल्वाल ‘त्रिपाठी’का केही मुक्तकीय टुक्राहरूः

Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

सकिएन सहन, नशानशा गल्छ हजुर
हजुरको यो मौनताले, मुटु जल्छ हजुर।
कमजोरी हैन हजुर, शक्ति बनी दिनुस्,
लर्खराई बिस्वासका,आस्थाहरू ढल्छ हजुर ।।

याद बोक्ने बाटोहरू मै, बारी दिउँला !
हास्नु तिमी आँसुजति मैँ, झारी दिउँला !
बनेहुन्छ शिकारी, बिछ्याउ धोकाको पाँसो,
जीत! जीत! जीत! तिमी मैँ, हारी दिउँला !

 

Continue reading


गजल

Manju, Paitola,, मन्जु पैतोला,pallawa, पल्लव

मन्जु पैतोला

मानव तक्दिरको कुनै तस्विर नभएर
रोइरहेकी छु सम्झनाको चीर नभएर |

मेरै सामु अन्याय हुँदा टुलुटुलु हेरिरहे
देख्दै हट्टाकट्टा बाहुबली शरीर नभएर |

खै कसले कहाँ कसलाई सुनाएछ बह
छातीभित्र मुटु एकै ठाउँमा थीर नभएर |

 

Continue reading


समय

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

बुन्थेँ स्वप्नहरू यिनै नयनमा ताँती लगाईकन
भन्थेँ यी करमै छ यो समय ता राखे समाईकन
डुल्थेँ साँझबिहान नै शहरमा भट्केर चारैतिर
खोज्थेँ मेट्न म तिर्सना कुन यहाँ हेरेर चारैतिर ।।

झार्थिन् आँसु मुमा सधैँ बरबरी सन्तान जागोस् भनी
सोच्थे होस् शुभ नै भनेर सबले जस्तै भए तापनि
राम्रो खातिर जे भने नि मनले ठानेन आफ्ना भनी
ढोका बन्द विवेकको किन थियो सोच्दैछु आजै अनि ।।

 

Continue reading


भावना मन्जु का जोर कविता

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

१) जिन्दगी
नचाहेरै बाँचे यो जिन्दगी
नचाहेरै हाँसे यो जिन्दगी
दिइरयो नगरेका आरोप
सकेजति सहे प्रत्यारोप

आफैलाइ कैदी बनाएर
दुखेको मुटुलाई जनाएर
थाक्यो रे अब इशारा गर्छ
थरथर कापेर यो त डर्छ

 

Continue reading


गजल

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

समयले नै सबैलाई निडर बनायो
जोडी छुट्टीनु पर्नेनै लहर बनायो ।

जहर पिलाएर अमृतको संज्ञा दिन्छ,
हाँस्ने नसक्ने लौन ती अधर बनायो ।

दिलको जवाफ दिमागले दिन्छ लौ,
वृद्ध गाँउमा शहरमा पो घर बनायो ।

 

Continue reading


गजल

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

दुखिरहन्छ, मनमुटु, उनको यादमा सदा
भइ म अर्धचेतमा, दुनियाँ माँझमा सदा

मनका तरङ्ग भित्रभित्रै युद्ध गर्छन् अति
अपार ममता, बस्छु, जुन हेर्दै रातमा सदा

उनकै संरचनामा चलेकी छु, हर प्रहरमा
अब छ,मात्र, आशिर्वादको आशमा सदा

 

Continue reading


भावना मन्जुका कविता

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

काँडाहरूका माझबाट नै गुलाब मुस्काउँछ
हिलोको माझ यो कमल पनि बसाउँछ
निहालीरहेछु आज कस्तो होला भोली
यकिन अवत: येस्तै मनुष्यको काहोनी ।

भगवानको सन्तान हामी बराबरी मन
यही अनमोल अनि सबसे अलग धन
नियतीलार्इ दोष नदिनु नैतिकता मान्नु
जन्मेको मर्नलार्इ हो येती सबले जान्नु ।

 

Continue reading


भावना मन्जुका केही मुक्तकहरूः

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

दुखाएको मनलाई मनले नै दयालु मलम लगाउ
अन्याय ढल्न सकोस तेस्तो लौन कलम समाउ
अौल्याएर नबोल्नु कसैलाई कमजोरी ठानिकन
जन्मिदै कसैले जानेको हुन्न नाम हैन ईज्जत बचाउ ।

भावनाले जोडिएका सम्बन्धहरू काँहा लौ अन्त्य हुन्छन् र !
कदर नभए एक-अर्कामा कसरी दिलले दिल पो छुन्छन् र !
जति नै तुफान अनि सुनामीले किन नढाकोस जीवनमा यहाँ
आखिरमा सम्बन्ध समधुर भई छाड्छ नत्र नरूने कुन्छन् र !

