मैया सुवेदीका चार मुक्तक

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

एक बारको यो जुनिमा घात हुन्छ कि राजा ?
तिम्रो मौनताले दिन नै रात हुन्छ कि राजा ?
न केही बोल्छौ न अरुले बोलेको नै सुन्छौ
आसै आसमा बस्दा आघात हुन्छ कि राजा ??

भाग्यरेखा मेरो भन्थे, तक्दिर तिम्रै रै’छ सानू
मनमुटु मेरो भन्थे, तस्वीर तिम्रै रै’छ सानू ।
म त रै’छु बाँधिएको तिम्रै प्रेमको बाँचासँगै
कदम मेरो भन्थे तर मन्दिर तिम्रै रैछ सानू ।।

 

Continue reading


यात्रा जीवनको

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी,

यात्रा जीवनको
कहिले हुरीबतास
र कहिले असिना पानीले चुटिएको मन
चट्याङ संगै तर्सिन्छ बेला बेलामा
समयको लामो झरी पछि
बल्ल थामिएको छ पानी
आसा पलाएको छ मधुर किरणको ।
समयको बेग सँगै
अनगिन्ती कठोर रातसंग
गर्दा गर्दै तछाडमछाड
घाम उदाउने प्रतीक्षामा
हातको सिरानीको भरमा
कोल्टे फेर्दै
समय गुजार्दै छु ।

 

Continue reading


‘आमा’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी,

हो !
मेरी आमालाई
घाम मन पर्छ
अँध्यारो बस्तीमा प्रकाश छर्न
शीत मन पर्छ जूनसगै
अनि डोकाभरी उत्साह बोकेर
आस्थाको शिखर चढ्न
अनि आफ्नै अनुभुतिले चुमेको
उचाई मन पर्छ उनलाई ।
संघर्षकी प्रतिमूर्ति
इतिहास रच्नका लागि तयार
महान हाम्राी आमा
अहिलेजीवन र मृत्युको दोसाँधमा
पुग्दा सम्म पनि
सन्तानप्रतिको अटुट प्रेम
अघात स्नेह
घटेन कहिले हृदयमा ।

Continue reading


खै !! बनेन आज कविता . . . . .

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

आज धेरै पछि
जमर्को गर्दछु कोर्ने केही हरफहरू
मनभित्र चाङ्ग लगाउदै छु अक्षरको
अक्षरहरू पनि उकुसमुकुस गर्दै
सल्बलाउँदै छन् मभित्र
मूर्त रुप लिने आसमा ।
बिशाल गगनमा चम्किने
ताराहरूले उज्यालोको परिचय नभेटेपछि
कलकल बग्ने नदीले
दुई किनारको सम्बन्ध नबुझेपछी
आदर्शमय जीवन बाँचिरहेकाहरूले
बाँच्नुको सार्थकता नभेटेपछि
म कसरी लेख्न सक्छु कविता हँ !

 

Continue reading


अनेकानेक शुभकामना !!!

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

नयाँ वर्ष तिमी आऊ
जरुर आऊ नयाँ बर्ष
ढुकढुकीको स्पन्दन भएर
चेतनाको बिज छर्दै
बस्ती बस्तीहरुमा
मानवीय भावसंगै
विश्वासको बाली बनेर आऊ
आऊ नयाँ बर्ष आऊ
यात्राका अनेक सम्भावना बनेर आऊ ।

समयको अटुट यात्रा
अस्तित्वको सार छिचोल्दै
प्रत्येक मानिसलाई
शिखरको यात्री बनाउने गरि आऊ
जिज्ञासा र उत्सुकताको
घैला भर्ने गरि आऊ ।

 

Continue reading


मैयाँ सुवेदीका केही मुक्तकीय टुक्रहरू

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

मनभरी पापपाली बाहिरी हाँसो हास्छौ किन!
पालुवालाई निमोठेर झुटो माया गास्छौ किन!!
ज्ञान ,मान ,मर्यादामा दुबै आँखा चिम्लिएर
नैतिकताको गला रेटि चोखो माया मास्छौ किन!!!

