हाँसेको हो कि खप्पर

Lok, Mani, Paudel,लोकमणि पाैडेल, pallawa, पल्लव

लोकमणि पाैडेल

मसान घाट मा होस् या होस् नदी का किनार मा
प्रयोग कक्ष मा या त कुनै जंगल बीच मा
सबै दृश्यहरु छाडी आँखा पुग्छन् उतै तिर
झस्के झैं मन यो हुन्छ देखिन्छ जब खप्पर

सेतो छ टाउको सारा मिलेका दन्तपंक्ति छन्
आँखा का ठाउँ मा खाल्डा उसैलाई सुहाउँछन्
एकोहोरो जसै हेर्छू नमानेर कुनै डर
खित्का छाडेर हाँसे झैं लाग्न थाल्दछ खप्पर

 

Continue reading


पागल !!!

Lok, Mani, Paudel,लोकमणि पाैडेल, pallawa, पल्लव

लोकमणि पाैडेल

म एउटा व्रतबन्ध मा निम्तो मान्न पुगेको थिएँ । एकजना अपरिचित निम्तालु मसँगै को कुर्सी मा थिए । मैले उनको हेराई, बोलाई केही अनौठो किसिम को मानिरहेको थिएँ । उनले मेरा कान मा सुस्तरी भने, “चिया माग्दिनोस् न। मलाई त चिया खान मन लाग्यो ।” मैले सुने पनि प्रतिक्रिया जनाइनँ । मैले ध्यान नदिए जस्तो ठानेछन् क्यारे उनले फेरि पनि त्यो वाक्य दोहोर्याए ।चिया खान त मलाई पनि मन थियो । तर शिष्टाचारवश भन्न सकिरहेको थिइनँ ।

 

Continue reading


नसुन्ने ले बोल्दैनन्

 

Lok, Mani, Paudel,लोकमणि पाैडेल, pallawa, पल्लव

लोकमणि पाैडेल

झण्डै ७५ वर्ष का बाबु फेसबुक मा लेखेको कमेन्ट कसरी इडिट गर्ने नजानेर दिक्क थिए । उनले अफिस जान तयार हुँदै गरेको छोरा लाई सोधे, “बाबु मलाई लेखिसकेको कमेन्ट लाई इडिट गर्न सिकाइदे न । कसरी हो बिर्सें ।” “हिजै बेलुकी सिकाको हैन ? बिर्सन पनि कति चाँडो सक्नुहुन्छ हगि !” छोरा ले एेना अगाडी उभ्भिएर कपाल मिलाउँदै जवाफ फर्कायो ।
“बूढो भएँ । स्मरण शक्ति पनि कमजोर हुन थाल्या छ । नरिसा न । अँ भन्दे त । कसरी अरे?”
“यहाँ आँफूलाई अफिस जान हतार भइसक्यो । अहिले हिँडें । भरे सिकाम्ला । पचास वर्ष पहिले का कुरा भने जति पनि सम्झनुन्छ । हिजो को कुरा चैं बिर्सें रे ।” छोरो बोल्दै बोल्दै घर बाट बाहिर निस्क्यो ।

 

Continue reading