मोदी रिजाएँ भनी

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

राजा धेर भए यहाँ जनहरू बोक्दै छ पीडा तर !
नेपाली जनमा छ दुःख बहुतै बुझने यहाँ को छ र ?
मित्थ्या आशगरी म बस्छु जहिल्यै आशा कहाँ पुग्छ खै ?
आशा गर्नु विकार भो बुझ तिमी के काम बन्ला र खै ?

नेता स्वार्थ मुखी भए सबजना नेपाल कै लोकमा
जस्तै धेर हउन् उनै जनहरू साम्राज्यका भोगमा ।
नेताका तनमा पसेन कहिल्यै सद्भाव सन्तानको
नेपाली मनमा निरास बहुतै चिन्ता बढी देशको ।।

 

Continue reading


गजल

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

एक चट्याङ पर्यो म माथी आनन्द भयो।
किन मनले मान्यो खुब जाती आनन्द भयो।

मलाई चोट लागेको त्यो खबर बा सम्म पुर्याए
बा ले भनेनि “भो अब नमात्ती” आनन्द भयो।

केन्द्र बिन्दु ठम्याउन मन लाग्यो चोट हान्नेको
अनुसन्धान गर्न नि मै गा’थी आनन्द भयो।

 

Continue reading


गोर्खे साइँलो का केही हाइकूहरूः

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आँसुको बर्षा
यमराज सम्मान
नेपाल देश ।

आउँछ बाढी
डुवाउछ रे कोशी
अचम्म छैन ।

भुकम्प आयो
नाकाबन्दी लगायो
हर्षको आँसु ।

 

Continue reading


गजल

Sabita, Lamichhane, सविता लामिछाने, pallawa, पल्लव

सविता लामिछाने

घुर्की जोस देखाइन्छ अनि अन्सन बसिन्छ
छ समाधान नजिकै तैपनि अन्सन बसिन्छ !

आमा पिरै नगर जागीर खाएरै घर फर्कन्छु
आज्ञाकारी महानब्यक्ति बनी अन्सन बसिन्छ !

आजकल यता घर झगडा हुँदै हुँदैन भन्थे
भाग बन्डा चाहियो भनी अन्सन बसिन्छ !

 

Continue reading


आरध्य

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

खुलेर आउ काखमा मिलेर बस्न साथमा
हुँदैन छुट्न साँझमा न रातमा न प्रातमा ।
बिहानको सुवास मिष्ठ कल्कलाउ आँतमा
भिजाउँला मिठासले र सल्बलाउ मातमा ।।

हुँदैन भन्न के भनूँ सबै कुरा हुने भए …
थिए कुरा निरासका उडेर खै कता गए ।
नसोध प्रेम जालमा फसेर त्यो उमेर को
छ प्यास साथ बैंस यो लुटेर गो सुकेर गो ।।

 

Continue reading


सेवा बिनाको डिग्री

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

र्इर्ष्या लोभ खुबै गरी तनभरी के बस्नु मान्छे भनी ?
साह्रै मुर्ख सरी जलेर रहने विद्वान के को अनि ?
राम्रो सोँच भए सुधार जनमा हुन्थ्यो सबैको बरु
विद्या कै बदनाम गर्दछ भने के काम डिग्रीहरू ?

स्वार्थी भावभरी कुरा तरलता चिप्लो घसी क्यैअरु
आफैँ मात्र ठुलो भनेर जहिल्यै उद्घोष गर्नेहरू ।
जान्ने मानिस नै अबूझ जसरी तीतोभरी झन् अरु
मान्छेको बदनाम गर्दछ भने के काम डिग्रीहरू ?

