‘विदेश’

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

विदेश जाने छ अपूर्व इच्छा ।
पढेर भाषा दिइयो परिक्षा ।
भिसा परेका दिनमा म हांसें ।
मेरा हितैषीजन मित्र नाचे ।।

बैकुण्ठ पाएर भने कराएं ।
आनन्दले नृत्य गरें रमाएं ।
मेरा हजारौं परिचाहनामा ।
आएछ मौका मनकामनामा ।।

 

Continue reading


‘माटो’

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

पाऔंला धनमान-शान-पदवी,माटो कहां पाउंला ।
पाऔंला बल-बुद्बि-शीप-करुणा,माटो कहां पाउंला ।
पाऔंला परिवार हार-मणि या,माटो कहां पाउंला ।
पाऔंला घरद्वार भार-भरिया-माटो कहां पाउंला ।।

ज्युदै स्वर्ग म जाउंला सुयशले,माटो कहां पाउंला ।
पाऔंला वरदान मान ममता,माटो कहां पाउंला ।
पाऔंला मणिलोक सौख्यसुख या,माटो कहां पाउंला।
आंखा-कान-अपान पाउं तर यो,माटो कहां पाउंला ।।

 

Continue reading


छोडेर जाऔं चिना !!

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

मेराभित्र सुगन्धकन्द छ भने-संसार मेरो भयो ।
गन्धैगन्ध प्रबन्ध बन्द छ भने, सप्पै विरानो भयो ।।
किन्दैनन् चिनी-गुड गै पसलमा, ऐसेलु मेवा फल ।
भित्रैबाट निकाल्दछन् सुरसिला, स्वादिष्टता काफल ।।

भन्दैनन् स्वयमेव छु म गुलियो, गन्ना उखुले पनि ।
फेदैसम्म उखेल्छ स्वाद अरुमा, अर्पे सवै जीवनी ।
बोल्दैनन् तर दीप्तछन् रविप्रभा, संसार छापी दिए ।
आफैले स्वयमेव भन्छु मइले , धर्ती उचाल्ने थिएँ ।।

 

Continue reading


अनुष्टुपका केही पङ्ति

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

निर्धाका पसिना माथि कुशासन जमाउने ।
जमर्को फेरी गर्दैछ शिर ठाडो गराउने ।।

मुखले ज्यामी हुँ भन्छ सीप सम्पति भन्दछ ।
निर्धो अगाडि मिल्दामा दल्नु सम्मन दल्दछ ।।

चर्का भाषण ऊ गर्छ राष्ट्रवादी म भन्दछ ।
ठगी खान नपाएमा खोइरो अरु खन्दछ ।।

 

Continue reading


सदीक्षा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

पीडा भो घर धान्न आजित भऍ एक्लै गरी आर्जन ।
सोच्दैनौ किन मानवीय गुण हो,कर्तब्य हो सम्झन ।।
तिम्रो पो घरबार पूर्ण छ यहा धान्नै भयो चिन्तन ।
जस्को छैन घरै भने त उसको को बुझ्छ पीडा भन ?

छोरी पुत्र पढाउनै नसकिने सानो भयो जागिर ।
ब्यर्थै जन्म लिएछु यो धरतिमा के गर्नु खै आखिर ।।
यस्तो चिन्तन ब्यर्थ हुन्छ दुनियाँ सम्झाउ आफ्नो मन ।
छोरी पुत्र अभावमा पिरहुने भुल्यौ कि हे सज्जन ।।

 

Continue reading


राम मणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
तँ साहित्य लेख्छस् भरी क्लिष्ट शब्द ।
म लेख्दैछु जम्मा गरी मिष्ठ शब्द ।।

नराम्रो नि राम्रो बनाइन्छ पक्का ।
सजाएर लेख्ने गरे ईष्ट शब्द ।।

सबैले बुझी शीर्ष हल्लार्इ गाए ।
तिनै स्वादिला हुन् र विशिष्ठ शब्द ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर कविता

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

कविता– १, मनले सामान्त चिन्ने गर
हाम्रा बाबु बराजु शोषण गरी जग्गा विहिन् पार्दियौ ।
पुस्तौँ नोकर चाकरी रजगजै सारा पसिना लियौ ।।
मंत्री आज बनेर भाषण गरी जग्गा म बाड्ने भनी ।
पत्यारै किन गर्दथ्यो कुन ‘सुकुम्बासी’ मनैले गुनी ।।

