गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

अबदेखि सपनामा , आउनुपर्छ प्रिय
आँखालोभी पापीमन,बुझाउनुपर्छ प्रिय

विलासीता खर्चहैन,घाटीहेरि हाडनिल्नु
दुई छाक ,एकसरो,लगाउनुपर्छ प्रिय

बर्खालायो खेतीपाती,गर्नुपर्छ किसानले
आमालाई गाह्रो हुँदा,सघाउनुपर्छ प्रिय

 

Continue reading


बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

धोका दिएर उस्ले ,पीडा बुझेन कैल्यै
पाएँ छु आँसु मात्रै ,हासो दिएन कैल्यै

जादैछु हेर छोडी , आफै जलेर आज
पोल्दैछ फेरिछाती ,आगो निभेन कैल्यै

तिम्रो मुटु त प्रिया, ढुङ्गा रहेछ क्यारे
छाती पिटेर रोए ,त्यो मन् दुखेन कैल्यै

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

जस्ले धेरै माया गर्छन्, उनै हार छन्
बिमतीमा सम्बन्ध यो, स्विकार छन्

जिन्दगीमा कसो गरी, अघि बढौं
जताततै तेर्सिएका, तरबार छन्

किन फेरि चोखोमाया, गर्छु भन्छन्,
एकैचोटी माथि उचालेर, पछार छन्

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

को छ र यो संसारमा,कहिल्यै हानी नहुने
आएर टप्प टिपेर लान्छ ,नमानी नहुने

बिर्सेछु तिमीलाई मैले , प्रेम प्रस्ताव राख्न
यो उमेरमा फर्केर फेरि , जवानी नहुने

जीवनको छ अन्तिम चाह,कसैलाई छान्नु
सोच्यो यो मनले तिमीलाई ,नछानी नहुने

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

कोही कुटो समाइ बोटमा, माटो उकासी रहेछ
बिडम्बना अर्को हतियार, सहित मासी सरेछ

यहाँ मुख दर्शक भएर, हेरेको छ सरकार
भित्र गुदि खानलाई, दुश्मन बोक्रा तासी रहेछ

देशको सहि राजनीतिले, कहिले काचुली फेर्ला
उता अर्को छिमेकी, तमासा देखेर हासी रहेछ

 

Continue reading


महेन्द्र चापागाईं आफन्त गाउले‎का एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

बहरबद्ध गजल– १,

म हारे तिमीले, जितायौ कसोरी
न हार्थे तिमीले , हरायौ कसोरी

भए देवता ती ,न साह्रै नि खुसी
अचम्मै त फूल्थ्यो,चढायौ कसोरी

जमाएर राखे , र फाटेछ धाँजा
कतै बीउ छैन , जुटायौ कसोरी

 

Continue reading


महेन्द्र चापागाईं ‘आफन्त गाउँले’का एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

बहरबद्ध गजल– १,
म हारे तिमीले,जितायौ कसोरी
न हार्थे म तेस्तो,हरायौ कसोरी

भए देवता ती,न साह्रै नि खुसी
अचम्मै त फूल्थ्यो,चढायौ कसोरी

जमाएर राखे ,र फाटेछ धाँजा
कतै बीउ छैन,जुटायौ कसोरी

 

Continue reading


महेन्द्र चापागाईं आफन्त गाउलेको एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

बहरबद्ध गजल– १, 
तिनै फेरि आँखा, जुधाएर जाऊ
इसारा त केही, बताएर जाऊ ।

खुसीले अत्यन्तै, फुलेकोछ छाती
न केही छ बाधा ,रमाएर जाऊ ।

नमानेर झर्को, सबैको अगाडि
सबै ती कहानी, सुनाएर जाऊ ।

 

Continue reading


‘फुलको वेदना’

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

भन्दछ फूलले त्यो त, नरुनु म कतै मरे
भन्दिनु सकियो आयु, बोटबाटै तलै झरे
फूल भित्र रहेको छ, दुख पीडा कथाहरु
न बोल्न सकेको छ, छ आखामा व्यथाहरु !!

तिमीले स्वार्थ मात्रै त, पुरा गरेर हुन्छर ?
तिम्रो भलो हुने थ्यो नि, बनाउन सके घर
खुशीका पल हुन्थे त, बोल्न सके कतै तिमी
बल्ल होश खुलेको छ, यिनै आँसु पिएँ पछि !!

