गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

मेरी आमा भन्नु हुन्छ परदेशमा नजाउ बाबू
सुख दु:ख गरेर आफ्नै देश नै सजाउ बाबू ।

अरु देश चम्काएनी आफ्नो घर चुहुन्छ त
मातृभुमी प्यारो मान राष्ट्र धुन बजाउ बाबू ।

सक्ने जति परदेश गए असक्त मात्रै त रहे
देशको गति लथालिङ थोरै त लजाउ बाबू ।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

चुम्न थाले अर्कैको बगैँचाका फूलहूरू ।
चोर कै स्वर ठुलो हुन्छ गरेनी भुलहूरू ।।

अचम्मैछ पानीले नै प्यासी खोजे पछि ।
गाह्रो हुन्छ पाउन स्वच्छ पानी मुलहूरू ।।

पहिले कठीन थियो मालीको तगारोले ।
तोड्यौ रीत पाएसी चाहे जति पुलहूरू ।।

 

Continue reading


जयन्ती मगर सरगम जोर कविताः

जयन्ती मगर सरगम

१) ‘हो छोरी! अब जन्मिनुपर्छ तिमी’
छोरी !
मलाई सुन्दैछौ तिमीले ?
नहतारिनु तिमी अहिल्यै
तिम्रो आगमनमा उघारिनेछ
क्षितिजको पर्दा
डग्मगाउँनेछन् पहाडका छाती
र खुल्नेछन् हिमालका सौन्दर्य
बलात्कार गर्नेछन् तिमीलाई
तिम्रो चित्कारको बेवास्ता गरी
छियाछिया पार्नेछन् तिम्रो यौनांग
लुछ्नेछन् तिमीलाई गिद्धहरुले लुछेसरी
हुनेछन् तृप्त तिम्रो रगतका धाराहरूमा–

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

मुसुक्क हाँसिन् नजर जुधेसी
मसक्कै भाथिन् नजर जुधेसी

प्यारको संकेत मीठो मुस्कान
छर्दै पो आछिन् नजर जुधेसी

नजरको तीरले निशाना लायो
मुटुमाझ ताकिन् नजर जुधेसी

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

युवाहरु परदेश लागे आशा देखेन मेरो देशमा
देश बनाउन युवालाई किन छेकेन मेरो देशमा

युवा शक्तिले विदेश चम्काए देश अन्धकारै छ
यो देश चम्काउने बाटो किन भेटेन मेरो देशमा

अठार बर्ष पूरा गर्यो सवै जना जहाज चढ्छन्
नेपालीले पसिना बगाई श्रम बेचेन मेरो देशमा

 

Continue reading


निस्चल मगर “कल्पीत” र अर्जुन बिसी “अन्जान” का मुक्तक दोहोरी

Nischal, Magar, Sahitya Premee, Prmi, Premy, साहित्य प्रेमी निस्चल मगर, pallawa, पल्लव

निस्चल मगर

आउछन् अनि यी हात समाएर जान्छन्
देखावटी झुठो माया जमाएर जान्छन्
अरे कसरी बिश्वास गरुँ म तिमीलाई
खेल्नु खेल्छन् मन सङ्ग रमाएर जान्छन्
निस्चल मगर “कल्पीत”

म तिम्रै हु प्यारी सङ्का नगर भो।
एकदिन फोन नगरे आँखा नतर भो।।
रमाउन आएको हैन तिम्रो जिन्दगीमा ।
ठन्डा दिकाक गरि सोच पर नसर भो।
अर्जुन

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

मखमली,गुरडौली फुल्यो होला तिहार आउँदा गाउँमा
रमाईलोको सीमा हुन्न झ्याउरे र सोरठी गाउँदा गाउँमा

सात धर्को टीका लगाई दिदी बहिनीले प्यार बाँड्छिन
गाढा सम्बन्ध मखमली,सयपत्री माला लाउँदा गाउँमा