यत्रो खाडल यो धनी गरिबको जस्ले बनायो यहा ।
उस्कै संतति आत्तिदैछ पिरले गर्दै गुहारा यहा ।।
संस्था नाम दिएर भूमि हिनको विश्वास जित्ला कतै ।
गुम्ला औसरवादका छलपरी दुर्नाम आर्जिन्छ है ।।

 

Continue reading


तीतो मीठो हो . . . . .

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ढाक्यो बादलले परन्तु रवि नै ज्योत्स्ना जलाई रहे ।
खोलाले धमिले परन्तु जलधी संग्लो बनाई रहे ।।
विष्टामूत्र सुगन्ध पारी धरणी उर्जा फलाई रहे ।
भुक्नेकुक्कुर भुक्छ नाहक सखे भुक्दैन हात्ती अहे ।।

पाकेको फलमात्र हेर्दछ सबै पोख्छौ दुखेसो किन ?
बालेको ज्वलदग्नि ताप्दछ सबै पीडाभएको किन ?
हुन्नन् काष्ट सुगन्धदायक कुनै घोटिन्छ श्रीखण्ड हो ।
घोट्नैपर्दछ पाखुरा समयले घोटेर नै मूल्यभो ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

अँधेरो हटेमा भनौँ जुन्छ पक्का ।
भए वेश सुय्या लुगा तुन्छ पक्का ।।

भए आफु दोषी,सबैको नराम्रो ।
विताएर बेला भरे रुन्छ पक्का ।।

उदेश्यै नराम्रो भए पर्छ धोका ।
सुधार्दा त बानी मनै धुन्छ पक्का ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

यहाँ पेल्न पाए सधैँ पेल्छ मान्छे ।
गिता धेर गाए सधै पेल्छ मान्छे ।।

हदै सम्म माया भए वेश राम्रो ।
शिरैमा चढाए सधै पेल्छ मान्छे ।।

विरोध् गर्न थाले उधो शीर्ष पार्छ ।
नबोली निदाए सधै पेल्छ मान्छे ।।

 

Continue reading


राममणि अचार्यका एकजोर कविता

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

सत्कर्म सम्पूर्ण हो !!!
सेवा भाव लिएर नै सब जुनी बित्दोछ निरन्तर ।
सोचेको विपरीत भो प्रतिफलै आश्चर्य लाग्यो तर ।।
जो जो हर्षित छन् सबै परपरै आफ्ना थिएनन् सबै ।
आफ्नाको खुश गर्न भो कठिनता सम्पुर्ण भागे परै ।।

लाग्यो यो पनि चुम्बकीय नियमै आश्चर्यमा पो परेँ ।
खौरेरै मसिनो हुदैन र दिदा आफन्त बन्दैन रे ।।
जो जो छन् नजिकै तिनै बलगरी उत्रे विपक्षी बनी ।
धोकाबाट सिकेर पाठ गतिलो चल्दैछ दैनिन्दनी ।।

 

Continue reading


पिडा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

व्यर्थै गो कुहिएर ओखतमुलो जस्का वनैमा सबै ।
मर्नै वाध्य बनाइए जनहरू वेऔषधी कल्पदै ।।
खोला बग्दछ नित्य खोँच तिरको बाटो विना कामले ।
पानी वेगर तड्पिदै दिन कुरे खेती र उद्यानले ।।

खेती योग्य जमीनमा घरबने पर्ती भए जो बचे ।
दुर्भिक्षे अनिकालको पिर कथा भज्दैछ यो देशले ।।
पर्देसिन्छ युवादलै पिडित भै कामै नमिल्दा यहा ।
यस्तो दुच्छर राजनीति त कतै पाइन्न संसारमा ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

कतै चल्छ सत्ता त अण्डाहरूको ।
कतै चल्छ सत्ता त डण्डाहरूको ।।

ल यो गृष्म गर्मी बढो धेर तात्यो ।
भयो पार बेला ल ठण्डाहरूको ।।

पुराना कसौँडी सबै दूर भाग्दा ।
छ भान्सा भरी राज हण्डाहरूको ।।

 

