गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

आत्मालाई छोडेर ढुङ्गालाई पुज्छ मान्छे
पुज्नेलाइ छोडेर मुर्तिको अगाडी झुक्छ मान्छे

बुझेर हो कि नबुझेर हो बुझ्नै गाह्रो
भित्र व्यथा लुकाय बाहिर खुल्छ मान्छे

भित्र पाप बोकेर धर्मको नाममा दाम कमाउनेहरु
फुलको थाली बोकेर देश बिदेश डुल्छ मान्छे

मानवताको परिभाषा खोज्न शव्द कोष पल्टाउने ले
रटेर घोकेर भए पनि आदर्शको कुरा भुक्छ मान्छे ।

 

Continue reading


लिला दाहाल का केही मुक्तकहरूः

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

प्रेमका चोट यति चोटिला हुन्छन्
सम्झियो कि आँखा आफै गिला हुन्छन्
जति भुल्न खोज्यो उति याद आउँछ
सायद यादहरु एकदमै बोझिला हुन्छन् ।।

रित्तिएको तिम्रो मुटुमा माया भरिदिउँ त म
आँसु पुछी ओठमा मुस्कान छरिदिउँ त म
अनुमति दिन्छु भन जीवनभर खुशी दिन्छु
तिम्रा मनका सारा रहर पूरा गरिदिउँ त म?

 

Continue reading


लिला दाहाल का तीन गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

गजल– १,
आस्थाका बिम्बहरु लगातार ढ्लेपछी
सपनाको महलहरू भत्किएर लडेपछी

खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछी

के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि

 

Continue reading


लिला दाहाल अधिकारी

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

(सन्दर्भ निर्मला पन्त प्रति समर्पण)
गाई मारी रहेछ कंशले हामी टुलु टुलु हेरिरहें का छौं
आमा हर साझ बिहान बलत्कार छिन् सहिरहेका छौं
कति चुप लागेर बस्छस् पत्थर त मन्दिरमा यो सब हेरेर
आऊ दुष्टको अन्त गर्न दसौं अवतार कृष्ण आत्तिरहे का छौँ ।

खुशीको वली चढाएर हासेको जिन्दगी
तनाव र हतारमा बाचेको जिन्दगी
छाती भित्र हजारै सपनाका मुर्दाहरू
लुकाएर जिउँदै मर्नु पर्ने हारेको जिन्दगी ।

 

Continue reading


गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

मदहोस तिम्रा ती आँखा मा म हराएछु
यो मेरो मन मुटुमा तिमिलार्इ सजाएछु ।।

लुकाउ मलाई तिम्रो ती प्यासी नयनमा
मलाई बाँधेछौ र पो म आत्तिदै कराएछु ।

तिमी भन्छौ म तिम्रै हु मलार्इ बिश्वास छ
चिरिदिन्छु छाती भन्यौ र पो बर्बराएछु ।

 

Continue reading


लिला दाहाल का चार गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

गजल– १,
आस्थाका बिम्बहरू लगातार ढ्लेपछि
सपनाको महलहरू भत्किएर लडेपछि

खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछि

के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि

 

Continue reading


गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

मदहोस तिम्रा ती आँखा मा म हराएछु
यो मेरो मन मुटुमा तिमिलार्इ सजाएछु ।।

लुकाउ मलाई तिम्रो ती प्यासी नयनमा
मलाई बाँधेछौ र पो म आत्तिदै कराएछु ।

तिमी भन्छौ म तिम्रै हु मलार्इ बिश्वास छ
चिरिदिन्छु छाती भन्यौ र पो बर्बराएछु ।

 

Continue reading


लिला दाहाल अधिकारी का केही मुक्तकहरूः

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

रित्तिएको तिम्रो मुटुमा माया भरिदिउँ त म
आँसु पुछी ओठमा मुस्कान छरिदिउँ त म
अनुमति दिन्छु भन जीवनभर खुशी दिन्छु
तिम्रा मनका सारा रहर पूरा गरिदिउँ त म?

तिमी बिना एक पल बिताउन मुस्किल छ
चाहेको त थिए टाढा तर हुन मुस्किल छ
किन भयौ तिमी यसरी नजिक मेरो
तिम्रो गल्तीमा अब रिसाउन मुस्किल छ ।

 

Continue reading


लिला दाहाल अधिकारी का केही मुक्तकिय टुक्राहरूः

Lila, Dahal, Sayal, लीला दाहाल सयाल, pallawa, पल्लव

लीला दाहाल सयाल

खै किन खोजी रहन्छ यो मन निस्ठुरी को तस्वीर
किन खोज्छ नजीक हुनआफैमा नभएको तक्दीर
सजिलै बिर्सेला छोडी जाने ले त ती मिठा यादहरु
तर खै म पार हुनै सकिन तिम्रा ती झुट्टा जन्जीर ।

