तिमी मुसुक्क हाँस्दा पनि मलाई डर लाग्छ
तिमी एक्कासि कास्दा पनि मलाई डर लाग्छ
कुन्नि के भा हो अचेल तिम्रो र मेरो सम्बन्ध ?
तिमी गैह्रो माया गाँस्दा पनि मलाई डर लाग्छ ।
×
सरकार जनतालाई कर मात्र हैन बाँच्ने रहर दे
कृषिप्रधान देशमा आँसु हैन पानीको नहर दे
कति आफ्नै डम्फु बजाई सपना मात्र बाँड्छस्
सक्छस् भने कालो दिन हैन रमाइलो प्रहर दे ।
×
Tag Archives: lekali
“काठमाण्डौ”:
सुनेको छु
देशको सौदावाजी गर्नेहरू
कुर्सी र पदको बार्गेनिङ गर्नेहरू
अकुत सम्पत्ति तर लाउनेहरू
सिँहदरबार धाउनेहरू
सुनका बिस्कुट र हीरा मोती पचाउनेहरू
प्रायजसो ओहोर दोहोर गर्छन काठमाण्डौ
त्यति मात्र कहाँ हो र?
आफ्नो योग्यताको सर्टीफिकेट लिलामी राख्न
कतै जागिर पाइने आशामा
बाँचे आश मरे लाश
भन्दै लाखौँ युवाहरू
विदेशीन धाउँछन् काठमाण्डौ
हृदय लेकालीका केही हाइकुहरू
(मनका झिल्माहरू):-
१ मैले भेटिनँ
तिमीले भेटिहाल्यौ
मेरा कम्जोरी ।
२ सात घुम्ती भो
एकाएक अचेल
हाम्रो सम्बन्ध ।
३ न टिप फूल
फूलको डालीबाट
फूल दुख्छ कि ?
हृदय लेकाली का चार गजल
बहरबद्ध गजल– १,
न भएँ वरको न भएँ परको
अति लौ म भएँ न कतै घरको ।
न भयो महलै न त भो पहलै
न छ खै बसने झुपडी खरको ।
सपना नभई विपना नहुने
अधुरो सपना छ कहाँ भरको ।
निर्मलाको पुकार . . . . .
आमा म बाँच्न पाईनँ तिम्रो त्यो काखमा सधै
बाबा म हाँस्न पाईनँ तिम्रो त्यो साथमा सधै
बहिनी भाइ भन्नै म पाईनँ दुष्ट हातमा
वरपर कतै केही सम्झिनँ मृत्यु रापमा ।
मेरो यो ज्यानमा के के गरे वेहोश भैदिएँ
सारा हर्कत भ्याएर फाले मूर्दा म भैदिएँ
फालिए छु म निस्प्राण उखु घारी यतैतिर
जन्मनु दोष मेरो भो आमा नमान्नु है पिर ।
“कर”
जन्ताको ढाड सेकेर सर्कार कर लाद्दछ
गरिब निमुखा सोझा जन्ताको ढाड भाँच्दछ
छैन उपाय केही नि बाँच्न गाह्रो छ जीवन
काटेको घाउमा नून चुकले पोल्छ जीवन ।
जन्ता नहाँस ढुक्कैले हाँसेमा कर लाग्दछ
कोही नबाँच दीर्घायु बाँचेमा कर लाग्दछ
रुनु हुन्न यहाँ रोए आँसुमा कर लाग्दछ
कोही नमर्नु एक्कासि मरेमा कर लाग्दछ ।
हृदय लेकाली का केही हाइकुहरूः
कुन्नि किन हो
काँढा र सिस्नो लाग्छ
यो मन् अचेल ।
भो टाढै बस
के थाहा नजिकिँदा
मन् टाढिएला ।
खहरे खोला
उन्मत्त बैँस लाद्छ
नतिजा शून्य ।
हृदय लेकाली का एकजोर गीत
१) भाँचिएछ हाँगा !!
आँसु खस्ने आँखा देखेँ पानी खस्ने छाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा !!
नियतिले गाँजे पनि हाँस्नु पर्छ भन्छन्
पीर व्याथा जे परे नि साँच्नु पर्छ भन्छन्
पीर जति खाँदे पनि भरिएन टाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा ।
‘गुजरात’
सलहले आकाशै ढाकेर उडे झै
बाटै ढाकेर गुड्छन गाडीहरु
शहरको कुन कुना हो त्यो पत्तै लाग्दैन यहाँ
मान्छेहरु हरबखत साह्रै ब्यस्त छन्
ठूल्ठूला महलहरु आकाशको दूरी छोट्याउने गरि उभिएकाछन्
सडकमा पुलिस छन् छैनन्
कसैलाई थाहा छैन
बस् छन् भने यहाँ
छाडा गाईगोरु भैंसी र टाटेपाङ्ग्रे कुकुरहरुछन्
केम छे भन्दै कुराकानीको थालनी गर्छ अहमदावाद
गुजरात
“सर्कार सम्झिनु”
खाल्टा बाटा धुलाम्मे ती देखे सर्कार सम्झिनु
पानी जहाज हावामा देखे सर्कार सम्झिनु
घरमा ग्यासको पाईपै देखे सर्कार सम्झिनु
सप्नामा रेल गाडी क्यै देखे सर्कार सम्झिनु ।
तस्कर सुनका भेटेमा जन्ता सर्कार सम्झिनु
लस्कर नूनका देखेमा प्रजा सर्कार सम्झिनु
महँगीले थलापारे गुणी सर्कार सम्झिनु
करको भारले ढाडै सेके सर्कार सम्झिनु ।
हृदय लेकालीका जोर कविता
१) “ए सरकार”
पानी जहाज रेलैको मात्र भो सपना यहाँ
कामभन्दा कुरै ठूला सिन्को नभाँचिने यहाँ
सत्ता बाहिर यौटा कुरा सत्ता छिरेसि फेरिने
यस्तै तुच्छ विचारैले हो नि संकट घेरिने ।
युवा शक्ति विदेशैमा यहाँ बालक बृद्ध छन्।
रेमिट्यान्स छ आधार नयाँ आधार ठप्प छन्
बढ्दो छ मूल्य भाऊ महँगीले बाँच्न धौ भयो
सरकार छ या छैन यहाँ कठिन पो भयो ।
केही हाइकुहरू–मनका झिल्काहरू
१)
पूर्वको घाम
त्यै हराएछ क्यारे
चियाबारीमा।
२) डोली अन्मायौँ
जाऊ है छोरी घर
अरुण तेश्रो ।
३) तुईन भन्छ
रेल ,पानी जहाज
मुखैले आयो !
