मान बहादुर धामीका केही मुक्तकहरूः

Man, bahadur, Dhami, मान बहादुर धामि, pallawa, पल्लव

मान बहादुर धामि

(१)
मलाई जन्माउनु भाको होग मेरी आमाले
अनि हुर्काको हो बढाको हो मेरी आमाले
मेरो बाबा सज्जन र अक्षित भएकाले
बाबालाई शिक्षा दिलाको हो मेरी आमाले
(२)
आफ्नै जिन्दगी आफैलाइ भार लागेको छ!
अनेक थरी रोगहरुको बिमार लागेको छ!!
जुन दिनदेखि म घरबाट बाहिरीएको थिए!
त्यो दिनदेखि आमा बाको प्यार लागेको छ!!

 

Continue reading


मन मुटु संगम घिमिरेका केही मुक्तकहरूः

Man, Mutu, Suman, Sarthak, Songam, Ghimire, मन मुटु संगम घिमि, pallawa, पल्ल्व

मन मुटु संगम घिमिरे

प्यासिको प्यास मेट्ने माया तिमी भए !!
संघर्ष को मैदानमा दायाँ बायाँ तिमी भए!!
जस्तोसुकै कठिन अप्ठ्यारो मा परे पनि,
सितल दिने छहारी को छायाँ तिमी भए!!

यसरी हुन्न माया जोस मा आएर !!
समालिनु पर्छ आफै होस मा आएर !!
जति टाढा झन उति माया गाढा,
मिलाउनु पर्छ शब्द कोशमा आएर!!

 

Continue reading


मन मुटु सुमन घिमिरेका तीन गजल

Man, Mutu, Suman, Sarthak, Songam, Ghimire, मन मुटु सुमन घिमि, pallawa, पल्ल्व

मन मुटु सुमन घिमिरे

गजल– १,
सप्तरंगि बगैंचा को माली न भने!!
जता राम्री उतै जाने जाली न भने!!

सयौ केटा पछि छ्न प्रेम गर्न तिम्रो,
माया रुपि शब्द हुन गाली नभने!!

मैले मन पराए तिमिले केहो छैन थाह,
एक हातले बझाएको छ,ताली नभने!!

 

Continue reading


“गजल “

Man, Dil, Ek, मान दिल एक, pallawa, पल्लव

मान दिल एक

कोशिश जारी राख ,सुन झैं खारिन सक्छौ
फरक तरिकाले जिन्दगी बद्लिन सक्छौ

दिमाग् विचारको कारखाना हो साथीहरू
ज्ञान लिन सक्छौ, केही ज्ञान दिन सक्छौ

अहिले समय बिटुलो परेर संघर्षमा पनि
पिध छेडिएका भाडाहरूमा चुहिन सक्छौ

 

Continue reading


गजल …!!!

Man, Rasaily, मन रसाइली, pallawa, पल्लव

मन रसाइली

आफ्नै मुटु घाती भयो दैव लागे पछि !
साँच्चै नाना भाँती भयो दैव लागे पछि !
.
निभ्यो दिप जिन्दगीकै देउरालीको कसम !
न दियो न बाती भयो दैव लागे पछि !
.
कति बसुँ रेटिएर चोट खाने मेरो !
अचानो झैँ छाती भयो दैव लागे पछि !

 

Continue reading


गजल

Man, Rasaily, मन रसाइली, pallawa, पल्लव

मन रसाइली

भने जति माया दिन्छु, तिमी आए पछि !
दुख भोगी मै रेटिन्छु , तिमी आए पछि !!

रानी बनी यो दिलमा , मोज गरि खाउली !
साँच्चै लैना भैसी किन्छु तिमी आए पछि !

घर धन्दा चुलो चौको , मै गरौंला बरु !
ढिकी कुट्छु जाँतो पिन्छु तिमी आए पछि !

 

Continue reading


”तिमी र म ”

Meera, man, Thapa, मीरा मन थापा, pallawa, पल्लव

मीरा मन थापा

प्रातकालको पुष्प लतिका बनेर ,

म एक आकाश शीत पिउँछु र
चाँदी टल्किन्छु,
यो हिमाल बिहिन देशमा
एक झोंका बयली बतास
मलाई स्पर्श गर्दै
तिम्रो आभास दिएर जान्छन् .!

 

Continue reading


गजल

Muna, Man, Sigdel, मुना मन सिग्देल, pallawa, पल्लव

मुना मन सिग्देल

खोज मुर्चुङ्गा,बिनायो गितार, किन चाईयो!
मन बाट लेख्नु केहि साभार, किन चाईयो!!

भोक मरी मै घर मा मान्छे मर्छन् अब !
लौ भन देश भरि काटा मार, किन चाईयो !!

आफ्नै भण्डार खनी पराईको आँगन पुर्ने!
फेरी सिमाना मा छेकबार, किन चाईयो!!