 

Continue reading


सास्ती र तुफान सुनामीमा हाेमी रहन्थ्याे !

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

श्रीमती संग खुलेर नबाेल्ने बानी उसकाे थियाे । सपनालाई याे कुरा पटक्कै मन परेकाे थिएन ।अरूसंग खुलेअाम बाेल्ने उनीसंग बाेल्दा रिसाउथाे । अनयासै गाली गलाैजकाे शिकार बनाउथाे ! शंका उपशंका गरि ईज्जतकाे धज्जी उडाउथाे । भित्रभित्रै जलन भई छटपटाउ थिन उनी त ! सामुन्ने रून हुन्न थियाे गाली गरि कराउथाे । नमिठा शब्दहरू प्रहार उनकाे लागि असैह भएकाे थियाे ।
साेचमग्न हुन्थिन अाखिर कहिले सम्म …! मनमनै भरिएर रून्थिन ।

 

Continue reading


गजल

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

पीडाले छटपटाएको मनले हसाउँ कसरी ?
सुख्खा भएको यो आँतलाई रसाउँ कसरी ?

उजाडिए सारा मनका पात पतझड भै झरेर
यस्तो मनस्थितीले मायामा फसाउँ कसरी ?

सदाबहार एकै किसिमको पीडादायी दैनिकी
भन आफैँ मन मुटुमा लौन मैले पसाउँ कसरी ?

 

Continue reading


भावना मन्जुका मुक्तकहरू

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

, भावना मन्जु

खुसीले छुन नपाउँदै दुखले घेरी दिन्छ
दैव पनि मस्तसंग रमिता हेरी उ दिन्छ
जाे सत्यमा हिड्छ सदाबहार यहाँउहाँ
उसैलाई पिडैपिडाले सर्वाेपरी बेरी दिन्छ

संगै रहदा पनि हैरानीकाे भागिदार बनाउछाै
टाढा हुदा तिनै दर्दले भरिएका याद पठाउछाै
तिम्रै यादमा विताउदै दिनरातहरू अर्थहिन संग
तिम्राे खुशीमा मात्र सदा मेराे जीवन चलाउछाै

 

Continue reading


‘तिलहरी’

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

तीजको लहर छाएको थियो।विभिन्न समूह र संस्थामा आबद्ध महिलाहरूको दिनहुॅ दर खाने क्रम जारी थियो।तीजको व्रत बस्ने दिन आउन अझै तीन साता बाॅकी थियो।
महिलाहरू महङ्गा पहिरन र गहनामा सजिएर निस्कन्थे।
जमुना सधैॅ त्यो दृश्य हेर्थी अनि मनमनै सोच्थी ‘विहेकै रातो सारी छॅदैछ।हरियो पोतेमा एउटा तिलहरी बनाएर हाल्न पाए- -।’
“सुरुदेखि नै घर खर्चबाट जोगाएर जम्मा गरेको केही पैसा मसॅग छ यसपालि एउटा तिलहरी लाउने रहर छ बनाऊॅ ?” आज उसले लोग्नेसॅग सोधी।

 

Continue reading


मञ्जु श्रेष्ठका छन्दोबद्ध मुक्तकहरूः

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

कहीँ जिन्दगीदेखि भागी नजाऊँ
सबै कष्ट बिर्सी यहाँ मुस्कुराऊँ
मरी जानु पर्ने छ चोला सबैको
रहुन्जेल हाँसीखुशी नै सजाऊँ ।।

नियति(छन्दोबद्ध मुक्तक)
किन जीवन दुख्छ यहाँ यसरी ?
नफुलीकन झर्छ मुना कसरी ??
बिपना किन बन्छ चिहान यहाँ?
सपना किन उड्छ धुँवा जसरी ??