अहिलेसम्म कस्ले कस्लाई पर्खिएको छ र सानू
बिना बादल पानी कहिले बर्सिएको छ र सानू
सुखदुःख आँसु हाँसो जीवनको चक्रहेरी
मन भरी पीडासगै को तर्सिएको छ र सानू

 

Continue reading


शुभप्रभात सँगै साथीहरूको सम्झना !!

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

शुभपल
मनको उज्यालो

पहिलो पाइलाबाटै
सुरु हुन्छ शिखर चुम्ने यात्रा
चुचुरो चड्दै गर्दा
थाहा हुन्छ पसिनाको सुगन्ध
मनभरिको उत्साह बोकेर
क्षितिज चुम्न लालायित म ।

भन्ने गरिन्छ सौन्दर्यको
पछि नलाग्नु कहिल्यै
हरेक चम्किरहेको चिज
हिरा नहुन सक्छ
जीवनको यात्रासंगै
कहिले हार अनि दोधार
आफैसंग बिछोडिएको मन
थकित उकाली र ओराली संगै
आफू भित्र हामी छौ भन्ने कुरा।

 

Continue reading


मैया सुवेदीका केही मुक्तकीय टुक्राहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

अहिलेसम्म कस्ले कस्लाई पर्खिएको छ र सानू
बिना बादल पानी कहिले बर्सिएको छ र सानू
सुखदुःख आँसु हाँसो जीवनको चक्रहेरी
मन भरी पीडासगै को तर्सिएको छ र सानू

सगर सरि हृदयले माया गरि पाल्यौ
मेरो इच्छा पुगोस् भनी आफ्नो इच्छा फाल्यौ
महान आमा नै हुन् सघै भलो चिताउने
स्वाभीमानको पाठ सिकाउदै उच्च बनाइ छाड्यौ

 

Continue reading


खोल भित्रको मान्छे

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

आजकल अचम्मित छु म
अनौठो लाग्छ जीवन देखि
मनको छ्ट्पटी
उडिरहन्छ अग्निशिखामा
अधुरा चाहनाहरू, मनका वहहरू
लाग्छ बरु
म सजिवको नाममा
निर्जीव भैदिएको भए
उपयोगी वस्तु त बन्थे धेरैका लागि
बाँच्नैका लागि भिडहरूमा
गर्नु पर्दैन्थ्यो सघर्ष।

 

Continue reading


मनको उज्यालो’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

शुभपल
मनको उज्यालो
पहिलो पाइलाबाटै
सुरु हुन्छ शिखर चुम्ने यात्रा
चुचुरो चड्दै गर्दा
थाहा हुन्छ पसिनाको सुगन्ध
मनभरिको उत्साह बोकेर
क्षितिज चुम्न लालायित म ।

भन्ने गरिन्छ सौन्दर्यको
पछि नलाग्नु कहिल्यै
हरेक चम्किरहेको चिज
हिरा नहुन सक्छ
जीवनको यात्रासंगै
कहिले हार अनि दोधार
आफैसंग बिछोडिएको मन
थकित उकाली र ओराली संगै
आफू भित्र हामी छौ भन्ने कुरा ।

 

Continue reading


‘बाडुल्की’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

पूर्वको लालिमासंगै
मनभरि थियो छ्ट्पटी
यद्यपि सबै नियमित भए
सुत्ने प्रयत्न गर्दै
फर्कन्छु यता
फर्कन्छु उता
सजिलो हुँदैन पटक्कै
सायद नीद नलाग्ला रातभर !!
भनिन्छ,सम्झिनुका पनि
हुन्छन् प्रकार अनेक
भेट्नु सँगै छुट्नु हो समय
धेरै सम्झ्नु
झलझली मन भरी बस्नु
सायद कसैको यादले सताउनु
यही त होला
प्रेमको मिठो कल्पना !!

