लक्ष्मण पौड्याल का केही मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

यहाँ त मानवमा हुने गुण हराएको छ
जताततै लडाइँले संसार कराएको छ
विकाश गर्छु भन्ने ले पतन बनाए पछि
तीनैबाट सुनौलो समाज डराएको छ

त्यो मानव पनि एकदिन मर्नुपर्ने छ
देवलोक पार गर्न समुद्र तर्नुपर्ने छ
यति प्राप्त गर्न सकेन देवलाई भने
फेरि पनि यही पृथ्वीमा झर्नुपर्ने छ ।

 

Continue reading


‘औंला’

Laxman, Aryal, लक्ष्मण अर्याल,pallawa,पल्लव

लक्ष्मण अर्याल

बिहे भएको धेरै वर्षसम्म उनले सन्तान सुख भेट्टाएनन् । सुख नभेटिनुका कारणहरू धेरै हुन सक्थ्यो तर सबैको औंला एकैतिर तेर्सियो — प्रियम्वदा ।प्रियम्वदा पनि दुःखी थी । वेलावेलामा आफूतिर तेर्सिरहने औंला जायज हो या नाजायज खुट्याउन चाहान्थी । कतिपटक त उसले आफ्ना हजुरलाई बिन्ती बिसाई पनि — “ए हजुर, डाक्टर भेटौं र सल्लाह लिऊँ । विज्ञानको सुविधा उपयोग गर्नुपर्छ ।” उनी मानेनन् कारण उनको भित्री मनको कुनाले पनि उसैतर्फ औंल्याइरहेको थियो ।

 

Continue reading


नेपालीको मुहारमा . . . . .

नेपालीको मुहारमा खुसी देख्न पाऊँ
कति सधैँ द्वन्द्व लेख्नु शान्ति लेख्न पाऊँ

laxman, sitaula, लक्ष्मण सिटौला, pallawa, पल्लव

लक्ष्मण सिटौला

असत्यको सधैँ जित भो सत्य हारिरह्यो
पापीहरूले निर्दोषलाई यहाँ मारिरह्यो
भ्रष्टहरू समाजमा, बिक्छ तिनकै नाउँ
कति सधैँ द्वन्द्व लेख्नु शान्ति लेख्न पाऊँ

 

Continue reading


बहरबद्ध गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम, pallawa, पल्लव

लक्ष्मण सङ्गम

भन्यौ निर्जीवहरूलाई “कहाँ रुन्छन् कहानीमा?”
सुकेनन् आँसुका धारा कहिल्यै यो सिरानीमा।।

बगरको बालुवा जस्तो अरू कोही कतै छैन।
सधैं प्यासी बनी मात्रै बसेको हुन्छ पानीमा।।

नबग्नू आँसु हे! कैल्यै नयनमा के छ के- के छ।
परेलीमा उनी बस्छिन् र यो देश बस्छ नानीमा।।

 

Continue reading


अनुहार

Laxman, Bartaula, Birkhe, Anjan, विर्खे अञ्जान, pallawa, पल्लव

विर्खे अञ्जान

आत्महत्या गर्दै गरेको
तिम्रो सपनाको मलिन घाम कुरेर
म वर्षौँ देखि
तिम्रो अनुहारको वर्णमाला पढिरहेको छु
मुस्कान डामेर
आफ्नै ओठले
हजारौँ खुसीको हत्याका खातिर
योजनाबद्ध एम्बुस थापेको छ
र, बनाइरहेको छ
निर्माणाधिन भविष्यको सुन्दर चिता

कसले बनायो जिन्दगी
र, कहाँ हिँड्दैछन् लामबद्ध मान्छेका हूलहरू
कहाँ टुङ्गिन्छ गन्तव्य
के प्राप्त गर्छ मान्छेले
अनुत्तरित छ अझैसम्म
तैपनि सपना देख्छ अनवरत
र, तय गर्छ अनाम यात्रा–

Continue reading


लक्ष्मण लामिछानेका केही मुक्तकः

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

केहि पाए जस्तो केहि गुमाए जस्तो
लाग्छ मेरै वरिपरी झन नपाए जस्तो ।
दिल भित्र गहिरो चोट हुदा हुदै पनि,
बाहिर कतै हराए कतै मुस्कुराए जस्तो ।।

तिमिले मेरो दिल बिगार्यौ मन बिगार्यौ
हेर्दै छु दिनानु दिन झन झन बिगार्यौ ।
प्रेमको यो फुलबारिबाट मलाइ हटाइ,
पराइ सँग मन साट्दै जोवन बिगार्यौ ।।

 

Continue reading


गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम,  pallawa, पल्लव

लक्ष्मण सङ्गम

यस पालि पनि झुपडी डुवाएर गयो ।
पानीले आफ्नो बाटो बनाएर गयो ।।

तिमीले मन चाँहि नदुखाउने पर्ने ।
उ पाहुना थियो यार आएर गयो ।।

यही हो बाहिर मूर्ति हुनुको मजा।
नास्तिकले पनि नजर चढाएर गयो ।।

 