प्रेममा याद सदाबहार मिलन क्षणिक लाग्छ
त्यसैले प्रेम यथार्थ भन्दा काल्पनिक लाग्छ
पुरुष आत्मा भन्दा बढि शरीर चाहन्छ
स्त्री धन सम्पत्ति खोज्छे त्यसैले गणिक लाग्छ ।।

 

Continue reading


गजल

Lila, Dahal, Sayal, लीला दाहाल सयाल, pallawa, पल्लव

लीला दाहाल सयाल

म रुँदा उ हाँस्छ भने म रोएरै बाँच्न सिक्छु
छाती भरी पीडा लुकाएर बाहिर हाँस्न सिक्छु ।

मेरो साँचो मायाले उसलाई बिझाउँछ भने
यो माया संगालेर मन भित्रै साँच्न सिक्छु ।

कथा तिम्रा ति अतीतलाई पुर्दै घाउका खाटो
सम्झनाका मालाहरू मिलाएर गाँस्न सिक्छु ।

 

Continue reading


आइमाईको बुद्धि हुँदैन

Lila, Luitel., लीला लुइँटेल , pallawa, पल्लव

लीला लुइँटेल

चुल्बुले बाल्यकाललाई उनकै इसारामा थाती राखेर
आफ्नो जन्मदाता बाबुको प्रतिरूप खोज्दै
उनकै सेवा र त्यागमा रूपान्तरित भइरहँदा
तिम्रा बाजेले मलाई निरीह देख्थे
जैरी बुहारी सम्झन्थे र भन्थे
आइमाईको बुद्धि हुँदैन ।

आफ्ना प्रत्येक रहर र इच्छाहरूलाई
उनकै पाउमा चढाउँदै
समर्पण र प्रेमलाई उनका हुकुमहरूसँगै साटिदिँदा पनि
तिम्रा बाबुले मलाई खुट्टाको जुत्ता सम्झन्थे
अनि मेरो उपहास गर्दै भन्थे
आइमाईको बुद्धि हुँदैन ।

मेरो प्यारो छोरा
तिमीले पनि बाउबाजेकै बिँडो थाम्यौ
तिमीले चाहिँ के सम्झेर मलाई भन्यौ
आइमाईको बुद्धि हुँदैन ।

 

Continue reading


मेरो कुण्डले घर

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

दर्छा डाँडामा कसरी बसोबास भयो भन्ने घटना क्रम अच्चम्म को छ I विश्वास लाग्ला-नलाग्ला कथा काहाँनी होइन बास्तवीता सत्य घटना हो अल्लारे ठिटा कृष्ण बहादुर राना गल्लाको साथ लागेर गोर्खाली सेनामा जानु भन्दा लाहुर जान अगाडी लाग्यो I लाहुर गयो केही समयको लाहुरे प्रशिक्षण पछि सिपाही भएर भारतीय सेनामा कसम खाएर देशको सेवा गर्छु भन्ने प्रण गरे I समय सजिलो थिएन विश्वमा हाहाकार थियो I १९१४ – १५ विश्व युद्धको 2/8 GR पनि लाग्यो युद्धभूमि तिर I

 

Continue reading


“महाभुकम्प”

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

एकलै थिएँ के के सोच्दै, म माहारा गएकी थिएँ
जिवनको तितो मिठो दिनहरु सम्झदै हाँस्दै रुदै थिएँ
खडे्री, बाढीले बचाको अन्नले कसरी छाक टार्ने सोच्दै थिएँ
अचानकै शरिर काँप्यो झान्क्री लागे झैं वन संगै काँप्दै थिएँ

गुहार मागे, गाई-बाख्रा चरणमा पल्टदै थिएँ
पाठा-पाठी, बाछा-बाछी छेउ आए, नडराउ भन्दै मुसारी दिएँ
कोरली बाछी, बहर-गोरु, बोका-पाठालाई राम राम भनि दिएँ
कोई घाईते त कोई टाउको फुटेर छिया छिया भई दिए

 

Continue reading


मर्ने छु म त हुतीहारा भएर !

Lila, Maski, Rana, लीला मास्की राना , pallawa, पल्लव

लीला मास्की राना

जाँचेर हेरेछौं, छोरी रहेछ, महिना धेरै भएछर् गर्भ पतन गर्न असम्भव भएछ आमाले पनि नरुचाई-नरुचाइ दसै महिनामा जन्माएछ बाबाले नौरानै नगरी पानी छुवाए हुन्छ भनेछ माइतमा बाख्रा माहारेको आवश्यक भनेर कुपोषण रोग लागेको निहुमा औषधी गर्न भनेर बाख्री दुहेर दुध पिलाउने औषधी भनेर वन पठाउने, सालको पात ल्याउन टपरी गाँसन भनेर   Continue reading


कोमलता

Lila, Rijal, लिला रिजाल (सुबेदी ), pallawa, पल्लव

लिला रिजाल (सुबेदी )