दिदी बहिनी र दाजु भाई बिच गहिरो मायाँ रहिरहोस्
सधैँ देखियोस् जिन्दगी सुनौलो घाम छाउँदा गाउँमा

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

दुई दिनको चोला हाम्रो किन पीर मान्ने प्यारी
हाँसी खुशी रमाएर आफैँ जिउन जान्ने प्यारी

दर्पण छायाँ जिन्दगी यो सुख दुख आई पर्छ
दुख भुलेर सक्नु पर्छ सुख लाई छान्ने प्यारी

दिन र रात भए सरी घाम र जून जिन्दगी हो
सन्तोषी मन लिएर सुखी जीवन ठान्ने प्यारी

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

पर्व आउँदा पैसा छैन आमा तिम्रो चोली फेर्न।
ढोँटे जस्तो भयो आमा बोध्यतोले बोली फेर्न।।

पोहोर प्रहर त्यसै भयो तीज दशैँ तिहार सबै।
दिन कहिले जुटेन आमा भनिरहेँ भोली फेर्न।।

बेरोजगारी तिम्रो छोरो घरको आय के नै छ।
मनमा छ त हँसाउँदै तिम्रो आँशु खोली फेर्न।।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

सद्भाव र मेलमिलापको पर्व बनोस दशैँ।
जिन्दगीको विजयीपुर्ण अर्थ बनोस दशैँ।।

हामी र हाम्रो अनि सभ्यता बनोस राम्रो।
सबै को सफलता शुभ कर्म बनोस दशैँ।।

अँधेरीलाई चिर्दै उज्यालोमा लम्कियोस।
जीत होस शिखर चुम्ने तर्फ बनोस दशैँ।।

 

Continue reading


“मेरो गाउँ बिरानो सहर”

Lilu, Magar, लिलु मगर, pallawa, पल्लव

लिलु मगर

भौतारी दै आएछु,यो बिरानो सहरमा
आसा अनि भरोसा पूरा गर्नको लागि
दोबाटोमा छुत्तिएर आएछु बिरानो सहरमा
हरेक जिन्दगीका पाठहरु पढ्नको लागि,

जब छोडियो मेरो घर ताधिदै गए म
घरको छानाबाट परेवा हेर्दै थियो,
झन ताधा गए खै कसरी बिलिन भए म
नजाउ भन्दै परेवाले बिन्ती गर्दै थियो,

 

Continue reading


गम बयमबु मगरका मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

उस्ले पनि हिस्सा पायो झुट हो भन्ने आँट हुँदैन।
आत्मै देखि सत्यता अपनाए पो कुनै ढाँट हुँदैन।।
जाली फटाह दुई नम्बर कै हालीमुहाली देशमा।
ईमान्दारलाई चाँडो उकास्ने पैसाको गाँठ हुदैन।।

हो नी सत्यतामा कहिल्यै पनि छल हुँदैन।
पक्कै बिना बोटको कुनै पनि फल हँदैन।।
हेर्नु धर्मात्मीलाई पो पुण्य पापीलाई शुन्य।
रिस,रागले कहिल्यै समस्याको हल हुँदैन।।

 

Continue reading


गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

तीजको नाममा रत्यौली गाए जमना फेरियो रे।
साडी छाडेर छोंटा मा रमाए जमना फेरियो रे।।

जमना कि मानव मन,चाह र ईच्छाहरु फेरियो।
चालढाल,लवाई खुलेर आए जमना फेरियो रे।।

अरुको हेरियो रहर फेरियो संस्कृति भुलेर पो।
राम्रो भन्दै फेशनहरुमा धाए जमना फेरियो रे।।

 

Continue reading


गजल

k, pun, magar, के पुन मगर, pallawa, पल्लव

के पुन मगर

मुर्दा शरीर थियो मेरो दिल पागल थियो !
माया ममता तिम्रो लागि सदा अटल थियो !

यता मसान घात सरी थियो मेरो आँगन
उता उनको घरमा निकै चहल पहल थियो !

