गजल

Laxmi, Khanal, Sanja, लक्ष्मी खनाल, pallawa, पल्लव

लक्ष्मी खनाल

आफ्नो लास आफैले कुरेँ आफैँ सपनीमा
भएनन् मलामी कोही पुरेँ आफैँ सपनीमा ।

आफ्नो मृत्यु विलौना नि आफैँले गरिरहे
लगाई पितृ भोज तुरे आफैँ सपनीमा ।

यो के अनर्थ भयो सुख्खा पहिरो जताततै
टुक्रा टुक्रा परि खस्यो चूरे आफैँ सपनीमा ।

 

Continue reading


गजल

Laxmi, Prasad, Ghimire, लक्ष्मीप्रसाद घिमिरे, pallawa, पल्लव

लक्ष्मीप्रसाद घिमिरे

लाउँछु भनेपछि लाउँछु कर, तैंले भनेर हुन्छ?
दुईतिहाईं छँदैछ के को डर, तैंले भनेर हुन्छ?

चुरीफुरी सेलाईदिन्छु आन्दोलनकारीहरुको
बन्दुकधारीहरुको छँदैछ भर, तैंले भनेर हुन्छ?

राजनीति भनेको भाषण हो गर्न ज्ञान चाहिन्छ
बिजुली र ग्याँसपाईप घरघर, तैंले भनेर हुन्छ?

 

Continue reading


तड्पिएको मन

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

हेरेरै बस्छु मनको खुसी यो रातो तीजको
मान्दैन मन कहिल्यै पनि त्यो खुसी दीनको
बसेर व्रत आस्थालाई मनले निश्चय ठानेर
मानेकै थिए तीजलाई मैले सौभाग्य ठानेर । १

आफैँले हारेरै पछि सरेर हिँडे सबैको सामुमा
नक्कली हाँसो देखाउँदै हाँसे हजुरको सामुमा
मानेन मन त्यो खुसी हेर्न भाग्दैछु सबै माझ
जे गरे पनि मान्दैन मन खुशीकै खल्लो साँझ ।२

 

Continue reading


“उनको सम्झनामा म नसुतेको रात”

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

म सुतेकै थिएँ ओछ्यानमा
म एकोहोरो सुन्दैथिएँ तिनका कुरा
एक एक घन्टामा साउती मार्दै
मनमनै भन्दै ,अन्तरआत्माले सुन्दै
लाग्दै थियो मनमा ,उत्साहले म रमाँउदै थिएँ
लाग्छ आफैं कता हराएको छु
यस्तै खुशीले पनि हो, म निदाएको छैन ।।

मन आफैं फूरुङ्ग भएको छ
तिमी मलाई भन्दै छौ
“हामी भोलि पर जाने है
अलिक चाँडो उठ्नू ! ”
चाहे जेसुकै होस् म त खुशी छु
आख़िर ननिदाएर के भो र ?

 

Continue reading


“चिहानबाट”

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

बर्सेनी थपिएका हजारौं भव्य कङ्क्रीटका चिहानहरू
लाखौं खर्च गरेर बनाए पनि
हजारौं मलामीहरूलाई
“धन्यवाद “सम्म भन्न सक्तैनन्
एक दिन डरलाग्दो चिच्याहटका साथ
तिनीहरूले भने
“सडीसकेका हामीमाथि
यो कङ्क्रीटको असह्य बोझ थुपारिदिने
बुद्धिहीन हाम्रा सन्ततिहरूलाई धिक्कार छ !
तिनीहरूलाई हाम्रो श्राप लागिरहनेछ !”
फलैंचा,चौतारा,धर्मशाला र प्रतीक्षालयहरू
कुवा ,धारा,इनार र पाठशालाहरू
यिनीहरूलाई सोधें
“के छ तपाईंहरूको खबर ?”