म्याडम मलाई अलिकति पैसा चाहिएको थियो पारुले मुठ्ठी बटारेर ( अन्कनाउदै मुन्टो अर्कातिर )फर्किएर भनि | अस्ति भर्खर लगेको हैन र पैसा फेरी …….काममा पनि ढिला आयौ खै यता फर्क त् अनुहार पनि मलिन देख्छु फेरी अनुहार भरि चोटपटक निल डाम यो कसरि भो ? हजुरलाई के ढाट्नु थाहै छ उही त् हो नि रक्सि धोकेर आउछन पैसाकै निहुमा झगडा गर्छन ( उसकै भाषामा ) अपशब्द बोल्दै गाली गरिरहेकी थिइ |…. झन् हिजो मैले दिन्न मात्र के भनेको थिएँ हेर्नु न जिउभरी निलडाम देखाउदै न आफु कमाउछन न मलाई नै गर्न दिन्छन नानाथरी शंका गरेर निहुमात्रै खोजिबस्छ | एस्तो महंगी छ ,छोराछोरीको फिस घरभाडा….. म त् के गरु मरु कि बाचू जस्तो भैसकें |

 

Continue reading


बेफुर्सद

Lila, Rijal, लिला रिजाल (सुबेदी ), pallawa, पल्लव

लिला रिजाल (सुबेदी )

मेरो घर नजिकै छिमेकमा एउटा सानो घर अनि किराना पसलमा बुढा बुढी बस्ने गर्थे | बुढी आमा हाम्रो घरमा दुध शब्जि लिन आइ रहन्थिन | बेला बेलामा गफ गर्न मात्रै भए पनि आउने गर्थिन | लगभग ७५ उमेरको हुनुपर्छ म उनलाई सम्मानका साथ बसाएर चिया नास्ता खुवाएर पठाउने गर्थें | तर सधै जसो फलानाकी बुहारी येस्ती फलानी येस्ती भनेर कुरा काट्ने बानी थियो उनको तर आफ्ना छोरा बुहारी भने तेस्ता नभएको कुरा बखान गर्थिन | उनका ति आदर्शका कुरा सुनेर मैले कैयौं चोटी खप्की भेटेको थिएँ | मेरो छोरा बेंकमा मेनेजर छ बुहारी एम ए पास गरेकी छ दुवै जना आदर्श पतिपत्नी हुन | आदर्श छोरा बुहारीमा हुनुपर्ने गुण सबै उनमा छन |उनीहरु आदर्श टोलमा बस्छन | मैले सोधेको थिएँ ‘ किन संगै नबस्नु भएको ? ‘ उनि भन्ने गर्थिन ‘उनीहरु त आउनै दिदैनन तर के गर्नु बाबुको पुस्तेनी घर दोकान छाड्न नसकेर मात्र यहाँ बस्नु परेको बुहारी मेरो लागि छोरी हो मेरा छोरा बुहारी नपाउनाका छन नानी |’

 

Continue reading


बिश्वास

Lila, Rijal, लिला रिजाल (सुबेदी ), pallawa, पल्लव

लिला रिजाल (सुबेदी )

पर बाट अरुले देख्दा श्रीमान श्रीमती नै बिदेसमा छन ,कत्तिन पैसा कमाएका छन मस्ती गरेका छन भन्दा हुन खै के भनु … आफु भने महिनामा एक चोटी छुट्टी निकाल्न पनि कत्ति गारो उफ्फ ….
“सुन्दर तिमी कहाँ हो ?”
“म तेलसोमेर हस्पिटलमा छु | बुडा धेरै नै सिरियस केस भएर ल्याएको थियो व्यस्त छु |
दुइ घण्टा पछि—“ सुन्दर तिमि कहाँ छौ ?”
“बाहिर खाना खादैछु डीयर फोन गरुला भन्दै थिएँ |
तेस्रो घण्टा – “वेयर आर यु ?”

 

Continue reading


डायाटिंग

Lila, Rijal, लिला रिजाल, pallawa. पल्लव

लिला रिजाल

“भाइसाब अलिकति मिठाई दिनुस न “( प्लेट अघिल्तिर सार्दै ) “धेरै हैन नि फेरी एउटा मात्र उफ्फ….. यो बिवाह पार्टीमा नआउदा पनि नहुने आउनु भनेको नाफा भन्दा घाटा नै बेसी …. हुन त हिसाब किताब गर्नु त राम्रो होइन | फेरी खानामा उस्तै चिल्लो पिरो हुन्छ जसले खराब गरेरै छाडछ वास्तबमा यो भनेकै रोगको घर हो | डाक्टरले भनेको मैले यस बाट बच्नु पर्छ | ज्यान पनि अलि मोटाउदै गएको छ लुगा पनि कुनै ठीक हुन छाडिसके बेलैमा विचार पुर्याउनु पर्छ जस्तो लाग्छ | खाना जति कम खायो उत्ति राम्रो छेउ बाट प्लेटमा पुलाउ मासु हाली र दही बडा लिइ |

Continue reading