अतित घुमेर मेरो मानस पटल वरी परी
जिन्दगी भने मेरो बिश्वासमा पलपल थियो !

 

Continue reading


बहरबद्ध गजल

Bhijal, Magar, Bhabuk , भिजल मगर भाबुक, pallaw, पल्लव

भिजल मगर भाबुक

मुनाको कथा झैँ बनोस् जिन्दगानी
तुनाको कथा झैँ बनोस् जिन्दगानी ।।

तिमी हाँस्न खोज्छौ म भन्दा बढी नै
गुनाको कथा झैँ बनोस् जिन्दगानी ।।

कुदी हेर ढुङ्गा तिमी देख्न सक्छौ
चुनाको कथा झैँ बनोस् जिन्दगानी ।।

 

Continue reading


साहित्य प्रेमी निस्चल मगरका केही मुक्तकहरू

साहित्य प्रेमी निस्चल मगर

साहित्य प्रेमी निस्चल मगर

जे बोल्छु त्यही गर्छु बिश्वास देखाउछु
अनि मात्र मनको म खास देखाउछु
तिमी भन्छौ भने हेर मर्छु तिम्रै लागि
आजको के हि दिनमा लास देखाउछु ।

आँखा बाट आँसु किन आउँछर यसरी
मनमा पिडा अनि चोट लाउछर यसरी
कति सम्म अभागी हु म हे भगवान
खै कहिले मनले न्याय पाउछर यसरी ।

 

Continue reading


गम बयम्बु मगरका जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
मायाँ मायाँको घमासान प्रेमयुद्ध हुँदैथ्यो
कस्ले जित्ने भनेर मायाँहरू क्रुद्ध हुँदैथ्यो

कस्को मायाँ कस्ले फसाउनेको लडाईँमा
रणभुमी भने भावनात्मक विसुद्ध हुँदैथ्यो

नशालु ती नजरको तीरले नजरैमा ठोकी
तन मन सहज तर बोली अवरुद्ध हुँदैथ्यो

 

Continue reading


बहरबद्ध गजल

Bhijal, Magar, Bhabuk , भिजल मगर भाबुक, pallaw, पल्लव

भिजल मगर भाबुक

यहाँ जिन्दगीले घरी चोट दिन्छ
भने त्यो नदीले घरी चोट दिन्छ ।।

म बिर्सन्छु भन्थेँ अतीतका कहानी
झनै निष्ठुरीले घरी चोट दिन्छ ।।

अँध्यारो छ जीवन निभ्यो जिन्दगानी
त्यसै चाँदनीले घरी चोट दिन्छ ।।

 

Continue reading


गम बयम्बु मगर का केही मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

एक एक गरि गाउँशहरमा, पर्वहरूआउँछन
बरै! नाना थरी नोक्सानी, खर्चहरूलाउँछन।
हुने खानेलाई मजाछ, हुँदा खानेको विजोग
लौन कसो गरि गरिबहरूले,हर्षहरूपाउँछन।।

बालबच्चाहरूरमाउँछन,चाडपर्व आयो भनी
हातका अौँला समाउँछन,घरि घरी दिन गनी।
हे दैव! किन बुझ्दैनौ दरिद्रहरूको भावनाहरू?
दिन्छौ चोटहरू,बगाउँछन आँशुहरूभेल बनी।।

 

Continue reading


मगर भाषामा लेखिएका केही मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

लाफा कोई डेच कुराको ड सेनिस है।
डुन्च्यो मिगिन ले डेयाङ्ग च झेनिस है।।
सेच्यो कुरा लाफाकोके ड सेटाक्निस।
अर्चिके महाले लौ अघेर ख्योहोनिस है।।
(१)
आर्मिट्नि जजाकोके ढलिङ पर्ढिसक्के।
लङघाके खास्के पट्ट अघेर बढ्डिसक्के।।
कनकोई मजाट्मो कुसै सेटक्ले लङघा।
कठाह खाट्मो पट्टको हिल सार्डिसक्के।।
(२)

 

Continue reading