बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

जो थियो होचो उतै घोचो रह्यो
काटियो त्यै वृक्ष जुन सोझो रह्यो

भुल्छु भन्दा झन् बढी याद आउँछ
टाढिनेको सम्झना फोटो रह्यो

मोज मस्ती गर्छ ठग नेपालमा
काम गर्ने मान्छे चैँ भोको रह्यो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

जो थियो होचो उतै घोचो रह्यो
काटियो त्यै वृक्ष जुन सोझो रह्यो

भुल्छु भन्दा झन् बढी याद आउँछ
टाढिनेको सम्झना फोटो रह्यो

मोज मस्ती गर्छ ठग नेपालमा
काम गर्ने मान्छे चैँ भोको रह्यो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

त्यो ढिकी त्यो जाँतो पुरानो भएछ
गाउको चौतारो पुरानो भएछ

आधुनिकता छायो भयो भाँडभैलो
मान्यता पूर्खाको पुरानो भएछ

बेहुला बन्थें मै तिमी बेहुली भै
खेल खेल्ने पाखो पुरानो भएछ

 

Continue reading


बहरबद्ध गज़ल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

के छ थाहा कस्लाई के के हुने हो
भाग्यमा लेखेको छ जे जे हुने हो

पल्टिएला पासा सबै उल्टो होला
को ठुलो को सानो,,, नहेपे हुने हो

प्यारमा अल्झेको छ यो जिन्दगानी
खेल ठानी माया,,,, नखेले हुने हो

 

Continue reading


गजल

Bhagawati, Lama, भगवती लामा, pallawa , पल्लव

भगवती लामा

सधै गुन्द्रुक पकाउँछे भन्छन् घरकाले
खानु भन्दै फकाउँछे भन्छन् घरकाले ।

एक छाक मिठो मसिनो पाक्न नपाउदै
तेल मसला सकाँउछे भन्छन् घरकाले ।

घरभित्र ठाक्क–ठुकक् परिहाल्यो भने,
छिमेकीलाई लगाउँछे भन्छन् घरकाले ।

 

Continue reading


बहरबद्ध गजल

Indra, Lama, Bhabuk, इन्द्र लामा भावुक , PALLAWA, पल्लव

इन्द्र लामा भावुक

नखोतले त्यो कला तिमीमा, कहाँ खुबी मिल्छ जिन्दगीमा
जवान भन्दै बसेर मात्रै, कहाँ बुढी मिल्छ जिन्दगीमा

छ रात झैँ अन्धकार कालो, यहाँ सधैं हुन्न रे उज्यालो
अभावको मार मा मलाई, कहाँ शशी मिल्छ जिन्दगीमा

नपाइने रैछ पुर्पुरोमा, नलेखिएको कुनै कुरा नि
भएँ अभागी म कर्महारा, कहाँ परी मिल्छ जिन्दगीमा

 

Continue reading


“साझ र छोरी”

Bhagawati, Lama, भगवती लामा, pallawa , पल्लव

भगवती लामा

आमाले भन्नुहुन्छ
ए ! छोरी घामले डाडा काटेपछि
घर बाहिर ननिस्क
मेरो प्रश्न हुन्छ
किन ? आमा
आमा मौन बस्नुहुन्छ
मेरो मुखमा हेरेर
अनि फेरी सम्झेझैँ गरेर भन्नुहुन्छ
घाम डुबे पछि छोरी मान्छे
बाहिर निस्कनु हुदैन ।

सूर्य उदाएको हो अस्ताउँनको लागि
भन्ने थाहा छ मलाई
तर
सूर्य अस्ताए पछि
म किन बाहिर निस्किन पाउदिन–

 

Continue reading


बहरबद्ध गजल

Binda, Lama, बिन्दा लामा "तृष्णा", pallawa, पल्लव

बिन्दा लामा “तृष्णा”

अधरमा छ सागर बगरमा छ तृष्णा।।
कसैले नदेख्ने नजरमा छ तृष्णा ।।

छिचोल्दै अँध्यारो फिजाएर ज्योति।
बिहानी खुलेको खबरमा छ तृष्णा।।

कदम छन् निरन्तर सफल हुन्छ हुन्न ।
झिनो आश बोक्दै सफरमा छ तृष्णा।।

 

Continue reading


बहरबद्ध गजल

Binda, Lama, बिन्दा लामा "तृष्णा", pallawa, पल्लव

बिन्दा लामा “तृष्णा”

म गर्दैछु यात्रा घना जिन्दगीको
कहाँ छुट्टिने हो लता जिन्दगीको

हराए नि छाँया स्वयम् गोधुलीमा
हुँदैनन् भरोसा झुटा जिन्दगीको

नजिक हुन्छ धेरै गगन कल्पनामा
म हेर्दैछु सुन्दर कला जिन्दगीको

 

Continue reading


१८ अक्षरीय गजल

Binda, Lama, बिन्दा लामा "तृष्णा", pallawa, पल्लव

बिन्दा लामा “तृष्णा”

नेपालकि छोरी हुँ म नेपाल हँसाउँनेछु दाजु//
हजुरकी चेली हुँ म इज्जत बचाउँनेछु दाजु//

बचपनमा हजुरले भोटो जामा दिनु हुन्थ्यो/
अब बहिनी ठुली भइ गुन्यु लगाउँनेछु दाजु//

बनावटी सहरको रमझम स्वीकार छैन/
मौलिकतामा गर्वको शिर उठाउनेछु दाजु//

 