 

Continue reading


लक्ष्मी अच्यूत ढुङ्गानाका केही मुक्तकहरूः

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

जहाँपुग्यो त्यही‌बस्यो घुमन्तेको घर हुँदैन
नभन्नुहोला तपार्इं घुमन्तेहरूको भर हुँदैन
सकिएन भन्दैमा अरुको आरिस गर्नु हुन्न
जरुरी पर्छ र पो नत्र घुम्न रहर हुँदैन ??

सद्भावको छ यात्रा, कोही बस्यौं अगाडि
चक्का भरि अडेको गुड्दैछ ठेल गाडी
यो जिन्दगी छ यस्तै गन्तव्य छैन टुंगो
गन्तव्यमा पुग्ने हो, पुग्छ कुनै पछाडि ।

 

Continue reading


गजल

Laxmi, Devi, Sharma,लक्ष्मी देवी शर्मा, pallawa, पल्लव

लक्ष्मी देवी शर्मा

सधैँ ठेस लाग्ने यो हारको जिन्दगी ।
रुँदा रुँदा आँसुकै भारको जिन्दगी।।

न त हुन्छ मन्मा सुखशान्ति कहिल्यै ।
सधैँ बारेको काडे तारको जिन्दगी ।।

किन त्यो बीष अनि पासो हाल्छ मान्छे ।
मानव जुनीमा यक बारको जिन्दगी ।

 

Continue reading


लक्ष्मी भाटका केही मुक्तकहरूः

Laxmi, Bhat, लक्ष्मी भाट , pallawa, पल्लव

लक्ष्मी भाट

भमराको चुम्ने ढङग सापटी मागेर
इन्द्रेणीको सातै रङग सापटी मागेर ।
दिउँला तिमीलाई सधैँ पिर्या अथाहप्यार,
रोमीयो र मज्नु सँग सापटी मागेर ।।

आमा सँगै घास जाने त्यो वन उसै छ
सानो कुरा भन्दा रुने त्यो मन उसै छ ।
सोच्लीन मेरी प्यारी आमा कस्ती भाहो छोरी,
तनाव हुँदा दुब्लाउने त्यो तन उसै छ ।।

 

Continue reading


गजल

Laxmi, Kadel, Chaulagain,, लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि, pallawa, पल्लव

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

मनका लहर बाड्ने साथी मानेका छौ
गल्तिहरूमा गाली गर्ने मीत भएका छौ

मायाको भाका शरिरसग मात्र होइन
टाढाबाटै खुशि हुने बाँचा गरेका छौ

स्वार्थ प्रेम सागर नहेर्ने कसम खादै
दुई मुटु मुटु एउटै पवित्रा छोडेका छौ

 

Continue reading


साथीको माया

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

कथाः
दुनियाँ भनेको को हो र? हामी त हौ ।
भन्दै शिला ले शिलुसग भनिन् । के भयो शिला तलार्इ आज धेरै भावुक कुरा गर्दै छेस् । सलु मेरो साथीले आफ्नो मायामा धोका हुदाँनि तेस केटालार्इ माफ गरेर सगै बसिकि छे ,नेपाल कै छोरि भएनी यु.एस.ए. मा बस्छे तेहाको नियम नि! बलियो छ फेरि किन? सहएको देखेर दिक्क लागेको के, ए हो र के भन्छे त ! तेरो साथि निरुले किन बसेकि रे त !! केही धम्काएको पो छ कि हामिले राम्रो सँग बुझ्ने र हामी छौ नडराउ भनेर हिम्मत दिनुपर्ला जस्तो छ ।

 

Continue reading


लक्ष्मी भाटका केही मुक्तकहरूः

Laxmi, Bhat, लक्ष्मी भाट , pallawa, पल्लव

लक्ष्मी भाट


उ अर्कै घरको म अर्कै घरको
मिलेन कुरा दुई फरक थरको ।।
त्यसैले माया मारी दिए आज ,
नौ डाडाँ पारी सारेको बरको ।।

पिउने मन त होइन पिउन सिक्दै छु
जिउने मन त होइन जिउन सिक्दै छु ।।
पारे पछि मेरो मुटु धुजा धुजा तिमीले,
सिउन मन त होइन सिउन सिक्दै छु ।।