Continue reading


लक्ष्मण लामिछाने र दिलीमा भुजेलका मुक्तक दोहोरी 

laxman, Lamichhane,& dilima, Bhujel, लक्ष्मण लामिछाने र दिलीमा भुजेल, pallawa, पल्लव

लक्ष्मण लामिछाने र दिलीमा भुजेल

१)
सवाल
हिजो आमाले पकाएको दर खाएर।।
साथिसंगि सँगै नाच्दै गाउदै रमाएर।।
यो तिजमा बबाल मच्चाउनु पर्छ भन्दै,
उनि पनि आकि रैछे रातो साडि लगाएर।।

जवाफ
नाच्न अनि कम्मर भाच्ना आको हो।
आमाले पकाएको दर पनि खाको हो।।
यो तिजमा तिम्लाई नै देखाउन भनी,
यो पाउजु अनि रातो सारी लाको हो।।

 

Continue reading


मुक्तक दोहोरि

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

Dilima, Bhujel, दिलीमा भुजेल, pallawa, पल्लव

दिलीमा भुजेल

सवालः लक्ष्मण लामिछाने

जवाफः भुजेल

सवालः
न दु:ख पिर तिमी गएदेखि।
न मन स्थिर तिमी गएदेखि।।

बसेको छ दाग भित्रि कुनामा,
एउटा तस्वीर तिमी गएदेखि।।
जवाफ
चल्दैछन यादहरु केश बनेर।
सधैं अाउछ एउटा भेश बनेर।।
बैगुनिले यस्तो चोट दियो हेर,
बसेको छ कतै अबशेष बनेर।।

Continue reading


लामिछानेका केही मुक्तक

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

जीवन एक संघर्ष र चुनौती हो, सहमति गर।
सफलताको बाटोमा लम्किन्छौ भने अति गर।।
प्रैत्रिक सम्पत्ति र बुबा आमाको भरमा नपरि,
आफ्नो खुट्टामा ऊभिन सक्ने ऊन्नति प्रगति गर।।

देखावटि नियममा पानिको पानि दुधको दुध बनाएर।
त्यहि आमाको छोरालाई विर गोर्खाली सपुत बनाए।।
यो सत्य हो, जन्मिन्छ संसारमा सबै एउटै जात बाट,
धमण्ड किन? म ठुलो त सानो जातको अछुत बनाएर।।

 

Continue reading


लक्ष्मण लामिछानेका केही मुक्तकहरूः

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

जीवन एक संघर्ष र चुनौती हो, सहमति गर।
सफलताको बाटोमा लम्किन्छौ भने अति गर।।
प्रैत्रिक सम्पत्ति र बुबा आमाको भरमा नपरि,
आफ्नो खुट्टामा ऊभिन सक्ने ऊन्नति प्रगति गर।।

देखावटि नियममा पानिको पानि दुधको दुध बनाएर।
त्यहि आमाको छोरालाई विर गोर्खाली सपुत बनाए।।
यो सत्य हो, जन्मिन्छ संसारमा सबै एउटै जात बाट,
धमण्ड किन? म ठुलो त सानो जातको अछुत बनाएर।।

 

Continue reading


बहरबद्ध गजल

Laxman, Sangam, लक्ष्मण सङ्गम,  pallawa, पल्लव

लक्ष्मण सङ्गम

म जादैछु मैदानमा, घाउ लाग्छ।
न आउ तिमी साथमा,घाउ लाग्छ।।

त्यता शत्रुले तीर हान्छन् नजरका।
यता यी दुवै नेत्रमा घाउ लाग्छ।।

कसोरी टिपुँ फूल तिम्रा निमित्त।
चुडाएँ भने बोटमा घाउ लाग्छ।।

 

Continue reading


ओ ! सिक्किम

Laxman, Bartaula, Birkhe, Anjan, विर्खे अञ्जान, pallawa, पल्लव

विर्खे अञ्जान

ओ ! सिक्किम
म नेपाल
पछ्याएर पूरानो पाइतलाको डोव
टेक्दै- टेक्दै आएको छु इतिहासको पूरानो पाना
मुटु भक्कानिनु पहिले
स्पर्श गरेर रगतको टाटो सँग
अँगालो हाले पनि
रोकिएन मुटु भक्कानिन
सम्झेर शायद बलिदानको कथा
सिक्किम तिमीले लगाएर इलेजर
कहाँ मेटिन्छ ? मेरो पुर्खाले रगतै –
रगतले लेखेको स्वाभिमानको कथा .