Continue reading


बहरबद्ध गज़ल

Abhaya, Lama, लामा अभय‎ , pallawa, पल्लव

लामा अभय‎

मर्दैन प्रेम चोखो , सम्झेर तड्पिनेछौ
धिक्कार कर्म खोटो सम्झेर तड्पिनेछौ

ढुंगा पुजेर माया मिल्दैन बुझ्नु पर्छ
राखेर पेट भोको सम्झेर तड्पिनेछौ

पीडा यता छ भन्दा रम्छौ भने खबरदार
पृथ्वी छ रेन्त गोलो सम्झेर तड्पिनेछौ

 

Continue reading


१६ अक्षरीय गजल

Binda, Lama, बिन्दा लामा "तृष्णा", pallawa, पल्लव

बिन्दा लामा “तृष्णा”

कत्ति लगाउ लगाम तिमी,रफ्तार मेरो उहीँ हुन्छ।
उच्च शिर सगरमाथा, निधार मेरो उहीँ हुन्छ

नेपालकि छोरी हुँ म, चन्द्र सुर्य दुई आँखा
पहाडको छाती भित्र, बिचार मेरो उहीँ हुन्छ

मेरो प्यारो जन्मभुमी, स्वर्गरुपी नेपाल छ
कर्म खोज्दै जहाँ पुगु, संसार मेरो उहीँ हुन्छ

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, लामा अभय‎ , pallawa, पल्लव

लामा अभय‎

टाढा भयो प्यार मनको, एक्लै यता तड्पिएँ म
होला उता हाइसन्चो , एक्लै यता तड्पिएँ म !!

मनमा सयौँ चाह जाग्छन् पत्थरहरू फूल लाग्छन्
साँच्चै छ यो प्रेम अन्धो , एक्लै यता तड्पिएँ !!

बाचा कसम् साथ ज्यूँने मर्ने थियो लाख जन्मौँ
खै आज ऊ दूर छन् भो, एक्लै यता तड्पिएँ म !!

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

सम्झनाले कठै! मन पागल बनायो
गर्छ के-के अझै मन पागल बनायो

बिर्स भन्छौ तिमी मायाको कहानी
यादले झन् झनै मन पागल बनायो

हार्नु पर्ने सधैँ कस्तो जिन्दगानी
नाघ्््न थाल्यो हदै मन पागल बनायो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

माया रहन्छ प्रीया ती सम्झना रहन्छ
छाडेर भाग्छ हाँसो पिर् साथमा रहन्छ

पर्दैछु छक्क आफैँ मन यो अचम्मको हो
जो भुल्छ याद उसकै मनमा सदा रहन्छ

धेरै छ गर्नु पर्ने ,,, संगै मिलेर संगी
हामी मरेर जान्छौँ हाम्रो कथा रहन्छ

 

Continue reading


तिम्रै आशा लाग्छ कसम

Rajesh, Rumba, Lama, राजेश रुम्बा लामा, pallawa, पल्लव

राजेश रुम्बा लामा

हजार चोट दिए पनि तिम्रै प्यास लाग्छ कसम
जंघार तर्दा दोभानमा तिम्रै आशा लाग्छ कसम

जुनेलीमा जून भुल्छु बिहानीमा शित पनि
कस्तो याद दियो तिमीले भुल्छु आफ्नै मित पनि
हरेक पल तिम्रै याद हावा सरि आउँछ कसम
चारै तिर तिम्रै छायाँ आँखा सामु छाउँछ कसम

 

Continue reading


गजल

Binu, Lama,बिनु लामा, pallawa, पल्लव

बिनु लामा

जति रुवाउ जिन्दगीमा उति माया गर्छु म त
बढाउ जति मनको दुरि त्यति नजिक सर्छु म त

चाहे गर तिरस्कार चाहे गर घृणा मलाई
साँचेकी छु खाली सिउँदो तिम्रै हातले भर्छु म त

पश्चिम् जान्छु भनी कन नजाउन पुर्ब राजा
झुठा तिम्रा यी आदतले दोधारमा पर्छु म त

 

Continue reading


बहरबद्ध गजल

 

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

सिद्द गर्नै गार्हो नथाल्दा हुनेथ्यो
बालुवामा पानी नहाल्दा हुनेथ्यो

मख्ख पर्थेँ व्यर्थै , नसोची नसम्झि
दीप त्यो आशाको नबाल्दा हुनेथ्यो

चढ्नु भन्दै रुखमा चढायौ, ढलायौ
चुम्न मन थ्यो शीखर नढाल्दा हुनेथ्यो

 

Continue reading


बिनु लामाका केही मुक्तकहरूः

Binu, Lama,बिनु लामा, pallawa, पल्लव

बिनु लामा

रुवाउँदिन भन्थ्यौ राजा धरधरी रुवायौ नि
रुदै हिड्ने बैरागी झैँ पागल प्रेमि बनायौ नि ।
तिम्रो भागमा हाँसो खुशी राख्छु भन्थ्यौ सुख
तर आज जिन्दगीमा दुख पिडा थमायौ नि ।।

हेरि रहयौ मुहारमा शिर झुकाएँ लजाएर
यस्तो लाग्यो बेसै गरेँ सोह्र श्रृङ्गार सजाएर ।
अलि अलि गर्दै मलाई अंगालोमा कसि छोड्यौ
मोहित पार्यौ भन्छौ तिम्रा हातका चुरा बजाएर ।।

 

Continue reading


गजल

Bhagawati, Lama, भगवती लामा, pallawa , पल्लव

भगवती लामा

तिम्रो हुन्न भनेसि तनाब दिन्छौँ किन
अरु कोहीँको बनेसि तनाब दिन्छौँ किन ?

माया माया भन्दै तिमी जति भौतारे नि
साथी मात्र गनेसी तनाब दिन्छौँ किन ?

पीरतिको हात दिई उठाउँन खोज्दा खेरी
बिना कारण बसेसी तनाब दिन्छौँ किन ?

 

Continue reading