तिमी कस्तो अचम्मको मान्छे,
मलाई माया गरिरहेछौ।
मेरो कुनै भबिस्य छैन
तर मेरै भरमा परिरहेछौ।
किन कुरा बुझ्दैनौ तिमीले
म त होटेलमा भाडा माझ्ने मान्छे
भित्र दुख लुकाइ बाहिर हास्ने मान्छे
किन कुरा बुझ्दैनौ तिमीले।
तिमी कस्तो अचम्मको मान्छे,
मलाई माया गरिरहेछौ।
मेरो कुनै भबिस्य छैन
तर मेरै भरमा परिरहेछौ।
किन कुरा बुझ्दैनौ तिमीले
म त होटेलमा भाडा माझ्ने मान्छे
भित्र दुख लुकाइ बाहिर हास्ने मान्छे
किन कुरा बुझ्दैनौ तिमीले।
(जटिल कविता)
कहिले देख्यौ, भाडा माझ्दै गरेको होटेलहरूमा
कहिले देख्यौ,पोचा लगाउदै गरेको महलहरूमा
त कहिले देख्यौ, भौतारिदै गरेको रोदहरूमा
तर कहिल्यै देख्न सकेनौ, ती फुल फुलेका बोटहरूमा
कत्ती माया गर्थे तिमीलाई,
कहिले देख्यौ, हलो जोत्दै गरेको खेतहरूमा
कहिले देख्यौ, भेदा चराउदै गरेको लेखहरूमा
त कहिले देख्यौ, भारी भोक्दै गरेको रोदहरूमा
तर कहिल्यै देख्न सकेनौ,तिम्रो माया मेरो ओठहरूमा
कत्ती माया गर्थे तिमीलाई,
भौतारी दै आएछु,यो बिरानो सहरमा
आसा अनि भरोसा पूरा गर्नको लागि
दोबाटोमा छुत्तिएर आएछु बिरानो सहरमा
हरेक जिन्दगीका पाठहरु पढ्नको लागि,
जब छोडियो मेरो घर ताधिदै गए म
घरको छानाबाट परेवा हेर्दै थियो,
झन ताधा गए खै कसरी बिलिन भए म
नजाउ भन्दै परेवाले बिन्ती गर्दै थियो,