 

Continue reading


अयोग्यता 

Sadhuram, Lamichhane, साधुराम लामिछाने , pallawa, पल्लव

साधुराम लामिछाने

तिमीले
गोडाफाट भन्यौ मैले गोडा फाटे
सतर्क भन्यौ म सतर्क बने
अगाडि बढ भन्यौ ,म अगाडि बढे
पछाडि हट भन्यौ म पछाडी हटे
सर्टिफिकेट फाल भन्यौ मैले फाले
दस्ताबेज पढ भन्यौ मैले पढे
इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे

 

Continue reading


“दोष कस्को?”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

हरेक रात,
पिपलको बोटमुनि
खनिएको
नयाँ पँधेरीबाट छचल्किएर
पोखिन्छ
दुई थोपा पानी,
हो
मात्र दुई थोपा,
यो तेहि पानीको थोपा हो
जुन मेरि बलात्कृत बहिनीको
आँखाबाट झरेको आँसु,
र संगै
उसैको मृत देहमा
परेको त्यो शित जस्तै छ,

 

Continue reading


जीवन चालिरहेका बा

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

हेर्दै छु जोडले नियाली नियाली
चाल्निबाट केही चाल्दै गरेको बालाई
सिङ्गै तराईका फाँट जस्तै
बारिका पाटा जस्तै
देखिने त्यो निदारमा
अग्ला हिमालका
हिउँ पग्लेर पानीमा
रुपान्तरण हुँदै गरेका
ती जिन्दगीका दुख
खोलासरि बग्दै गरेको
पसिना मा परिणत हुँदै गरेको
अलिक नजिक पुगे –

 

Continue reading


‘जिवनको सूर्य’

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

सुरुवात त तिम्रै काख
बादल अनि चन्द्रमाको लुकामारीले सुहाएको
त्यो निलो आकाश
जसको शीतल छेदन मुनि
कयौ पिडालाई आँखामा लुकाउदै
ब्यथालाई मुस्कानले धकेल्दै
मानौ मिर्मिरे बिहानिले अन्धकारलाई धकेलेर
निद्रालाई सपनामा छोडेर
जन्माउछ त्यो गोरो सुर्य, हो त्यस्तै आमा मेरोपनि
फैलियो किरण
खोलिए अन्धकार आँखा ,अनि उदायो
जीवन सुर्य झै तिम्रै कोखबाट

 

Continue reading


“आँखा बन्द भएसी”

Sujan, Lamichhane, Gaule, सुजन लामिछाने ‘गाउले’, pallawa, पल्लव

सुजन लामिछाने ‘गाउले’

एकतमासले दौडिरहेको दिनहरू
चलिरहेको समय
पछ्याइरहेका सपनाहरू
सँग सिँगौरी खेल्दै
आफ्नै मनसँग गनथन गर्दै
भागिरहेको म ,,

कता कता हराउदै
बिर्सन्छु कहिले काहीँ त
आफुले आफैलाई
यस्तै बेला मनले मनलाई प्रश्न गर्दो रैछ
“सुन्न,यात्री
तेरो सपना पूरा होला त ?
किन भाग्दै छस् हरेक दिन यसरि ?
हरेक सपना किन झोला भित्र बाटुल्छ्स् ?”
अनि जवाफ -निशब्द मन

 

Continue reading


पल्लवका अध्यक्ष सहित १० लार्इ साहित्य रत्न सम्मान ।

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष सहित १० जानालार्इ साहित्य रत्न सम्मान ।
भारतको मेरठ स्थित ‘ग्रीन केयर सोसाइटी’ द्वारा आयोजनायोजित साहित्यिक कुम्भ कार्यक्रमलार्इ आई आई एम् टीयूनिवर्सिटीको सकृय सहयोगमा अन्तराष्ट्रीय स्तरको ‘मेरठ लिटरेरी फेस्टिवल’- २०१७ (2017), आयोजना भएको थियो । उक्त कार्यक्रम २०७२ मङ्सिरको ८, ९ र १० गते तीनदिन सम्म निकै नै सौहार्द वातावरणमा अति सव्य र भव्यरूपमा चलेको थियो । देश – विदेशका स्रष्टाहरूका पुस्तक प्रदर्शनी सहितको उक्त कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेशको माननीय राज्यपाल श्री राम नाईक जी रहेका थिए ।

 

बाँकी समाचार तथा फोटहरू हेर्न तलको Continue reading  मा क्लिक गर्नुहोस

Continue reading


“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

 

Continue reading


“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

तर मैले उनलाइ आँसु नझार भन्न सकिन–

 

Continue reading


“रातो कागज”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

एकदिन,
म घुम्दैफिर्दै एउटा गाउँमा पुगेँ
गाउँको न त नाम नै थाहा छ मलार्इ
न त जिल्ला नै,