 

Continue reading


लक्ष्मी भाटका पाँच मुक्तकः

Laxmi, Bhat, लक्ष्मी भाट , pallawa, पल्लव

लक्ष्मी भाट

सुन्दर छु सब्य छु बैतडाकी चेली
भव्य छु भावुक छु बैतडाकी चेली ।।
भुक्नेलाई भुक्न दिई कार्य गर्दै हिन्छु,
साहसी छु सज्जन छु बैतडाकी चेली ।।

दुई ढुङगाको तरुल भई बाँचेकी छु
चोखो माया तिमी लाई साँचेकी छु ।।
तिमी आउ या न आउ मेरो जीवनमा,
सधै भरी तिमीलाई सम्झी हासेकी छु ।।

 

Continue reading


लक्ष्मी भाटका पाँच मुक्तकः

Laxmi, Bhat, लक्ष्मी भाट , pallawa, पल्लव

लक्ष्मी भाट

सुन्दर छु सब्य छु बैतडाकी चेली
भव्य छु भावुक छु बैतडाकी चेली ।।
भुक्नेलाई भुक्न दिई कार्य गर्दै हिन्छु,
साहसी छु सज्जन छु बैतडाकी चेली ।।

दुई ढुङगाको तरुल भई बाँचेकी छु
चोखो माया तिमी लाई साँचेकी छु ।।
तिमी आउ या न आउ मेरो जीवनमा,
सधै भरी तिमीलाई सम्झी हासेकी छु ।।

 

Continue reading


गजल

Laxmi, Prasad, Ghimire, लक्ष्मीप्रसाद घिमिरे, pallawa, पल्लव

लक्ष्मीप्रसाद घिमिरे

उनको मेरो जीन्दगीको बातै गज्जब छ
किनभने हामीदुईको जातै गज्जब छ ।

मन मिलेपनि अझै रुप चाहिन्छ अरे
जीउडाल, नाक र मुख, दाँतै गज्जब छ ।

रंगढंग मिलेपछि नसासरी भइने
नपिएरै लागिरहने मातै गज्जब छ ।

 

Continue reading


‘अन्त्य गर्नु छ ईतिहास’

Laxmi, Thapa, Pokhara,लक्ष्मी थापा, pallawa, पल्लव

लक्ष्मी थापा

आमा
ऊ कसरी पिट्थ्यो ताली
बर्माको जङ्लमा
तिम्रा लक्का जवान छोराले
तातो गोली निल्दा
अझै पनि,
बहादुरको धाप लगाउँदै छ ऊ
हाम्रा,
तामाका मुना जस्ता भाइहरू
जम्मु र कश्मिरको मैदानमा ढल्दा
उसको चारोसँग
कति सरसापट गरियो रगत,
अब ,
लेखाजोखा राख्नु पर्छ ,आमा

 

Continue reading


गजल

Laxmi, Prasad, Ghimire, लक्ष्मीप्रसाद घिमिरे, pallawa, पल्लव

लक्ष्मीप्रसाद घिमिरे

आँखैमा छ सुन्दरता, अन्त धाउनै पर्दैन
मन यसै फुरुङ्ग छ, उसले गाउनै पर्दैन

ईन्द्रेणी र डाँफेले, पहिल्यै रङ्ग भरेको
मेरो माटो सिंगार्न, अरु आउनै पर्दैन

आफैमा म तृप्त छु, पूर्ण छु म यसै नै
पराईबाट मैले अरु, केही पाउनै पर्दैन

 

Continue reading


‘खाडीबाट बैनीलाई चिठी’