 

Continue reading


सपनाहरू

Meera, man, Thapa, मीरा मन थापा, pallawa, पल्लव

मीरा मन थापा

एकहुल आशातित मानव झुण्डहरू
सुनसान रातमा शुन्दर सपना खोज्न निस्केकाछन् ,
रात आफैं अँध्यारो बाँचेको छ
खै के बाटो देखाउला …
उज्यालो दिन आफैंमा शुन्दर सपना हो ,
तर लम्पट सुतेर भर्यांगमुनि
मुहारमा घामको आभा छेक्छ मान्छे ,
अनि जूनकिरीको सहारामा
अन्धकारमा घाम खोज्छ ,
यी दुर्घटनाहरू दोहोरिउँन्जेल
सपनाहरू मरिरहन्छन्,

Continue reading


दुइ मुक्तक

Man,Baxadur,Thapa,मान थापा 'बुलन्द', pallawa, पल्लव

मान थापा ‘बुलन्द’,

अज्ञानतालाई हटाएर बनी देउन ज्ञानी
सानो तिनो कुरामा नि रिसाउने बानी
कामको थकान लिदै फर्किदा म घर
मुस्कान छर्दै स्वागत गरे है त सानी

रिस रागले मनलाई पुर्याउछ हानी
फेरी किन जिद्दी गर्छेउ जानी जानी
मिठो बोली पाए पुग्छ मलाई प्यारी
छदैछ नि आत्मभरी मम्ताको खानि

 

Continue reading


गजल…

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

भोग्नु, भोगेँ किन बदलिएन जीवन मेरो।
रोज्नु, रोजेँ किन बदलिएन जीवन मेरो।।

पसिना सँगै मरुभुमीको चट्टानमा घन,
ठोक्नु, ठोकेँ किन बदलिएन जीवन मेरो।।

मुखियाको ॠण तिर्न खापै खाप भारी पनि,
बोक्नु, बोकेँ किन बदलिएन जीवन मेरो।।

 

Continue reading


गजल

Mira,Man,Thapa, मिरा मन थापा,pallawa,पल्लव

मिरा मन थापा

तिम्रो इश: अल्लाह र ॐ कारमा हुन्छ
खोज्छु म त गरीबको संघारमा हुन्छ

सबै हास्छन आँशु देख्दा र त बगाई दिन्छु
मेरो खुशी आँशु किन्ने बजारमा हुन्छ

बगी जान्छ पानी सबै समुन्द्रमा मिल्न
त्यो नदीको इतिहास त किनारमा हुन्छ ..

 

Continue reading


गजल

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

सर्बश्व त्याँगेर जिउन, थाली दिउँला है प्रिय ।

तिम्रो जङारमा पाईला, चाली दिउँला है प्रिय ।

सपनीमा तिम्रो खुसि, छेकिन्छ कि अध्यारोले,
धपक्कै त्याँ दिव्या ज्योती, बाली दिउँला है प्रिय ।

नराख भो पिडाहरु, साँचेर तिम्रो जिबनमा,
रामबनी आएर दु:ख, फाली दिउँला है प्रिय ।

 

Continue reading


गजल

Mira, man, Thapa, मीरा मन थापा ,pallawa, पल्लव

मीरा मन थापा

गाउँमा फेरी हात जोडी ,सवारी आउँदैछ
होश गर्नु शिकार फाल्दै ,शिकारी आउँदैछ,

ए माटोका ब्यापारीको हो !चिहान किनी राख्नु
तिम्रो बिरोध गर्दै खंजर,कटारी आउँदैछ ,

आगो जस्तै भर्भराई ,घामले खबर दियो
रफ्तार केहि तेज गर ,छहारी आउँदैछ,

 

Continue reading


गजल

Man, Grg, Maila, एस के चौधरी ‘माइला’ , pallawa, पल्लव

मन गरूङ ‘माइला’

हुनेखाने संग हाम्रो शिर दाँज्नु बेकार छ।
गरिबको पिडा उनै माँझ बाँड्नु बेकार छ।

खरैको छानो भित्र भित्र्याउने छु भन्दै तिमी,

त्यो महलको कुमारी संग हाँस्नु बेकार छ।

सोच्नु, अकल गर्नु आफै बुझ्ने छौ सब कुरा,
मुखियाको घरमा साईनो गाँस्नु बेकार छ।

 

Continue reading


गजल

Man, Rasaily, मन रसाइली, pallawa

मन रसाइली

आफ्नो सम्झी तिमी उस्को मन्को कुरा बोली हेर
कति देख्छौ माया त्यहाँ छाती भित्र खोली हेर ।

कति दिन्छौ अरुलाई पिडा सधै दर्दनाक
कैले काही आफ्नै दिल्मा दिप बालि पोली हेर ।

 

Continue reading