 

Continue reading


एक आमाको हुंकार

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

एउटा जून
मधुर प्रकाश फैलाउँदै
समाजलाई सहिमार्गमा
डोराउन खोज्दाखोज्दै
कोपिलामै निमोठिएको छ ।
भन्न मन छ मलाई
समाजका यी जहरहरू
मास्नै पर्ने बेला आएको छ
चेतनाको दीप बाल्दै
अस्तित्व रक्षाको लागि
हुंकार गर्नु परेको छ ।

 

Continue reading


अभिलाषा

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

आभाष हुन्छ मलाई
सायद यो शरदीय ऋतुको
सुवास बन्न सक्दैन होला
हाम्रो प्रेम ।

तर,
बन्न भने सक्ला
जूनको कथा
वा कल्पवृक्ष
कालजयी बन्दै अजरअमर ।

यसरी नै बन्दो हो
कहानी जीवनको
कहिलेकाँही गर्दागर्दै
अनेकन प्रयासका बाबजुद
असफलताका चाँङ्ग हात परेपनि–

 

Continue reading


अभिलाषा प्रेमको

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

लाग्छ मलाई हाम्रो प्रेम
सायद यो शरदिय ऋतुको
सुवास बन्न सक्दैन होला
बन्न सक्छ जूनको कथा
कल्पवृक्ष जस्तो कालजयी
बनाउने अभिलाषा छ मेरो ।।

यस्तै होला जीवन कहानी
कहिले काहिँ गर्दा गर्दै
अनेकन प्रयास
असफलताको चोट हात परेपनी
हिंड्दा हिंड्दै दोवाटोको यात्रा
घनघोर जङ्गलको बीचमा
न पाउन सक्छु आभास
न त छिचोल्न सक्छु सुसेलिले
क्षितिज पारीको मायालाई
न भेट्न सक्छु मेरो मुटुलाई नै।।

Continue reading


जीवन एक फूलवारी

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

जीवन एक फूलवारी
जीवनयात्रामा कयौं
बसन्तहरू पार गर्दैगर्दा
धेरै कुरा सिक्दै र सिकाउँदै
देउराली र उकालीमा
आफैलाई खोज्दै गर्दा
आकाशको जून
अनि धर्तीको फूल
छुन खोजेँ
तर जीवन त
अनेकौ वाधा र व्यवधानको बीचमा
फुल्ने फूल रहेछ ।

 

Continue reading


‘पहिचान’  

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

जीवनको यात्रामा कयौं
बसन्तहरू पार गर्दै गर्दा
धेरै कुरा सिक्दै सिकाउदै
देउराली र उकालीमा
आफैलार्इ खोज्दै गर्दा
आकाशको जून
अनि धर्तीको फुल
छुन खोजे तर
जीवन त विघ्न वाधाका बीचमा
फुल्ने फुल रहेछ
औसिको दीप रहेछ।।।।

Continue reading


‘अभिलाषा’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

आभाष हुन्छ मलाई
सायद यो शरदीय ऋतुको
सुवास बन्न सक्दैन होला
हाम्रो प्रेम ।
तर,
बन्न भने सक्ला
जूनको कथा
वा कल्पवृक्ष
कालजयी बन्दै अजरअमर ।
यसरी नै बन्दो हो
कहानी जीवनको –

 

Continue reading


तिहार

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

शरदीय उमंगसंगै
स्वच्छ नीलो आकाश
गम्भीर अनि सुरम्य वातावरण
लहलह खेतमा बाली
आनन्द अनि उत्साह बोकेको
पर्व हो तिहार ।

डाँडापाखा ढकमक्क
दुलहीझै सिंगारिएकी प्रकृति
धर्तिमाताप्रति नतमस्तक हुँदै
शोभायमान सुगन्धित
फूलबारी समिपमा
रमाउदै मनाइने
पर्व हो तिहार ।

 

Continue reading


‘खोजी सौन्दर्यको’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

मनले चोखो भूमि
जहाँ फुलेका छन्
सेता सुन्दर फूल
र मनको पूर्णइच्छा
तिमीलाई जिन्दगीमा
केवल एकपटक भएपनि
पुष्पमय देख्ने रहर
तर अपशोच !
फूलका जराहरू
काटिरहेछ धमाधम
बिषालु किराले
अब के भरिएला त
कशिल्यै आस्थाको अञ्जुली ?

 

Continue reading


झरी

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

असार महिनाको यो झरी
रुझाउने पानीसंगै
तर रुझेन मेरो मन
कसैको यादसंगै खसिरहदाँ बलेनी
भुल्न सक्दिन त्यो क्षण
झरी बनेर तिमीले पठाएको मन
गुटुमुटु पार्न धेरै कोशिश गर्दा गर्दै
तर कठै अनियंत्रित मनहरु
आफै झरी बन्न आतुर भए ।

 

Continue reading