 

Continue reading


डायमण्ड

Shrestha, Manju, मञ्जु श्रेष्ठ, pallawa, पल्लव

मञ्जु श्रेष्ठ

एउटा विदेशी कुकुर किन्ने चाहना पूरा भएकोले रोजी निकै प्रसन्न थिई।उसले देब्रे हातले कुकुर च्यापेकी थिई।दाहिने हातले कुनै बेला आफ्नो आँखा छोप्ने कपाल मिलाउँथी कुनै बेला कुकुरलाई सुम्सुम्याउँथी।
“तिम्रो नाम मैले डायमण्ड राखेँ है।”कुकुरलाई सुम्सुम्याएर ऊ बोली,”कति राम्रो ! त्यो सविताले आफ्नो कुकुरको खूब बखान गर्छे।उसको कुकुरभन्दा मेरो डायमण्ड त कति राम्रो छ।”
उसको लोग्नेले पुलुक्क ऊतिर हेर्यो।

 

Continue reading


मञ्जु श्रेष्ठका कही मुक्तकीय टुक्राहरूः

Shrestha, Manju, मञ्जु श्रेष्ठ, pallawa, पल्लव

मञ्जु श्रेष्ठ

सधैँ एक ढिक्का कहाँ हुन्छ मान्छे
जता लाभ धेरै उतै पस्छ मान्छे
कतै बन्छ गोही भरी नेत्र आँसु
गरी बात मीठा छुरा धस्छ मान्छे ।
छन्दः भुजङ्गप्रयात

आफ्नै मनका कुरासँग खेल्नुपर्छ कसैकसैले
बिना दोष सजाय यहाँ झेल्नुपर्छ कसैकसैले
हरेक पल रङ्गीन सपनाहरूको घाँटी रेट्दै
मरी मरी जिन्दगी यो ठेल्नुपर्छ कसैकसैले ।

 

Continue reading


मञ्जुका केही मुक्तकः

Manju , Tripathi, मञ्जु त्रिपाठी, pallawa, पल्लव

मञ्जु त्रिपाठी

सै राम्रो मान्छे कति मिठो बोली तिम्रो
सङ्गै तर्न पाए हुन्थ्यो पिरतिको खोली तिम्रो
आँखाको नानीमा बसि मुटु छुने मान्छे तिमि
भाग्यमानी हुन्थ्ये होला लगाउन पाए चोली तिम्रो

हाम्रो माया साचो रहोस दुनियाँको हासो नबनोस
उपहारहरु चिनो रहुन फिर्ता दिने नासो नबनोस
हातै भरी छिनछिन चुरा सिन्दुर टीका पोते
रक्षा कवज सरि रहुन गले पासो नबनोस

 

 

Continue reading


म आवाज लिएर आउँदैछु

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

(महिलाहिँसाविरुद्ध दिवस विशेष)
ए मनुका अन्धभक्तहरू हो !
हटाओ अब
आँखामा बाँधिएका
काला पट्टीहरू
म खोल्दैछु अब
मेरो मुखमा मारिएको
भोटे ताल्चा
र, अब
नयाँ बिहानीको
आवाज लिएर आउँदैछु।

धेरै बेर बसेँ
आवाजविहीन भएर
सक्तिनँ अब
दासताको
विष पिएर बाँच्न
अब दैला दैलामा
म आवाज लिएर आउँदैछु।

 

Continue reading


मञ्जुका केही टुक्राहरूः

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

दुई दिनको घामछायाॅ जिन्दगानी
बाॅचुन्जेल चल्छ व्यर्थै खिचातानी
‘बाॅच र बाॅच्न देऊ’ मूल मन्त्र भुलेपछि
बिना याम सिद्धिॅदो रहेछ रामकहानी।

रोगी ज्यान हुँदैछ है दिनदिनै टाढा छु हेर्दै घर
कस्तो हुन्छ बसाइ त्यो घर भनी आफै बसेको तर
यौटा थ्यो सपना यहाँ हरघडी बस्ने सबै साथमा
लेखेनन् कि बसे भनेर घरमा ती दैवले माथमा।।

-शार्दूलवीक्रिडीत

 

Continue reading