Continue reading


गुरू वन्दना

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

के को वर्णन गर्नु सुन्दर कुरा राम्रो त राम्रै छ नि ।
वास्नाको किन गर्नु व्यर्थ गुणगान् यो सुन्दरै हो भनी ।।
बर्खीलाप गरिन्छ दुष्ट जनको सुध्रेर जाओस् मति ।
यै हो ओखति घोचपेच नरको संझेर सुध्रे कति ।।

के विज्ञापन गाउने असलको जो नामले चिन्दछ ।
धेरै कम्सल बस्तु ढाँट्न सजिलो पर्चारले किन्दछ ।।
धेरै दुष्ट भए भने ग्रहहरू पूजा गरिन्छन् यहाँ ।
सोझाले अपमान खेप्दछ सधै को गर्छ पूजा कहाँ ।।

 

Continue reading


चुनाव

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बिँडै हो वल ती खुडा र खुकुरी कुन्दो छ बन्दूकमा ।
त्यस्तै भोटदिने रहन्छ वलमा सर्वोच्च नेतृत्वमा ।।
कस्ले गर्दछ व्यर्थ मान उसको कामै चलायो गयो ।
हामी चैँ अबुझै बनी हरघडी उफ्रेर के काम भो ।।

गोरूका वलले तनाउछ हलो गुण्डा दियो खानमा ।
घोडा बोक्दछ थाम्छ भार उसले दाना छ सम्मानमा ।।
यो चाला नबुझी बुझेर कतिले व्यर्थै जवानी गयो ।
शक्ती बास बसेपछी मनुज हो शिक्षा विनाकाम भो ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
भयो लाज लाग्दो चली निन्दु सत्ता ।
छ छायाँ अनौठो बली इन्दु सत्ता ।।

दिसा गर्छ ल्वागे पछि देख्छ दैलो ।
कता उठ्न सक्ला ढली हिन्दु सत्ता ।।

सबै घुम्छ फन्को पुरा गर्छ मूर्ख ।
सके भातमारा छली विन्दु सत्ता ।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

१) हितोपदेस
वासस्थान छ काचको वरिपरी आफ्ना घरैको तर ।
ढुङ्गा हान्दछ नित्य ऊ रिस गरी अर्काहरूका घर ।।
के होला र भविष्य उज्वल उसै बुझ्दैन त्यो मूर्खले ।
यस्तो सोच लिएर धेर मनुवा पारी तरे जो ढले ।।

आगोका सित खेल्न उत्सुक छ जो उस्कै छ लाहा घर ।
ईर्ष्या पाल्दछ जो मनुष्य उसको उद्योग देखिन्छ र ?
अर्काको बदखाइ वर्णन गरी बढ्दैन उस्को छवी ।
थाक्दैनन् दिनरातको लगनमा पूजा भएका रवि ।।

 

Continue reading


ईच्छा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

खोले पेट भरी नभेटिइ गयो आशा गरी प्राण यो ।
भो भो पिण्ड म खान्न श्राद्ध रसले पर्दैन गर्नु भयो ।।
नाङ्गो आङ लिएर व्यतित भयो खाँडी न भै ज्यान यो ।
भो भो लाश नढाक तास कपडा पर्दैन लज्जा भयो ।।

तारामण्डल झोपडी कुरिगयो दुःखै गरी जिन्दगी ।
भो भो लाज नपार कब्र गतिलो ढालेर सिँहार्मरी ।।
मैले क्यै सुख दान गर्न नसकी फालेँ पुरै जिन्दगी ।
हे आफन्त नबार व्यर्थ नुन है मेरा पिरैमा बसी ।।

 

Continue reading


राममणिका तीन गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
मनै हुन्छ कप्टी स्वयं नाश हुन्छ ।
बने मूर्ख मान्छे कुशै घाँस हुन्छ ।।

यहा खेत बाझो भएको छ साथी ।
घरै छैन जोत्ने कहा चास हुन्छ ।।

रूदै छट्पटिन्छिन् त नेपाल आमा ।
रहे सास बाकी झिनो आश हुन्छ ।।

 

Continue reading