हृदय लेकाली का तीन कविता·
प्रिय तिमी आउँछौ र ?
हाम्रा फाटेका मनहरूमा ।
हाम्रा खण्डहर वस्तीहरूमा ।
धेरैचोटी आयौ गयौ
र पनि
हाम्रा मनमा अलिकत्ति राहत महशुस भएन
हाम्रा बस्तीमा कहीँ कति उज्यालो घाम झुल्केन
पुराना ,अर्दना र जीर्ण आकाँक्षा साकार भएनन्
तिम्रो आगमनमा कत्ति हौसियौ हामी
कसैलाई नसोध भो हामी कति पुलकित थियौ
तिम्रो आगमनमा हामीहरू बारम्बार
हामीले तिमीलाई मनको ढोका नखोलेको होइन
हामीले तिमीलाई आउन कुनै बन्देज गरेनौँ
र त तिमी ह्वात्त आयौ
तिम्रो उपस्थिति सर्व शुलभ भएन
हाम्रा लागि –
. . . हिजोआज किन
रित्तो लाग्छ मन पनि हिजोआज किन
दङ्ग लाग्छ पन पनि हिजोआज किन ।
लालुपाते फूल खस्यो हेर्दा हेर्दै छिन
झुल्के घाम कता लुक्यो भेटिदैन दिन
खोसियो कि प्रकृतिको रुप भयो हीन
दङ्ग लाग्छ पन पनि हिजोआज किन।
वनपाखा फुल्ने फूल अचेल देख्दिनँ
वासन्तीको रमझम खै कतै भेट्दिनँ
दिनदशा शुरु भयो मान्छे आफै चिन
दङ्ग लाग्छ पन पनि हिजोआज किन ।
मेरो कविताको मरण
म भाव शून्य छु
यति बेला
म अर्घचेत छु
यति बेला
मेरो कविता पोष्ट मार्टमको निम्ति
मूर्दा घरमा डङरङ पल्टिएको छ
यति बेला
©©©©
पानी पानी भनेर
छटपटियो कविता
म मेलम्ची पुग्न सकिनँ
बचाऊ बचाऊ भन्दै
अस्पताल खोज्यो कविता
म ग्राण्डी ओम पुग्न सकिनँ
सुईथ्थ भाको सबै श्वास फाल्दै–
हृदय लेकालीका जोर गजल
गजल– १,
सिउँदोमा छैन सिन्दूर नरोऊ मेरी दिदी
पाइन्यौ खुसी भरपूर नरोऊ मेरी दिदी ।
भाग्यले भनौँ कि खै नियतिले ठग्यो
इच्छा भए चकनाचुर नरोऊ मेरी दिदी ।
सम्हालिनु पर्छ दिदी जस्तै जे परे पनि
हिँड्नु पर्छ आफ्नै सुर नरोऊ मेरी दिदी ।
तिला लेकालीका दश हाइकुहरूः
माघको जाडो
राज्यको उपहार
फाटेको भोटो
कलिला छोरी
घास दाउरा पढ्दै
देह ब्यापार
टलल्ल सुर्य
सधैं मध्य रात छ
झुपडीभित्र ।
मध्यरात खोस्रेर घाम उधिन्न सक्यौं
मध्यरात खोस्रेर घाम उधिन्न सक्यौं
देशभक्तिको माला पहिरेर आमा हसायौ
कायरता अग्नि कुण्डमा होमेर विरता फुलायौ
सिङ्गो देशको तुवाँलो बढारेर जून टल्कायौ
शुक्ल पक्ष उपहार चढाएर कृष्ण पक्ष भाग लियौ
चम्किलो भबिस्य पस्केर साहदत कुम्लो कस्यौ
मखमली च्यादर ओढाएर दुम्सिका काडाओडयौ
कृष्णभिरको उकालो चढेर फराकिलो सडक दान दियौ
केही हाईकुका झिल्काहरूः
देख्नै पर्ने हो
आफ्नै अघिको मैला
शीश महल।
गरिब देश
पाएन क्यै औषधी
मृत्यु अगाडि।
क्यारे र बाले
धेरै छोरा पाएर
सबै बिदेश ।
हृदय लेकालीका केही हाईकूहरूः
पहाडी नानी
पहराँ पो हाँसिन
लालीगुराँस।
फुल्दैछ फूल
रङ्गीचङ्गी डालीमा
बास्ना छ मीठो ।
सासू बुहारी
कहाँ मिल्छ प्रवृति
नयाँ पुरानो ।