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

तिनै फेरि आँखा , जुधाएर जाऊ
इसारा त केही , बताएर जाऊ

खुसीले अत्यन्तै,फुलेकोछ छाती
न केही छ बाधा, रमाएर जाऊ

नमानेर झर्को, सबैको अगाडि
सबै ती कहानी, सुनाएर जाऊ

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

जसोतसो बालेको थ्यो, धूप बनाएर
गैं अरे नथ्थी वाली, कुरुप बनाएर

मासु जति सबैखाई,खुसी मिल्छ भने
मात्र खोक्रो हड्डीको, सुप बनाएर

सधैंभरि खुसीदियो ,बदलामा आज
गएको छ आज ऊ, कपूत बनाएर

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

पहलमान हूँ भन्दै यहाँ, छुरी देखाइयो
प्रतिकारमा सोझो मान्छे,पाखुरी देखाइयो

निर्दोष थिए या त दोषी,त्यो त थाहा भएन
लगातार गोला बारुद, खुकुरी देखाइयो

मर्ने अनि मार्ने पनि ,नेपाली त रैछ क्यारे
अरे कस्तो बिडम्बना, चुरिफुरी देखाइयो

 

Continue reading


गजल

Mahendra, Mishra, Zudash, महेन्द्र मिश्र जुडास, pallawa, पल्लव

महेन्द्र मिश्र जुडास

तिमीले आँखा झिम्कायौ त्यसैले म पागल भएँ
सुसेली हाल्दै बोलायौ त्यसैले म पागल भएँ ।

आँखामा गाजल ओँठमा लाली सोह्र शृङ्गार गरी
पाउजुको धून बजायौ त्यसैले म पागल भएँ ।

ठाउँ भए दिल भित्र यो नाम राखी देउ भनी
प्रेमको पत्र पठायौ त्यसैले म पागल भएँ ।

 

Continue reading


गजल

Mahendra, Mishra, Zudash, महेन्द्र मिश्र जुडास, pallawa, पल्लव

महेन्द्र मिश्र जुडास

तिमीलाई सम्झेर रुन्छु रातै भरी।।
आँसुले यी नयनी धुन्छु रातै भरी।।

बाटो भरी काँडा कुल्चिएर जान्छु।
खोज्दै तिम्रो तस्बीर छुन्छु रातै भरी।।

पुराना यादलाई माला बनाउन।
प्यारका फूलहरू उन्छु रातै भरी।।

 

Continue reading


गजल

Mahendra, Mishra, Zudash, महेन्द्र मिश्र जुडास, pallawa, पल्लव

महेन्द्र मिश्र जुडास

लाली बैश ढलाउदै छु पराइको आंगनिमा ।
यम राज छलाउदै छु पराइको आंगनीमा ।।

गाँस बास कपासको बन्दोबस्ता जुटाउन ।
तन मन गलाउदै छु पराइको आंगनिमा ।।

ज्युद ै मर्छु मर्दै बांच्छु अभाबमा ठेस खाई ।
मात्रै श्वास चलाउदै छु पराइको आंगनिमा ।।

 

Continue reading


गजल

Mahendra, Mishra,  Zudash, महेन्द्र मिश्र जुडास, pallawa, पल्लव

महेन्द्र मिश्र जुडास

कसैले धुरी सोधे हिमाल देखाउछु।
कसैले सोधे घर नेपाल देखाउछु।

मेची काली हात गोडा आँखा स्वयम्भु।
मेरो मन मुटुको फेवा ताल देखाउछु।

सिमानाको जंगे पिलर यता सरेछ।
पर्ख शोषकी दलाल काल देखाउछु।

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

सोचे जस्तो जिबन हुँदैन हुँदैन हुँदैन हजुर
सँधै निलो गगन हुँदैन हुँदैन हुँदैन हजुर

बिक्छ सबै पैसामा मायाँका कहानी
सबै सँग धन हुँदैन हुँदैन हुँदैन हजुर

मेरो चोखो मायाँ लिलामी गरायौ
सब्को एउटै मन हुँदैन हुँदैन हुँदैन हजुर

 

Continue reading


गजल

Mahendra, Upadhyaya, महेन्द्र उपाध्याय, pallawa, पल्लव

महेन्द्र उपाध्याय

मेरो हालता थाहा छ भित्तालाई पनि
सोधे हुन्छ तिमीले तकियालाई पनी

उस्को मान्छे हरायको बर्षऔ भएछ्
चिनेझै गरी हेर्छ बुख्याचालाई पनी

एक ले जुनलाई अर्कोले तिमीलाई हेर्छ्
आज त राजुमा राखेको छ आखालाई पनी

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

गाई मारि गधा पोश्ने चलन आउनाले
निमुखाले सँधै भरि शास्ति पाउनाले,

लेख्ने मन कहाँ छर कुरीतीका कुरा
चल्छ कलम माईलाले मुन्द्रा लाउनाले।

अछाम हेर्छु लाग्छ त्यस्तै ,हुम्ला रुँदैछ
पागल हुन्छु नुन लिन घण्टौँ धाउनाले।

 

Continue reading


गजल

Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

साएद मायाँ मार्छिन होला जस्तो लाग्या छ
मन अन्तै सार्छिन होला जस्तो लाग्या छ

तड्पाई तड्पाई हास्छिन उनि खै किन हो
सँधै रुने पार्छिन होला जस्तो लाग्या छ

उन्कै मान्छे राखि मनमा मलाई निकाली
उतै जिबन हार्छिन होला जस्तो लाग्या छ

 

Continue reading