 

Continue reading


लक्ष्मण लामिछानेका केही मुक्तकहरूः

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

तिम्रो खुसि मेरो दु:ख आसु पिलाएर फर्कनु।
चाहान्छु! जित तिम्रो हार मेरो मिलाएर फर्कनु।।
इजालासमा हामि दुवै उपस्थितको प्रमाण हुनेछौ,
गल्ति तिमीबाटै, सजाए मलाई दिलाएर फर्कनु।।

राम्रो हुन्न हाम्रो सम्बन्ध छुटायौ उनी भन्छिन्।
तिम्लार्इ माया गर्ने मन झन दुखायौ उनी भन्छिन्।।
एकपल पनि बाँच्न म सक्दिन तिमी बिना अब,
कस्ले माया गर्ला मलाई रूवायौ उनी भन्छिन्।

 

Continue reading


पर्खनू

Laxman, Bartaula, Birkhe, Anjan, विर्खे अञ्जान, pallawa, पल्लव

विर्खे अञ्जान

एक आङ घाम बोकेर पिठ्यूँमा
आँखाभरि जूनको उज्यालोसँग
हो हिँडेको धेरै भो
थाहा छैन गन्तव्यमा खोजेको
राजकुमार भेटियो भेटिएन
ओठमा मुस्कान छ
गालामा उदात्त बैँसका धर्सा पनि छन्
छातीमा हिमाल सगर्व उभिएकै छन्
मुटुमा यादले भरिएका
इतिहासभन्दा लामो प्रेमका स्वणिर्म साँझ अनूदित छन्
डोल्मा कहाँ खस्यो
तिम्रो कानको लाहुरे फूल
कुन सन्दुकमा लुकाइराखेको छौ
उपहारमा पाएकी – जाडोको मफलर–

 

Continue reading


लामिछानेका केही मुक्तकहरूः

 

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

भक्कानिए, आमा_बुबाको मन थमाएर।
बिदेशिनु पर्ने भो, आफ्नै मुटु समाएर।।
दु:ख पिडा जस्तो पर्छ त्यस्तै झेलिन्छ,
भित्र लुकाए गहको आँसु बाहिर रमाएर।।

हामि एक अर्काको जरूर भएर बसैला।
त्यहि बाचा कसममा मंजुर भएर बसैला।।
केहि बर्ष कुरेर बस्नु जन्ति लिइ आउला,
अनि तिमी सिउदो म सिन्दुर भएर बसैला।।

 

Continue reading


लक्ष्मण लामिछानेका केही मुक्तक

Laxman, Lamichhane, लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

तृच्छ बचन नबोल छाति चर्कन सक्छ।
बिचराको! मन दुख्दा आँसु दर्कन सक्छ।।
आज गरिब छ भनेर किन त्यसरि हेप्छौ?
भोलि उसको पनि दिन फर्कन सक्छ।।

म मुटु झिकेर दिन्छु सक्छौउ फुटाएर देखाउ।
जस्तो नङ र मासुको सम्बन्ध छुटाएर देखाउ।।
जीन्दगी जीउन दुई धारको अन्तिम बिल्कपमा,
कि परिवारको कि मेरो साइनो टुटाएर देखाउ।।

 

Continue reading


लक्ष्मण लामिछानेका मुक्तकहरूः

Laxman, Lamichhane,लक्ष्मण लामिछाने, pallawa, पल्लव

लक्ष्मण लामिछाने

हाम्रो गाउँ घरको आँगन फेरिएन।
गरिब निमुखा वर्गको जीवन फेरिएन।।
संविधान बन्यो उहि पुरानो तरिकाले,
राजा फेरियो तर शासन फेरिएन।।

मिठो बचनले यो दिलमा घोच्यौ किन?
म सगको सम्बन्ध फेरि खोज्यौ किन??
देउता सम्झि पुज्दै थिए त्यो मन्दिरमा,
तर तिमीले अर्को पुजारि रोज्यौ किन??

 

Continue reading


पुग्नु पर्ने टाढा थियो, दोबाटोमै छुटें

Laxman, Bhantana, Sireesh, लक्ष्मण भान्ताना सिरीश, pallawa, पल्लव

लक्ष्मण भान्ताना सिरीश

जिन्दगीको सम्झौतामा, धेरै चोटी दुखें
पुग्नु पर्ने टाढा थियो, दोबाटोमै छुटें ।

आशा बोकी पर्खी रहें, खुशी मिल्ने दाउमा
खुशी फुल्दै झर्दै गयो, काँडा बिझ्यो पाउमा
निरासाको बादल भित्र, रुझ्नु आफै रुझें
पुग्नु पर्ने टाढा थियो, दोबाटोमै छुटें ।

 

Continue reading


लक्ष्मण लामिछानेका मुक्तकहरू

Laxman, Lamichhane,लक्ष्मण लामिछाने,pallawa, पल्लव

लक्ष्मण लामिछाने

मलार्इ सम्झि पछुताउदै तिमि आउनेछौ एकदिन।
जब मलाई दिएको चोट स्वंम पाउनेछौ एकदिन।।
आँशु मेरो बगाई गाछौ नजाउ भनि पुकार्दा पनि,
फेरि मलाई पाउने आशमा मन्दिर धाउनेछौ एकदिन।।

बिगतका दिनमा उनले मलाइ हजुर बनाएर।
राखेको रैछ उसले दिलमा अर्को जरुर बनाएर।।
कोहि गएको छ हजुर यस्तो सम्झौता गरेर,
अतित बल्झिदा यादहरू भुल्न मन्जुर बनाएर।।

 

Continue reading