पुगेँ म सोही गाउँको एउटा निर्जर चउरमा
र हेरेँ नियालेर ती लडेका छानोहरुलार्इ
अनि फेरि हेरेँ ती बाझोँ खेतहरुलार्इ,

कवि त होइन म तर
मेरो मगजमा कविता फुर्यो र
म कविता लेख्न तयार भएँ तर अफसोच
गोजिमा कलम मात्र रहेछ कागज बिना नै,

 

Continue reading


पृथ्वि र देश प्रति

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

हेर्दै राम्रा सकल सबमा राष्ट्र माया खिलेको
नेपाली हौँ तन–मन सबै भेष–भाषा मिलेको ।
लेकालीको रस पवनले गोउँ – बेशी रमायो
खोला–नाला सलल बगदा त्यो मधेशै रसायो ।।

मेची कोली सब जगतमा नाम राख्दै छ हाम्रो
पानी बत्ती जमिन रसको काम गर्दै छ राम्रो ।
तोडी, फोडी किन त टुकुरा पार्न आयौ अगडि ?
नेपालीको मन, मुटु अझै जान्न कैल्यै पछाडि ।।

 

Continue reading


मर्यादा . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

माताको पद-वन्दनादि नगरे छोरो कहाँ हुन्छ त्यो ?
बाबाको वदनाम भो यदि भने आजन्म नै रुन्छ त्यो ।
शिक्षाको अपहेलना गर्दछ भने जानेर के लेख्छ त्यो
आफ्नो मार्गतिरै लगाइ कठबार् विद्वान के हुन्छ त्यो ?
.
यात्रामा पदचापका गति भए रोकेर रोकिन्न त्यो
मान्छेमा पनि नम्रता बढिभए गन्तव्यमा पुग्छ त्यो ।
आफ्ना मान्यहरू सबैसँग खिले आफैँ बडो बन्छ त्यो
स्वार्थी आत्म भए उचाइ नपुगी जल्दै सदा रुन्छ त्यो ।।

 

Continue reading


गजल

Ramesh, Lamichhane, Abiral, रमेश लामिछाने ‘अविरल’, pallawa, पल्लव

रमेश लामिछाने ‘अविरल’

बिस्तार बिस्तार म अचम्मै जड भएछु
उस्को प्रभाव हो सायद गडबड भएछु

जिम्मेवारी हैन मैले उस्कै भारी बोकेँ
म त उस्को भारी खेप्ने खच्चड भएछु

सपथ मात्र खाइयो यता सेवा उतैको
देशको कथा नबुझ्ने म अनपड भएछु (अनपढ)

 

Continue reading


हेर्न बाँकी छ

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

ए उषा पो हो ! यो त कस्तो खार्इलाग्दी भइछ ।
कुनै युवतीको गोरो छाला, मिलेको जिउडाल, हँसीलो अनुहार र मसिनो बोली सुनेर मयाँ आर्श्चर्यचकित भई । ऊ केही काम परेर मधेश झरेकी थिई । उसले आफ्ना बन्धुबान्धवलाई भेट्दै जाने क्रम थियो । ऊ एउटा घरमा पुगी । उसित माइलीबज्यै पनि सँगै थिइन् । माइलीबज्यैले भनिन्-बिर्स्याै र ? तिमीले – उही उषा त हो नि यो । मरेर बाँचेकी का । यो छोरीलाई जाउलो खाने धान दिँदा तिमीले के के सुन्न परेको थियो ।

 

Continue reading


जनम जनमको ऋणी बनाए !!

Divya, Lamichhane, दिव्या लामिछाने. pallawa, पल्लव

दिव्या लामिछाने

बडो भाग्य मानव जुनी पायौं
सुधार्न बाटो नरलोक आयौं ।
गरेर हरदिन प्रभुका पुकार
सुधारु त्रिलोक थियो विचार ।।

बिस्तारै समयले उमेर बढायो
यो माया मोह कहाँबाट आयो?
बाटेर बन्धन लौ कस्न थाल्यो
बनी घमण्डी मनले उचाल्यौ ।

 

Continue reading