Laxmi, Thapa, Pokhara,लक्ष्मी थापा, pallawa, पल्लव

लक्ष्मी थापा

हिड्ने बेलामा
मैले हेर्नै सकिन
जून अस्ताएको तिम्रो मुहार
धेरै थियो बैनी
तिमीसग बिसाऊने मनको भारी
तर
सक्दै सकिन ,अनि
फूक्दै फुकेन मनको गाॅठो
मैले
पुछ्नै सकिन तिम्रा भिजेका परेली
किनकी
म डराइरहेथेँ
भर्खरै तमसुकमा सहिछाप गरेको
मेरो बूढीऔलाको मोसो
तिम्रो अनुहारमा लाग्ला भनेर
यता त कति नजिकै उदाउदो रहेछ घाम पनि–

 

Continue reading


गजल

Laxmi, Thapa, Pokhara,लक्ष्मी थापा, pallawa, पल्लव

लक्ष्मी थापा

यहाँ साधुहरू तारिख खेप्छन् , म भ्रममा छु
यहाँ व्वाँसाहरू कविता लेख्छन्, म भ्रममा छु

मेरै पसिनाको जगमा उभिएर सास फेर्नेहरू नै
मैलाई किन कमजोर देख्छन ? म भ्रममा छु

तिमी सिकाइरहेछौ, धाटी हेरी हाड निल्नू
मान्छे हत्केलाले सूर्य छेक्छन् ,म भ्रममा छु

 

Continue reading


लक्ष्मी थापाका केही मुक्तकीय टुक्राहरूः

Laxmi, Thapa, Pokhara,लक्ष्मी थापा,  pallawa, पल्लव

लक्ष्मी थापा

जब ,मान्छे जस्तै मान्छे देख्छु अनौठो लाग्छ
तब,म मूर्ख पनि कविता लेख्छु अनौठो लाग्छ
साम,दाम,दण्ड,भेद बोकेर मैदान उत्रिएछौ तिमी त
म भने सबै प्रहार यहि कलमले छेक्छु अनौठो लाग्छ ।।

मन जलेर खरानी ,भएको धेरै भो
केवल ऑशु सिरानी, भएको धेरै भो
खै कसलाई गर्न सकिएला र विश्वास अब
धड्कन नि बैमानी, भएको धेरै भो !!!!

 

Continue reading


ईर्ष्यालु प्रबृत्ति

Laxmi, Pandey, Deepika, लक्ष्मी पाण्डे ‘दीपिका ’ , pallawa पल्लव

लक्ष्मी पाण्डे ‘दीपिका ’

लेखा र जया एउटै कार्यालयमा काम गर्ने कारिन्दा थिए । दुबै नासुमा जागिर शुरु गरेका उनिहरूको बानी र व्यबहार भने धेरै फरक थियो । लेखा सोझो पाराले लाए अर्हाएको हरेक कामहरू गर्थी । उसलाई अरुले के गर्छ, खास मतलब हुँदैन्थ्यो । आफ्नो काममा दखल, क्षमता राख्ने तर काम देखाउन हाकिमकोमा कहिल्लै नजाने र कामको बडप्पन देखाउन मन पर्दैन्थ्यो उसलाई । खाली समयमा ऊ आफ्नै लेखपढमा तल्लीन हुने गर्थी । तर जया भने जो अलि शक्तिमा छ, उसकोमा धाईरहने र सकेसम्म सजिलो काम लिने, हाकिमले देख्ने काम गरेर जस लिने खालकी थिई । साथै अरुले गरेका कामपनी बढाई चढाई ब्याख्या गरेर आफुलाई निकै जानकारी भएको देखाउन सिपालु थिई । कामचोर उस्तै थिई । चाकरी र कुरा सुन्ने प्रबृत्ति भएकाहरू मन्त्रमुग्ध भईहाल्थे । जसका कारण उसको छिटै बढुवा भयो । हरेक कार्यक्रमहरू हुँदा उसलाई सहभागी गराईन्थ्यो । तर लेखाको कामकारबाही कसैले वास्ता गरेनन, उसको क्षमता र कामप्रतिको लगाव, उत्तरदायित्व बहन, कार्यकुशलता ओझेलमा पर्दै गयो । उसको बढुवा पनि समयमा हुन सकेन ।

 

Continue reading